मुस्ताङमा पाइने जिम्बुको माग पोखरामा अत्याधिक
वासुदेव पौडेल/निरज थकाली। हिमाली जडिबुटी जिम्बु यतिखेर धेरैजसोका घरका भान्छामा पाउने गरिन्छ । पछिल्ला समयमा बढ्दै गएको थकाली खाना प्रतिको मीठो स्वादमा जिम्बुको ठूलै भूमिका छ । हिमाल पारीको जिल्ला मुस्ताङको जिम्बु यतिखेर गण्डकी प्रदेशको राजधानी पोखरासहित यस आसपासका जिल्लामा पुग्ने गरेको छ । विशेष गरी दाल झान्ने प्रयोजनमा सर्वसाधारणले यसको उपयोग गर्दछन् । वास्नादार जिम्बुले झानेको दालमा छुट्टै स्वाद त हुन्छ नै यो स्वास्थ्यका लागि पनि बहुउपयोगी मानिन्छ ।
रुघा खोकी लागेका व्यक्तिले जिम्बु राखेर पकाएको पानी पिएमा निको हुने र स्वासप्रस्वासजन्य अन्य समस्यामा पनि यसले फाइदा पुर्याउने गर्दछ । समुद्री सतहबाट तीन हजार मिटर भन्दा माथिको हिमाली क्षेत्रमा जिम्बु पाइन्छ । मुस्ताङको वारागुङ्ग मुक्तिक्षेत्र गाउँपालिका वडा नं ३ छुसाङका स्थानीय समाजसेवी एवम् मुखिया विनोद गुरुङ पछिल्ला समयमा मुस्ताङमा उत्पाद...
