Saturday, July 11

समाचार

इरानसँग व्यापार गर्ने देशलाई २५ प्रतिशत भन्सार लगाउने ट्रम्पको घोषणा
राजनीति, विश्व, समाचार

इरानसँग व्यापार गर्ने देशलाई २५ प्रतिशत भन्सार लगाउने ट्रम्पको घोषणा

नेपालअखबार,काठमाडौं ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूलाई २५ प्रतिशत भन्सार लगाउने घोषणा गरेका छन्। आफ्नो ट्रुथ सोसल अकाउन्टमा पोस्ट लेखेर ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूलाई अमेरिकामा २५ प्रतिशत भन्सार लगाउने घोषणा गरेका हुन्। 'इरानसँग व्यापार गर्ने देशहरूले अमेरिकासँग व्यापार गर्दा २५ प्रतिशत भन्सार बुझाउनुपर्नेछ। यो तत्काल लागू हुनेछ,' उनले ट्रुथ सोसल अकाउन्टमा लेखेका छन्। यसबारे ह्वाइट हाउसले औपचारिक विज्ञप्ती भने सार्वजनिक नगरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। इरानमाथि अमेरिकाले वर्षौंदेखि कडा प्रतिबन्ध लगाउँदै आएको छ। विश्व बैंकका पछिल्ला तथ्यांक अनुसार इरानी निर्यातका प्रमुख गन्तव्य चीन, संयुक्त अरब इमिरेट्स र भारत रहेका छन्। भन्सार शुल्क भने अमेरिकी आयातकर्ताले तिर्नुपर्ने व्यवस्था हुन्छ। ट्रम्पले इरानमा जार...
तीन पुस्तादेखि टमाटरखेती : विदेशको विकल्प बनेको छ वीरेन्द्रको टमाटर व्यवसाय
कृषि, समाचार, समाज

तीन पुस्तादेखि टमाटरखेती : विदेशको विकल्प बनेको छ वीरेन्द्रको टमाटर व्यवसाय

नेपालअखबार, बाँके । “मेरा दुई छोराहरु सात लाख रुपैयाँ ऋण झिकेर विदेश गए । उनीहरुलाई त्यो ऋण तिर्न दुई वर्ष लाग्यो । मैले पनि सात लाख नै ऋण झिकेर टमाटरखेती गरेँ । दुई महिनामै टमाटर बिक्री गरेर सबै ऋण तिरीसकेँ,” बाँकेको खजुरागाउँपालिका–२, सि गाउँका किसान वीरेन्द्रप्रसाद मुराउ भन्छन्, “तर मेरा छोराहरुले अझै ऋण तिर्दैछन् ।” वीरेन्द्रको यो भनाइले वैदेशिक रोजगारी र स्वदेशमै गरिएको व्यावसायिक कृषि बीचको आर्थिक अन्तर स्पष्ट देखाउँछ । तीन पुस्तादेखि निरन्तर टमाटरखेती गर्दै आएको मुराउ परिवारले आज आधुनिक प्रणाली अपनाएर खेतीलाई आम्दानीको बलियो आधार बनाएको छ । वीरेन्द्रले यस वर्ष चार बिघा जग्गामा व्यावसायिक रुपमा टमाटरखेती गरे । उनका अनुसार यसका लागि प्रारम्भिक लगानी करिब सात लाख रुपैयाँ पुगेको छ । “बीउ, मल, प्लास्टिक, सिँचाइ, मजदुरी र विषादीमा लगानी हुन्छ,” उनले भने, “तर बजार राम्रो भयो भने दुई–...
रौतहटमा धान उत्पादन घट्यो
कृषि, समाचार, समाज

रौतहटमा धान उत्पादन घट्यो

नेपालअखबार,रौतहट । गत १७ देखि १९ असोजसम्म आएको अविरल वर्षापछिको बाढीले रौतहटमा गत वर्षको तुलनामा यस वर्ष धान उत्पादन घटेको छ । भित्र्याउने बेलाको धान बालीमा वर्षाको बाढी पसेपछि रौतहटमा धानको उत्पादन घटेको हो । गत वर्षको तुलनामा यस वर्ष रौतहटमा कुल २१ हजार ५७८ मेट्रिकटन धान उत्पादन घटेको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख सुरेन्द्रप्रसाद कुर्मीले जानकारी दिए । उनका अनुसार गत वर्ष जिल्लामा एक लाख १६ हजार ७०८ मेट्रिकटन धान उत्पादन भएकामा यस वर्ष ९५ हजार १३० मेट्रिकटन उत्पादन भएको छ । यस वर्ष जिल्लामा ३१ हजार ५०० हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो भने प्रतिहेक्टर उत्पादन ३ दशमलव ०२ मेट्रिकटन रहेको निमित्त प्रमुख कुर्मीले जानकारी दिए । गत वर्ष रौतहटमा ३५ हजार आठ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो । प्रतिहेक्टर उत्पादन ३ दशमलव २६ रहेको थियो । गत वर्षको तुलनामा यस वर्ष प्रतिहेक्टर ...
पार्टीलाई असर हुने कुनै पनि गतिविधि नगर्न पूर्णबहादुर खड्काको निर्देशन
राजनीति, समाचार

पार्टीलाई असर हुने कुनै पनि गतिविधि नगर्न पूर्णबहादुर खड्काको निर्देशन

नेपालअखबार,काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी एकतामा प्रतिकूल हुने कुनै पनि गतिविधि नगर्न अपिल गरेका छन् । खड्काले विज्ञप्ति जारी गरी पार्टीमा एकताका साथ अघि बढ्न अनुरोध गरेका हुन् । ‘नेपाली कांग्रेसका सबै सदस्यहरू, केन्द्रीय कार्यसमितिका पदाधिकारीहरू, एवं सम्पूर्ण केन्द्रीय सदस्यहरू, महासमिति सदस्यहरू, महाधिवेशन प्रतिनिधिहरू, प्रदेश, जिल्ला, क्षेत्र, पालिका, वडा तहका पदाधिकारीहरू तथा सदस्यहरू, भ्रातृ एवं शुभेच्छुक संस्थाहरू तथा सहयोगी सबै साथीहरू मिली देशको बिषम परिस्थितिका प्रति गम्भीर हुँदै पार्टी भित्र उत्पन्न असहज अवस्थालाई समाप्त पार्न जरूरी छ,’ उनले भनेका छन्,’यस अवस्थामा पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै पनि गतिबिधि नगर्न सम्बन्धित सबैमा हार्दिक अपिल गर्दै पार्टीमा सम्पूर्ण एकताका साथ अगाडि बढ्न हार्दिक अनुरोध गर्दछु ।’...
स्वास्थ्य बीमा बोर्डले माग्यो विभिन्न पदमा कर्मचारी
प्रशासन, समाचार

स्वास्थ्य बीमा बोर्डले माग्यो विभिन्न पदमा कर्मचारी

नेपालअखबार,काठमाडौं । स्वास्थ्य बीमा बोर्डमा रोजगारीको अवसर खुलेको छ। बोर्डले करार सेवामा मेडिकल अधिकृत ६ जना, चार्टर्ड एकाउन्टेण्ड एक जना, हेल्थ इकोनोमिस्ट एक जना, जनस्वास्थय अधिकृत एक जना, एक्च्युरियन अधिकृत एक जना, सूचना प्रविधि सहायक तीन जना र दर्ता अधिकारी  ६० जना गरी ७३ जना कर्मचारी माग गरेको हो। योग्यता पुगेका इच्छुक नेपाली नागरिकले माघ १२ गतेसम्म आवेदन दिन सक्नेछन्।...
सिंहदरबारमै बस्नेछ राष्ट्रिय सभाको बैठक
राजनीति, समाचार

सिंहदरबारमै बस्नेछ राष्ट्रिय सभाको बैठक

नेपालअखबार,काठमाडौं । राष्ट्रिय सभाको बैठक सिंहदरबारमा बस्ने भएको छ । संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार सिंहदरबारमै रहेको कृषि तथा प्राकृतिक स्रोत समितिको हललाई राष्ट्रिय सभाको बैठक बस्ने गरी व्यवस्थापन गरिएको छ । जेनजी आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित संसद् भवनसमेत जलेको छ । त्यसपछि वैकल्पिक रुपमा सिंहदरबारमै राष्ट्रिय सभाको बैठक राख्ने गरी व्यवस्थापन गरिएको हो । कृषि तथा प्राकृतिक स्रोत समितिको हललाई सभाको बैठक राख्ने गरी व्यवस्थापन गरिएको छ । प्रवक्ता गिरी भन्छन्, ‘९० प्रतिशत सकियो । बाँकी काम पनि माघ ४ अगाडि नै सकिन्छ ।’ सरकारले आगामी माघ ४ गते राष्ट्रिय सभाको बैठक बोलाउने निर्णय गरिसकेको छ । यसका लागि मन्त्रिपरिषद्‌बाट निर्णय गरेर अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरिएको छ । सरकारको सिफारिसमा राष्ट्रपतिले संसद्को अधिवेशन आह्वान र अन्त्य ग...
सुदूरपश्चिममा १५ हजार बढी निर्वाचन प्रहरी माग, कैलालीमा सर्वाधिक कोटा
प्रशासन, समाचार, समाज

सुदूरपश्चिममा १५ हजार बढी निर्वाचन प्रहरी माग, कैलालीमा सर्वाधिक कोटा

नेपालअखबार,धनगढी । आगामी प्रतिनिधिसभा निर्वाचनलाई सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारले सुदूरपश्चिम प्रदेशमा ठुलो संख्यामा अस्थायी प्रहरी जनशक्ति निर्वाचन प्रहरी परिचालन गर्ने भएको छ । भर्ना आवेदन खुला भएसँगै प्रदेशका नौवटै जिल्ला प्रहरी कार्यालयहरूमा इच्छुक युवाहरूको लर्को लागेको छ । निर्वाचन सुरक्षा योजना अनुसार सुदूरपश्चिम प्रदेशभर कुल १५ हजार १८८ जना निर्वाचन प्रहरी भर्ना गरिनेछ । जनसंख्या र निर्वाचन क्षेत्रको चापका आधारमा जिल्लागत कोटा निर्धारण गरिएको छ, जसमा सबैभन्दा धेरै जनशक्ति कैलालीमा र सबैभन्दा कम दार्चुलामा खटाइनेछ । तथ्यांक अनुसार कैलाली जिल्लाका लागि सर्वाधिक ४ हजार ९८ जनाको कोटा तोकिएको छ भने दार्चुलाका लागि ९३० जना मात्र माग गरिएको छ । कञ्चनपुरमा २ हजार ३२७, अछाममा १ हजार ६४२ र बझाङमा १ हजार ५८० जना भर्ना गरिनेछ । त्यस्तै बैतडीमा १ हजार ३७५, डोटीमा १ हजार...
मन्त्रिपरिषद् बैठकले आगामी माघ ४ गते अधिवेशन आह्वान गर्नका लागि सिफारिस गर्ने निर्णय
राजनीति, समाचार

मन्त्रिपरिषद् बैठकले आगामी माघ ४ गते अधिवेशन आह्वान गर्नका लागि सिफारिस गर्ने निर्णय

नेपालअखबार, काठमाडौं । सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । आजै बसेको मन्त्रिपरिषद् बैठकले आगामी माघ ४ गते अधिवेशन आह्वान गर्नका लागि सिफारिस गर्ने निर्णय गरेको हो । त्यस्तै, सरकारले वित्तिय क्षेत्रविकास रणनीति २०८२–०८३ देखि २०८६–०८७ स्वीकृत गर्ने निर्णय पनि गरेको सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए । उनका अनुसार, गोरखापत्र संस्थानको अध्यक्षमा गोविन्द प्रसाद भण्डारीलाई नियुक्त गर्ने निर्णय पनि भएको छ यस्ता छन् निर्णयहरू : – अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकासकेन्द्र (ईसीमोड) को सदस्य राष्ट्रको हैसियतले नेपालले बुझाउनुपर्ने सन् २०२४ को वार्षिक योगदान अमेरिकी डलर रकम २ लाख ८३ हजार ५०३ अमेरिकी डलर प्रदान गर्न स्वीकृति दिने । – वित्तिय क्षेत्रविकास रणनीति २०८२–०८३ देखि २०८६–०८७ स्वीकृत गर्ने । – २०२५ मार्चको भूकम्पबाट क्षतिग्...
ट्रम्पको चेतावनीपछि उग्र बनेको इरानको प्रदर्शनमा मृत्यु हुनेको संख्या ५०० पुग्यो
राजनीति, विश्व, समाचार

ट्रम्पको चेतावनीपछि उग्र बनेको इरानको प्रदर्शनमा मृत्यु हुनेको संख्या ५०० पुग्यो

नेपालअखबार,काठमाडौं । इरानमा दुई सातादेखि जारी प्रदर्शनमा ५०० जनाको मृत्यु भएको दाबी गरिएको छ। अमेरिकास्थित मानवअधिकारवादी समूह एचआरएएनएले दुई हप्तादेखि चलेको प्रदर्शनमा ४९० जना प्रदर्शनकारी र ४८ जना सुरक्षाकर्मीको मृत्यु भएको भनेर रिपोर्ट सार्वजनिक गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। त्यस्तै साढे १० हजारभन्दा बढी प्रदर्शनकारीहरू पक्राउ परेका छन्। इरान सरकारले भने मृत्यु हुनेको आधिकारिक संख्या सार्वजनिक गरेको छैन। बरू उसले अमेरिकी मानवअधिकारवादी समूहले सार्वजनिक गरेको विवरणमा सत्यता नभएको बताएको छ। सुरूवातमा इरानी मुद्राको बढ्दो अवमूल्यन र महँगीको विरोधमा सुरू भएको प्रदर्शन विस्तारै सर्वोच्च नेता आयतोल्लाह अली खामेनीलाई हटाउनुपर्ने मागसम्म पुगेको छ। यसमा अमेरिकाको भूमिका रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्र...
कांग्रेसको विशेष महाधिवेशनले १८ बुँदे प्रस्ताव
राजनीति, विचार, समाचार

कांग्रेसको विशेष महाधिवेशनले १८ बुँदे प्रस्ताव

नेपालअखबार,काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी विशेष महाधिवेशनले पार्टीबाट एक व्यक्ति दुई पटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने नीति अवलम्बन गर्ने प्रस्ताव अगाडि सारेको छ । काठमाडौंमा जारी कांग्रेसको विशेष महाधिवेशनमा सोमबार सांगठनिक प्रस्ताव प्रस्तुत गर्दै महामन्त्री विश्वप्रकाश शर्माले विगतका गल्ती र सच्याउने संकल्पमा १८ वटा नीतिगत सुधारका प्रस्तावहरू अगाडि सारेका छन् । ‘चुनाव हुने, नयाँ सरकार बन्ने तर प्रधानमन्त्री पुरानै हुने अभ्यास हामीले करिब डेढ दशकयता निरन्तर गर्दै आयौँ,’ शर्माको प्रतिवेदनमा भनिएको छ, ‘यसले एकातर्फ नागरिकमा असन्तुष्टि बढायो र नेतृत्वलाई अलोकप्रिय बनायो भने अर्कातर्फ सार्थक परिणाम पनि दिन सकेन।’ समाधानको संकल्पमा उनले भनेका छन्, ‘विगतको गल्ती सच्याउँदै यो विशेष महाधिवेशन उद्घोष गर्दछ- नेपाली कांग्रेसको तर्फबाट भविष्यमा कोही पनि दुई पटकभन्दा बढी प्...