ताप्लेमा शिविर ः एक सय ९२ जनाको आँखा परीक्षण
गोरखा । गोरखा नगरपालिका–१ ताप्लेका १९२ जनाको निशुल्क आँखा जाँच गरिएको छ ।
गोरखा नगरपालिका र लायन्स क्लव अफ गोरखाको आयोजनामा आइतबार भएको शिविरमा उनीहरुको आँखा परीक्षण गरिएको हो । आँखा जाँच गराउनहरुमा पूरुषको तुलनमा महिला दोब्बर बढि देखिएका छन् ।
सो अवसरमा १२१ महिलाले र ७१ पूरुषले आँखा जाँच गराएको वडा नम्बर १ का अध्यक्ष हिक्मतबहादुर कुँवरले जानकारी दिए । परीक्षण गराएका मध्ये ९ जनामा मोतिबिन्दुको समस्या देखिएको छ । शिविर विरामीहरुका लागि निशुल्क औषधी र चस्मा वितरण गरिएको थियो ।
मोतिविन्दु भएका विरामीहरुको पनि क्रमश अपरेसन गर्दै लैजाने तयारी गरिएको छ । गोरखा नगरपालिकाले क्रमश हरेक वडामा उक्त शिविर गर्ने योजना बनाएको छ । ‘कोही पनि नगरबासीले आँखाको समस्याका कारण दुखः पाउनु नपरोस्’ नगरप्रमुख राजनराज पन्तले भने ‘सोही अनुरुप गोरखा नगरपालिकका १४ वटै वडामा शिविर सञ्चालन गर्न लागेका हौं ।’
...
