मदुरो पक्राउबारे बाजी राखेर अमेरिकी सैनिकले ४ लाख डलर कमाएको आरोप
नेपालअखबार,काठमाडौं । अमेरिकी विशेष बलका एक सैनिकमाथि गोप्य सैन्य सूचनाको दुरुपयोग गरी अनलाइन सट्टेबाजीबाट करिब ४ लाख डलर कमाएको आरोपमा मुद्दा परेको छ।
ग्यानन केन भान डाइक नाम गरेका ती सैनिकमाथि गोप्य सूचना दुरूपयोग गरेको आरोपमा मुद्दा दायर गरिएको अमेरिकी अखबार वासिङ्टनपोस्टले जनाएको छ।
ग्यानन भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई उनकै घरबाट नियन्त्रणमा लिएर अमेरिका ल्याउने अमेरिकी सेनाको योजना र रणनीति कार्यान्वयनमा संलग्न थिए।
भेनेजुएलामा अपरेसन कुन मितिमा हुने, मदुरो सत्ता छाड्छन् कि पक्राउ पर्छन्? जनवरी अन्त्यसम्म अमेरिकी सेना भेनेजुएलामा प्रवेश गर्छ कि गर्दैन? लगायत विषयमा पोलिमार्केट लगायत भविष्यवाणी हुने विभिन्न अनलाइन प्ल्याटफर्महरूमा उनले बाजी लगाएका थिए।
पछि मदुरोलाई अमेरिकी सेनाले भेनेजुएलाबाटै नियन्त्रणमा लिएर न्यूयोर्क ल्याएपछि उनका सबै भविष्यवाणी मिलेको थियो। त्य...









