Saturday, November 28

समाचार

सभा भवन ध्वस्त भएपछि प्रतिनिधिसभा बैठक अनिश्चितकालका लागि स्थगित
राजनीति, समाचार

सभा भवन ध्वस्त भएपछि प्रतिनिधिसभा बैठक अनिश्चितकालका लागि स्थगित

नेपालअखबार,काठमाडौँ । जेनजी आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित संघीय संसद् भवन मंगलबार ध्वस्त भएपछि बुधबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले सूचना जारी गर्दै सभामुख देवराज घिमिरेले अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित गरेको जानकारी दिएका छन् । ‘मिति २०८२ साल भदौ २५ गते बुधबार दिनको १.०० बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभा बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखले अर्को सूचना जारी नभएसम्मको लागि स्थगित गर्नुभएको व्यहोरा माननीय सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ महासचिव पाण्डेले जारी गरेको सूचनामा उल्लेख छ । यसअघि भदौ २३ गतेका लागि बोलाइएको राष्ट्रियसभा बैठक पनि सूचना टाँस गरेर अ...
‘जेनजी’ भन्दै रास्वपा नेता गणेश कार्कीले बनाएर पठाए राष्ट्रपति कार्यालयमा सूची
राजनीति, विचार, समाचार

‘जेनजी’ भन्दै रास्वपा नेता गणेश कार्कीले बनाएर पठाए राष्ट्रपति कार्यालयमा सूची

नेपालअखबार,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता गणेश कार्कीले जेनजीको नाम भन्दै आफैँले सूची तयार पारेर राष्ट्रपति कार्यालयमा पठाएका छन् । ‘वार्ताको लागि आह्‌वान भएपछि म आफैँले संवाद सचिवालयलाई सूची पठाएको हुँ,’  कार्कीले भने ‘जेनजी आन्दोलनमा सहभागी साथीहरुले दाइ तपाईंले पहल गरिदिनु भनेपछि मैले लिस्ट पठाएको हुँ । यो कुरा पार्टीसँग सल्लाह गरेर भएको होइन ।’ कार्कीले पठाएको सूचीमा युजन राजभण्डारी, प्रदीप ज्ञवाली, रक्षा बम, रिजन रानामगर, नवीन राई, उपार्जन चाम्लिङ, अनुषा खनाल, नीरज गौतम ‘गोतामे’, सुस्मिता क्षेत्री, आकृति घिमिरे, सुयशा शाक्य, मोनिषा चौधरी लगायतको नाम छ ।...
पत्रकार र सञ्चार संस्थाहरूलाई जिम्मेवारीपूर्वक काम गर्न महासंघको अपिल
समाचार, समाज

पत्रकार र सञ्चार संस्थाहरूलाई जिम्मेवारीपूर्वक काम गर्न महासंघको अपिल

नेपालअखबार, काठमाडौँ । नेपाल पत्रकार महासंघले देशभरको विषम परिस्थितिमा पत्रकार र सञ्चार संस्थाहरूलाई जिम्मेवारीपूर्वक काम गर्न अपिल गरेको छ। महासंघका महासचिव रामप्रसाद दाहालले एक विज्ञप्ति जारी गर्दै पत्रकारिताको धर्म निर्वाह गरिरहेका सबैको प्रशंसा गर्दै निर्बाध रूपमा समाचार सङ्कलन र सम्प्रेषण गर्ने वातावरण सुनिश्चित गर्न पनि आग्रह गरेका छन्। महासंघले पत्रकारहरूलाई संविधान र कानुनले दिएको प्रेस स्वतन्त्रताको उपभोग गर्दै पत्रकार आचारसंहिताको पालना गर्न र सत्य, सन्तुलित तथा विश्वसनीय समाचार मात्र प्रकाशन गर्न सुझाएको छ। यसै गरी, जनतालाई सुसूचित गर्ने दायित्व पूरा गर्न कुनै पनि पक्षबाट अवरोध नहोस् भन्नेमा महासंघ सचेत रहेको र सम्बद्ध पक्षहरूसँग समन्वय गरिरहेको पनि जनाएको छ। विज्ञप्तिमा निषेधित क्षेत्र र कर्फ्युको समयमा समाचार सङ्कलन गर्न जाँदा सुरक्षाका लागि विशेष सावधानी अपनाउन आग्रह...
लुटपाट तथा हिंसात्मक गतिविधिमा संलग्न २७ जना पक्राउ, ३३ लाख ७० हजार बरामद
प्रशासन, समाचार

लुटपाट तथा हिंसात्मक गतिविधिमा संलग्न २७ जना पक्राउ, ३३ लाख ७० हजार बरामद

नेपालअखबार,काठमाडौं । लुटपाट तथा हिंसात्मक गतिविधिमा संलग्न २७ जना पक्राउ, ३३ लाख ७० हजार बरामद गरेकाे नेपाली सेनाले जानकारी दिएकाे छ । नेपाली सेनाले मंगलबार रातिबाट लुटपाट तथा अराजक गतिविधिमा संलग्न २७ जनालाई नियन्त्रणमा लिएको छ । बिहान १० बजेसम्म सेनाले दिएको जानकारी अनुसार काठमाडौं उपत्यकाका भौतिक संरचनामा लागेको आगो नियन्त्रणका लागि तीन वटा वारुण यन्त्रको प्रयोग गरिएको छ । गौशाला-चाबहिल-बौद्ध क्षेत्रबाट लुटपाटमा संलग्न व्यक्तिहरुबाट ३३ लाख ७० हजार रुपैयाँ बरामद गरिएको छ । काठमाडौंको विभिन्न स्थानहरुबाट २३ र पोखराबाट ८ नाल गरी विभिन्न किसिमका हतियार नाल ३१ तथा म्यागजिन एवं गोलीगठ्ठाहरु बरामद गरिएको छ । साथै, २३ जना घाइते नेपाल प्रहरी तथा ३ जना गैर सैनिक व्यक्तिहरुको सैनिक अस्पतालहरुमा उपचार गरिएको छ ।...
डिल्लीबजार कारागारमा कैदीबन्दी आगजनी र तोडफोडमा उत्रिए
प्रशासन, समाचार

डिल्लीबजार कारागारमा कैदीबन्दी आगजनी र तोडफोडमा उत्रिए

नेपालअखबार,काठमाडौं । डिल्लीबजार कारागारमा कैदीबन्दीहरुले आगजनी गरेका छन् । कैदीबन्दीहरुले आफूहरु पनि बाहिर निस्क्न पाउनुपर्ने भन्दै आगजनी गरेका हुन् । कारागारमा आगजनी भएकाले कैदीबन्दीहरुलाई स्थानान्तरण गर्ने तयारी गरिएको अर्यालले बताए । अहिले कारागारमा आगोको मुस्लो आइरहेको कारागार प्रशासक बाबुराम अर्यालले  जानकारी दिए ।कैदीबन्दी आगजनी र तोडफोडमा उत्रिएपछि अहिले कारागारको सुरक्षा सेनाले गरेको छ ।...
देशभर जारी भयो कर्फ्यू आदेश
प्रशासन, समाचार

देशभर जारी भयो कर्फ्यू आदेश

नेपालअखबार,काठमाडौं । नेपाली सेनाले देशभर कर्फ्यू आदेश जारी गरेको छ । देशको समग्र शान्ति सुरक्षा अवस्थालाई मध्यनजर गरी कर्फ्यू आदेश जारी भएको सेनाले जनाएको छ । आजका लागि साँझ ५ बजेसम्म कर्फ्यूको समय निर्धारण गरिएको छ । सेनाको विज्ञप्ति अनुसार साँझ ५ बजेपछि कर्फ्यू जारी रहने र तत्पश्चात् भोलि बिहान ६ बजेसम्म कर्फ्यू आदेश जारी हुने जानकारी गराइएको छ । आन्दोलनको नाममा अझै पनि विभिन्न अराजक व्यक्ति र समुहहरुले घुसपैठ गरी व्यक्तिगत र सार्वजनिक सम्पत्ति तोडफोड तथा आगजनी, लुटपाट गरिरहेको सेनाले जनाएको छ । व्यक्ति लक्षित हिंस्रक आक्रमण, बलात्कारका प्रयास जस्ता क्रियाकलापहरु गरिरहेको र गर्नसक्ने सम्भावना रहेको सेनाले जनाएको छ । अपराधजन्य गतिविधि नियन्त्रणको प्रयासहरुमा सहकार्यका लागि सबैलाई नेपाली सेनाले आह्वानसमेत गरेको छ । आन्दोलनको नाममा हुने कुनै पनि प्रदर्शन, तोडफोट, लुटपाट, आगजनी, व्...
सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि स्थगित
प्रशासन, समाचार

सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि स्थगित

नेपालअखबार, काठमाडौं । सर्वोच्च अदालतले पेसीमा रहेका मुद्दाहरुको सुनुवाइ अनिश्चितकालका लागि स्थगित गरेको छ । आगजनीका कारण सर्वोच्च अदालत पूर्णरुपमा क्षतिग्रस्त भएकाले सुनुवाइहरु अनिश्चितकालका लागि स्थगित गरिएको हो । जेनजी युवाको प्रदर्शनको क्रममा मंगलबार सर्वोच्च अदालत पूर्णरुपमा जलेर ध्वस्त भएको छ ।...
संयुक्त राष्ट्रसंघका महासचिव गुटेरसले संयमता अपनाउन आग्रह
राजनीति, विश्व, समाचार

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरसले संयमता अपनाउन आग्रह

नेपालअखबार,काठमाडौँ ।  संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले संयमता अपनाउन आग्रह गरेका छन्। महासचिव गुटरेसले सामाजिक सञ्जालमार्फत संयमता अपनाएर रचनात्मक बाटो तय गर्न आग्रह गरेका हुन्। उनले आफूले नेपालमा विकसित घटनालाई नजिकबाट नियालिरहेको उल्लेख गरेका छन्। 'नेपालको अवस्थालाई मैले नजिकबाट नियालिरहेको छु। हिंसालाई थप बढ्नबाट रोक्नका लागि गहन अनुसन्धान, संयम र रचनात्मक बाटो तय गरेर संवाद गर्न आग्रह गर्दछु,' उनले भनेका छन्। उनले मानव अधिकार कानुनको पालना गर्न पनि आह्वान गरेका छन्। जीवन र सम्पत्तिको सम्मान गर्दै शान्तिपूर्ण तरिकाले विरोध प्रदर्शन गर्न पनि उनले आग्रह गरेका छन्।...
जेनजी आन्दोलनका प्रतिनिधिसँग वार्ता गर्ने विषयमा छलफलमा सेना
प्रशासन, समाचार

जेनजी आन्दोलनका प्रतिनिधिसँग वार्ता गर्ने विषयमा छलफलमा सेना

नेपालअखबार,काठमाडौँ ।  प्रधान सेनापति अशोकराज सिग्देल जेनजी आन्दोलनका प्रतिनिधिसँग वार्ता गर्ने विषयमा छलफलमा जुटेका छन्। मंगलबार राति १० बजेदेखि नेपाली सेना सडकमा परिचालन भएको छ। योसँगै अहिले स्थिति नियन्त्रणमा आएको सेनाले जनाएको छ। तर जेनजीको प्रतिनिधिसँग को हुने भन्नेबारे अन्यौलता समेत देखिएको छ। सेनाले विभिन्न प्रतिनिधिहरूको नाम पाएको छ। तर यही मौकामा फाइदा उठाउन खोज्नेहरूबारे समेत सचेत हुनुपर्ने भन्दै सैनिक मुख्यालयमा छलफल चलिरहेको हो। अहिले जेनजीका सबै प्रतिनिधिको रूपमा स्वीकार्य व्यक्तिको खोजी भइरहेको उच्च स्रोतले बतायो।...
सुरक्षा घेरा तोडेर भरतपुर कारागारबाट बाहिर निस्किए कैदीहरु
समाचार, समाज

सुरक्षा घेरा तोडेर भरतपुर कारागारबाट बाहिर निस्किए कैदीहरु

नेपालअखबार,भरतपुर । भरतपुर कारागारमा रहेका कैदी, बन्दीहरुलाई बाहिर निस्किएका छन्। उनीहरु पोको पुन्तरो बोकी लामबद्ध भएर सडकमा हिँडिरहेका छन्। बुधबार विहान कैदीहरुले कारागार तोडफोड गर्दै आगजनी गर्न थालेपछि उनीहरुलाई नियन्त्रण गर्न सुरक्षाकर्मीलाई हम्मे परेको थियो। आगजनी गर्न थालेपछि कारागारमा तैनाथ सुरक्षाकर्मीहरु कैदीहरुलाई छाड्न बाध्य भएका थिए। भरतपुर कारागारमा ७ सय बढी कैदी, बन्दी थिए।...