Friday, November 20

समाचार

बिहे गर्ने प्रलोभनमा बालिकामाथि बलात्कार
समाचार

बिहे गर्ने प्रलोभनमा बालिकामाथि बलात्कार

नेपाल अखबार, काठमाडौं । बालिकालाई प्रलोभन देखाएर बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरको चौदण्डी नगरपालिका–३ घर भइ काठमाडौंको थानकोट बस्दै आएका २६ वर्षीय जय राई छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार राईले शुक्रबार नागर्जुन नगरपालिका–१०, खड्का गाउँस्थित आफ्नो साथीको डेरामा बालिकालाई लगेर जबरजस्तीकरणी गरेको उजुरी परेको छ । घटनाबारे जानकारी पाएलगत्तै ललितपुरको सातदोबाटोबाट उनलाई प्रहरीले पक्राउ गरेको छ ।...
मनसूनी न्युन चापीय रेखा नेपाल तिर सर्‍यो : भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
समाचार, समाज

मनसूनी न्युन चापीय रेखा नेपाल तिर सर्‍यो : भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह

नेपाल अखबार, पाेखरा। हाल देशभर मनसुनी वायुको प्रभाव छ । साथै मनसूनी न्युन चापीय रेखा नेपाल तिर सरेको अवस्था छ।  देशभर सामान्य देखि पुर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी  प्रदेशका केही स्थानहरुमा साथै  प्रदेश ५,  सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा  भारी वर्षाको  सम्भावना  रहेकोले ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले अनुरोध गरेको छ । सोमबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा  हल्का देखि ...
बुटवल–तानसेन सडक फेरि अवरुद्ध
समाचार

बुटवल–तानसेन सडक फेरि अवरुद्ध

नेपाल अखबार, बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्ड सुचारु भएको तीन घण्टामै पुनः अवरुद्ध भएको छ । तानसेन नगरपालिका–८ मा पर्ने गौडेपुल नजिकै शुक्रबार राति खसेको पहिरो दुई दिन लगाएर पन्छाएपछि आइतबार साँझ ५ बजेदेखि एकतर्फी सवारी साधन चल्न थालेका थिए । तर, राति सवा आठ बजेपछि सोही ठाउँमा पहिरो खस्दा पुनः पूर्णरुपमा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायब उपरीक्षक मदन गिरीले बताए । सोमबार बिहानबाट पहिरो पन्छाउने काम शुरु हुने डीएसपी गिरीले बताए । शुक्रबार रातिदेखि रोकिएका सबै साधन पहिरो खसेको ठाउँ पार गरेर गन्तव्यतर्फ जान नपाउँदै पुनः सडक अवरुद्ध भएपछि सवारी साधनहरु फेरि सडकमै अलपत्र परेका छन् । शुक्रबार खसेको पहिरोले राजमार्गको बेसलाइन नै बगाएको छ । पहिरोले लु १ क ११७५ नम्बरको ट्रकसमेत पुरेको थियो । पहिरोले पुरेको ट्रकलाई शनिबार निकालिएको थियो ।...
पोखरामा यस वर्ष गाइजात्रा महोत्सव तथा तायमचा प्रतियोगिता नहुने
समाचार, समाज

पोखरामा यस वर्ष गाइजात्रा महोत्सव तथा तायमचा प्रतियोगिता नहुने

नेपाल अखबार, पोखरा । यस वर्ष पोखरामा गाइजात्रा महोत्सव तथा तायमचा नृत्य प्रतियोगिता नहुने भएको छ । कोरोना भाइरसका कारण उत्पन्न विषम परिस्थितीले गर्दा नेवाः खल कास्कीको आह्वानमा हरेक वर्ष हुने प्रतियोगिता यो वर्ष स्थगित गर्नु परेको खलका अध्यक्ष अशोक पालिखले जानकारी दिए । हालै नेवाः खल कास्कीको कार्यसमितीको वैठकले श्रावण २० गते परम्परागत रुपमा निकालिदै आईरहेको गाईजात्रा नृत्य तथा यही श्रावण २४ गते हुने गाईजात्रा महोत्सवलाई पनि स्थगित गरिएको हो । साँस्कृतिक परम्पराका रुपमा मनाउदै आएको गाइजात्रा भने घरका परिवार तथा सिमित व्यक्तिहरु सम्मिलित भई सामाजिक दुरी कायम गरि नजिकैको मन्दिर मात्रै परिक्रमा गरि निकाल्न पनि नेवाः खल कास्कीले आह्वान गरेको महासचिव सुविन्द्र श्रेष्ठले बताए । नेवारी संस्कार र संस्कृति जगेर्नाका लागि नेवाः खल कास्कीले हरेक वर्ष गर्दै आइरहेको गाइजात्रा महोत्सव तथा तायमचा नृत्य प...
पोखरामा प्रहरी अस्पताल भवनको निर्माण सम्पन्न
समाचार

पोखरामा प्रहरी अस्पताल भवनको निर्माण सम्पन्न

नेपाल अखबार, पोखरा । गण्डकी प्रदेश प्रहरी कार्यालयले पोखरा महानगरपालिका– ७ मुस्ताङचोकमा प्रहरी अस्पताल भवन निर्माण सम्पन्न गरेको छ । सेवामा समर्पित प्रहरी कर्मचारीका साथै तिनका आश्रित परिवार एवं भूतपूर्व प्रहरी कर्मचारीको औषधोपचार गर्ने लक्ष्यका साथ नेपाल प्रहरी कल्याण कोषको रु २८ लाख २३ हजारको लागतमा सो भवन निर्माण गरिएको हो । जनरल ओपिडीसहित वार्ड ल्याब र फार्मेसी सेवा सञ्चालन गर्दै आएको अस्पतालले नवनिर्मित भवनसँगै हाडजोर्नी, नशा तथा बाथ रोग विशेषज्ञलगायतका अन्य सेवा प्रदान गर्ने भएको छ । गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक घनश्याम अर्यालले आज आयोजित एक समारोहका बीच सो नवनिर्मित भवनको उद्घाटन गर्दै प्रहरी कर्मचारीलाई शिक्षा र स्वास्थ्यमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ प्रहरी अस्पतालको परिकल्पना गरिएको जानकारी दिए । विसं २०४० मा नेपाल प्रहरी अस्पताल महाराजगञ्ज काठमाडाँैमा...
सवारी साधनको कागज कीर्ते गर्ने यातायात कार्यालयका दाङका कर्मचारीसहित पाँच पक्राउ
समाचार

सवारी साधनको कागज कीर्ते गर्ने यातायात कार्यालयका दाङका कर्मचारीसहित पाँच पक्राउ

नेपाल अखबार, घोराही । सवारी साधनको नक्कली कागजपत्र बनाएको अभियोगमा यातायात व्यवस्था कार्यालय दाङ, तुलसीपुरका कार्यालय सहयोगीसहित ५ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । चार जनाको मिलेमतोमा सरकारी छाप कीर्ते गरी नक्कली व्लुबुक बनाइरहेको सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा यातायात व्यवस्था कार्यालय तुलसीपुरका कार्यालय सहयोगी तुलसीपुर–४ निवासी ४८ बर्षीय कृष्णप्रसाद खनाल, तुलसीपर–६– का २१ बर्षीय अव्दुल हफिस सिद्धिकी, ३७ बर्षीय जीवन पोखरेल, ३२ बर्षीय बिष्णु घिमिरे र चक्रबहादुर वली रहेका छन् । उनीहरुको साथबाट प्रदेश ५ सरकार भौतिक पूर्वाधार मन्त्रालय यातायात व्यवस्थाप कार्यालय दाङ लेखेको छाप १ थान, शाखा अधिकृतको छाप १ थान समेत बरामद गरेको छ । त्यस्तै एक लाख रुपैयाँ नगद समेत बरामद भएको एसपी चन्दे बताए । उनीहरुको मोटरसाइकल चोरी गर्ने र मोर्डिफाइ गर्ने गिरोहसँग संलग्नता...
प्रचण्ड पुगे ओलीलाई भेट्न बालुवाटार
राजनीति, समाचार

प्रचण्ड पुगे ओलीलाई भेट्न बालुवाटार

नेपाल अखबार, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा भेटवार्ता भएकाे छ । ओलीलाई भेट्न प्रचण्ड आइतबार साँझ बालुवाटार पुगेका हुन् । करिब २ घण्टा भएको छलफल बिनानिष्कर्ष सकिएको बालुवाटार स्रोतले जनाएको छ । पार्टीभित्र विवाद चुलिँदै गएपछि शीर्ष नेताहरुबीचको भेटघाट बाक्लिएको छ । आइतबार बिहान पनि प्रचण्डले माधव नेपाल पक्षधर नेताहरुसँग भेटघाट गरेका थिए । प्रचण्डले आइतबार बिहान आफ्नै निवासमा माधव नेपाल पक्षधर नेताहरुलाई शनिबारको बैठकमा ओलीले राखेको प्रस्तावको विषयमा स्पष्टीकरण दिएका थिए । शनिबारको बैठकमा ओलीले मंसिरमा महाधिवेशनको प्रस्ताव राखेको र त्यसमा प्रचण्डले सहमति जनाएको भन्दै नेपालसहितका सचिवालयका नेताहरु झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठले असहमति जनाएका थिए । तर प्रचण्डले आ...
सिटभरि यात्रु, छैन सुरक्षा
समाचार, हाइलाइट-समाचार

सिटभरि यात्रु, छैन सुरक्षा

नेपाल अखबार, काठमाडौँ । उपत्यकाका सडकमा सार्वजनिक यातायातका सवारीका साधन फाट्टफुट्ट  गुड्न थालेका छन् । सिट क्षमताभन्दा आधामात्र यात्रु राखी कोरोना भाइरसको सङ्क्रमणबाट बच्न त्यस्ता सवारीमा सानिटाइजरसमेत राखेर चलाउन सकिने निर्णय भएपनि सही रुपमा कार्यान्वयन हुन सकेको छैन । सरकारले गत असार २६ गतेदेखि नै सुरक्षा विधि अपनाएर दुई जनाको सिटमध्येमा एक सिटमा एकजना यात्रु राखेर सवारी चलाउन सकिने निर्णय गरेको थियो । शुरुका दिनमा नचलेका सार्वजनिक यातायात हाल फाट्टफुट्ट चल्न थाले पनि सरकारले कोरोनाबाट बच्न बनाएका नियम भने लागू हुन सकेको छैन । यातायात व्यवसायीले सिट क्षमताभन्दा आधामात्र यात्रु राख्न पाउने नियम पालना नगर्दा दूरी कायम हुन नसक्ने देखिएको यात्रु मङ्गले तामाङले गुनासो गरे । “बौद्धबाट डिल्लीबजारका लागि आज यात्रा गर्दा बा३ख १९२२ नं सार्वजनिक यातायातमा अगाडिका सबै सिटमा यात्रु बसेका थिए, जानैपर...
थप १५६ मा कोरोना पुष्टि, संक्रमितको संख्या १७ हजार ६५८ पुग्यो
समाचार, स्वास्थ्य

थप १५६ मा कोरोना पुष्टि, संक्रमितको संख्या १७ हजार ६५८ पुग्यो

नेपाल अखबार, काठमाडाैं। नेपालमा पछिल्ले २४ घण्टामा थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले देशभरका परीक्षण केन्द्रमा गरिएको परीक्षणमा थप १५६ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको बताए। योसँगै नेपालमा कोरोना संक्रमितको जम्मा संख्या १७ हजार ६५८ पुगेको छ। प्रवक्ता गौतमका अनुसार आज ३ हजार ७४१ जनाको पीसीआर परीक्षण गरिएको थियो। त्यस्तै नेपालमा पछिल्ले २४ घण्टामा थप ५८ जनामा कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन्। अहिलेसम्म ११ हजार ६९५ जना संक्रमित निको भएको प्रवक्ता गौतमले बताए। त्यस्तै नेपालमा अहिलेसम्म कोरोनाका कारण ४० जनाको मृत्यु भइसकेको छ।...
नेपालका ८ जिल्ला भए कोरोनामुक्त
समाचार, स्वास्थ्य

नेपालका ८ जिल्ला भए कोरोनामुक्त

नेपाल अखबार, काठमाडाैं। नेपालका ८ जिल्ला कोरोनामुक्त भएका छन्। आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले नेपालका ८ जिल्लामा कोरोना संक्रमितको संख्या शून्य रहेको बताए। प्रवक्ता गौतमका अनुसार भोजपुर, पाँचथर, धनकुटा, रसुवा, मनाङ, मुस्ताङ हुम्ला र जुम्ला गरी ८ जिल्ला कोरोना मुक्त भएका हुन्। त्यस्तै प्रवक्ता गौतमलले तीन जिल्लामा कोरोना संक्रमितको संख्या बढी रहेको बताए। प्रवक्ता गौतमका अनुसार रौतहट, कैलाली र बाजुरामा कोरोना संक्रमितको संख्या ५ सय भन्दा बढी रहेको छ। त्यस्तै नेपालमा पछिल्ले २४ घण्टामा थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको जम्मा संख्या १७ हजार ६५८ पुगेको छ। प्रवक्ता गौतमका अनुसार आज ३ हजार ७४१ जनाको पीसीआर परीक्षण गरिएको थियो। त्यस्तै नेपालमा पछिल्ले २४ घण्टामा थप ५८ जनामा कोरो...