Saturday, November 28

समाचार

भागेका ६२ कैदीबन्दी र बालबन्दी सेनाको नियन्त्रणमा, ९७ नाल हतियार बरामद
प्रशासन, समाचार

भागेका ६२ कैदीबन्दी र बालबन्दी सेनाको नियन्त्रणमा, ९७ नाल हतियार बरामद

नेपालअखबार,काठमाडौं । कारागारबाट भागेका थप ४३ जना कैदीबन्दी र १९ बालबन्दीलाई नियन्त्रणमा लिएको नेपाली सेनाले जनाएको छ ।  नेपाली सेनाले दिएको पछिल्लो सुरक्षा अपडेट अनुसार धादिङको गजुरीस्थित धादिङ कारागारबाट भागेका ३९ र काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागारबाट भागेका ४ जना कैदीबन्दीलाई नियन्त्रणमा लिइएको हो । यस्तै बाँकेको डडुवास्थित जयन्दु बालसुधार गृहबाट फरार भएका १६ र डोटीको दिपायल सिलगढीस्थित बालसुधार गृहबाट भागेका ३ जना बालबन्दीलाई सेनाले नियन्त्रणमा लिएको छ । बाँकेको नेपालगञ्जमा रहेको जिल्ला कारागारबाट भाग्न खोजेका कैदीबन्दीलाई रोक्न सफल भएको नेपाली सेनाले जनाएको छ । त्यसक्रममा सेनासँग भएको झडपमा एक कैदीबन्दी घाइते भएका छन् । नेपाली सेनाका अनुसार हालसम्म सुरक्षाकर्मीबाट खोसिएका ९७ नाल हतियार बरामद भएको छ । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-९ स्थित नयाँ बस्तीमा फेला परेको ८ वटा...
प्रहरीको पेट्रोल पम्प सञ्चालनमा
प्रशासन, समाचार

प्रहरीको पेट्रोल पम्प सञ्चालनमा

नेपालअखबार,काठमाडौं।  नेपाल प्रहरी हेडक्वाटर नक्साल अगाडि रहेको पेट्रोल पम्प सञ्चालनमा आएको छ । जेनजी प्रदर्शनको क्रममा बन्द रहेको पम्प सञ्चालनमा ल्याइएको नेपाल प्रहरीले बताएको छ । आज बिहीबारबाट पम्प सञ्चालनमा ल्याइएको प्रहरीले बताएको छ । जेनजी प्रदर्शनको क्रममा धेरै प्रहारी कार्यालयहरु तोडफोड, आगजनी भएका थिए । प्रहरीका कार्यालयहरूमा तोडफोड र आगजनी भएका थिए भने अहिलेसम्म ३ जना प्रहरीको ज्यान गएको बताइएको छ ।...
घुसपैठियाले लोकतन्त्रलाई समाप्त पार्ने षड्यन्त्र गर्दैछन् : एकीकृत समाजवादी
राजनीति, विचार, समाचार

घुसपैठियाले लोकतन्त्रलाई समाप्त पार्ने षड्यन्त्र गर्दैछन् : एकीकृत समाजवादी

नेपालअखबार,काठमाडौं। नेकपा एकीकृत समाजवादी पार्टीले घुसपैठियाले लोकतन्त्रलाई समाप्त पार्ने षड्यन्त्र गर्न खोजेको बताएको छ । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाले विज्ञप्ति निकालेर यस्तो टिप्पणी गरेका हुन् । उनले लेखेका छन्, ‘जेन जी पुस्ताको गाग लोकतन्त्रको अन्त्य गर्ने नभई लोकतन्त्रलाई अझ बढी जनपक्षीय बनाउने हो । तर घुसपैठियाले लोकतन्त्रलाई ने समाप्त पार्ने, अस्थिरता निम्त्याएर मुलुकलाई असफल राष्ट्र बनाउने षड्यन्त्र गर्दैछन् ।’ जेन–जी पुस्ताको माग वर्तमान संविधानको खारेजी र संसदको विघटन नभएको उल्लेख गर्दै उनले थपेका छन्, ‘तर लोकतन्त्र विरोधीहरूले यही मौकामा संसद विघटन र संविधान खारेज गरी लोकतन्त्रको अन्त्य गर्न खोज्दै छन् । यसमा जेनजी पुस्ता सचेत हुन जरुरी छ ।’ लोकतन्त्र नै रहेन भने सामाजिक सञ्जाल होइन वाक स्वतन्त्रता, प्रकाशन स्वतन्त्रता, भेला हुने स्वतन्त्रता र संगठित हुने स्...
सेनाको एसएमएस– कर्फ्युमा पनि उपभोग्य वस्तु व्यवस्थापनका लागि ‘स–सानो समूह’लाई छुट
प्रशासन, समाचार

सेनाको एसएमएस– कर्फ्युमा पनि उपभोग्य वस्तु व्यवस्थापनका लागि ‘स–सानो समूह’लाई छुट

नेपालअखबार, काठमाडौं । नेपाली सेनाले कर्फ्यु र निषेधाज्ञाको समय अवधिमा पनि दैनिक जनजीवन र दैनिक उपभोग्य वस्तु व्यवस्थापन सहज बनाउन ‘स–सानो समूह’मा कार्य गर्न सकिने जनाएको छ । नेपाली सेनाले आज बिहान एसएमएस पठाएर सो जानकारी दिएको हो । सेनाले जारी गरेको सूचनामा लेखिएको छ, ‘जनजीवन सहज बनाउन दैनिक उपभोग्य वस्तु व्यवस्थापनका लागि २६ गतेको बिहान ६ बजेदेखि ९ बजेसम्म तथा साँझ ५ बजेदेखि ७ बजेसम्म खुल्ला रहने भएतापनि स–सानो समुहमा कार्य गर्न आग्रह गर्दछौं ।’ ‘स–सानो समूह’ भनेको कति संख्याको हो भन्नेबारे सेनाले स्पष्ट खुलाएको छैन । जेनजी आन्दोलनको क्रममा भएको जनधनको क्षतिपछि सुरक्षा परिस्थितिको आधारमा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाहरुमा २०८२ भदौ २७ गतेको बिहान ६ बजेसम्म निषेधाज्ञा तथा कर्फ्युको समय थप गरिएको सेनाले जनाएको छ । तर अत्यावश्यक सेवाका सवारी तथा संस्थाहरु भने सञ्चालन गर्न सकिने छ ।...
नेपालबाट भागेका १२ जना कैदी भारत पस्न खोज्दा पक्राउ
प्रशासन, समाचार, समाज

नेपालबाट भागेका १२ जना कैदी भारत पस्न खोज्दा पक्राउ

नेपालअखबार, काठमाडौं । । नेपालका विभिन्न कारागारबाट भागेका १२ जना कैदीलाई भारत प्रवेश गर्न खोज्दा उत्तर प्रदेशबाट भारतीय सुरक्षाकर्मीहरूले पक्राउ गरेका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार यी गिरफ्तारीहरू दुई छुट्टाछुट्टै स्थानबाट भएका छन्। सिद्धार्थनगरबाट आठ जना र महाराजगन्ज जिल्लाको सोनौली सीमा नजिकबाट चार जना पक्राउ परेका हुन्। सिद्धार्थनगरमा पक्राउ परेकामध्ये पाँच जना भारतीय र तीन जना नेपाली नागरिक छन्। नेपाली कैदीहरूमा हरिलाल (३५) र सुरज चौधरी (२९) रहेका छन्, जो यौन हिंसा र लागुऔषधसम्बन्धी अपराधमा जेल परेका थिए। भारतीय नागरिकहरू चोरी र लागुऔषध नियन्त्रण ऐन अन्तर्गतका अपराधमा संलग्न थिए। नेपालमा जारी हिंसात्मक प्रदर्शन र ठूलो सङ्ख्यामा भएका जेल ब्रेकका घटनापछि भारत-नेपाल सीमामा सुरक्षा जाँच कडा पारिएको छ। प्रहरी उपरीक्षक अभिषेक महाजनका अनुसार, ती फरार व्यक्तिहरूलाई खुनवा र अलिग...
तीनकुनेमा एउटै पासोमा झुण्डिएको अवस्थामा महिला–पुरुषको शव फेला
समाचार, समाज

तीनकुनेमा एउटै पासोमा झुण्डिएको अवस्थामा महिला–पुरुषको शव फेला

नेपालअखबार, काठमाडौं । तीनकुनेमा झुण्डिएको अवस्थामा दुई जनाको शव फेला परेको छ । प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी हरि खतिवडाका अनुसार एउटै पासोमा झुण्डिएको अवस्थामा दुई जनाको शव भेटिएको हो ।अन्दाजी ३०–३५ वर्षका महिला र पुरुषको शव भेटिएको छ । अहिले घटनास्थल गएर मुचुल्का गर्ने काम भइरहेको प्रहरीले बताएको छ । उनीहरुको परिचय खुल्न बाँकी नै रहेको छ ।...
संविधान रक्षाको माग गर्दै कमर्स क्याम्पमा पनि विद्यार्थीको प्रदर्शन
राजनीति, समाचार, समाज

संविधान रक्षाको माग गर्दै कमर्स क्याम्पमा पनि विद्यार्थीको प्रदर्शन

नेपालअखबार, काठमाडौं । एमाले र एकीकृत समाजवादीका विद्यार्थी संगठनले संविधानको रक्षामा उभिन आह्वान गरेका छन् । काठमाडौंको नेपाल कमर्स क्याम्पस मीनभवनमा उभिएर उनीहरूले संविधानको रक्षा गरौं, राष्ट्रपतिलाई सार्वजनिक गर भन्ने प्लेकार्ड बोकेर उभिएका हुन् । ‘न्यायिक आवाजलाई दबाउने कोसिसले मात्र राजनैतिक ढाँचा कमजोर बनाउँछ । सत्य र संविधानको पक्षमा उभिने शक्ति नै मुलुकको रक्षा गर्ने असली रणनिति हो’, अखिलका निवर्तमान अध्यक्ष समिक बडालले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।...
विषम परिस्थितिबाट मुलुकलाई पार लगाउन संयमता आवश्यक छ : मुख्यमन्त्री पाण्डे
राजनीति, समाचार

विषम परिस्थितिबाट मुलुकलाई पार लगाउन संयमता आवश्यक छ : मुख्यमन्त्री पाण्डे

नेपालअखबार,पोखरा । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे विषम परिस्थितिबाट मुलुकलाई पार लगाउन संयमता आवश्यक रहेको बताएका छन् । आज एक विज्ञप्ति जारी गर्दै उनले भनेका छन्– 'विषम परिस्थितिबाट मुलुकलाई पार लगाउन संयम, संवाद र एकताको बाटो नै एकमात्र विकल्प हो । ' राष्ट्रपति रामचन्द्र पौडेलले अघि बढाएको संवाद पहल स्वागतयोग्य रहेको भन्दै उनले यो पहललाई सफल बनाउन राजनीतिक  दल, नागरिक समाज, सञ्चार जगतलगायत सबै तहबाट सहकार्य हुन अपरिहार्य रहेको बताए । युवापुस्ताको आकांक्षा र भावनालाई समेटदै, संवैधानिक रिक्तता र शून्यता सिर्जना हुन नदिई, वैधानिक र लोकतान्त्रिक बाटोबाट दीर्घकालीन समाधान  खोज्न जरुरी रहेको उनले बताए ।...
मकवानपुरका पत्रकारले सफा गरे सडक
समाचार, समाज

मकवानपुरका पत्रकारले सफा गरे सडक

नेपालअखबार, हेटौंडा। जेनजीहरूको आन्दोलनका क्रममा विभिन्न स्थानमा आगजनी र तोडफोड भएपछि सडकमा थुप्रिएको फोहोर पत्रकारले सफा गरेका छन्। मकवानपुर जिल्लालाई कार्यक्षेत्र बनाएर पत्रकारिता गरिरहेका सञ्चारकर्मीहरू फोहोर सफा गरेका हुन्। बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौंडामा मंगलबार आन्दोलनकारीले विभिन्न सरकारी कार्यालयमा तोडफोड सडकमा ल्याएर आगजनी गरेका थिए। आन्दोलनकै क्रममा टायर बाल्दा निस्किएको धुवाँ, जलेर बाँकी रहेका रबरका टुक्रा, प्लास्टिक, काठ तथा अन्य सामग्री सडकमा थुप्रिएका थिए। तिनले सर्वसाधारणलाई समेत आवागमन प्रभावित बनाएकाले सरसफाइ गरेको पत्रकार पोष्टराज अधिकारीले जानकारी दिए।...
सेनाले गर्‍यो ९४ वटा हतियार बरामद
प्रशासन, समाचार, समाज

सेनाले गर्‍यो ९४ वटा हतियार बरामद

नेपालअखबार, काठमाडौं । नेपाली सेनाले ९४ वटा हातहतियार बरामद गरेको छ। बुधबार बिहानसम्म सेनाले ९४ वटा हातहतियार बरामद गरेको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। सेनाले काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा सुरक्षा निकायका हातहातियार फिर्ता गर्न भन्दै आएको छ। फिर्ता नगरे कारबाही गर्ने चेतावनी समेत दिएको छ। अहिले १० बजेदेखि सेनाले निषेधाज्ञा जारी गरेको छ।...