Saturday, November 28

समाचार

दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौडको उपाधि सुदूरपश्चिमका राउतलाई
खेलकुद, समाचार, हाइलाइट-समाचार

दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौडको उपाधि सुदूरपश्चिमका राउतलाई

नेपालअखबार, पोखरा। दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगिताको उपाधि नरेन्द्रसिंह रावतले जितेका छन् । सुदूरपश्चिमका राउतले निर्धारित आठ किमी दूरी ३५ मिनेट ४४ सेकेण्डमा पूरा गर्दै नगद ५० हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे । सुदूरपश्चिमकै करन रावल दोस्रो र कर्णालीका दलबहादुर कुँवर तेस्रो भए । करनले निर्धारित दूरी ३६ मिनेट ३३ सेकेण्डमा पार गर्दा दलबहादुरले ३७ मिनेट १६ सेकेण्ड लगाएको निर्णायक ओमबहादुर गुरुङले जानकारी दिए । दोस्रोले ३० हजार र तेस्रोले १५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । गौतम श्रेष्ठ चौथो हुँदै सात हजार जिते भने पाँचौं भएका सफल लामाले तीन हजार प्राप्त गरे । छैटौंदेखि दशौंसम्म क्रमशः पञ्चराम बुढा, बुद्धिराम गुरुङ, जोगेन्द्र बुढा, तेञ्जोन रोका मगर र इमोन गुरुङले जनही एक हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । विदेशी पर्यटकतर्फ फ्रान्सका थियो डनेटले ४९ः५१ मिन...
गाजामा इजरायली आक्रमण तीव्र, हजारौँ विस्थापित : संयुक्त राष्ट्रसङ्घ
विश्व, समाचार, हाइलाइट-समाचार

गाजामा इजरायली आक्रमण तीव्र, हजारौँ विस्थापित : संयुक्त राष्ट्रसङ्घ

नेपालअखबार,वासिङ्टन डीसी । संयुक्त राष्ट्रसङ्घले गाजा क्षेत्रमा इजरायली सेनाले हरेक आठदेखि नौ मिनेटको अन्तरालमा आक्रमण गर्दै आएकाले सर्वसाधारणमा ठूलो मानवीय संकट उत्पन्न भएको जनाएको छ । संयुक्त राष्ट्रसङ्घीय मानविय सहायता समन्वय कार्यालय (ओसिएचए) ले दिएको जानकारी अनुसार, पछिल्ला २४ घण्टाभित्र गाजा सहरमा बारम्बार हवाई आक्रमण, तोपगोलाबारी, हेलिकप्टर तथा अन्य यन्त्रबाट आक्रमण भएको छ । साथै, राहत सामग्रीको प्रतीक्षामा रहेका निर्दोष नागरिकहरूमाथि गोली प्रहारसमेत गरिएको छ । यस आक्रमणमा हालसम्म दर्जनौं नागरिकको ज्यान गएको र दुई सयभन्दा बढी घाइते भएका छन् । गाजा सहरबाट ज्यान जोगाउँदै भाग्ने मानिसहरू दक्षिण गाजातर्फ सरेका छन् । ओसिएचएका अनुसार, पछिल्लो समय करिब १६ हजार ५ सय व्यक्तिहरू उत्तर गाजाबाट विस्थापित भएका छन् । तर, दक्षिण गाजाको अवस्थासमेत अत्यन्तै दयनीय रहेको छ । गाजा सहरमा अझै पन...
मुख्य याममा सुनसान पर्यटकीय गन्तव्य, आन्दोलनले ‘बुकिङ’ पनि रद्द
पर्यटन, समाचार, समाज

मुख्य याममा सुनसान पर्यटकीय गन्तव्य, आन्दोलनले ‘बुकिङ’ पनि रद्द

नेपालअखबार,काठमाडौँ । आज विश्व पर्यटन दिवस हो । यो दिवस मनाइरहँदा देशमा दसैँको चहलपहल सुरु भइसकेको छ । पर्यटकीय गन्तव्यमा दसैँ र तिहारजस्ता पर्वमा विशेष गरी आन्तरिक पर्यटनको चहलपहल बढी हुन्छ । पर्यटक आगमनका दृष्टिले यो मुख्य याम पनि हो । पर्यटनको ‘सिजन’ सुरु हुने समयमा भएको जेनजी आन्दोलनले यस क्षेत्रले अपूरणीय क्षति बेहोर्नु परेको छ । कैयौँ पर्यटकीय संरचनामा अकल्पनीय हानिनोक्सानी भएको छ । परिणामतः पर्यटकीय गन्तव्यमा पर्यटकको आगमन निराशाजनक छ । विगतका दसैँमा भरिभराउ हुने बन्दीपुरका होटल तथा ‘होमस्टे’ले पर्यटक पर्खिरहेका छन् । बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाका अनुसार विगतका दसैँ तथा तिहारजस्ता पर्वमा शतप्रतिशत ‘अकुपेन्सी’ हुने बन्दीपुरका होटल तथा होमस्टेमा अहिले मुस्किलले एक सय पर्यटक छन् । “गत भदौमा आन्दोलन दैनिक एक हजारभन्दा बढी पर्यटक बन्दीपुर आइरहेका थिए, तर आन...
एमालेले सचिवालय बैठक एमालेले बोलायो
राजनीति, समाचार

एमालेले सचिवालय बैठक एमालेले बोलायो

नेपालअखबार,काठमाडौं । नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ। आइतबार दिउँसो १ बजे बस्ने गरी सचिवालय बैठक आह्वान भएको एमालेका एक पदाधिकारीले जानकारी दिए। बैठक भक्तपुरको गुण्डुमै बस्ने तय भएको पनि ती पदाधिकारीले जानकारी दिए। एमालेले २३ गतेको जेनजी आन्दोलन र २४ गतेको हिंसात्मक प्रदर्शनपछि पहिलो पटक सचिवालय बैठक बस्न लागेको हो।...
एकीकृत समाजवादीका अध्यक्ष नेपाल सहितका नेताहरूले जसपा अध्यक्ष राईसँग संवाद
राजनीति, समाचार

एकीकृत समाजवादीका अध्यक्ष नेपाल सहितका नेताहरूले जसपा अध्यक्ष राईसँग संवाद

नेपालअखबार,काठमाडौं । नेकपा एकीकृत समाजवादीले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)सँग संवाद अघि बढाएको छ । विभिन्न पार्टीसँग एकता वार्ता गर्ने सन्दर्भमा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले जसपाका अध्यक्ष राईसंग संवाद गरेका हुन् । एक नेताका अनुसार, राईसँगको भेटमा एकीकृत समाजवादीका अध्यक्ष नेपाल, उपाध्यक्ष बेदुराम भुसाल, उपाध्यक्ष प्रकाश ज्वाला समेत उपस्थित थिए । उक्त अनौपचारिक भेटमा पार्टी एकताको विषयमा छलफल भएको थियो । ‘एकीकृत समाजवादी र जसपा मात्रै पार्टी एकता गर्ने भनेर कुरा भएको होइन । माओवादी केन्द्र, नेपाल समाजवादी पार्टी, विप्लव नेतृत्वको नेकपासँग समेत कुरा भइराखेको छ । यही सिलसिलामा अशोक राईसँग समेत भेट भएको हो,’ एक नेताले भने । उनका अनुसार जसपाका अध्यक्ष अशोक राईले कम्युनिष्ट नाम र झण्ड एमाले छाडेपछि नै छाडेको उल्लेख गर्दै यो विषयमा पार्टी प्रष्ट रहेको बताएका ...
शान्ति, सुव्यवस्था र सुरक्षा कायम राख्न गृह मन्त्रालयको अनुरोध
प्रशासन, समाचार

शान्ति, सुव्यवस्था र सुरक्षा कायम राख्न गृह मन्त्रालयको अनुरोध

नेपालअखबार,काठमाडौं । गृह मन्त्रालयले समाजमा शान्ति, सुव्यवस्था र सुरक्षा कायम गर्ने कार्यमा सहयोग गर्न सबैलाई अनुरोध गरेको छ । आज एक विज्ञप्ति जारीगरी मन्त्रालयले आमनिर्वाचनको प्रारम्भिक कार्य सुरु भइसकेको सन्दर्भमा सभा, सम्मेलन, बैठक एवं विरोधका कार्यक्रम गर्दा शान्तिपूर्ण ढङ्गबाट गर्न आग्रह गरेको हो ।‘नेपालको राष्ट्रहित, सुशासन तथा भ्रष्टाचार नियन्त्रणलगायतका माग राखी गत भदौ २३ र २४ गते जेनजी युवाको अगुवाइमा भएको आन्दोलनपछि नयाँ सरकार गठन भई आमनिर्वाचनको प्रारम्भिक कार्य सुरु भइसकेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘यस अवस्थामा सभा, सम्मेलन, बैठक एवं विरोधका कार्यक्रम सञ्चालन गर्दा अहिंसात्मक हुनेगरी शान्तिपूर्ण ढङ्गबाट अन्य पक्षलाई असर नपर्ने एवं उक्साहट नहुनेगरी गर्नु भई समाजमा शान्ति, सुव्यवस्था र सुरक्षा कायम गर्ने कार्यमा सहयोग गर्नुहुन सबैमा अनुरोध गरिन्छ ।’...
शिक्षकहरूको तलब निकासा नगर्ने प्रअलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी
राजनीति, शिक्षा, समाचार

शिक्षकहरूको तलब निकासा नगर्ने प्रअलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

नेपालअखबार,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले चाडवाडको बेला शिक्षकहरूको तलब रोक्ने विद्यालयका प्रधानाध्यापकहरूलाई कारबाही गर्ने चेतावनी दिएका छन्। शनिबार फेसबुकमा स्ट्याटस लेखेर मन्त्री पुनले चाडवाडमा विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकले तलब निकासा नगरिदिएको भन्ने गुनासो आएको बताउँदै आइतबारभित्र तलब निकासा गर्न चेतावनी दिएका हुन्। उनले मन्त्रालयले शिक्षकहरूको तलब निकासा गरिसकेको पनि बताएका छन्। ‘शिक्षा मन्त्रालय बाट तलब पहिले नै विद्यालयहरुमा पठाइसकिएको छ। भोलि सम्ममा कुनै नाजायज र अन्यायपूर्ण तरिकाले तलब नपाएको शिक्षकहरूको तलब निकास नगरेमा त्यस्ता विद्यालयका प्रधानाध्यापकलाई नियमानुसार कारबाही गरिनेछ,’ उनले लेखेका छन्।...
पाकिस्तानका प्रधानमन्त्री शरीफले भने-ट्रम्पले नरोकेको भए भारतसँग विनाशकारी युद्ध हुन्थ्यो
राजनीति, विश्व, समाचार

पाकिस्तानका प्रधानमन्त्री शरीफले भने-ट्रम्पले नरोकेको भए भारतसँग विनाशकारी युद्ध हुन्थ्यो

नेपालअखबार,न्यूयोर्क । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसँग युद्ध रोक्न निर्णायक भूमिका खेलेको बताएका छन् । संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्दै भारत-पाकिस्तानबीच युद्ध रोक्ने श्रेय ट्रम्पलाई जाने बताएका हुन् । उठाएर उनलाई नोबेल पुरस्कार नै दिनुपर्ने बताएका छन् । ‘यदि अमेरिकी राष्ट्रपति ट्रम्पले भारत-पाकिस्तान तनावमा दखल दिएका नभए युद्धको परिणाम विनाशकारी हुन सक्थ्यो’,  शरीफले भने, ‘त्यसैले भारत-पाकिस्तानबीच युद्ध रोक्न ट्रम्प नोबेल शान्ति पुरस्कारका योग्य छन् ।’ भारतले पहलगाम घटनालाई राजनीतिक रूपमा प्रयोग गरेको आरोप लगाउँदै शरीफले पाकिस्तानका संस्थापक मोहम्मद अली जिन्नाको दृष्टिकोणअनुसार सबै विषय वार्ता र संवादमार्फत समाधान गर्न इच्छुक रहेको बताए । उनले भने, ‘पाकिस्तान बाहिरी आक्रमणबाट आफ्नो पूर्ण रक्षा गर्नेछ। युद्धमा हामीले जित हासिल...
विशेष महाधिवेशनले पार्टीलाई झन् कमजोर बनाउँछ : प्रवक्ता महत
राजनीति, विचार, समाचार

विशेष महाधिवेशनले पार्टीलाई झन् कमजोर बनाउँछ : प्रवक्ता महत

नेपालअखबार,काठमाडौँ । कांग्रेस प्रवक्ता प्रकाशशरण महतले विशेष महाधिवेशनले पार्टीलाई झन् कमजोर बनाउने भएकाले तत्कालै उक्त अभियानलाई रोक्नुपर्ने बताएका छन्। उनले पार्टीभित्र बढ्दो असन्तुष्टि र गुटगत गतिविधि भइरहेकोप्रति चिन्ता व्यक्त गर्दै अब बस्ने केन्द्रीय कार्यसमिति बैठकले यस्ता समस्याहरूको निदान खोज्ने बताए। काठमाडौँ उपत्यकाभित्रका केन्द्रीय सदस्यहरूको भेला बोलाएका उनले सभापति शेरबहादुर देउवाले स्वास्थ्य लाभ गरेपछि अब यथासक्य चाँडो केन्द्रीय समिति बैठक बोलाउने तयारी रहेको बताए। उनले यसअघि नेपाल विद्यार्थी संघका पूर्व पदाधिकारी, कांग्रेस निकट बुद्धिजीवी र विभिन्न तहका नेताहरुसँग पनि छलफल गरेका थिए। महामन्त्री गगनकुमार थापा र अर्को महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान चलाएपछि सभापति देउवा पक्षका नेताहरू प्रतिरक्षामा खटिएका छन्। भेलामा महतले...
हर्क साम्पाङले मागे सुशीला कार्कीको राजीनामा, भने-म गर्छु जेनजीको माग पुरा
राजनीति, समाचार

हर्क साम्पाङले मागे सुशीला कार्कीको राजीनामा, भने-म गर्छु जेनजीको माग पुरा

नेपालअखबार,काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा मागेका छन् । जेनजी आन्दोलनको मर्मअनुसार काम गर्न नसकेको भन्दै उनले कार्कीको राजीनामा मागेका हुन् । उनले जेनजीको माग आफूले पुरा गर्ने समेत बताएका छन् । उनले भनेका छन्– 'सुशीला जी, तपाईँले जेन्जीको मर्म अनुसारको काम गर्नु सक्नु भएन ! राजीनामा दिनुस् ! म गर्छु उनीहरूको माग पूरा एक एक गरेर !'...