Saturday, November 28

समाचार

संयुक्त राष्ट्र संघमा नेतान्याहुलाई बोल्ने अधिकार नभएको भन्दै प्रदर्शन
राजनीति, विश्व, समाचार

संयुक्त राष्ट्र संघमा नेतान्याहुलाई बोल्ने अधिकार नभएको भन्दै प्रदर्शन

नेपालअखबार,काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई संयुक्त राष्ट्र संघमा सम्बोधन गर्ने अधिकार नभएको भन्दै न्युयोर्कमा प्रदर्शन भएको छ । महासभामा नेतान्याहूले दिएको भाषणकै समयमा बाहिर टाइम्स स्क्वायरमा ‘फ्री प्यालेस्टाइन ’को नारा लगाउँदै ठूलो प्रदर्शन भइरहेको थियो । नेतान्याहुको भाषण सुरु हुनासाथ सयौं प्रदर्शनकारी टाइम्स स्क्वायरमा भेला भएका थिए । विरोधमा यहुदी धर्मगुरु रब्बी यित्ज्चोक ड्यूश पनि सहभागी थिए । उनले नेतान्याहुलाई संयुक्त राष्ट्रमा बोल्ने अधिकार नभएको बताउँदै भने, ‘उनी हाम्रो धर्मको प्रयोग गरेर आफ्ना अपराधलाई लम्ब्याउन खोज्दैछन्, उनी हाम्रो नाममा बोलिरहेका छैनन्।’ प्रदर्शन स्थल वरिपरि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । रब्बी ड्यूशले गाजामा युद्ध अन्त्य हुनु पर्नेमा विश्वभरका अधिकांश यहुदीहरू सहमत रहेको दाबी गर्दै सात अक्टोबरको आक्रमणको निन्दा ग...
इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा  स्मल हेवेन एकेडेमीका शिक्षककाे याे लिलाकाे पर्दाफास
शिक्षा, समाचार, समाज

इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा स्मल हेवेन एकेडेमीका शिक्षककाे याे लिलाकाे पर्दाफास

नेपालअखबार,इनरुवा, । सुनसरी सदरमुकाम इनरुवा नगरपालिका–३ बढीस्थ रहेको स्मल हेभेन एकेडेमीका कक्षा १२ का समन्वयक तथा शिक्षक हरेराम मिश्रले आफ्नै पूर्व विद्यार्थीलाई अश्लील सन्देश पठाएर गोप्य अंग देखाएको आरोप लागेका छन्। घटना बाहिरिएपछि विद्यार्थी र स्थानीय युवा–समुदायले कडा प्रतिक्रिया जनाएका छन्। घटना अनुसार, पिडित छात्राले बताएकोमा मिश्रले मोबाइलमार्फत अश्लील सामग्री तथा संदेश पठाउँदै पार्टी रुममा बोलाएर भिडियो कलमा अचानक आफ्नो गोप्य अंग देखाएका थिए। घटना देखिन थालेपछि उक्त छात्राले अन्यलाई ब्लक गर्ने गरेको तर अर्को नम्बरबाट फेरि सम्पर्क गरेर डराएर सहम बनाउने प्रयास गरेको पिडितले दावी गरेका छन्। यो समाचार फैलिएपछि जेन–जी पुस्ताका विद्यार्थी र युवाहरू कलेज पुगेर सत्यतथ्य बुझ्न खोज्दा शिक्षक मिश्रले उल्टै धाकधम्की र दुर्व्यवहार गरे। त्यसबेलै कलेजभित्रै विद्यार्थी–समूहले उनलाई कुटपिट गरेका थ...
सेवानिवृत्ति राजनीतिक तथा प्रशासनिक पदाधिकारीले कानून विपरीत लिइरहेको सुविधा खोस्न अर्थ मन्त्रालयले गृह र रक्षा मन्त्रालयलाई पत्राचार
प्रशासन, समाचार

सेवानिवृत्ति राजनीतिक तथा प्रशासनिक पदाधिकारीले कानून विपरीत लिइरहेको सुविधा खोस्न अर्थ मन्त्रालयले गृह र रक्षा मन्त्रालयलाई पत्राचार

नेपालअखबार,काठमाडौं । सेवानिवृत्ति राजनीतिक तथा प्रशासनिक पदाधिकारीले कानून विपरीत लिइरहेको सुविधा खोस्न अर्थ मन्त्रालयले गृह र रक्षा मन्त्रालयलाई पत्राचार गरेको छ । प्रचलित कानून बमोजिम बाहेक लिइरहेको सवारी साधन, जिन्सी सामान, सहयोगी र सुरक्षाकर्मी फिर्ता गर्न र अन्य सेवा सुविधा रोक्न अर्थले गृहलाई भनेको हो । ५ असोजमा मन्त्रिपरिषद् बैठकले अनुत्पादक खर्च कटौती तथा मितव्ययीता कायम गर्न विभिन्न निर्णय गरेको थियो । सोही निर्णय कार्यान्वयन गर्ने क्रममा अर्थले गृह र रक्षा मन्त्रालयलाई पत्राचार गरेको हो । यसअघि अर्थले चालु खर्चमा व्यापक कटौती गर्ने निर्णय गरिसकेको छ । साथै, पूँजीगततर्फ खुद्रे आयोजना रोक्का गर्ने निर्णय समेत अर्थ मन्त्रालयले गरेको छ । सो निर्णयबाट बच्ने रकम निर्वाचन, पुनर्निर्माण र राहतमा उपयोग गरिने छ । अर्थको खर्च कटौतीबाट १ खर्ब २० अर्ब रुपैयाँ हाराहारी रकम बच्ने अनुम...
मन्त्रिपरिषद्‌का निर्णयहरू यस्ता छन्
राजनीति, समाचार

मन्त्रिपरिषद्‌का निर्णयहरू यस्ता छन्

नेपालअखबार,काठमाडौं। सरकारले नेपाल सरकार (कार्य विभाजन) (तेस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत गरेको छ । जसमा प्रधानमन्त्री कार्यालय मातहत रहेका राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अर्थ मन्त्रालयको कार्यक्षेत्रमा र राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालयको कार्यक्षेत्रमा सारिएको छ । यस्तै संयुक्त राज्‍य अमेरिकामा आयोजना हुने विश्व बैंक समूह र अन्तराष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकमा भाग लिन अर्थमन्त्री र अर्थमन्त्रालयका सचिवको भ्रमण स्वीकृत गरेको छ । हेर्नुहोस् मनत्रिपरिषद्‌का निर्णयहरू :...
नेपाल प्रहरीमा खुल्यो जागिर, १५९४ जना भर्नाका लागि दरखास्त आह्वान
प्रशासन, समाचार

नेपाल प्रहरीमा खुल्यो जागिर, १५९४ जना भर्नाका लागि दरखास्त आह्वान

नेपालअखबार,काठमाडौं । नेपाली प्रहरीमा भर्ना खुलेको छ। प्रहरी प्रधान कार्यालयले शुक्रबार सूचना जारी गर्दै झन्डै १६ सय प्रहरी नयाँ भर्ना गर्न दरखास्त आह्वान गरेको हो। १५५३ जना प्रहरी जवान, प्रहरी कार्यालय सहयोगीतर्फ हजाम ११ जना, कुचीकार १५ जना र खेलाडी १५ जना गरी १५९४ जना भर्ना गर्न दरखास्त आह्वान गरेको हो। प्रहरी जवानका लागि न्यूनतम शैक्षिक योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तिमा ८ कक्षा पास गरेको हुनुपर्ने सूचनामा उल्लेख छ। प्रहरी कार्यालय सहयोगीका लागि भने साधारण लेखपढ गर्न जानेको हुनुपर्ने योग्यता तोकिएको छ। इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले  असोज १९ गतेदेखि कात्तिक २८ गतेसम्म तोकिएको केन्द्रमा स्वयम् उपस्थित भई दरखास्त फाराम बुझाउन सक्नेछन्। जवान, हजाम र कुचीकारका लागि सातै वटा प्रदेशका प्रदेश प्रहरी कार्यालय, सबै जिल्ला प्रहरी कार्यालय र काठमाडौं उपत्यकाका...
अर्थ मन्त्रालयमा आजदेखि सबै टिप्पणी डिजिटल स्वीकृति हुने
प्रशासन, समाचार

अर्थ मन्त्रालयमा आजदेखि सबै टिप्पणी डिजिटल स्वीकृति हुने

नेपालअखबार,काठमाडौँ । अर्थ मन्त्रालयले आजदेखि सबै प्रकारका टिप्पणी तथा निर्णय प्रक्रिया डिजिटल स्वीकृतिबाट मात्र गर्ने भएको छ । अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्रालयले अर्थमन्त्रालयका कामलाई छिटो, पारदर्शी र सुरक्षित बनाउन कागजी प्रक्रियाको साटो डिजिटल प्रणाली पूर्वरूपमा लागू गरेको जानकारी गराएका छन् । उनले डिजिटल स्वीकृति प्रणाली कार्यान्वयनसँगै कागजी प्रक्रिया अन्त्य हुने बताए ।  अर्थमन्त्री खनालका अनुसार आजबाट मन्त्रालयका आन्तरिक फाइलिङ, टिप्पणी तथा स्वीकृति लिन–दिने कार्य अनलाइन प्लेटफर्ममार्फत मात्र हुने भएको छ। यसले समय, लागत र श्रम बचतसँगै निर्णय प्रक्रियामा पारदर्शिता बढ्ने अपेक्षा गरिएको छ ।...
असोज मसान्तसम्म हतियार फिर्ता गरे गृहले सम्मान गर्ने‍, त्यसपछि भेटिए कारबाही
प्रशासन, समाचार

असोज मसान्तसम्म हतियार फिर्ता गरे गृहले सम्मान गर्ने‍, त्यसपछि भेटिए कारबाही

नेपालअखबार,काठमाडौं । गृह मन्त्रालयले गत भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा काठमाडौंलगायतका मुलुकका विभिन्न भागमा सुरक्षा निकायको साथबाट हराएका हतियार बुझाउन आग्रह गरेको छ । गृह मन्त्रालयले सूचना जारी गरी विभिन्न ठाउँमा रहेका  सुरक्षा निकायबाट हराएको हातहतियार र खरखजाना कही कसैले फेला पारेको भए  नजिकको सुरक्षा निकायमा फिर्ता गर्न आग्रह गरेको हो। प्रहरीले त्यस्ता हातहतियार बुझाउनका लागि असोज मसान्तसम्मको समय दिएको छ। सो मितिभित्र हातहतियार र खरखजान बुझाउन ल्याएमा वा त्यसको जानकारी दिएमा त्यस्ता व्यक्तिलाई उचित सम्मान गरिने मन्त्रालयले जनाएको छ। सो मितिपश्चात कोहीकसैसँग ती हराएका हातहतियार र खरखजाना फेला परेमा कानुनबमोजिम कारबाही हुने पनि मन्त्रालयले जनाएको छ।...
नर्गीका ५३ दलित परिवार शौचालयविहीन
समाचार, समाज

नर्गीका ५३ दलित परिवार शौचालयविहीन

नेपालअखबार,सिरहा । यहाँको बरियारपट्टी गाउँपालिका–१ नर्गीस्थित सिङ्गो दलित समुदाय अझै पनि शौचालयविहीन रहेको पाइएको छ । चार वटा दलित टोलमा रहेका करिब ५३ घरपरिवारमध्ये कुनै पनि घरमा शौचालय छैन । शौचालयको सुविधा नहुँदा यहाँका बासिन्दा आज पनि करिब एक किलोमिटर टाढा रहेको कल्याण दह खोलाको किनारमा शौच गर्न जान बाध्य छन् । नर्गीको खडौरिया, लबटोली, अस्पतालटोल र थानटोल गरी चार वटा दलित बस्तीमा शौचालय नहुनु केवल सुविधाको अभावमात्र नभई, मानव स्वास्थ्य र मर्यादासँग जोडिएको गम्भीर विषय बनेको छ । स्थानीय बासिन्दाका अनुसार शौचालय नहुनुको मुख्य कारण आर्थिक अभाव, जग्गाको अभाव र जनचेतनाको कमी हो । ऐलानी जमिनमा बसोबास गरिरहेका यहाँका दलित समुदायलाई शौचालय बनाउन ठाउँसमेत छैन । बस्तीका ५० वर्षीय हरिचन्द्र सदाय भन्छन्, “हामीसँग शौचालय बनाउने उपाय नै छैन । बाबुबाजेको पालादेखि खुला ठाउँमै शौच गर्दै आएका छौँ ।...
ट्रम्पद्वारा गाजामा शान्ति स्थापनाका लागि २१ बुँदे योजना सार्वजनिक
राजनीति, विश्व, समाचार

ट्रम्पद्वारा गाजामा शान्ति स्थापनाका लागि २१ बुँदे योजना सार्वजनिक

नेपालअखबार,काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा शान्ति कायम गर्न नयाँ २१ बुँदे योजना अघि सारेका छन्। वासिङ्टनले सार्वजनिक गरेको यो योजना अरब तथा मुस्लिम मुलुकका नेताहरूसँग दिइएको हो। समाचार एजेन्सी एएफपीका अनुसार, संयुक्त अरब इमिरेट्स, साउदी अरब, कतार, इजिप्ट, जोर्डन, टर्की, इन्डोनेसिया र पाकिस्तानलाई यसबारे जानकारी दिइएको छ। अमेरिकाले यो पहलले इजरायलसहित सम्पूर्ण मध्यपूर्वका देशहरूको चासो सम्बोधन गर्ने दाबी गरेको छ। युद्धविराम, बन्धक मुक्त र सहायता प्रस्ताव यो प्रस्तावमा गाजामा स्थायी युद्धविराम, प्यालेस्टिनी क्षेत्रमा रहेका बन्धकहरूको रिहाइसहित इजरायली सेनाको फिर्ती र मानवीय सहायताको अबाध आपूर्ति सुनिश्चित गर्ने प्रावधान राखिएको छ। कूटनीतिक स्रोतका अनुसार अरब र मुस्लिम नेताहरूले यसलाई सकारात्मक रूपमा लिएका छन्। उनीहरूले गाजामा इजरायली कारबाही र कब्जा गर्ने प्...
मुख्ययाममै म्याग्दीका पर्यटकीयस्थल सुनसान
पर्यटन, समाचार, समाज

मुख्ययाममै म्याग्दीका पर्यटकीयस्थल सुनसान

नेपालअखबार,म्याग्दी । मुख्य याममै म्याग्दीका पर्यटकीय स्थल सुनसान छन् । विगतका वर्षमा असोज–कात्तिक महिनामा पाहुनाको स्वागत सत्कारमा व्यस्त हुने होटल र पर्यटन व्यवसायी यसपालि फुर्सदिला छन् । ‘जेनजी पुस्ता’को आन्दोलन, राजधानी काठमाडौंसँग जोड्ने नारायणघाट–मुग्लिन र मुग्लिन–काठमाडौं सडकमा पहिरो लगायतका कारण पर्यटन व्यवसाय प्रभावित भएको बेनीका होटल व्यवसायी राजन लामाले बताए । ‘चाडपर्वको छुट्टी, पदयात्रा र तीर्थयात्राको उपयुक्त समय भए पनि यसपालि पाहुनाको आगमन २० वर्षयताकै कम भएको छ’, उनले भने, ‘होटल र पर्यटकीयस्थल सुनसान छन् ।’ विगतका वर्षमा असोज लागेसँगै मुस्ताङ जाने–आउने पर्यटक र तीर्थयात्रीले बेनी, गलेश्वर, भुरुङ–तातोपानी, दानाका होटल भरिभराउ हुन्थे । घटस्थापनाअघि सोह्रश्राद्धमा मुस्ताङको कागबेनीमा पितृ तर्पण दिने र मुक्तिनाथ दर्शनका लागि नेपाल तथा भारतबाट आएका तीर्थयात्रीको घुइँचो लाग्दथ्य...