Friday, November 20

समाचार

नारायणी नदीमा पानीको बहाब बढ्यो
समाचार

नारायणी नदीमा पानीको बहाब बढ्यो

नेपाल अखबार, चितवन। लगातार तीन दिनसम्म परेको वर्षापछि वढेको नारायणी नदीको बहावले खतराको विन्दु नाघ्यो । नारायणगढ बजार नजिकैबाट सोमबार दिउँसो देखिएको नदीको दृश्य । तस्वीरः नारायण अधिकारी/रासस
बाढीले सडक बगायो, पृथ्वी राजमार्ग ठप्प
समाचार

बाढीले सडक बगायो, पृथ्वी राजमार्ग ठप्प

नेपाल अखबार,  धादिङ। आइतबार रातिदेखि परेको अबिरल वर्षाले चितवन र धादिङको सिमानामा पर्ने पृथ्वी राजमार्गको मौवा खोला पुलको एप्रोच सडक बगाएको छ । खोलाले सडक बगाएपछि राजमार्ग पूर्ण रुपमा ठप्प छ । मौवा खोलाले सडक कटान गरेपछि पुलसमेत जोखिममा छ । बाह्र मिटर पुलको एप्रोच सडकको भाग बाढीले बगाएको सडक डिभिजन कार्यालय भरतपुरका इञ्जिनीयर शिव खनालले जानकारी दिए । उनले जति सक्दो छिटो सडक मर्मत गरी यातायात सञ्चालनको प्रयास गरिने बताए । जोगिमारा प्रहरी कार्यालयका हवल्दार उपेन्द्र श्रेष्ठले दिउँसो पुल भासिएर मानिससमेत हिँड्न नसक्ने भएको जानकारी दिए । उनले वैकल्पिक उपाय नखोजेसम्म तत्काल सडक सञ्चालनको सम्भावना नरहेको बताए । रासस...
ससंदीय समितिका सभापतिको गुनासो : समन्वयको अभाव भयो
राजनीति, समाचार

ससंदीय समितिका सभापतिको गुनासो : समन्वयको अभाव भयो

नेपाल अखबार, काठमाडौं । संसदीय समितिका सभापतिहरुले समितिका बैठक बस्न समन्वयको अभाव भएको गुनासो गरेका छन् । सोमबार प्रतिनिधिसभाका सभामुखसँग समिति सभापतिहरुको छलफलमा उनीहरुले यस्तो गुनासो गरेका हुन् । छलफलमा सभापतिहरुले समितिका कामकारवाही, समस्या र समाधानका लागि पहल गर्न आग्रह गरेका थिए । सहभागी सभापतिहरुले प्रतिकुल समयका कारण समन्वयको अभाव, हल उपकरण लगायतका समस्या रहेकाले त्यसको सम्बोधन गर्न आग्रह गरेको छलफलपछि सभामुख अग्नि सापकोटाले जानकारी दिए । सभामुख सापकोटका अनुसार समस्याहरु सम्बोधन गर्दै अघि बढ्ने सहमति भएको जानकारी दिए ।...
कोरोना अपडेट : बितेको २४ घण्टामा १८६ जना संक्रमित थपिए
समाचार, स्वास्थ्य

कोरोना अपडेट : बितेको २४ घण्टामा १८६ जना संक्रमित थपिए

नेपाल अखबार, काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप १८६ जनामा कोरोनाभाइरस संक्रमित थपिएका छन् । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंका २, ललितपुरका १ सहित १८६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । हाल सक्रिय संक्रमितको संख्या ५ हजार ९३६ जना र निको भएकासहित कुल संक्रमितको संख्या १७ हजार ८४४ पुगेको गौतमले बताए । पछिल्लो २४ घण्टामा ४ हजार २१६ जनाको पीसीआर परीक्षण भएको छ भने  थप १७३ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको कुल संख्या ११ हजार ८६८ पुगेको छ । अहिलेसम्म संक्रमितमध्ये ६६.५१ प्रतिशत निको भएको पनि गौतमले बताए ।...
बाढीका कारण काबेली करिडोरको १३२ मेगावाट विद्युत् उत्पादन बन्द
अर्थ, प्रविधि, समाचार

बाढीका कारण काबेली करिडोरको १३२ मेगावाट विद्युत् उत्पादन बन्द

नेपाल अखबार, काठमाडौं । अविरल भारी वर्षाका कारण खोला तथा नदीमा आएको बाढीका कारण इलाम, पाँचथर र ताप्लेजुङमा सञ्चालनमा रहेका अधिकांश जलविद्युत आयोजनाबाट विद्युत् उत्पादन बन्द भएको छ । काबेली करिडोर १३२ केभी प्रसारण लाइनमा तीन जिल्लामा सञ्चालनमा रहेका १७५ मेगावाट विद्युत् जोडिएको अहिले ४३ मेगावाट विद्युत् मात्रै प्रवाह भइरहेको छ । इलाममा रहेका जलविद्युत् आयोजनाबाट ९० मेगावाट विद्युत् उत्पादन भइरहेकोमा सोमबार दिउँसो १ बजेबाट विद्युत् उत्पादन बन्द भएको काबेली करिडोर प्रसारण लाइन आयोजनाका प्रमुख दीपेन्द्रराज दुवेदीले जानकारी दिए । त्यहाँ नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रका जलविद्युत आयोजनाहरु सञ्चालित छन् । यसैगरी, पाँचथरमा सञ्चालित विभिन्न आयोजनाहरुबाट ३७ मेगावाट विद्युत् उत्पादन भइरहेकोमा वर्षाका कारण ८ मेगावाट मात्रै उत्पादन भइरहेको छ । यसैगरी, पाँचथर र ताप्लेजुङको सीमामा पर्ने काबेलीमा ...
बाजुराको ताप्रिसेरा पक्की पुल बाढीले बगायो
समाचार

बाजुराको ताप्रिसेरा पक्की पुल बाढीले बगायो

नेपाल अखबार, कैलाली । बाजुराको बुढीगंगा नगरपालिका–२ स्थित ताप्रिसेरा घट्टेखोलामा रहेको पक्की पुल बाढीले बगाएको छ । पक्की पुल बगेपछि साँफे–मार्तडी सडकखण्डमा आउ–जाउ पूर्णरुपमा बन्द भएको छ । साफे–मार्तडी सडकखण्ड अन्तरगत ओमकोटमा पनि पहिरोको कारण करिब दुई सातादेखि यातायात अबरुद्ध भएको छ । जिल्लाका ग्रामिण सडकहरुमा पनि पहिरोले क्षति पुगेको छ ।...
चार किलोमा पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध
समाचार

चार किलोमा पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

नेपाल अखबार, चितवन।  नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । सोमबार बिहान चारकिलोमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । बिहान ५ बजेतिर दुई वटा विद्युत्का पोलसहित ठूलो पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालय चितवनले सूचना जारी गर्दै बिहान ५ बजे खसेको  पहिरोको कारण दुईतर्फी सडक अवरुद्ध भएकोले ओभरटेक नगरी आ–आफ्नो सवारीसाधन सुरक्षित स्थानमा रोक्न अनुरोध गरेको छ । पहिरो लगातार खसिरहेको र ठूलो भएकाले तत्काल हटाउन कठिनाई भइरहेको र बाटो खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक (इन्सपेक्टर) दयाकृष्ण भट्टले जानकारी दिएका छन् । दुई दिनदेखिको अविरल वर्षाका कारण सडकका विभिन्न भागमा पहिरो गएका छन् । इच्छाकामना–६ मा पर्ने चारकिलोमा त्यसअघि पनि पटक-पटक पहिरो खस्दा समस्या हुँदै आएको छ ।...
बाजुराको ताप्रिसेरा पक्की पुल बाढीले बगायो
समाचार

बाजुराको ताप्रिसेरा पक्की पुल बाढीले बगायो

नेपाल अखबार, कैलाली । बाजुराको बुढीगंगा नगरपालिका–२ स्थित ताप्रिसेरा घट्टेखोलामा रहेको पक्की पुल बाढीले बगाएको छ । पक्की पुल बगेपछि साँफे–मार्तडी सडकखण्डमा आउ–जाउ पूर्णरुपमा बन्द भएको छ । साफे–मार्तडी सडकखण्ड अन्तरगत ओमकोटमा पनि पहिरोको कारण करिब दुई सातादेखि यातायात अबरुद्ध भएको छ । जिल्लाका ग्रामिण सडकहरुमा पनि पहिरोले क्षति पुगेको छ ।...
जेलमा हुँदा लिएकाे एक हजार सापटी फिर्ता नगर्दा हत्या !
समाचार, हाइलाइट-समाचार

जेलमा हुँदा लिएकाे एक हजार सापटी फिर्ता नगर्दा हत्या !

नेपाल अखबार, लहान । सिरहाको लहान नगरपालिका–१ का एक युवकको अपहरणपश्चात् हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । लहान नगरपालिका–१ निवासी २७ वर्षीय रोशन रामको अपहरण गरी हत्या गरेको आरोपमा सिरहाको मिर्चैया नगरपालिका–२ निवासी मुकेश कटवाल र जयकुमार यादवलाई पक्राउ गरेको हो । केही दिनअघि मात्रै लागुऔषध मुद्दामा अदालतबाट धरौटी तिरेर रिहा भएका रामको शव गत बुधबार सिरहाको मिर्चैया नगरपालिकास्थित बतहा खोला नजिकै शव फेला परेको थियो । तत्काल शवको पहिचान नभए पनि परीक्षणका लागि लहान अस्पतालमा राखिएको रामको शव रहेको शुक्रबार मात्रै पहिचान भएको थियो । गत असार २७ मा जेलमा सँगै बसेका साथीसँगै घरबाट गएका रामको शव फेला परेपछि परिवारले हत्या आशङ्का गरेपछि घटनामा संलग्न रहेको आरोपमा दुवै जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक सन्तु जयसवालले जान...
चितवन राष्ट्रिय निकुन्जले जलाइदियो चेपाङका घर
समाचार, समाज

चितवन राष्ट्रिय निकुन्जले जलाइदियो चेपाङका घर

नेपाल अखबार, चितवन। चितवन राष्ट्रिय निकुन्जले माडी नगरपालिका–९ का चेपाङ वस्तीका घर हात्ती लगाएर भत्काइदिनुका साथै केही आगजनीसमेत गरेको छ । माडी नगरपालिकाका मेयर ठाकुर प्रसाद ढकालले आठ वटा घर भत्काइएको र दुईवटा घरमा आगजनी गरिएको बताए । अविरल वर्षाको बेला घर नै नरहेपछि चेपाङ सुमदायको विचल्ली भएको छ । मेयर ढकालका अनुसार चेपाङ समुदायका लत्ताकपडा, भाँडाकुँडा, दुःख गरेर कमाएको केही रकमसमेत पूर्णरुपमा नष्ट भएको छ । माडी नगरपालिका–९ कुसुमखोलामा २०५३ सालदेखि सकुम्वासी चेपाङहरु बस्दै आएका थिए । निकुन्ज क्षेत्र अतिक्रमण गरेर बसेको भन्दै उनीहरुका घर भत्काउनुका साथै आगजनी गरिएको हो । स्थानीय सरकार वा सरोकारवाला कुनै पनि निकायसँग समन्वय नगरी निकुन्ज प्रशासनले चेपाङ समुदायको घर भत्काइदिएको र आगजनी गरेको भन्दै माडी नगरपालिकाले भत्र्सना गरेको छ । साथै चेपाङहरुको उचित व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण ग...