Saturday, November 28

समाचार

विदेशी लगानी भित्र्याउने विषयमा छलफल
अर्थ, समाचार

विदेशी लगानी भित्र्याउने विषयमा छलफल

नेपालअखबार,काठमाडाैँ । सिटी एक्सप्रेस मनि ट्रान्सफरका संस्थापक, ग्लोबल बिजनेस तथा डायस्पोरा समिती (सीएनआई) का सभापति तथा नेपालका लागि केन्याका अवैतनिक वाणिज्यदूत  चन्द्र टण्डन र पोर्चुगलस्थित नेपाली राजदूत प्रकाशमणी पौडेलिबच मंगलबार महत्वपूर्ण छलफल भएको छ।छलफलमा विदेशी प्रत्यक्ष लगानी भित्र्याउन आवश्यक रणनीति,उत्पादनशील क्षेत्रहरू र प्रविधि स्थानन्तरणहरुमा रेमिट्यान्स लगानीलाई समर्थन गर्न औपचारिक नेटवर्कहरुको स्थापना गर्ने, साहसिक पर्यटन, सांस्कृतिक सम्पदा र अध्यात्मिक रिट्रीटहरूको लागि नेपाललाई शीर्ष गन्तव्यको रूपमा प्रवर्द्धन गर्ने विषयमा छलफल भएको थियो  । पौडेलले पोर्चुगलमा रहेका नेपाली समुदायको समस्या समाधानमा नेपाली दूतावास सक्रिय रूपमा लागेको जानकारी दिए। उनले नेपाली आप्रवासीहरूको हकहित र कल्याण सुनिश्चित गर्न विभिन्न कार्यक्रमहरू सञ्चालनमा रहेको र पोर्चुगलमा नेपाली उत्पादनहरूक...
गुल्मीमा डहरे खोलाले बगायो कार
समाचार, समाज

गुल्मीमा डहरे खोलाले बगायो कार

नेपालअखबार,गुल्मी।  गुल्मीको सत्यवती गाउँपालिकामा डहरे खोलाले कार बगाएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार सत्यवती गाउँपालिका वडानम्बर- ६ उल्लीखोलास्थित डहरे खोलामा शान्तिपुरबाट बुटवलतर्फ जाँदै गरेको बीएए००१७ नम्बरको कार बगाएको हो। मंगलबार बिहान पौने १२ बजेतिर डहरे खोलाले बगाएर कारलाई ५० मिटर तल पुऱ्याएको थियो। स्थानीय र ट्याक्टरको सहायताले कार खोलाबाट बाहिर निकालिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। प्रहरीका अनुसार उक्त कार  घनश्याम गौतमले चलाएका थिए। गौतमसँगै अरूतीन जना साथी समेत गाडीमा सवार थिए। खोलामा गाडी पार गर्न नसकेपछि गाडीमा सवार चारै जना उत्रिएपछि गाडी बगाएकोले मानवीय क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ। कारलाई खोलाबाट निकालेर बुटवलतर्फ ल्याइँदै छ। गाडीमा सवार सबै जना सकुशल छन्। गाडीलाई डहरे खोलाले बगाउँदै बडिघाट खोलामा पुर्‍याएको थियो। गा...
ग्रे लिस्टबाट नेपाललाई बाहिर निकाल्न सरकारले प्रयास जारी राखेको छ – अर्थमन्त्री
राजनीति, समाचार

ग्रे लिस्टबाट नेपाललाई बाहिर निकाल्न सरकारले प्रयास जारी राखेको छ – अर्थमन्त्री

नेपालअखबार, काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्धारित समयअघि नै नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न सरकारले संगठित र सघन प्रयास जारी राखेको बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदले राखेका प्रश्नको जवाफ दिँदै पौडेलले नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने ऐन २०८० ले विभिन्न १९ वटा ऐनलाई संशोधन गरेको बताए । अर्थमन्त्री पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन तथा कार्ययोजनाहरू दराजमा थन्काउन नभै कार्यान्वयन र सार्थक नतिजा प्राप्तिका लागि तयार पारेको प्रस्ट्याए । मुलुकलाई ग्रे लिस्टबाट बाहिर ल्याउन र आगामी दिनमा समेत यस्तो सूचीमा पर्न नदिने गरी प्रभावकारी कार्यान्वयनको सुनिश्चितताका लागि निर्देशक समितिले शीघ्र सुधारात्मक क्रियाकलापको विस्तृतीकरण २०८२ स्व...
भारतको उत्तराखण्डमा आरीघोप्टे वर्षापछि लेदोसहितको भीषण बाढीले४ जनाको मृत्यु, ५० बेपत्ता
विदेश, समाचार, समाज

भारतको उत्तराखण्डमा आरीघोप्टे वर्षापछि लेदोसहितको भीषण बाढीले४ जनाको मृत्यु, ५० बेपत्ता

नेपालअखबार, काठमाडौं । भारतको उत्तराखण्ड अन्तर्गत उत्तरकाशीको हर्षिल क्षेत्रमा आरीघोप्टे (क्लाउडबर्स्ट) वर्षापछि आएको भीषण बाढीले ४ जनाको मृत्यु भएको छ भने अन्य ५० जना बेपत्ता भएका छन् । उत्तरकाशीका डीएम प्रशान्त आर्यका अनुसार लेदोसहितको भीषण बाढीले भौतिक संरचनाहरूमा समेत क्षति गरेको छ । उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले सामाजिक सञ्जालमार्फत घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले यस सम्बन्धमा वरिष्ठ अधिकारीहरूसँग सम्पर्कमा रहेको र परिस्थितिलाई नजिकबाट निगरानी गरिरहेको बताएका छन्।हर्षिलस्थित भारतीय सेनाको शिविरबाट करिब ४ किलोमिटर टाढा रहेको उत्तरकाशीको धराली गाउँमा आरीघोप्टे वर्षापछि खीर गढ नालीमा भीषण बाढी आएको हो । भीषण बाढीपछि गंगोत्री धामसँगको सबै सडक सम्पर्क विच्छेद भएको छ । क प्रत्यक्षदर्शीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले लेखेका छन्, ‘होटलदेखि बजारसम्म ...
सशस्त्रमा ७७ जना अधिकृतको बढुवा सिफारिस
प्रशासन, समाचार

सशस्त्रमा ७७ जना अधिकृतको बढुवा सिफारिस

नेपालअखबार, काठमाडौं ।  सशस्त्र प्रहरी बल नेपालमा रिक्त रहेका ७७ पदमा बढुवा सिफारिस भएको छ। सोमबार राति प्रधान कार्यालयले बढुवा समितिको निर्णय अनुसार डिएसपी देखि एसएसपीसम्मका ७७ अधिकृतको बढुवा सिफारिस गरेको हो। सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा ६ जना, सशस्त्र प्रहरी उपरीक्षक (एसपी) मा २२ जना, प्राविधिक सशस्त्र प्रहरी उपरीक्षक (एसपी) मा १ जना र सशस्त्र प्रहरी नायव उपरीक्षक (डिएसपी) मा ४८ जनालाई बढुवा गर्न सिफारिस गरेको हो। सशस्त्रका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाका अनुसार अधिकृतहरूको जेष्ठता, व्यवसायिक क्षमता तथा कार्यसम्पादन मूल्यांकनलाई प्राथमिकतामा राखेर बढुवा सिफारिस गरिएको हो। एसएसपी बढुवा सिफारिसमा दोस्रो ब्याचका पहिलो चरणमा एसपी भएकाहरू छन्। एसपीमा सिफारिस भएकाहरू तेस्रो ब्याच र सोही ब्याचका वैकल्पिक समूहमा परेकाहरू छन्। डिएसपीमा बढुवा सिफारिस भएकाहरू...
महाकालीमा जलसतह खतराभन्दा माथि, शारदा ब्यारेजमा ४ पाङ्ग्रे गाडी बन्द
समाचार, समाज

महाकालीमा जलसतह खतराभन्दा माथि, शारदा ब्यारेजमा ४ पाङ्ग्रे गाडी बन्द

नेपालअखबार,धनगढी । महाकाली नदीमा पानीको जलसतह खतराभन्दा माथि पुगेको छ । खतराको तह पार भएपछि अहिले शारदा ब्यारेजमा चार पाङ्ग्रे यातायातका साधन आवागमनमा रोक लगाइएको छ । नदीमा पानीको बहाव बढेर खतराको सतह नाघेपछि मंगलबार बिहानदेखि नै चार पाङ्ग्रे साधनको आवागमनमा रोक लगाइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) सागर बोहराले मंगलबार बिहान पानीको सतह बढेर एक लाख २४ हजार क्युसेक पुगेपछि सवारीसाधन आवागमन बन्द गरिएको जानकारी दिए । महाकाली नदीमा पानीको सतह एक लाख क्युसेक पुगेपछि खतरा मानिन्छ । तराईमा ठूलो वर्षा नभए पनि पहाडी क्षेत्रमा निरन्तर वर्षा हुँदा महाकालीमा जलसतह बढेको हो ।...
विद्युतलाई हरेक नागरिक र मुलुकको आय आर्जनसँग जोड्ने गरी सरकार अघि बढेको छः मन्त्री खड्का
राजनीति, समाचार

विद्युतलाई हरेक नागरिक र मुलुकको आय आर्जनसँग जोड्ने गरी सरकार अघि बढेको छः मन्त्री खड्का

नेपालअखबार, काठमाडौँ । उर्जा, जलश्रोत तथा सिँचाईमन्त्री दीपक खड्काले विद्युत आपूर्तिको माग दिन प्रतिदिन बढिरहेको बताएका छन् । मंगलवार काठमाडौंमा नेपाल सौर्य विद्युत उत्पादक संघको रजत जयन्ती समारोहलाई सम्बोधन गर्दै उनले सरकारले विद्युतकामार्फत हरेक नागरिकको घरमा उज्यालो दिनुपर्ने कार्य पुर्‍याउन नसकेको नेपालमा सौर्य विद्युत उत्पादनमार्फत विद्युत आपूर्ति हुनु राम्रो कुरा भएको बताए । उनले सरकारले सिंचाई गर्न नसकेको ठाउँमा सिञ्चित गरेर सौर्य उर्जामार्फत पम्पिङहरु गरेर त्यस्ता ठाउँमा सिंचाई गरेर योगदान दिनु सकारात्मक पक्ष रहेको पनि बताए । उनले विद्युतको आवश्यकता एकातिर दिनानुदिन बढिरहेको र अर्कोतिर चुनौति पनि बढिरहेको उल्लेख गरे । विद्युत उत्पादनलाई हरेक नागरिक र मुलुकको आय आर्जनसँग जोड्ने गरी सरकारले काम गरिरहेको पनि उनले बताए । खड्काले सरकारले १० वर्षभित्र २८ हजार ५ सय मेगावाट विद्युत उत्...
बजेट ल्याउन नसकेका स्थानीय तहमा सहसचिव नेतृत्वको ३ टोली खटिने
प्रशासन, समाचार

बजेट ल्याउन नसकेका स्थानीय तहमा सहसचिव नेतृत्वको ३ टोली खटिने

नेपालअखबार, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्धारित समयमा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेट तथा कार्यक्रम पारित नगर्ने स्थानीय तहको समस्या समाधानका लागि मन्त्रालयका सहसचिवको नेतृत्वमा तीन टोली परिचालन गर्ने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेको निर्देशनमा मन्त्रालयले सहसचिवहरु कालीप्रसाद पराजुली, प्रकाश दाहाल र रुद्र सिंह तामाङको नेतृत्वमा २१ साउनदेखि टोली परिचालन गर्न लागेको हो । टोलीमा गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, नेपाल नगरपालिका संघ र सम्बन्धित जिल्ला समन्वय समितिका पदाधिकारी प्रतिनिधि रहने छन् । सो टोलीले स्थानीय तहसँग समन्वय गरी बजेट ल्याउन नसक्नुका कारण पत्ता लगाउने र त्यसबाट सिर्जना भएका समस्या समाधानको पहल गर्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले बताइन् ।मन्त्रालयका अनुसार १० असार भित्र बजेट स...
कक्षा १२ को नतिजा सार्वजनिक
शिक्षा, समाचार, समाज

कक्षा १२ को नतिजा सार्वजनिक

नेपालअखबार, काठमाडौं । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ। सार्वजनिक नतिजा अनुसार ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्  भने  ३८.८३ विद्यार्थी ननग्रेड भएका छन्।  गत वैशाखमा सञ्चालन गरिएको परीक्षामा ५ हजार २०२ विद्यालयका ५ लाख ११ हजार परीक्षार्थी सामेल थिए। जसमा नियमिततर्फ ३ लाख ९५ हजार र आंशिकतर्फ १ लाख १५ हजार रहेका थिए। कक्षा १२ को पूरक परीक्षा आगामी भदौ २८ र २९ गते सञ्चालन हुने भएको छ ।...
भूमि विधेयक गिरीबन्धुसँग जोडिएको छैनः भूमिमन्त्री अधिकारी
राजनीति, समाचार

भूमि विधेयक गिरीबन्धुसँग जोडिएको छैनः भूमिमन्त्री अधिकारी

नेपालअखबार, काठमाडौँ । भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले प्रस्तावित भूमि विधेयक गिरीबन्धु जग्गा प्रकरणसँग नजोडिएको प्रष्ट पारेका छन्। कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सिंहदरबारमा आइतबार भएको भूमिसम्बन्धी विधेयकको छलफलमा उनले अनावश्यक रूपमा गिरीबन्धुलाई भूमि विधेयकसँग जोड्न जरूरी नरहेको बताएका हुन्। विधेयकमा कहाँ गिरीबन्धु जोडिएको छ? देखाइदिन पनि सांसदहरूसँग आग्रह गरे। विधेयकमा कृषि, उद्योगधन्दाका कुराहरू पनि नजोडिएको स्पष्ट पारे। मन्त्री अधिकारीले भने, ‘भूमि विधेयकमा प्रस्तावित संशोधित विषयहरूमा छलफल गरौँ। सरोकारवालाहरूले आफ्ना विषयहरू राखिरहनुभएको छ। मैले पटकपटक भनेको छु, हामीले दफाबारलाई जसरी अघि बढायौं। हाउजिङका कुराहरू विधेयकमा ल्याएका छौं। त्यसमा गिरीबन्धुसहित अरू कुनै विषय नै जोडिएको छैन। सांसदहरूलाई गिरीबन्धु कहाँनेर विधेयकमा जोडिएको छ? म...