Saturday, November 28

समाचार

कारागारबाट भागेका नक्कली भुटानी शरणार्थी प्रकरणका प्रतिवादी शर्मा पक्राउ
प्रशासन, समाचार, समाज

कारागारबाट भागेका नक्कली भुटानी शरणार्थी प्रकरणका प्रतिवादी शर्मा पक्राउ

नेपालअखबार, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादी रही कारागारबाट भागेका सन्देश शर्मा पक्राउ परेका छन्। भदौ २४ गते केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवलबाट भागेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। उनलाई प्रहरीले ललितपुरबाट पक्राउ गरेको हो। पक्राउ गरेसँगै कारागार पठाउने प्रक्रिय भइरहेको छ। यसअघि भुटानी प्रकरणमा मुख्य प्रतिवादीहरू सानु भण्डारी र केशव दुलाललाई पनि प्रहरीले पक्राउ गरी कारागारमा पठाएको थियो।...
प्रकोपको जोखिम टरेको छैन, सतर्कता अपनाउनु अनिवार्य छ :पूर्वप्रधानमन्त्री खनाल
राजनीति, समाचार

प्रकोपको जोखिम टरेको छैन, सतर्कता अपनाउनु अनिवार्य छ :पूर्वप्रधानमन्त्री खनाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अझै पनि प्राकृतिक प्रकोपको जोखिम टरेको टरिनसकेको भन्दै उच्च सतर्कता र सावधानी अपनाउनु अनिवार्य रहेको बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका खनालले आइतबार सामाजिक सञ्जालमा भनेका छन्, ‘यस्तो अवस्थामा जनता र राष्ट्रप्रति संवेदनशील रहेका सबै राजनीतिक पार्टीहरू, जङ्गी र निजामती प्रशासन, सबै तहका सरकारहरू र विशेष गरेर स्थानीय सरकारहरू, नागरिक समाज र सम्पूर्ण पक्षलाई जनता र राष्ट्रले भोगिरहेको यो आपत् र विपतको बेलामा युद्ध स्तरमा जनताको सेवामा उत्रिन आह्वान गर्दछु ।’ साथै उनले मृतकका परिवारलाई आवश्यक राहत दिन, बाढी र पहिरो पीडितहरूलाई उद्धार गर्न, आवश्यक ठाउँमा अविलम्ब राहत सुविधाहरू पुर्याउन, औषधि उपचारको प्रबन्ध गर्न र जन जीवनलाई सामान्य अवस्थामा फर्काउन म सरकारसँग माग गरेका छन् ।...
सगरमाथा पदमार्गमा पहिरो, सुरक्षित रहन पदयात्रीलाई आग्रह
समाचार, समाज

सगरमाथा पदमार्गमा पहिरो, सुरक्षित रहन पदयात्रीलाई आग्रह

नेपालअखबार,काठमाडौं । सगरमाथा क्षेत्रमा नाम्चे र जोरसल्ले बीचको पदमार्ग पहिरोका कारण क्षतिग्रस्त भएको छ। नेपाल ट्रेकिङ एजेन्सिज् एसोसिएसन (टान) ले उक्त खण्डमा यात्रा गर्ने पदयात्रीहरूलाई सावधानी अपनाउन र वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ। टानले पदयात्रीहरूलाई मुख्य पदमार्ग अवरुद्ध भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । मूल बाटोभन्दा २/३०० मिटर माथि रहेको खच्चर हिंड्ने वैकल्पिक बाटोबाट हिंड्न सकिने टानले जनाएको छ । संघले सबै ट्रेकिङ एजेन्सीहरू, गाइड र पदयात्रीहरूलाई सुरक्षा प्राथमिकता दिँदै आवश्यक तयारीसहित यात्रा गर्न अनुरोध गरेको छ।...
इलाममा बाढी-पहिरोले १८ जनाको मृत्यु
समाचार, समाज

इलाममा बाढी-पहिरोले १८ जनाको मृत्यु

नेपालअखबार,विराटनगर। लगातारको भीषण वर्षाले निम्त्याएको पहिरोले इलाममा ठूलो मानवीय क्षति भएको छ। आइतबार बिहानसम्म पहिरोले कम्तीमा १८ जनाको ज्यान लिइसकेको प्रहरीले जनाएको छ। कोशी प्रदेश प्रहरी प्रवक्ता एसएसपी दीपक पोखरेलले दिएको जानकारी अनुसार जिल्लाका विभिन्न स्थानमा खसेको पहिरोले कम्तीमा १८ जनाको ज्यान गएको छ। ‘विभिन्न ६ वटा ठाउँमा गएको पहिरो जाँदा कम्तिमा १८ जनाको मृत्यु भएको पुष्टि भएको छ,’ एसएसपी पोखरेलले भने। इलामका सुर्योदय, देउमाई, माङसेवुङ, फाकफोकथुम र इलाम नगरपालिकामा पहिरोका कारण ठूलो जनधनको क्षति भएको स्थानीय प्रशासनले जनाएको छ। सुर्योदय नगरपालिका–१ मानेभञ्ज्याङमा खसेको पहिरोमा ५ जनाको मृत्यु भएको प्रहरीको भनाइ छ। त्यस्तै, माङसेवुङ गाउँपालिका–१ पाटीगाउँमा ३ जना, देउमाई नगरपालिका–५ धारेमा १ जना र सोही नगरपालिकाको धुसुनेमा २ जनाको मृत्यु भएको छ। यस्तै, फाकफोकथु...
मौसम सुधारसँगै आन्तरिक उडान नियमित
कर्पोरेट, समाचार, समाज

मौसम सुधारसँगै आन्तरिक उडान नियमित

नेपालअखबार, काठमाडौं ।  काठमाडौंको मौसममा केही सुधार देखिएसँगै आन्तरिक उडान पुन: सुरू भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ। यतिबेला विभिन्न विमानस्थलमा रोकिएका जहाजले यात्रु लिएर काठमाडौंका लागि उडान गरिरहेको विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले बताए। उनका अनुसार मौसम खराब नभएमा अब नियमित उडान हुनेछ। खराब मौसमका कारण शनिबार बिहानैदेखि आन्तरिक उडान बन्द गरिएको थियो।...
कोशी ब्यारेजका ५० ढोका खोलिए
प्रशासन, समाचार, समाज

कोशी ब्यारेजका ५० ढोका खोलिए

नेपालअखबार,सुनसरी । अविरल वर्षातका कारण सप्तकोशी नदीमा जलवहाव बढ्दै गएपछि कोशी ब्यारेजका ५०  ढोका खोलिएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता योगराज खतिवडाले कोशी ब्यारेजमा पानीको वहाव प्रतिसेकेण्ड ३ लाख ३५ हजार पुगेपछि ब्यारेजका ५६ ढोकामध्ये ५० खोलिएको जानकारी दिए । उनका अनुसार आज बिहान ८:१५ बजे सो नदीको जलवहाव मापन गरिएको थियो । आज बिहान ७ः०० बजे सो नदीको जलवहाव मापन गर्दा दुई लाख ७१ हजार ३१० क्यूसेक पुगेपछि ३९ ढोका खोलिएको थियो  । शनिबार बेलुका ८ः०० बजे पानीको प्रवाह मापन गर्दा एक लाख ९३ हजार ६० प्रतिसेकेण्ड पाइएपछि १५ ढोका खोलिएको थियो । गत भदौ १७ गते नदीमा पानीको वहाव उच्च हुँदै जाँदा कोशी ब्यारेजका ५६ मध्ये ३८ ढोका खोलिएको थियो । यसपछि लगातार पानीको वहाव घटेको थियो । शुक्रबार र शनिबार लगातार बर्षा भइरहेको कारण आज बिहानदेखि सप्तकोशीमा पानीको वहाव बढ्दै गएको प्रवक्त...
मुग्लिङ-नारायणगढ सडक दुईतर्फी सञ्चालनमा
समाचार, समाज

मुग्लिङ-नारायणगढ सडक दुईतर्फी सञ्चालनमा

नेपालअखबार,काठमाडौँ । पहिरोले पटक पटक अवरुद्ध बन्दै आएको मुग्लिङ-नारायणगढ सडक अहिले दुईतर्फी सञ्चालनमा आएको छ । तुइन खोलाको पहिरो हटाएपछि सडक दुईतर्फी सञ्चालनमा आएको सडक डिभिजन भरतपुरले जानकारी दियो । ससाना पहिरो र ढुङ्गा खस्ने क्रम नरोकिएकोले यात्रामा सावधानी अपनाउन कार्यालयले अनुरोध गरेको छ ।
आज पनि देशभर पानी पर्ने
समाचार, समाज

आज पनि देशभर पानी पर्ने

नेपालअखबार,काठमाडौँ । आज पनि देशभर पानी पर्ने मौसमविद्हरूले जनाएका छन्। हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावा (मनसुनी वायुको) प्रभाव छ। जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी  र मधेस प्रदेशका अधिकांश स्थाहरुमा पूर्ण बदली रही बागमती, लुम्बिनी प्रदेशमा साधारणतया बदली र बाँकी भू–भागहरुमा आंशिक बदली रहने छ । आज कोशी र मधेस प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी र मधेस प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ । महाशाखाका अनुसार आज कोशी, मधेस, बागमती प्रदेशलगायत देशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ । कोशी, मधेस, बागमती प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थानहरू र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्ष...
पृथ्वीराजमार्गको आँबुखैरेनीमा सडक भासियो
समाचार, समाज

पृथ्वीराजमार्गको आँबुखैरेनीमा सडक भासियो

नेपालअखबार,तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरमा सडक भासिएको छ । शनिबार बिहानैदेखि परेको वर्षाका कारण उक्त ठाउँको सडक भासिएपछि आँबुखैरेनी–मुग्लिन सडक एकतर्फी सञ्चालन भएको छ । इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीले अपरान्ह ४ बजेतिर सडक भासिएको जानकारी दिए । दुवैतर्फ प्रहरी राखेर सुरक्षित रुपमा एकतर्फी रुपमा सवारी साधन आवतजावतको व्यवस्था मिलाइएको उनको भनाइ छ । विसं २०७९ जेठ २७ गते सोही ठाउँमा सडक भासिएपछि भित्ता काटेर मस्र्याङ्दी नदीतर्फबाट पर्खाल उठाइएको थियो । सोही ठाउँमा पुनः सडक भासिएको प्रहरीले जनाएको छ ।...
काठमाडौंबाट पश्चिमतर्फको यातायात खोल्ने तयारी
प्रशासन, समाचार, समाज

काठमाडौंबाट पश्चिमतर्फको यातायात खोल्ने तयारी

नेपालअखबार,काठमाडौं । पानी पर्न रोकिएसँगै सरकारले काठमाडौं भित्रिने र बाहिरिने सडक मार्ग खोल्ने तयारी गरेको छ । बीपी राजमार्गबाहेक अन्य राजमार्गहरुमा गाडी चलाउन दिने तयारी गरिएको हो । जल तथा मौसम विज्ञान विभागले पनि पश्चिमतर्फ यातायात सञ्चालन गर्न सकिने भनेर सरकारी अधिकारीहरुलाई सूचना दिइसकेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय स्रोतका अनुसार अब काठमाडौं–नारायणगढ र काठमाडौं पोखरा–सडक खण्डमा यातायातका साधन सञ्चालन गर्ने तयारी छ । ‘अहिले कुनै–कुनै ठाउँमा साना–साना पहिराहरु छन् । त्यो पन्छाएपछि पश्चिमतिर जाने बाटो क्लियर हुन्छ अनि थप पानी पर्ने सम्भावना नभएको जानकारी आएकाले गाडी चल्न दिइने छ,’ मन्त्रालय स्रोतले जनाएको छ । बाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीले हाल वर्षा हुने क्रम रोकिएको र ठूलो पानी पार्ने प्रणाली मध्यक्षेत्रबाट बाहिरिएकाले ठूलो पानी पर्ने सम्भावना नरहेको जान...