Sunday, November 29

समाचार

आत्महत्या दुरुत्साहन मुद्दामा दोषी ठहर भएका व्यक्ति पक्राउ
समाचार, समाज

आत्महत्या दुरुत्साहन मुद्दामा दोषी ठहर भएका व्यक्ति पक्राउ

नेपालअखबार, काठमाडौं । आत्महत्या दुरुत्साहन मुद्दामा दोषी ठहर भएका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–९ घर भएका ३१ वर्षीय दिनेश लबजु छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरबाट पक्राउ गरेको हो । आत्महत्या दुरुत्साहन मुद्दामा भक्तपुर जिल्ला अदालतले २७ चैत २०८० मा उनलाई एक वर्या कैद र १० हजार जरिवानाको फैसला सुनाएको थियो ।फैसला कार्यान्वयनका लागि उनलाई अदालतमार्फत कारागार पठाइने प्रहरीले बताएको छ ।...
राहतको पर्खाइमा रहेका २९ जनासहित इजरायलद्वारा ७२ जना प्यालेस्टिनी नागरिकको हत्या
अपराध, विश्व, समाचार, समाज, हाइलाइट-समाचार

राहतको पर्खाइमा रहेका २९ जनासहित इजरायलद्वारा ७२ जना प्यालेस्टिनी नागरिकको हत्या

नेपालअखबार,गाजा । इजरायली सेनाले राहत बोकेर आइरहेको ट्रकको पर्खाइमा रहेका २९ जनासहित गाजामा कम्तीमा ७२ जना प्यालेस्टिनी नागरिकको हत्या गरेको छ । प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयका अनुसार आफ्नो भोको परिवारका लागि खाना पर्खिरहेका नागरिकहरूको समेत इजरायली सेनाले हत्या गरेको जनाएको हो । यो घटना बुधबार मध्य गाजाको नेटजरिम करिडोरको सलाह अल–दिन सडकमा भएको स्वास्थ्यकर्मीलाई उद्धृत गर्दै अल जजिराले जानकारी दिएको छ । घटनामा १ सय जनाभन्दा बढी घाइते भएको समाचारमा उल्लेख छ । बुधबार इजरायलले गाजामा हवाई हमला पनि जारी राखेको थियो । दक्षिण गाजाको जेइटोउनमा एक घरमा गरिएको हवाई हमलामा ८ जनाको मृत्यु भएको छ । त्यस्तै, दक्षिणी गाजामा घरबारविहीन भएकाहरू बस्ने अल–मवासी क्याम्पमा गरिएको हवाई हमलामा ८ जनाभन्दा सर्वसाधारणको मृत्यु भएको थियो । उता, मध्य गाजामा रहेको मेघाजी क्याम्पमा गरिएको अर्को आक्रमणमा...
संसदभित्रै सांसद थापाले च्याते बजेट किताब
राजनीति, समाचार

संसदभित्रै सांसद थापाले च्याते बजेट किताब

नेपालअखबार,काठमाडौँ । एकीकृत समाजवादीका सांसद अम्बर बहादुर थापाले बजेट किताब च्यातेका छन् ।   प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा उनले बजेट विभेदकारी रहेको भन्दै सदनभित्रै च्यातेका हुन् ।
इरानको समर्थनमा अमेरिकामा प्रदर्शन
राजनीति, विश्व, समाचार

इरानको समर्थनमा अमेरिकामा प्रदर्शन

नेपालअखबार,काठमाडौँ  ।अमेरिकामा इरानको समर्थनमा प्रदर्शन गरिएको छ । प्रदर्शनकारीको एक भीडले न्युयोर्कको सडकमा मार्चपास गरेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुमा प्रकाशित भिडियोमा टाइम्स स्क्वायररमा ‘इरानबाट टाढा रहो’ जस्ता नारा लगाएका छन् भने इजरायली समर्थकलाई पनि गाली गरेका छन् । यी इरानी समर्थकले म्यानहट्टनको सडकमा अघि बढेका थिए । तर न्युयोर्क प्रहरीले उनीहरुलाई इजरायली वाणिज्य दूतावास पुग्नुअघि नै रोकेको छ । यो प्रदर्शन प्यालेस्टिनी युवा आन्दोलन र समाजवादी संगठनको पिपुल्स फोरम एलायन्सको सहकार्यमा भएको थियो ।...
इसराइल समर्थक ह्याकरहरूले इरानमाथि साइबर हमला गरी चोरे करोडौं डलर डिजिटल सम्पत्ति
अर्थ, विश्व, समाचार

इसराइल समर्थक ह्याकरहरूले इरानमाथि साइबर हमला गरी चोरे करोडौं डलर डिजिटल सम्पत्ति

नेपालअखबार,काठमाडौँ ।इरानले देशभरि इन्टरनेट सेवा बन्द गरेको छ। साइबर हमला गरेर करोडौंको डिजिटल सम्पत्ति चोरी भएपछि इरानमा पछिल्लो १२ घन्टायता इन्टरनेट ब्ल्याकआउट रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सका अनुसार इरानको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज 'नोबिटेक्स'माथि बुधबार साइबर हमला भएको थियो। प्रो-इसराइली ह्याकरहरूको एउटा समूहले नोबिटेक्समाथि साइबर हमला गरेर ९ करोड डलरभन्दा बढीको डिजिटल सम्पत्ति चोरी गरेको बताइएको छ। उक्त घटनामा इसराइली समर्थक ह्याकरहरूको समूह 'प्रेडेटरी स्प्यारो (गोन्जेश्के दारान्दे)'ले जिम्मेवारी लिएको छ। उनीहरूले इस्लामिक रिभोलुसनरी गार्ड कोर (आइआरजिसी)लाई लक्ष्य गरेर साइबर हमला गरिएको बताएका छन्। सो समूहलाई इसराइली गुप्तचरहरूले परिचालन गरिएको भनिए पनि त्यसको स्वतन्त्र पुष्टि नभएको न्युयोर्क टाइम्सले...
‘कृषकले पाएनन् माग गरेअनुसार रासायनिक मल
कृषि, समाचार, समाज

‘कृषकले पाएनन् माग गरेअनुसार रासायनिक मल

नेपालअखबार,काभ्रेपलाञ्चोक । काभ्रेको कृषि क्षेत्रमा माग भएअनुसार रसायनिक मल पूर्ति हुन नसकेको तथ्याङ्कले देखाएको छ । यसकारण जिल्लाको कृषकले बर्सेनि रासायनिक मलको अभाव झेल्दै आउनुपरेको छ । खाद्यान्न र तरकारीका लागि प्रख्याती कमाएको यहाँका कृषकले यस वर्ष पनि रासायनिक मलको अभाव भोग्न बाध्य भएका छन् । कृषकले यतिबेला मकैलगायतको खाद्यान्न तथा सागसब्जीका लागि आवश्यक पर्ने रासायनिक मल नपाउँदा कृषक मर्कामा परेका छन् । मकै बालीका लागि युरिया मलको माग बढी गरिरहेको बेला सरकारले कृषकको मागअनुसार युरिया मल उपलब्ध गराउन सकेको छैन । कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनले सहकारीमार्फत कृषकका लागि कोटा प्रणालीमा रासायनिक मल उपलब्ध गराउँदै आएपनि त्यो पर्याप्त भने देखिँदैन । कृषि सामग्री कम्पनी लिमिटेड धुलिखेलका प्रमुख योगेन्द्रकुमार पराजुलीका अनुसार संस्थामा कृषकले तत्काललाई मकैलगायतका बालीका ...
विभिन्न राजमार्ग ६ ठाउँमा अवरूद्ध, चार ठाउँमा सवारी एकतर्फी
समाचार, समाज

विभिन्न राजमार्ग ६ ठाउँमा अवरूद्ध, चार ठाउँमा सवारी एकतर्फी

नेपालअखबार,काठमाडौँ । पहिरोका कारण देशका विभिन्न ६ स्थानमा आज पनि सडक अवरुद्ध भएको छ। प्रहरी प्रधान कार्यालका अनुसार अन्य चार ठाउँमा अवरुद्ध भएको सडक भने एकतर्फी खुलाइएको छ। प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले एकतर्फी खुलेका सडकलाई दुइतर्फी बनाउने र अवरुद्ध रहेका सडकलाई खुलाउने प्रयास जारी रहेको बताए। उनका अनुसार अहिले सिन्धपाल्चोकको भोटेकोशीमा पहिरोका कारण अरनिको राजमार्ग तीन ठाउँमा अवरुद्ध भएको छ। भोटेकोशी गाउँपालिकाको कोदारी, लार्चा र कोप्लाङमा पहिरो खसेर सडक अवरुद्ध भएको हो। यस्तै नवलपरासी बर्दघाट सुस्तापूर्वको विनयी त्रिवेणी गाउँपालिका–१ मा बाढीले महेन्द्र राजमार्ग अवरुद्ध बनाएको छ। सो क्षेत्रमा अहिले गाडीको लामो लाइन छ । यात्रुहरु अलपत्र छन् । यस्तै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ रुप्सेमा पहिरो खसेर बेनी–जोमसोम सडक अवरुद्ध पारेको छ ...
रमा बस्नेतलाई थप ३ दिन हिरासतमा राख्न अदालतको अनुमति
समाचार, समाज

रमा बस्नेतलाई थप ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

नेपालअखबार,काठमाडौँ । विद्युतीयय कसुर गरेको आरोपमा पक्राउ परेकी रमा बस्नेतलाई अदालतले थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । बुधवार काठमाडौँ जिल्ला अदालतले दोस्रोपटक ३ दिनको म्याद दिएको साइबर ब्युरोका एसपी दिपकराज अवस्थीले  बताए । सामाजिक सञ्जाल टिकटकमा राजनीतिक नेतृत्वलाई गाली गरेको र साम्प्रदायिक सद्भावमा खलल पुर्याएको आरोपमा उनी पक्राउ परेकी थिइन् । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ घर भएर भक्तपुर बस्ने बस्नेत असार १ मा पक्राउ परेकी हुन् ।...
इन्डोनेसियामा ज्वालामुखी विस्फोट
विदेश, समाचार, समाज

इन्डोनेसियामा ज्वालामुखी विस्फोट

नेपालअखबार,काठमाडौँ ।  ज्वालामुखी विस्फोटका कारण इन्डोनेसियास्थित पर्यटकीय क्षेत्र बाली टापु आउजाउ गर्ने दर्जनौँ उडान अवरुद्ध हुनुका साथै रद्द भएका छन् । स्थानीय समयअनुसार मंगलबार ५:३५ मा फ्लोरेस टापुस्थित माउन्ट लेवोटोबी लाकी–लाकीमा ज्वालामुखी विस्फोट भएको थियो । विस्फोटपछि ११ किलोमिटर माथिसम्म तातो खरानीको मुस्लो उडेको थियो । छाता आकारमा आकाशमा देखिएको सुन्ताला रंगको मुस्लो १५० किमि परसम्मको गाउँबाटसमेत देखिएको थियो । देनसार अन्तर्राष्ट्रिय विमानस्थलको बेवसाइटमा ज्वालामुखीका कारण उडान अवरुद्द भएको जनाएको छ । राजधानी जाकर्ताका अलवा अस्ट्रेलिया, चीन, भारत, मलेसिया, न्युजिल्यान्ड र सिँगापुरका उडान पनि ज्वालामुखीका कारण प्रभावित भएका छन् । विपद्सम्बन्धी काम गर्ने स्थानीय अधिकारीहरुले ज्वालामुखी विस्फोटपछि नजिकैका दुई गाउँका स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेका छन् ।...
काठमाडौंमा वितरण गर्न थालियो रिबर्मा खोलाको पानी
समाचार, समाज

काठमाडौंमा वितरण गर्न थालियो रिबर्मा खोलाको पानी

नेपालअखबार, काठमाडौं । सिन्धुपाल्चोकको मेलम्चीस्थित रिबर्मा खोलाबाट दैनिक थप आठ करोड लिटर पानी काठमाडौँ ल्याएर वितरण गर्न सुरु गरिएको छ। काठमाडौँ उपत्यकामा मेलम्चीको पानी नियमित रुपमा आपूर्तिका लागि उक्त खोलाबाट पानी ल्याएर वितरण गर्न सुरु गरिएको हो। काठमाडौँमा वर्षातको समयमा पनि नियमित रुपमा मेलम्चीको पानी सञ्चालन गर्न मेलम्ची स्थित रिबर्मा खोलामा निर्माण गरिएको टयाङ्की सोमबार खानेपानीमन्त्री प्रदीप यादव सहितको टोली उक्त क्षेत्रमा पुगेर उक्त टयाङ्कीको सफल परिक्षण गरेका थिए। परीक्षण सफल भएसँगै मेलम्चीको सुरुङ मार्ग हुँदै सोमबार राति मेलम्चीको रिबर्मा खोलाबाट आठ करोड लिटर पानी काठमाडौँ ल्याएर मंगलबारदेखि नियमित रुपमा वितरण कार्य सुरु गरिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक एवं इञ्जिनियर रत्नप्रसाद लामिछाने जानकारी दिए। 'काठमाडौँमा पानी पथान्तरणका लागि रिबर्मा खो...