Saturday, July 11

समाचार

आन्दोलनको धम्कीसँग निर्वाचन आयोग प्रभावित हुँदैन भन्ने विश्वास छ : विश्वप्रकाश शर्मा
राजनीति, समाचार

आन्दोलनको धम्कीसँग निर्वाचन आयोग प्रभावित हुँदैन भन्ने विश्वास छ : विश्वप्रकाश शर्मा

नेपालअखबार,काठमाडौं । विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले आन्दोलनको धम्कीसँग निर्वाचन आयोग प्रभावित हुँदैन भन्ने विश्वास व्यक्त गरेका छन् । निर्वाचन आयोगका पदाधिकारीलाई भेट्दै उपसभापति शर्माले केहीबेरअघि कांग्रेस केन्द्रीय कार्यालयमा भएको पत्रकार सम्मेलनको सन्दर्भ कोट्याउँदै यस्तो बताएका हुन् ।शेरबहादुर देउवा नेतृत्वको कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले पत्रकार सम्मेलनमा आफूहरूले नेतृत्व गरिरहेको कांग्रेसलाई निर्वाचन आयोगले मान्यता नदिए देशभर आन्दोलन गर्ने चेतावनी दिएका थिए । ‘पार्टीका केही पूर्वपदाधिकारीसहितका साथीहरू आज निर्वाचन आयोग आउनुभएको थाहा पाएपछि निर्वाचन आयोगलाई केही कुरा स्पष्ट पार्नुपर्छ भन्ने लागेर हामी यहाँ आएका छौं,’ उपसभापति शर्माले भने, ‘निर्वाचन आयोगले हाम्रो पक्षमा निर्णय दिएन भने देशभर आन्दोलन गर्छौं भनेर केहीबेर अघि मात्र ...
कांग्रेसको देउवा समूह पनि निर्वाचन आयोगमा जाँदै
राजनीति, समाचार

कांग्रेसको देउवा समूह पनि निर्वाचन आयोगमा जाँदै

नेपालअखबार, काठमाडौँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पनि निर्वाचन आयोगमा जाने भएकाे छ ।  शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलनपछि देउवा समूह निर्वाचन आयोगमा जाने भएकाे हाे । देउवा समूहकी केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले आफूहरू निर्वाचन आयोग जान लागेकाे बताइन् । यसअघि गगन थापा नेतृत्वकाे कांग्रेस निर्वाचन आयाेगमा पुगिसकेकाे छ । गगन थापाको नेतृत्वमा नयाँ कांग्रेस बनेपछि आधिकारिकताको लडाइँ निर्वाचन आयोगसम्म पुगेको छ ।...
रवि लामिछानेको अभियोग संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णयमा बारको विरोध
समाचार, समाज

रवि लामिछानेको अभियोग संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णयमा बारको विरोध

नेपालअखबार,काठमाडौँ । नेपाल बार एशोसिएशले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अभियोग संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयमा आपत्ति जनाएको छ। महान्यायाधिवक्ता कार्यालयले रविविरूद्धका सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुरको दाबी फिर्ता लिने निर्णय गरेपछि शुक्रबार बारका महासचिव वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाले विज्ञप्ति जारी गर्दै त्यस निर्णयको विरोध गरेका हुन्। ‘फौजदारी न्याय प्रणालीमा नै गम्भीर विचलन ल्याई कानुनको शासनको उल्लंघन भई कार्यकारीको स्वेच्छाचारितालाई बढावा दिने स्पष्ट छ,’ विज्ञप्तिमा भनिएको छ, ‘अपराधको राजनीतिकरण र राजनीतिको अपराधिकरणले दण्डहिनतालाई प्रश्रय दिई फौजदारी न्यायको आत्मा मार्ने भएकोले कानूनी शासनको प्रत्याभूतिका लागि उक्त निर्णयको विरोध गर्दछौं।’ त्यस्तै उक्त निर्णयलाई फिर्ता लिन पनि एशोसिएशनले माग राखेको छ। आजै सर्वोच्च अदा...
निर्वाचनलाई कांग्रेसको फुटले कुनै असर गर्दैन : प्रचण्ड
राजनीति, समाचार

निर्वाचनलाई कांग्रेसको फुटले कुनै असर गर्दैन : प्रचण्ड

नेपालअखबार,काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसको फुटका कारण निर्वाचनलाई कुनै असर नपर्ने बताएका छन् । शुक्रबार चितवनमा भरतपुर महानगरपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन गर्दै प्रचण्डले कांग्रेस विभाजनपछि निर्वाचन के होला भन्ने प्रश्न उब्जिएको भन्दै चुनावलाई असर पर्ने कुनै सम्भावना नरहेको बताएका हुन् । निर्वाचनको मुखमा ठुलो पार्टी विभाजन हुनु कसैको लागि राम्रो नभएको उनको भनाइ छ । प्रचण्डले सरकारका प्रतिनिधि र निर्वाचन आयोग लगायत सुरक्षा निकायसँग कुरा गर्दा कांग्रेसका कारण निर्वाचनमा असर नपर्ने जवाफ पाएको उल्लेख गरे । सबै पार्टीहरू निर्वाचनतिर नै केन्द्रित भएकाले निर्वाचन हुनेमा ढुक्क हुन उनले आग्रह गरे । प्रचण्डले आफ्नो दलका तर्फबाट प्रत्यक्षतर्फ टिकट वितरण सुरु गरिसकेको बताए । प्रचण्डले अहिलेको अवस्थामा निर्वाचन बाहेक अरू कुन...
आयोगले मान्यता नदिए देशभर आन्दोलन गर्छौं : खड्का
राजनीति, समाचार

आयोगले मान्यता नदिए देशभर आन्दोलन गर्छौं : खड्का

नेपालअखबार,काठमाडौं । शेरबहादुर देउवाले नेतृत्व गरिरहेको कांग्रेसले निर्वाचन आयोगले मान्यता नदिए देशभर आन्दोलन गर्ने चेतावनी दिएको छ । पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै कार्यबाहक सभापति पूर्णबहादुर खड्काले त्यस्तो अवस्था आए देशभर आन्दोलन गर्ने बताए । ‘निर्वाचन आयोग गलत बाटोमा जान्छ भन्ने हामीलाई लाग्दैन । तर, आशंकाहरू छन्,’ खड्काले भने, ‘निर्वाचन आयोगले हामीले नेतृत्व गरिरहेको नेपाली कांग्रेसलाई मान्यता दिएन भने कांग्रेस देशभर आन्दोलन गर्न तयार छ । हामी गाउँगाउँ, वडावडाबाट चारतारे झण्डा लिएर आन्दोलित हुनेछौं ।’ उनले त्यस्तो अवस्थामा आए पार्टीको आह्वानमा आन्दोनलमा होमिन देशभरका कार्यकर्ता र संघसंगठनलाई निर्देशन दिए ।...
निर्वाचन आयोग पुगे देउवा पक्षका नेता–कार्यकर्ता
राजनीति, समाचार

निर्वाचन आयोग पुगे देउवा पक्षका नेता–कार्यकर्ता

नेपालअखबार, काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षका नेता–कार्यकर्ताहरु निर्वाचन आयोग पुगेका छन् । विशेष महाधिवेशनमार्फत् गगन थापा पार्टी सभापति चुनिएपछि आधिकारिकता विवादमा निर्वाचन आयोगले छानबिन गरिरहेका बेला देउवा पक्षका नेता–कार्यकर्ताहरुको टोली आयोग पुगेको हो । नेता कल्याण गुरुङले केन्द्रीय समितिका पदाधिकारीहरु, जिल्ला सभापतिहरु, भातृसंस्था र शुभेच्छुक संस्थाको टोली निर्वाचन आयोग पुगेको बताए । ‘हामी हाम्रा कुरा राख्न आयोग आएका छौं,’ गुरुङले भने ।यही पुस २७ गतेदेखि माघ १ गते बिहानसम्म चलेको विशेष महाधिवेशनले गगन थापालाई सभापति चुनेको थियो । यससँगै सभापति शेरबहादुर देउवा पक्षले र थापा पक्षले आफू आधिकारिक भएको दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् । सो निवेदनउपर छानबिन गरिरहेको आयोगले जनाएको छ ।...
कांग्रेस कार्यवाहक सभापति खड्काले पत्रकार सम्मेलन गर्दै
राजनीति, समाचार

कांग्रेस कार्यवाहक सभापति खड्काले पत्रकार सम्मेलन गर्दै

नेपालअखबार,काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पत्रकार सम्मेलन गर्दैछन् । गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति घोषणा गरेपछि खड्काले पत्रकार सम्मेलन गर्न लागेका हुन् । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार आज दिउँसो दुई बजे केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन आयोजना गरिएको छ ।खड्काले  पार्टीका केन्द्रीय नेताहरुको उपस्थितिमा पत्रकार सम्मेलन गर्न लागेको मुख्य सचिव पौडेलले जानकारी दिए ।...
मध्यपहाडी लोकमार्गः ‘आर्क ब्रिज’ निर्माण सुरु
समाचार, समाज

मध्यपहाडी लोकमार्गः ‘आर्क ब्रिज’ निर्माण सुरु

नेपालअखबार,पर्वत । पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण सुरु भएको छ । राजमार्गको पर्वत खण्ड कालोपत्र सम्पन्न भएको तीन वर्षपछि पुल निर्माण सुरु भएको हो । पर्वतको मोदीगाउँपालिका–२ र पातिचौर–६ डिमुवा जोड्ने गरी पुल निर्माण सुरु भएको पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयले जनाएको छ । आयोजनाका इन्जिनियर कल्पना मिश्रका अनुसार पुल ६२ मिटर लामो र ११ मिटर चौडा हुनेछ । डबल स्पानको पुल निर्माणका लािग रु सात करोड ५० लाख विनियोजन भएको छ । उक्त मार्गअन्तर्गत हालसम्म पर्वतखण्डको तमादीखोला र बागलुङको काठेखोलामा पुल निर्माण भएका छन् । सुन्दरेखोला र मोदीखोलामा पनि निर्माण जारी छ । मोदीखोलाको पुल आगामी भदौ मसान्तभित्रमा सम्पन्न गरिसक्नुपर्ने छ । मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–कुश्मा सडकको तीन वर्ष पहिला नै दुई लेनको सडक स्तरोन्नति भ...
गुल्मीमा मागअनुसार निर्वाचन प्रहरी अपुग
प्रशासन, समाचार

गुल्मीमा मागअनुसार निर्वाचन प्रहरी अपुग

नेपालअखबार,गुल्मी । गुल्मीमा निर्वाचन प्रहरी भर्नाका लागि आवेदन दिने म्याद दुई दिन थप गरिएको छ । मागअनुसार निर्वाचन प्रहरी अपुग भएपछि आवेदन दिने म्याद थप गरिएको हो । माघ १ गतेसम्म आवेदन माग गरिएको भए पनि अपेक्षित संख्यामा आवेदन नपरेपछि नेपाल प्रहरीले शुक्रबार र शनिबारसम्मका लागि म्याद थप गरेको हो । नेपाल प्रहरीअन्तर्गत जिल्लामा १ हजार ६९५ जना निर्वाचन प्रहरी आवश्यक रहेकामा हालसम्म १ हजार १२८ जनाको मात्रै आवेदन परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । माग गरिएको संख्याभन्दा उल्लेख्य रूपमा कम आवेदन परेपछि थप समय दिइएको कार्यालयले जनाएको छ । यसैगरी, सशस्त्र प्रहरी बलअन्तर्गत १७९ जना निर्वाचन प्रहरी आवश्यक रहेकामा हालसम्म १३१ जनाको आवेदन परेको छ । सशस्त्र प्रहरीतर्फ पनि अपेक्षित संख्यामा आवेदन नपरेपछि आवेदन म्याद थप गरिएको जनाइएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार निर्वाचन सुरक्...
एमालेले ४ माघदेखि चुनावी अभियान थाल्ने
राजनीति, समाचार

एमालेले ४ माघदेखि चुनावी अभियान थाल्ने

नेपालअखबार, काठमाडौं । नेकपा एमालेले आगामी ४ माघदेखि चुनावी अभियान थाल्ने निर्णय गरेको छ । बागमती प्रदेश कमिटीले प्रज्ञा भवनमा गर्ने कार्यक्रमबाट एमालेले चुनावी अभियान थाल्ने भएको हो । ‘भृकृटीमण्डपबाट शुरु भएर प्रज्ञा भवनमा सभा हुनेछ,’ बागमती प्रदेश उपसचिव भक्तकुमारी लामाले भनिन्, ‘सभाबाट बागमती प्रदेश कमिटी अन्तर्गत रहेका १८ वटै निर्वाचन क्षेत्रमा जित्ने घोषणा हुनेछ ।’अध्यक्ष केपी शर्मा ओलीले चुनावी अभियानको उद्घाटन गर्ने भएका छन् । एमालेले राजधानी उपत्यकाका तीन जिल्ला बाहेकलाई बागमती प्रदेश कमिटीमा राखेको छ ।...