एमाले केन्द्रीय सदस्यमा आए ४० वर्ष मुनिका यी १५ युवा
नेपालअखबार,काठमाडौँ । नेकपा (एमाले) को ११औँ महाधिवेशनबाट केन्द्रीय कमिटीमा युवा क्लस्टरबाट प्रतिनिधित्व गर्ने १५ जना सदस्यको निर्क्याैल भएको छ । खुला, प्रदेश, समावेशी क्लस्टरबाट समेत गरी ती सदस्यको निर्क्याैल भएको हो ।
सार्वजनिक भएको अन्तिम मतपरिणाम अनुसार खुल्लातर्फ २ जना, भूगोलबाट ८ जना, तथा समावेशी अन्तर्गत आदिवासी जनजातीतर्फ २ जना, मधेसीबाट ३ जना र दलितबाट २ जना गरी सो सङ्ख्यामा ४० वर्ष मुनिका युवाको प्रतिनिधित्व भएको हो ।
पार्टीको विधानमै व्यवस्था गरेर एमालेले यसपटक युवा क्लस्टर (४० वर्ष मुनि) का लागि सिट सुरक्षित गरेको थियो । जसमा केही निर्विरोध निर्वाचित भएका छन् भने केही लोकप्रिय मतसहित विजयी भएका छन् ।
केन्द्रीय सदस्यको खुल्ला युवा तर्फको दुई सिटमा नरेश रोकाया र सुशील कुमार थापा निर्विरोध निर्वाचित भएका छन् । उनीहरूले मतदान प्रक्रियामा समावेश नै नभई केन्द्रीय सदस्य बनेका ...










