Sunday, July 12

समाचार

उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
राजनीति, समाचार

उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान

नेपालअखबार, काठमाडौं ।  उज्यालो नेपाल पार्टीले अध्यक्षमा कुलमान घिसिङलाई नियुक्त गरेको छ । पार्टी प्रवक्ता डा.राजु थापाले नियुक्त भएको औपचारिक घोषणा गरिने जानकारी गराए । रास्वपा नेपालसँग एकता भाँडिएसँगै उनेपाले अध्यक्ष कुलमानलाई नियुक्त गरेको हो । निर्वाचन आयोगमा पार्टी दर्ता गर्दा अध्यक्ष अनुप उपाध्याय बनाएर दर्ता गरिएको थियो । आज दिउँसो ४ बजे उनेपाको केन्द्रीय समितिको आकस्मिक बैठक बोलाइएको छ । कुलमानले आज नै पत्रकार सम्मेलन गर्ने भएका छन् ।...
महाकालीको बगरमा बालुवा छानेर जीविका चलाउने दम्पतीहरू
समाचार, समाज

महाकालीको बगरमा बालुवा छानेर जीविका चलाउने दम्पतीहरू

नेपालअखबार,कञ्चनपुर। कञ्चनपुरको लालझाडी गाउँपालिका–४ जाइँका ५६ वर्षीय भजौरा चौधरी महाकाली नदीको बगरमा श्रीमतीसहित बालुवा छानिरहेको अवस्थामा भेटिए। गत मंसिर दोस्रो साता कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ महाकाली नदीको बगरमै झोपडी बनाएर आश्रय लिइरहेका चौधरी दम्पतीको काम दिनभर बालुवा र गिट्टी छान्ने हो। हरेक वर्ष हिउँदका बेला ६ महिना नदीको बगरमा बसेर बालुवा गिट्टी छानेर बिक्री गरी घरयासी खर्च चलाउन थालेको चौधरीको दम्पतीको चार वर्ष भयो। 'गरेर खाने बानी भयो ढुङ्गा, गिट्टी सारो मानेर के गर्नु,' भजौरा डगौराले भने, 'अरु बेला गाउँघरमा खेती किसानीमा समय सदुपयोग गरेर पनि हिउँदमा भने महाकालीको बगरमा आइहाल्छौं।' उनले मंसिरदेखि आगामी वैशाखसम्म बगरमै रात बिताएर ढुंगा गिट्टी छानेर जीविका चलाउने योजना सुनाए। 'बगरमा झोपडीको बास भए पनि पेट पाल्न बिहानदेखि साझँसम्म छानमै हुन्छौं,' उनले भने, 'बेचेर...
माघ ३ देखि निर्वाचन आचारसंहिता लागू गर्ने
प्रशासन, समाचार

माघ ३ देखि निर्वाचन आचारसंहिता लागू गर्ने

नेपालअखबार, काठमाडौँ  । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ मर्यादत बनाउने लक्ष्यका साथ आचारसंहिता लागू गर्ने अन्तिम तयारी गरेको छ । आयोगले आगामी माघ ३ गतेदेखि आचारसंहिता लागू गर्ने तयारी गरिएको जनाएको छ । आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनको हालसम्म भएको प्रगतिका बारेमा प्रधानमन्त्री सुशीला कार्कीलाई जानकारी गराएको छ । निर्वाचनलाई स्वच्छ बनाउन सरकारी तथा गैरसरकारी निकायले के कस्ता गतिविधि गर्न पाउने, राजनीतिक दल तथा सरोकारवालाहरुको भूमिका के कस्तो रहने भन्ने बारेमा आचारसंहितामा प्रष्ट व्यवस्था गरिएको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनका सन्दर्भमा हालसम्म भएको तयारी, निर्वाचन सामग्रीको छपाई, जनशक्ति व्यवस्थापनलगायतका बारेमा प्रधानमन्त्रीलाई शुक्रबार जानकारी गराएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए । आच...
बाघको आक्रमणबाट महिलाको मृत्यु
समाचार, समाज

बाघको आक्रमणबाट महिलाको मृत्यु

नेपालअखबार,काठमाडौं । सल्यानमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। जिल्लाको कालिमाटी गाउँपालिका–७ पर्सेनीकी ४२ वर्षीया धनसरी रावतको घर नजिकैको जंगलमा घाँस काट्न गएका बेला बाघको आक्रमणबाट मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार शुक्रबार दिउँसो सवा ३ बजेतिर स्थानीयले धनसरी घाँस–दाउरा काट्न गएको समयमा बाघले आक्रमण गरी लगेको खबर फोनमार्फत प्रहरी चौकी घुँइयाबारी, सल्यानमा जानकारी गराएका थिए। सूचनाको आधारमा साढे ३ बजेतिर प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक लालबहादुर थापाको नेतृत्वमा प्रहरी टोली स्थानीयवासीसहित खोजीमा गएको थियो। खोजीमा निस्किएको टोलीले बेलुकी ५ बजेतिर घरदेखि पाँच सय मिटर दक्षिणमा पर्ने हरियाली सामुदायिक वनमा शरीरको बाँया खुट्टा र मलद्वार पूरै खाएको अवस्थामा धनसरीको शव फेला पारेको थियो। परिवारका अनुसार धनसरी बिहान ८ बजेतिर घरबाट हरियाली सामुदाय...
जाजरकोटमा १८ जना कुष्ठरोगी उपचाररत
समाचार, समाज, स्वास्थ्य

जाजरकोटमा १८ जना कुष्ठरोगी उपचाररत

नेपालअखबार,सुर्खेत । जाजरकोटमा १८ जना कुष्ठरोगीको उपचार सुरु भएको छ । जिल्लाभरका सात पालिकामा १८ जना कुष्ठरोगी फेला पारेर उपचार कार्य सुरु गरिएको जाजरकोट स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत रमेश कार्कीले जानकारी दिए । नलगाड नगरपालिकामा छ जना, छेडागाड नगरपालिकामा पाँच जना, जुनिचाँदे गाउँपालिकामा–३ जना तथा भेरी र बारेकोट गाउँपालिकामा दुई/दुई जना बिरामी रहेका छन् । कुष्ठरोगसँग जोडिएको सामाजिक लाञ्छना र भेदभाव कम गर्दै रोगको शीघ्र पहिचान, उपचार र समुदायस्तरमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले स्वास्थ्य सेवा निर्देशनालय, सुर्खेतको आयोजनामा तथा स्वास्थ्य सेवा कार्यालय जाजरकोटको समन्वयमा जिल्लाका सम्पूर्ण स्थानीय तहमा कुष्ठरोग ‘केस भेरिफिकेशन’ कार्यक्रम पुस १७ देखि २२ गतेसम्म सञ्चालन भएको थियो । उक्त खोजबाट १८ जना बिरामीहरू फेला परेका छन् । पहिला दर्ता भएका कुष्ठरोगका बिरामीहरूको पुनः...
दश करोड बढीमा बिक्री भए भीरकोटका सुन्तला
कृषि, समाचार, समाज

दश करोड बढीमा बिक्री भए भीरकोटका सुन्तला

नेपालअखबार,स्याङ्जा । स्याङ्जाको भीरकोट–७ बाट यस वर्षमात्रै रु दश करोड बढीको सुन्तला बिक्री भएको छ । वडाका विभिन्न टोलमा रहेका सुन्तला बगैँचाबाट गाउँमा रु दश करोड बढी भित्रिएको हो । वडाभित्रका सुन्तला उत्पादक कृषकहरूसँग लिइएको तथ्याङ्कका आधारमा यस वर्षमात्रै ७ नं वडाबाट रु दश करोड बढीको सुन्तला बिक्री भएको वडाध्यक्ष ताराप्रसाद अर्यालले जानकारी दिए । वडाका जिमिरे, लोलुङ्गा, बलमाटा, तिलाहार, पाङसाङ, पासिन्डाँडा, कोलडाँडा, धोवादीलगायत टोलका स्थानीय सुन्तला व्यावसायी कृषकहरूले न्यूनतम रु एक लाखदेखि अधिकतम रु ३५ लाखसम्म आम्दानी गर्न सफल भएका उनले बताए । सुन्तला उत्पादक कृषकले ठेक्का तथा प्रतिकेजी किलोको रु ७० का दरले बोटबाटै बिक्री गरेका हुन् । “सुन्तला उत्पादक कृषकहरूले बिक्री गरेको परिमाण, मूल्यका आधारमा जानकारी लिँदा सुन्तला बिक्रीबाट रु दश करोड बढी आम्दानी भएको पाइयो”, उनले भने, “वडाम...
इरानका सर्वोच्च नेता खामेनीले भन्छन् – अन्य तानाशाह जस्तै ट्रम्पको पनि पतन हुन्छ
राजनीति, विश्व, समाचार

इरानका सर्वोच्च नेता खामेनीले भन्छन् – अन्य तानाशाह जस्तै ट्रम्पको पनि पतन हुन्छ

नेपालअखबार,काठमाडौं । इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तानाशाह र घमण्डी शासक भएको आरोप लगाएका छन् । सामाजिक सञ्जाल एक्समा लगातार पोस्ट गर्दै खामेनीले ट्रम्पमाथि तीव्र आलोचना गर्दै विश्वबारे घमण्डका साथ  गतल निर्णय गर्ने गरेको आरोप लगाएका हुन् । उनले विश्वका तानाशाहरुसँग ट्रम्पलाई तुलना गर्दै त्यस्ता व्यक्तिहरुको एक दिन पतन हुने बताएका छन् । ‘फिरौन, निमरूद, मोहम्मद रजा पहलवीजस्ता घमण्डी शासकहरूको पतन त्यतिबेलै भयो, जब उनीहरूको अहंकार चरम सीमामा पुगेको थियो । ट्रम्पको पनि त्यस्तै पतन हुनेछ’, उनले लेखेका छन् । खामेनीले इरान अमेरिकाले अहिले पनि इरानलाई बुझ्न गल्ती गरिरहेको बताएका छन् । इरान लाखौं नागरिकहरूको बलिदानबाट बनेको देश भएकाले कुनै पनि विनाशकारी शक्तिसामु नझुक्ने उनको भनाइ छ ।उनले हालै इरामा भएको प्रदरश्नमा ठूलो संख्यामा इरानी नागरि...
निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने
राजनीति, समाचार

निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने

नेपालअखबार, काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीबाट आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जारी हुने निर्वाचन आचारसंहिताबारे शुक्रबार जानकारी गराइएको छ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्त र उच्चअधिकारीहरूले प्रधानमन्त्री कार्कीलाई भेटेर सो जानकारी गराउनुका साथै निर्वाचनको व्यवस्थापन र तयारीका विषयमा छलफल भएको हो । आयोगले निर्वाचनका लागि आगामी माघ ३ गतेदेखि निर्वाचन आचारसंहिता जारी गर्ने जानकारी प्रधानमन्त्री कार्कीलाई गराएको छ । भेटका अवसरमा अर्थमन्त्री रामेश्वर खनाल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिकुमार सिन्हा, मुख्यसचिवलगायत सहभागी भएका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।...
तीन वटै सुरक्षा निकायको एकै स्वर- भयरहित चुनाव गराउन तयार छौं
प्रशासन, राजनीति, समाचार

तीन वटै सुरक्षा निकायको एकै स्वर- भयरहित चुनाव गराउन तयार छौं

नेपालअखबार,काठमाडौं । तीन वटै सुरक्षा निकायका अधिकारीहरूले भयरहित र सुरक्षित रूपमा निर्वाचन गराउन पूर्णरूपमा तयार रहेको बताएका छन् । यसका लागि आवश्यक काम भइरहेको उनीहरूको ब्रिफिङ छ । राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले शुक्रबार निर्वाचन तयारीबारे सुरक्षा निकायका अधिकारीहरूसँग छलफल गरेको थियो । सिंहलरबारस्थित समितिको सभाकक्षमा भएको छलफलमा सहभागी सुरक्षा निकायका प्रतिनिधिहरूले आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई भयरहित र सुरक्षित रूपमा सम्पन्न गराउन पूर्णरूपमा तयार रहेको बताएका हुन् । राष्ट्रिय सुरक्षा परिषद्को बैठकबाट निर्वाचनलक्षित एकीकृत सुरक्षा योजना पारित भइसकेको छ । सोही योजनाअनुसार आपसि समन्वय र सहकार्यमार्फत अघि बढिरहेको उनीहरूको भनाइ रहेको छ । बैठकमा बोल्दौ नेपाली सेनाका सहायक रथी मनोज थापाले तोकिएको मितिमा निर्वाचन गर्नु मुलु...
निर्वाचन आयोगले थाल्यो समानुपातिक तर्फको मतपत्र छपाइ
राजनीति, समाचार

निर्वाचन आयोगले थाल्यो समानुपातिक तर्फको मतपत्र छपाइ

नेपालअखबार,काठमाडौं । निर्वाचन आयोगले समानुपातिक तर्फको मतपत्र छपाइ सुरु गरेको छ । आजबाट समानुपातिक तर्फको मतपत्र छपाई सुरु भएको हो । निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार समानुपातिक तर्फको मतपत्रमा ५८ वटा चुनाव चिह्न रहनेछ । यही पुस १३ र १४ गते राजनीतिक दललाई समानुपातिक तर्फको बन्दसूची बुझाउन समय दिइएको थियो । त्यसबेला ६४ वटा दलले सूची बुझाएका थिए । त्यसमा १० वटा दलले एकल चुनाव चिह्नमा नाम दिएका छन् । ‘समानुपातिक तर्फको मतपत्र आजबाट सुरु भएको छ । जसमा ५८ दलको चिह्न  मतपत्रमा हुनेछ’ भट्टराईले भने, ‘प्रत्यक्ष तर्फको मतपत्र भने आगामी माघ १० गते पछाडीबाट मात्रै छापइको काम सुरु हुन सक्नेछ ।’ आगामी २१ फागुनमा हुने निर्वाचनका लागि प्रतयक्षतर्फ उम्मेदवारी दर्ताको समय माघ ६ गतेका लागि छ । माघ ९ गते निर्वाचन चिह्न वितरण गर्ने कार्यक्रम छ । त्यसपछि बल्ल मतपत्र छपाइ स...