Sunday, July 12

समाचार

लुटपाट र आगजनीमा संलग्नलाई कारबाही गर्न सरकार उदार देखियो : माधव नेपाल
राजनीति, समाचार, समाज

लुटपाट र आगजनीमा संलग्नलाई कारबाही गर्न सरकार उदार देखियो : माधव नेपाल

नेपालअखबार,काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले गत भदौ २४ गतेको हिंसात्मक र विध्वंसात्मक गतिविधिमा संलग्नलाई कारबाही गर्न सरकार गम्भीर नदेखिएको बताएका छन् । बुधबार नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा आयोजित ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सामूहिक पहल’ कार्यक्रममा बोल्दै सह–संयोजक नेपालले यस्तो बताएका हुन् । उनले सिसिटिभी क्यामेरा र भिडियोहरूमा स्पष्ट प्रमाण हुँदाहुँदै पनि दोषीहरूलाई पक्राउ नगरिनु आपत्तिजनक रहेको बताए । उनले भने, “सिसिटिभी क्यामेराले देखाइरहेको छ, तोडफोड गर्ने को–को हुन् थाहा भइरहेको छ, तर गिरफ्तार हुँदैनन्, दण्डित हुँदैनन्। चोरीको सामानसहित मान्छे फेला परेका छन्, तर कुनै सजाय दिइँदैन। यसले सरकारको कार्यक्षमतामाथि प्रश्न खडा गरेको छ।” आन्दोलनको नाममा भएको विध्वंस, आगजनी र लुटपाटलाई सरकारले उदारतापूर्वक हेरेको भन्दै उहाँले यसले भव...
भूमि आयोग कास्कीका अध्यक्षसहित ५ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता
प्रशासन, समाचार

भूमि आयोग कास्कीका अध्यक्षसहित ५ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता

नेपालअखबार, काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भूमि आयोग कास्कीका अध्यक्षसहित ५ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। भूमि आयोग कास्कीका अध्यक्ष गंगाप्रसाद पोखरेलसहित ५ जनाविरूद्ध अख्तियारले बुधबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो। पोखरा महानगरपालिका–२६ लेखनाथमा रहेको सामुदायिक अमरज्योति आधारभूत विद्यालयको ३ रोपनी ३ आना जग्गा भूमि आयोगले नक्कली सुकुम्बासीको नाममा दर्ता गरेको अख्तियारको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए। उनका अनुसार अध्यक्ष गंगाप्रसादसहित तत्कालीन सदस्य तथा मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुख रामचन्द्र अधिकारी, राष्ट्रिय भूमि आयोग, जिल्ला समिति कास्कीका तत्कालीन सदस्य आशबहादुर गुरूङ, सदस्यहरू उमाकुमारी थापा, सोमबहादुर नेपाली र प्रतिवादी भीमबहादुर बिकविरूद्ध मुद्दा दर्ता गरिएको हो। उनीहरूविरूद्ध अख्तियारले  १ करोड ४० लाख २५ हजार रूपैय...
सरकारराष्ट्रिय सभाको अधिवेशन बोलाउने तयारीमा
समाचार

सरकारराष्ट्रिय सभाको अधिवेशन बोलाउने तयारीमा

नेपालअखबार,काठमाडौं । सरकारले राष्ट्रिय सभाको अधिवेशन बोलाउने तयारी गरेको छ । यसका लागि प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालसँग संवाद गरेकी छन् । यही पुस १४ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा उनीहरूबीच भेट भएको थियो । उक्त भेटपछाडि पनि सरकारका प्रवक्ता एवं सञ्‍चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले पनि राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालसँग अधिवेशनको तयारीका सम्बन्धमा छलफल गरेका छन् । सरकारका प्रवक्ता एवं सञ्‍चारमन्त्री खरेलका अनुसार सरकार राष्ट्रिय सभाको अधिवेशन बोलाउने तयारीमा छ । मन्त्री खरेलले भनेका छन्, ‘यही पुस तेस्रो वा चौथो सातामा राष्ट्रिय सभाको बैठक बस्ने गरी प्रक्रिया अगाडि बढ्छ ।’ सरकारको सिफारिसमा राष्ट्रपतिले अधिवेशन आह्वान र अन्त्य गर्ने व्यवस्था छ । अधिवेशन आश्वान गर्दा एक साताको समय दिने अभ्यास पनि छ ...
सरकारको मुख्य ध्येय निर्वाचन सम्पन्न गर्नु हो : गृहमन्त्री
राजनीति, समाचार

सरकारको मुख्य ध्येय निर्वाचन सम्पन्न गर्नु हो : गृहमन्त्री

नेपालअखबार,विराटनगर । अन्तिरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको मुख्य ध्येय तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्नु रहेको बताएका छन् । विराटनगरमा आयोजित कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले सरकारको ध्यान सत्तामा टिकिरहने नभई निर्वाचनमार्फत निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्नेतर्फ केन्द्रित रहेको बताएका हुन् । ‘निर्वाचन लोकतन्त्रको अभिन्न प्रक्रिया हो। निर्वाचन बिना सुशासन कायम गर्न कठिन हुन्छ र देश थप अस्थिरतातर्फ धकेलिन सक्छ। त्यसैले सुशासन चाहने हो भने आवधिक निर्वाचनको विकल्प छैन’, उनले भने । ताजा जनादेश प्राप्त सरकारले मात्र दृढताका साथ काम गर्न सक्ने भएकोले सरकारले निर्वाचनलाई पहिलो प्राथमिकतामा राखेको उनको भनाइ छ । उनले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सरकारले आवश्यक सम्पूर्ण तयारी अघि बढाएक...
वीरगञ्जमा १८ गतेसम्म शैक्षिक संस्था बन्द
शिक्षा, समाचार, समाज

वीरगञ्जमा १८ गतेसम्म शैक्षिक संस्था बन्द

नेपालअखबार, वीरगञ्ज । शितलहर नरोकिएपछि वीरगञ्ज महानगरपालिकाले विद्यालयमा बिदा थप गर्ने निर्णय गरेको छ। अत्यधिक चिसो र शितलहर कायम रहेकोले पुस १६ गतेदेखि १८ गते शुक्रबारसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो। बढ्दो शितलहरलाई ध्यानमा राखेर वीरगञ्ज महानगरपालिका अन्तर्गतका मन्टेश्वरी र कोचिङहरू समेत थप ३ दिन बन्द गर्ने निर्णय गरिएको शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले जानकारी दिए। उनका अनुसार वर्षे सट्टे बिदाबाट कट्टा हुनेगरी जाडो बिदा गरिएको हो। पुस २० गतेबाट भने शैक्षिक संस्था नियमित रूपमा सञ्चालनमा आउने उनको भनाइ छ। यसअघि महानगरपालिकाले पुस ७ गतेदेखि १४ गतेसम्म सामुदायिक र संस्थागत विद्यालयहरूमा पठनपाठन स्थगित गरेको थियो। आज पुस १५ गते तमु ल्होसारको सार्वजनिक बिदा नै थियो भने  शैक्षिक प्रशासन महाशाखाले मौसम सुधार आउने आशा गर्दै पुस १६ गतेदेखि शैक्षिक संस्था खोल्ने ...
योगेशले भने– हामीले उठाएको पार्टी पुनर्गठन मुद्दाले जनताको दिलबाट समर्थन प्राप्त छ
राजनीति, समाचार

योगेशले भने– हामीले उठाएको पार्टी पुनर्गठन मुद्दाले जनताको दिलबाट समर्थन प्राप्त छ

नेपालअखबार, काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले आफूहरूले उठाएका पार्टी पुनर्गठनको मुद्दाले जनताको दिलबाट समर्थन प्राप्त गरेको बताएका छन्। बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले यो मुद्दा निकट भविष्यमै पार्टी पंक्तिबाट पनि अनुमोदन हुने बताएका हुन्। ‘हामीले पार्टीको अन्तरसंघर्ष आश र त्रासबाट मुक्त भएर यो जोखिम उठाएका हौं। म पार्टीका सम्पूर्ण कमरेडहरूलाई विचलित नहुन र आफ्नो तर्फबाट पार्टी एकताका पक्षमा भूमिका निर्वाह गर्न अनुरोध गर्दछु,’ उनले भनेका छन्, ‘हामीले उठाएका मुद्दाले जनताको दिलबाट समर्थन प्राप्त गरेको छ र निकट भविष्यमै पार्टी पंक्तिबाट पनि अनुमोदन हुने छन्।’ यति बेला नेपाल राष्ट्र, नेपाली जनता, लोकतन्त्र, संविधान, राजनीतिक दल र स्वयं हामी व्यक्तिहरू पनि इतिहासकै कठिन क्षणबाट गुज्रिएको उनले बताएका छन्। ‘यो बेला हामीले गम्भीर समीक्षा गरी सही निकास ...
परराष्ट्रमन्त्री बालानन्द शर्मा बङ्गलादेश प्रस्थान
राजनीति, समाचार

परराष्ट्रमन्त्री बालानन्द शर्मा बङ्गलादेश प्रस्थान

नेपालअखबार,काठमाडौं । परराष्ट्रमन्त्री बालानन्द शर्मा बङ्गलादेशकी पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाको राजकीय अन्त्येष्टिमा सहभागी हुन ढाका प्रस्थान गरेका छन् । मन्त्री शर्माका साथ परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारी रहेका छन् । उनी पुस १७ गते बिहीबार स्वदेश फर्किने कार्यक्रम छ ।नेत्रृ जियाले प्रधानमन्त्रीका रूपमा नेपाल-बङ्गलादेश सम्बन्ध सुदृढीकरणमा पुर्‍याएको योगदान स्मरणीय छ ।...
दाउन्ने सडक सञ्चालन, गाडी चापले जाम उस्तै
प्रशासन, समाचार

दाउन्ने सडक सञ्चालन, गाडी चापले जाम उस्तै

नेपालअखबार,काठमाडौं । शीतलहरका कारण प्रभावित भएको पूर्वपश्चिम राजमार्गको दाउन्ने सडक सञ्चालनमा आए पनि जाम लागेको छ । सडकमा सवारी साधनको चाप बढी भएको र सीमित गतिका कारण जाम लागेको हो । पालैपालो गरेर दुवैतर्फी सडक सञ्चालन गरिएको छ । तर, त्यस क्षेत्रको बतासेडाँडा, सुख्खा खोला र बाँसखोलामा सडक खराब भएकोले गाडी पास हुन समय लागेको छ । दाउन्ने क्षेत्रमा सडक निर्माणाधीन अवस्थामा छ । यसैबेला शीत परेपछि चिप्लो हुँदा ठूला गाडीहरू पास हुन सम्या भएको प्रहरीले जनाएको छ । मौसममा सुधार नहुँदासम्म यो क्षेत्रमा सवारी आवागमन प्रभावित भइरहने भएकोले वैकल्पिक मार्ग प्रयोग गर्नसमेत सुझाइएको छ ।...
सिन्धुलीमा गोली लागेको अवस्थामा युवकको शव फेला
समाचार, समाज

सिन्धुलीमा गोली लागेको अवस्थामा युवकको शव फेला

नेपालअखबार,काभ्रेपलाञ्चोक । सिन्धुलीको सुनकोशी गाउँपालिका-५ बन्दिपुरका वर्ष २२ को आशमान तामाङको गोली लागेको अवस्थामा शव फेला परेको छ । घ्याङ्लेख गाउँपालिका-१ पिउरीखोला जंगलमा तामाङको शव गोली लागेको अवस्थामा फेला परेको हो । उनको हत्या भएको हो या आफैं बन्दुक पड्किएर लागेको हो भन्ने केही नखुलेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीले जानकारी दिए । आफ्नो घरभन्दा करिब ३ किलोमिटर दक्षिणको जंगलमा उनको शव भेटिएको थियो । तामाङको नाइटोबाट रगत बगिरहेको अवस्थामा शव भेटिएको प्रहरी चौकी अमलेले जिल्ला प्रहरी कार्यालयलाई जानकारी गराएको थियो । सूचना प्राप्त हुनासाथ राती नै प्रहरी चौकी अमले, इलाका प्रहरी कार्यालय वस्तीपुर र इलाका प्रहरी कार्यालय खुर्कोटको टोली घटनास्थल गएको थियो । घटनाको प्रारम्भिक अनुसन्धानमा तामाङको पेटको भागमा गोली लागेको पाइएको हो । शव नजिक एक थान भरु...
आगामी निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीको मुख्य चुनावी एजेन्डा “No Vote प्रणाली र राजनीतिक सुधार: सुशासनतर्फको नयाँ बाटो” हुनुपर्छ :प्रविण पौडेल
राजनीति, विचार, समाचार

आगामी निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीको मुख्य चुनावी एजेन्डा “No Vote प्रणाली र राजनीतिक सुधार: सुशासनतर्फको नयाँ बाटो” हुनुपर्छ :प्रविण पौडेल

नेपालअखबार, काठमाडौँ । प्रविण पौडेल अध्यक्ष:नेपाल रिटर्नी एशोसिएसन (समाजवादी) आगामी निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीले आफ्नो मुख्य चुनावी एजेन्डा “No Vote प्रणाली र राजनीतिक सुधार: सुशासनतर्फको नयाँ बाटो” बनाउनुपर्ने आवश्यक रहेको छ। पार्टीका अनुसार हालको निर्वाचन प्रणालीमा मतपत्रमा उम्मेद्वारलाई भोट दिने विकल्प मात्र रहेको र मन नेपाली कम्युनिस्ट पार्टीको चुनावी एजेन्डा: No Vote प्रणाली र प्रतिनिधिको अधिकार सीमित अनिवार्यनपरेको उम्मेद्वारलाई अस्वीकार गर्ने व्यवस्था नभएकाले जनताले आफ्नो इच्छाविपरीत भोट दिन बाध्य हुनुपरेको छ। विश्लेषकहरूले मतपत्रमा “No Vote” को स्तम्भ राख्दा र ठूलो संख्यामा मत जाहेर भएमा, राजनीति भित्रका खराब प्रवृत्तिको अन्त्य हुने र दलहरूलाई जनलहर भएको, सक्षम र इमानदार उम्मेद्वार चयन गर्न बाध्य हुने विश्वास व्यक्त गरेका छन्। साथै, निर्वाचित भएपछि राज्यकोषमा सीधा पह...