Sunday, July 12

समाचार

ढुक्क रहनुस्, पार्टी फुट्दैन : शेखर कोइराला
राजनीति, समाचार

ढुक्क रहनुस्, पार्टी फुट्दैन : शेखर कोइराला

नेपालअखबार,काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टीको पछिल्लो घटनाक्रमबारे ब्रिफिङ गर्दै पार्टी फुट्न नदिनेमा ढुक्क रहन आग्रह गरेका छन् । आफू निकट केन्द्रीय सदस्य, जिल्ला पार्टी सभापति, वरिष्ठ अधिवक्ताहरूसँग छलफल गर्दै उनले यस्तो बताएका हुन् । पार्टीलाई फूटबाट जोगाउन आफू पार्टीका सबै पक्षसँग निरन्तर छलफल र संवादमा रहेको जानकारी पनि उनले गराएका छन् । ‘म पार्टी सभापति, कार्यवाहक सभापति तथा महामन्त्रीहरुसँग पार्टी कुनै पनि हालतमा फुट्न दिनु हुन्न भनेर कुरा गरिहेको छु,’ उनले भने, ‘तपाईंहरू ढुक्क हुनुस्, पार्टी फुट्दैन । तपाईंहरू पनि त्यसैमा लाग्नुस् । निरास हुने कामै छैन ।’ कोइरालाले आफू विष पिएरै भएपनि पार्टीभित्रको एकता कायम गरिछाड्ने अन्तिम प्रयासमा जुटिरहेको दाबी गरे । छलफलमा कानुन व्यवसायीहरुले नेपाली कांग्रेसको विधान अनुसार विशेष महाधिवेशन बोलाउने अधिकार के...
निर्वाचनको शान्ति सुरक्षामा कुनै शंका गर्नुपर्दैन : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त
प्रशासन, समाचार

निर्वाचनको शान्ति सुरक्षामा कुनै शंका गर्नुपर्दैन : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त

नेपालअखबार,काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्ति सुरक्षाको कारणले निर्वाचन प्रभावित नहुने बताएका छन् । आयोगले सोमबार आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा उनले शान्ति सुरक्षाबारे आशंका गर्नु नपर्ने बताएका हुन् । निर्वाचनमा शान्ति सुरक्षाका लागि करिब साढे पाँच लाख जनशक्ति परिचालन गरिने उनले जानकारी दिए । उनले २०४८ सालपछिका सबै निर्वाचन विभिन्न चुनौतीका बीच सफलतापूर्वक सम्पन्न गरिएको उल्लेख गर्दै आगामी निर्वाचनललाई पनि भयरहित ढंगले सम्पन्न गर्ने बताए । विगतमा पनि निर्वाचन हुन्छ कि हुँदैन ? भन्ने बहस निर्वाचनको अघिल्लो दिनसम्म हुनेगरेको उल्लेख गर्नुहुँदै उनले निर्वाचनबाहेक अर्को विकल्प नभएकाले तोकिएको समयमा नै निर्वाचन हुने बताए । निर्वाचन आयोगले शान्ति सुरक्षाको विषयमा सरकारका मन्त्री, सचिव तथा सुरक्षा निकायका प्रमुखहरूसँग पटक–पटक...
सडक सञ्जालमा जोडिँदै गुर्जा गाउँ
समाचार, समाज

सडक सञ्जालमा जोडिँदै गुर्जा गाउँ

नेपालअखबार,म्याग्दी । ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन,’ म्याग्दीमा प्रचलित यो भनाइले धवलागिरि गाउँपालिका–१ मा रहेको गुर्जाको विकटतालाई झल्काउँछ । हालसम्म विकट र दुर्गम बस्तीका रूपमा चिनिएको गुर्जालाई चालु आर्थिक वर्षभित्र नै सडक सञ्जालमा जोड्ने लक्ष्यसहित धवलागिरि गाउँपालिकाले योजना निर्माण सुरु गरेको छ । लुलाङ–गुर्जा सडक योजनामार्फत चालु आर्थिक वर्षमा थप करिब चार किलोमिटर ट्र्याक (मार्ग) बनाएर गुर्जालाई यातायात सञ्चालसँग जोड्न लागिएको गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले बताए । ‘आर्थिक वर्ष २०७९/८० देखि सुरु भएको लुलाङ–गुर्जा धवलागिरि गाउँपालिकाको गौरवको प्राथमिकता प्राप्त योजना हो,’ उनले भने, ‘यसअघिका तीन वर्षमा गाउँपालिका, प्रदेश र सङ्घीय सरकारको लगानीमा लुलाङदेखि भैसीमानेसम्म करिब १८ किलोमिटर सडकको मार्ग खुलेको थियो ।’ चालु आर्थिक वर्षमा रु एक करोड ७० लाख...
देउवा भृकुटीमण्डप जाने हल्ला गलत, भ्रममा नपर्न सचिवालयको आग्रह
राजनीति, समाचार

देउवा भृकुटीमण्डप जाने हल्ला गलत, भ्रममा नपर्न सचिवालयको आग्रह

नेपालअखबार,काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज विशेष महाधिवशेनमा सहभागी हुन भृकुटीमण्डप जाने भनी सामाजिक सञ्जालमा फैलिएको हल्ला गलत भएको उनको सचिवालयले स्पष्ट पारेको छ । केही व्यक्तिले भ्रम फैलाउने उद्देश्यले गलत सूचना प्रवाह गरेको भन्दै सभापति देउवाका स्वकीय सचिव भानु देउवाले यसमा कुनै सत्यता नरहेको बताएका हुन् । भृकुटीमण्डपमा हुने भनिएको कार्यक्रममा सभापति देउवा सहभागी हुने कुनै कार्यतालिका नरहेको सचिवालयले जनाएको छ । स्वकीय सचिव देउवाले सामाजिक सञ्जालमा आएका आधारहीन सूचनाको पछि नलाग्न र भ्रममा नपर्न आग्रह गरे । गलत सूचना प्रवाह भएकोमा सचिवालयको गम्भीर ध्यानाकर्षण भएको समेत उनले उल्लेख गरिएको छ ।...
ढिक्री बनाउन व्यस्त थारू समुदाय
समाचार, समाज

ढिक्री बनाउन व्यस्त थारू समुदाय

नेपालअखबार,दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१२ कचेलीकी जानकी चौधरीलाई अहिले ढिक्री बनाउने चटारो छ । माघी नजिकिएसँगै उनी अहिले ढिक्री बनाउनमा नै व्यस्त छिन् । त्यस्तै तुलसीपुर १० बनकाउकी विझौनी थारूलाई पनि अहिले ढिक्री बनाउन भ्याइनभ्याइ छ । उनीहरू मात्रै होइन, माघी नजिकिएसँगै अहिले थारू समुदायमा ढिक्री बनाउने चटारो छ । थारू समुदायले हरेक चाडपर्वमा मुख्य परिकारका रूपमा ढिक्री पकाउने गर्छन् । सुङ्गुरको मासु, माछा, घोँगीलगायतसँग ढिक्री खाने चलन छ । यी परिकार थारू समुदायका प्रख्यात परिकार हुन् । कसरी बनाइन्छ ढिक्री ?     चामलको पीठोबाट ढिक्री बन्छ । चामलाई मुछेर त्यसलाई लाम्चो आकार दिइन्छ । खासगरी माघीमा लाम्चो आकार दिए पनि दसैँमा भने गोलो आकारको बनाइन्छ । त्यस्तै तिहारमा चेप्टो, दियो जस्तो बनाइन्छ । त्यसलाई पानीको बाफमा आधा घण्टा जति उसिनेपछि ढिक्री तयार हुन्छ । खासगरी उसिनेर ढि...
यौनजन्य सामग्री बनाएको भन्दै मलेसिया र इन्डोनेसियामा मस्कको ‘ग्रोक’माथि प्रतिबन्ध
विदेश, समाचार, समाज

यौनजन्य सामग्री बनाएको भन्दै मलेसिया र इन्डोनेसियामा मस्कको ‘ग्रोक’माथि प्रतिबन्ध

नेपालअखबार,क्वालालम्पुर । मलेसिया र इन्डोनेसियाले यौनजन्य डीपफेक सामग्री बनाउन सक्ने भन्दै अमेरिकी खर्बपति व्यापारी एलन मस्कको एआई च्याटबोट ग्रोकमाथि प्रतिबन्ध लगाएका छन् । ग्रोक मस्कको माइक्रो ब्लगिङ वेबसाइट एक्समा  प्रयोग हुने एउटा टूल हो । वास्तविक मान्छेको अनुमति नै नलिईकन उनीहरूको आपत्तिजनक तस्बिर बनाउन यसको दुरुपयोग गरिएको पाइएको छ । महिला र बालबालिकाको सुरक्षा जोखिममा परेको भन्दै प्रतिबन्ध लगाइएको दुवै देशका सञ्चार मन्त्रालयहरूले जनाएका छन् । प्रभावकारी सुरक्षा उपाय नअपनाएसम्म ग्रोकमाथि रोक कायम रहने बताइएको छ । कुनै एआई टूलमाथि यसरी प्रतिबन्ध लगाइएको यो विश्वमै पहिलो पटक हो । हालैका दिनमा ग्रोक र यसलाई बनाउने कम्पनी एक्सआईले भारत, बेलायत लगायत देशमा यौनजन्य डिपफेक कन्टेन्टको मामिाला दबाबको सामना गर्नु परिरहेको छ ।...
तीब्र गतिमा निर्माण हुँदै जनमुक्ति मार्ग
समाचार, समाज

तीब्र गतिमा निर्माण हुँदै जनमुक्ति मार्ग

नेपालअखबार,काभ्रे । काभ्रेपलाञ्चोकमा निर्माण भइरहेको जनमुक्ति मार्गलाई तीव्र गतिमा अगाडि बढाइएको छ। जिल्लाको विकट डाँडापारि क्षेत्रमा रहेको महाभारत र खानीखोला गाउँपालिकाका नागरिकको जीवनस्तर उकास्ने उद्देश्यले यो मार्ग निर्माण भइरहेको छ। बीपी राजमार्गअन्तर्गत रोशी गाउँपालिकाको पिन्थलीबाट रजबास हुँदै डाँडापारिस्थित महाभारत गाउँपालिकाको चारकिल्ला–तीनखुट्टे–देवीटार–घर्तिछाप–गोकुले–छोटेसाहन र खानीखोलाको तालढुङ्गा भएर मकवानपुर जिल्लाको भोर्लेनी–झुरझुरे हुँदै मदनभण्डारी लोकमार्ग जोड्ने सडक खण्ड पर्छ। अहिले सो सडक खण्डअन्तर्गत रजबास–तीनखुट्टे खण्डमा पर्ने महाभारत गाउँपालिकाको कोलटार आसपासमा पर्खाल, नाली निर्माण र सडक ढलानका लागि फलामे छड बिछ्याएर ढलान गर्ने काम भइरहेको छ। तीनखुट्टे–देवीटार खण्डको खोलाघारी र घ्याब्रिङ, देवीटार–घर्तिछाप लभडाँडा खण्डअन्तर्गत घर्तिछाप गाउँमा कालोपत्र गर्ने र त्य...
आज साँझसम्ममा समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने
प्रशासन, राजनीति, समाचार

आज साँझसम्ममा समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

नेपालअखबार,काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारले आज अपरान्ह ४ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन सक्ने छन् । निर्वाचन आयोगले जारी गरेको सूचना अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचनमा राजनीतिक दलले यही पुस १३ र १४ गते पेस भएको बन्दसूचीका सम्बन्धमा आयोगबाट स्वीकृत कार्यक्रम बमोजिम सम्बन्धित उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने छन् । आयोगले  सम्बन्धित सबै उम्मेदवारलाई सो सम्बन्धमा जानकारी गराएको निर्वाचन अधिकृत कृष्णबहादुर राउतले जानकारी दिए । आयोगको समानुपातिक निर्वाचन अधिकृतको कार्यालयमा आज  बिहान १० देखि ४ बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्नेछन् । बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को अनुसूची १८ बमोजिमको ढाँचामा निवेदन दिन सक्नेछन् । क...
एकताको पथ
समाचार, साहित्य \कला

एकताको पथ

(कविता) एकताको पथ न निष्क्रिय न चञ्चल न टाढा न नजिक म जहाँ उभिएको छु यो माटो समान समतल छ लौकिक चाहनाभन्दा निक्कै पृथक। भूगोल मात्र पनि होइन यो ढुङ्गा र बालुवाले बनेको आत्मासँग गाँसिएको सूत्र हो यो जसले मेरो चलायमान शरीरलाई हंस–हंस दिन्छ। त्यसैले त यो मेरो पाउमुनि होइन, मेरो शिरमाथि छ। स्वयं काल सामु पनि नझुकुला जब यो माटोको तिलक मेरो निधारमा छ। म दुखी, सुखी, पीडित, सम्पन्न अनेक हुँला तर म जे छु, जो छु यही माटोमा उभिँदा छु। म कहाँ थिएँ त्यो मेटेर होइन, फरक–समानका भेदहरू खोजेर पनि होइन। जब विजयध्वज मेरो चन्द्र–सूर्य फरफराउँछ, एक रेसा, एक तन्तु उध्रिएको नसहौँला। कसैलाई नछुटाई काँधमा काँध मिलाई हरेक लडेकालाई उठाई मेरो राष्ट्र उठाउँला। एकताको पथमा जुटौँला। मेरो पुर्खाको रगत र पसिनाले सिँचिँदै गर्दा टप्–टप् यो माटो बोलेको आवाज मेरो कानमा गुन्जिरहँदा लौकिक आवश...
नायक सञ्जय लामा र नायिका तारा थोकरको अभिनय  रहेको ‘चु ल्हुई’ सार्वजनिक
बजारमा नयाँ, मनोरञ्जन, समाचार

नायक सञ्जय लामा र नायिका तारा थोकरको अभिनय  रहेको ‘चु ल्हुई’ सार्वजनिक

नेपालअखबार,काठमाडौ । गायिका सुस्मिता स्याङतान र गायक सुवास दोर्जे थिङको आवाजमा सजिएको 'चु ल्हुई' सार्वजनिक भएको छ ।  म्युजिक भिडियोमा तामाङ चलचित्र क्षेत्रका स्थापित तथा लोकप्रिय नायक एंव मोडल हुत्त सञ्जय लामा र नायिका तारा थोकरको अभिनय रहेको छ ।  गीतलाई एच एम एम मिडियाको अफिसियल युटुब च्यानलमार्फत बजारमा ल्याएको हो । जसमा निर्देशक तथा कोरियोग्राफर विक्रम लुङ्बाको उत्कृष्ट निर्देशन र प्रज्वल राउतको सिनेमाटोग्राफी प्रष्ट झल्किन्छ। पछिल्लो समय एकपछि अर्को  गीत पस्कँदै आएकी गायिका सुस्मिताको स्वरले यस गीतलाई छुट्टै उचाइ दिएको छ । विवेक लोप्चनको शब्द र सङ्गीत रहेको यस गीतमा सानुबाबु घिसिङको एरेन्ज रहेको छ । पारिजात नेपाल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यस गीतलाई कार्साङ लामा ( दोङ) ले मिक्सिङ र मास्टरिङ गरेका हुन् भने मेक बहादुर थापाले सम्पादन र कलर ग्रेडिङ, नरेश खरेलको मेकअप  मार्फत भिडि...