Saturday, July 11

समाचार

देउवा पक्षको केन्द्रीय समिति बैठक सुरु
राजनीति, समाचार

देउवा पक्षको केन्द्रीय समिति बैठक सुरु

नेपालअखबार, काठमाडौँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको बैठक सुरु भएको छ । शनिबार बिहान ८ बजेका लागि बोलाइएको बैठक झण्डै तीन घण्टा ढिलागरी अर्थात पौने १२ बजेदेखि सुरु भएको हो । बैठकमा देउवा पक्षका नेताहरु पूर्णबहादुर खड्का, रमेश लेखक, विमलेन्द्र निधि, शशांक कोइराला लगायतको सहभागिता रहेको छ । उता नवनिर्वाचित केन्द्रीय समितिको बैठक पनि बानेश्वरमा बस्दैछ ।...
निर्वाचन प्रहरीका लागि मागअनुसार परेन निवेदन
प्रशासन, समाचार, समाज

निर्वाचन प्रहरीका लागि मागअनुसार परेन निवेदन

नेपालअखबार,काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँमा निर्वाचन प्रहरी माग गरिएकामा मागअनुसार निवेदन परेको छैन। निर्वाचनका लागि एक हजार ५७३ निर्वाचन प्रहरी माग गरिएकामा आजसम्म एक हजार ३२१ जनाको निवेदन परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए। उनका अनुसार एक हजार २० पुरुष र ३२१ महिलाले निवेदन दिएका छन्। यसअघि माघ १ गतेसम्म निवेदन दिने समय रहेकामा कम निवेदन परेपछि आजसम्मका लागि अन्तिम समय तोकिएको छ। माग गरेबमोजिम कमको निवेदन परेपछि जिल्ला निर्वाचन समितिको निर्णयअनुसार अवधि बढाइएको छ। निर्वाचन प्रहरीमा भर्ना हुनका लागि दरखास्त फाराम दर्ता गर्ने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्नेछ। उम्मेदवार नेपाली नागरिक हुनुपर्ने, सामान्य लेखपढ गर्न जान्ने, फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको,...
चुनावमा सामाजिक सञ्जालको निगरानी सेनाले गर्ने, ‘नो नट अगेन’ भन्नेसमेत कारबाहीमा पर्ने
प्रशासन, समाचार

चुनावमा सामाजिक सञ्जालको निगरानी सेनाले गर्ने, ‘नो नट अगेन’ भन्नेसमेत कारबाहीमा पर्ने

नेपालअखबार,काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता २०८२ कार्यान्वयनमा कडाइ गर्ने संकेत गरेको छ । आयोगले सामाजिक सञ्जालमा हुने आचारसंहिता उल्लङ्घनका घटनालाई नियमन गर्न नेपाली सेनाको सहयोग लिनेदेखि ‘नो, नट, एगेन’ अभियान चलाउनेलाई कारबाही गर्नेसम्मको तयारी गरेको हो । आचारसंहिता कार्यान्वयनका विषयमा शुक्रबार राजनीतिक दलहरूसँग भएको छलफलमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सामाजिक सञ्जालमा कुनै दल वा उम्मेदवारविरुद्ध ‘नो, नट, एगेन’ भन्दै प्रचार गरे कारबाही हुने चेतावनी दिए । उनले आयोगका पदाधिकारीलाई धम्की दिने र आचारसंहिता मिच्ने कसैलाई पनि छुट नहुने स्पष्ट पारे । निर्वाचनमा हेलिकप्टर प्रयोग गर्न नदिए ‘आयोगबाट हटेपछि देखाइदिन्छु’ भनी सन्देश पठाउनेहरूबाट आफूहरू नडराउने भण्डारीको भनाइ छ । उनले सामाजिक सञ्जालका कन्टेन्ट नियमन गर्न मेटा लगायतका कम्पनीलाई अनुरोध गरिसके...
निर्वाचन आयोगको षडयन्त्रपूर्ण निर्णय मान्दैनौं : पूर्णबहादुर खड्का
राजनीति, समाचार

निर्वाचन आयोगको षडयन्त्रपूर्ण निर्णय मान्दैनौं : पूर्णबहादुर खड्का

नेपालअखबार,काठमाडौं । निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिएपछि देउवा पक्षले त्यसलाई अस्वीकार गरेको छ । देउवा पक्षका नेता पूर्णबहादुर खड्काले निर्वाचन आयोगले षड्यन्त्रपूर्वक निर्णय गरेको आरोप लगाएका छन् । उनले कानुनी र राजनीतिक दुवै लडाईं लड्ने बताए । ‘हामी वैधानिक कानुनी लडाईं सबै लड्छौं । यो निर्णय धेरै समय अघि देखि नै सेटिङ भएको भनिएका छन् । ती सबै कुरा चिर्दै आएको छ’ उनले पत्रकारहरूसँग भने,’एकपक्षले दाबी गरेको आधारमा गरिएको निर्णय प्रक्रियागत रुपमा त्रुटीपूर्ण छ । षड्यन्त्रपूर्वक भएको निर्णय खारेज गर्छौं ।’ उनले निर्वाचन आयोगले आधिकारिक कानुनी रुपमा निर्वाचित समितिलाई एकपटक नबोलाइ निर्णय गरेकोमा असन्तुष्टि जनाए ।निर्वाचन आयोगले शुक्रबार साँझ  विशेष महाधिवशेनबाट निर्वाचित नेतृत्वलाई वैधानिकता दिएको थियो ।...
निर्वाचन आयोगको निर्णय मान्न सकिँदैन : प्रकाशशरण महत
राजनीति, समाचार

निर्वाचन आयोगको निर्णय मान्न सकिँदैन : प्रकाशशरण महत

नेपालअखबार,काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको नेता डा. प्रकाशशरण महतले पार्टीको आधिकारिकता गगन थापा नेतृत्वलाई दिने निर्वाचन आयोगको निर्णय मान्न नसकिने बताएका छन् । आयोगको निर्णय सार्वजनिक भएलगत्तै संक्षिप्त कुराकानी गर्दै महतले पार्टीको विधानलाई आयोगले नजरअन्दाज गरेको भन्दै आपत्ति जनाए । ‘आयोगको निर्णय आएको बुझियो । यो निर्णयमा दलसम्बन्धी नियम, पार्टीको विधानलाई नजरअन्दाज गरिएको छ । यो निर्णय मान्न सकिँदैन,’ उनले भने । अब के गर्नुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘अब हामी हामी छिटै बैठक बसेर कसरी जाने भन्ने निष्कर्ष निकाल्छौँ ।...
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता
राजनीति, समाचार

निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता

नेपालअखबार, काठमाडौँ ।  निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आयोगको शुक्रबार बसेको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट थापा सभापति चयन भएका थिए । सभापति चयन भएसँगै बिहीबार बसेको केन्द्रीय समिति बैठकको निर्णय लगत्तै थापा आधिकारिता दाबी गर्दै आयोग पुगेका थिए । आयोगले सबै डकुमेन्ट अध्ययन  गरेर थापा नेतृत्वको कमिटीलाई आधिकारिकता दिएको हो । कांग्रेसको विशेष महाधिवेशन राजधानीको भृकुटीमण्डपमा पुस २७ देखि ३० सम्म भएको थियो । यससँगै नेपाली कांग्रेसको चुनाव चिह्न रुख र चारतारे झण्डा शेरबहादुर देउवाबाट गुमेको छ । देउवा पक्षले पनि आफू नै आधिकारिक भएको जिकिरसहित आयोगमा डकुमेन्ट बुझाएको थियो ।...
सरकारका प्रवक्ता भन्छन्– कांग्रेस विवादले निर्वाचन सर्दैन
राजनीति, समाचार

सरकारका प्रवक्ता भन्छन्– कांग्रेस विवादले निर्वाचन सर्दैन

नेपालअखबार,काठमाडौं । सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले २१ फागुनको निर्वाचन नसर्ने बताएका छन् । मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीले कांग्रेस विवादले निर्वाचन र मनोनयनको मिति सर्छ भनेर सोधेको प्रश्नको जवाफमा प्रवक्ता खरेलले निर्वाचन नसर्ने बताएका हुन् । ‘फागुन २१ मा निर्वाचनको मिति तोकिएको छ । त्योभन्दा यताउता हुँदैन । सरकार त्यही तयारीमा छ,’ उनले भने, ‘ निर्वाचन गर्ने र गराउने जिम्मेवारी भनेको सरकारको मात्रै होइन । निर्वाचन आयोगको हो । राजनीतिक दलको हो । अरू सरोकारवाला पनि छन् । चुनाव यताउता हुँदैन ।’ उनले अन्य कुरा भने निर्वाचन आयोगको अधिकारको विषय भएको भन्दै आयोगको निर्णयको पर्खनु पर्ने बताए ।‘फागुन २१ को निर्वाचन यताउता हुँदैन । बाँकी निर्वाचन आयोगको जिम्मेवारी हो । उसको अधिकारको कुराहरूमा निर्वाचन आयोगकै निर्णय पर्खनुपर्‍यो,’ उनले भने ।...
राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा दुई दिनदेखि अवरुद्ध
प्रशासन, समाचार

राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा दुई दिनदेखि अवरुद्ध

नेपालअखबार,काठमाडौं । राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा दुई दिनदेखि अवरुद्ध भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अनुसार राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणालीमा केही प्राविधिक समस्या आएको र यसको मर्मत कार्य जारी रहेकोले सो कार्य पूरा नभएसम्म सेवा अवरुद्ध हुनेछ । मर्मतको कार्य सम्पन्न हुनसाथ सेवा प्रवाह सुचारु हुने विभागले जारी गरेको सूचनामा उल्लेख छ । विभागका अनुसार अनलाइनमार्फत राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड वितरण सेवा, राष्ट्रिय परिचयपत्रको विवरण सच्याउन, जन्मदर्ता गर्दाका बखत राष्ट्रिय परिचय पत्र नम्बर प्राप्त हुने लगायत  सेवाहरू अवरुद्ध रहेको छ । यस्तो समस्या १ माघदेखि आज पनि रहेको विभागले जारी गरेको सूचनामा छ । हेर्नुहोस् सूचना :...
२१ फागुनमा होस् कि, जेठमा, कातिक, मंसिरतिर होस् चुनाव त हुन्छ : केपी ओली
राजनीति, समाचार

२१ फागुनमा होस् कि, जेठमा, कातिक, मंसिरतिर होस् चुनाव त हुन्छ : केपी ओली

नेपालअखबार,काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहिले भएपनि मुलुकमा चुनाव हुने भएकाले त्यसको तयारीमा लाग्न पार्टीका नेता-कार्यकर्तालाई आग्रह गरेका छन् । नेकपा एमाले राजधानी प्रदेश कमिटी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीको पक्षमा चुनावी परिणाम ल्याउने गरी अगाडि बढ्न आग्रह गरेका हुन् । ‘चुनाव २१ फागुनमा होस् कि, जेठमा होस् कि कात्तिक, मंसिरतिर होस् चुनाव त हुन्छ’ ओलीले भनेका छन्, ‘जहिले चुनाव भएपनि हामीले स्वीपआउट गर्ने हो । प्रमुख पार्टी बन्न धेरै मेहनत गर्नैपर्दैन । अरु पार्टी छँदै छैन त ।’ २१ फागुनका लागि तय भएको निर्वाचन अन्तर्गत समानुपातिक तर्फको मनोनयन भएर अगाडि बढिसकेको छ । प्रत्यक्षतर्फको मनोनयन यही माघ ६ गते हुँदैछ । प्रत्यक्ष तर्फको मनोनयन हुनु केही दिन अगाडि समेत एमालेका अध्यक्ष ओलीले जहिले भएपनि चुनाव हुने बताएका हुन् । एमालेका उम्मेदवारलाई चुन...
रविविरुद्ध अभियोग संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा रिट
प्रशासन, समाचार

रविविरुद्ध अभियोग संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा रिट

नेपालअखबार,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने माथिको सम्पत्ति शुद्धीकरण र स‌गठित अपराधको मुद्दा फिर्ता लिने गरी महान्यायाधिवक्ताको कार्यालयले गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ । युवराज पौडेल (सफल) ले बुधबार महान्यायाधिवक्ताको कार्यालय, विभिन्न जिल्ला सरकारी वकिल कार्यालय र रवि लामिछानेलाई विपक्षी बनाउँदै उक्त रिट पेस गरेका हुन् ।महान्यायाधिवक्ताको कार्यालयले पुस ३० गते गरेको उक्त निर्णय र सोसँग सम्बन्धित पत्राचारहरू उत्प्रेषणको आदेशद्वारा बदर गर्न माग गरिएको छ । साथै उनले लामिछानेमाथि लागेका सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दाहरूलाई कमजोर नबनाउन र कानुनी प्रक्रियामा कुनै अवरोध नगर्न परमादेश माग गरेका छन् । मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ बमोजिम नयाँ प्रमाण फेला परेको अवस्थामा बाहेक...