Wednesday, August 12

समाज

विपद्‌मा परी ६६ जनाको मृत्यु, ७९ बेपत्ता
समाचार, समाज

विपद्‌मा परी ६६ जनाको मृत्यु, ७९ बेपत्ता

नेपालअखबार,काठमाडौँ ।  तीन दिनदेखिको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर अहिले साँझसम्म ६६ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले दिएको जानकारी अनुसार शनिबार साँझ ५ बजेसम्ममा देशभर गरेर ६६ जनाको मृत्यु भएको र अन्य ७९ जना बेपत्ता भएका छन् । हालम्म विपद्मा परेर ३५ जना घाइते भएका सशस्त्र प्रहरीका प्रवक्ता, सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले जानकारी दिए । उनका अनुसार उपत्यकामा मात्रै ३४ जनाको मृत्यु भएको छ । काठमाडौँमा ११, भक्तपुरमा ५ र ललितपुरमा १८ जनाको मृत्यु भएको हो । यस्तै पाँचथरमा ५, धनकुटामा २, सोलुखुम्बुमा २, सुनसरीमा १, काभ्रेमा १४, धादिङमा १, सिन्धुपाल्चोकमा ४, दोलखामा ३ जनाको मृत्यु भएको छ । ललितपुरमा १५, काभ्रेमा २६, काठमाडौँमा ६, मकवानपुरमा ७, दोलखामा ३, झापामा ४, पाँचथरमा ५, सिन्धुपाल्चोकमा ५ जना तथा अन्य जिल्लासहित गरेर ७९ ...
पोखरा पर्वतीय दौडको उपाधि एपिएफका भट्टलाई
खेलकुद, समाचार, समाज

पोखरा पर्वतीय दौडको उपाधि एपिएफका भट्टलाई

नेपालअखबार, पोखरा। पोखरामा आयोजित पर्वतीय दौड प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपिएफ क्लबका निरोज भट्ट क्षत्रीले जितेका छन् । पोखरा २२ (पुम्दीभुम्दी) को खेल पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले आयोजना भएको उक्त प्रतियोगितामा क्षत्रीले निर्धारित ८ किलोमिटरको दुरी ३८ मिनेट २३ सेकेण्डमा पार गर्दै उपाधि जितेका हुन् । पोखरा क्लिक प्रालिले आयोजना गरेको प्रतियोगितामा सल्यानको कुमाख गाउँपालिकाका रुद्र बुढाथोकी निर्धारित दुरी ४१ मिनेट २२ सेकेण्डमा पूरा गरी दोस्रो भए । पोखरा–१७ का प्रकाश थिँक ४२ मिनेट ४२ सेकेण्डम पूरा गरी तेस्रो भए । विजेतालाई २५ हजार, उपविजेतालाई १५ हजार र तेश्रो हुनेलाई ७ हजार साथमा ट्रफी र प्रमाणपत्र वितरण गरिएको थियो । विश्व शान्ति स्तुपदेखि सुरु पर्वतीय दौड, पुम्दीकोट विशाल महादेवको मूर्ति, पोखरा २२ को वडा कार्यालय हँुदै बुद्ध पार्कमा पुगेर टुंगिएको थियो । महिल...
सातदोबाटोबाट गोदावरी जाने सडकमा भ्वाङ पर्दा बस नै फस्यो
समाचार, समाज

सातदोबाटोबाट गोदावरी जाने सडकमा भ्वाङ पर्दा बस नै फस्यो

नेपालअखबार, काठमाडौं। ललितपुरको सातदोबाटोबाट गोदाबरी जाने सडकमा भ्वाङ परेको छ । उक्त सडकको हात्तीबनमा पार्किङ गरिराखेको बस भ्वाङमा खसेको छ । आइतबार दिउँसो उक्त बसलाई बाहिर निकालिएको छ ।छेउमा रहेको ढल भत्किएका कारण सडकमा भ्वाङ परेको छ ।सोही सडक खण्डको हात्तीवनमै अर्को पनि भ्वाङ परेको छ । त्यस्तै कतै पहिरो खसेको छ भने कतै रुख ढलेर सडक ढाकिएको छ ।...
कोशी ब्यारेजमा बहाब अत्यधिक बढेपछि पुलमाथिबाट पानी माथिबाटै बग्न थाल्यो
समाचार, समाज

कोशी ब्यारेजमा बहाब अत्यधिक बढेपछि पुलमाथिबाट पानी माथिबाटै बग्न थाल्यो

नेपालअखबार, विराटनगर । कोशी ब्यारेजमा पानीको बहाब अत्यधिक बढेपछि पुलमाथिबाट पानी बगेको छ । सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीका अनुसार शनिबार अपरान्ह चार बजे ५ लाख ४९ हजार क्युसेक बाढी मापन भएको छ । बाढी कोशीको पुलमाथिबाट पनि बगेको उनले बताए । बाढीको बहाव उच्च भएपछि कोशीमा सवारी आवतजावत पनि बन्द गरिएको उनले बताए । यहाँ शनिबार साँझ मापन गरिएको साढे ५ लाख क्युसेक पानी ३७ वर्षयताकै उच्च हो । यसअघि सन् १९८७ मा ५ लाख २३ हजार क्युसेक मापन भएको थियो ।...
आज बेलुकादेखि वर्षा कम हुँदै जाने
समाचार, समाज

आज बेलुकादेखि वर्षा कम हुँदै जाने

नेपालअखबार,काठमाडौं । तीन दिनदेखि परिरहेको अविरल वर्षा आज बेलुकादेखि मत्थर हुँदै जाने अनुमान गरिएको छ । बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीले पछिल्ला तीन दिनमा भइरहेको वर्षाको स्तर बेलुकादेखि विस्तारै कम हुँदै जाने जानकारी दिए । ‘आज बेलुकादेखि नै वर्षा केही मथ्थर हुन सुरु हुन्छ, तर ठ्याक्कै रोकिने होइन, भोलिसम्मै रहन सक्छ, जुन ‘इन्टेन्सिटी’मा वर्षा भइरहेको छ त्यो अब हट्दै जान्छ’, उनले भने । भोलिदेखि अहिलेको मौसमी प्रणाली कमजोर हुँदै जाने उनको भनाइ छ । ‘बादल फाट्न चै केही दिन लाग्छ, भोलिदेखि केही क्षेत्रमा मौसमी अवस्थामा सुधार आउन सक्छ, कहीँ छिटफुट वर्षा हुन सक्छ’, पराजुलीले भने, ‘पूर्व झापादेखि पश्चिम कपिलवस्तुसम्म बढी प्रभाव रह्यो ।’ नेपालको पश्चिमी भेगदेखि मौसमी प्रणाली सुधार हुँदै आइरहेको उनको भनाइ छ । अहिलेको मौसमी प्रणाली अन्त्यसँगै नेपालबाट यसवर्षको मनसुन बाहिर...
बाढीले ललितपुरमा हालसम्म १८ जनाको शव फेला
समाचार, समाज

बाढीले ललितपुरमा हालसम्म १८ जनाको शव फेला

नेपालअखबार,काठमाडौँ । बाढीले ललितपुरमा हालसम्म १८ जनाको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले दिएको जानकारीअनुसार विपत्तिको उद्धारका क्रममा फेला परेका ती शवलाई आनन्दवन अस्पताल, चापागाउँ र पाटन अस्पताल लगनखेलमा राखिएका छन्। जिल्ला प्रशासन कार्यालयद्वारा जारी सार्वजनिक तथ्याङ्कअनुसार अनुसार खोज तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीबल परिचालित छन्। जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुँयालले दिएको जानकारीअनुसार हालसम्म महाङ्काल गाउँपालिका–३ गोटिखेलमा चार, वडा नं २ मानिखेलमा दुईजना बेपत्ता भएका छन्। प्रहरी उपरीक्षक अधिकारीले दिएको जानकारीअनुसार सानेपा, नख्खु हार्मोनी कोलोनी, नखिपोट, बुङ्ममती, चापागाउँ, यूएन पार्क र इमाडोललगायतको क्षेत्रबाट ४१६ जनालाई सकुशल उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ।...
काठमाडौँमा बाढी र पहिरोका कारण ११ जनाले ज्यान गुमाए
समाचार, समाज

काठमाडौँमा बाढी र पहिरोका कारण ११ जनाले ज्यान गुमाए

नेपालअखबार,काठमाडौँ । बाढी र पहिरोका कारण काठमाडौँमा ११ जनाले ज्यान गुमाएका छन् । मृत्यु भएकाहरूमध्ये १० जनाको सनाखत भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए । मृत्यु हुनेमा दक्षिणकाली नगरपालिका–८ मा बस्दै आएका ४३ वर्षीय भविन्द्र लिम्बु, ४० वर्षीय कुमार तामाङ, २३ वर्षीया मनु तामाङ, दक्षिणकाली–९ बस्ने ३७ वर्षीय प्रेम बलामी, ३४ वर्षीय कान्छा बलामी, र वडा नम्बर–७ बस्ने ५० वर्षीया देवी लिम्बु छन् । सप्तरीको अग्निसयर कृष्ण सौरण गाउँपालिका घर भएर इचंगुनारायण बस्ने ४५ वर्षीय सचिन शाहको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिका–२ मसिने बस्ने ३८ वर्षीय गर्ब तामाङ र उनकी पत्नी ३६ वर्षीया सबिना तामाङको मृत्यु भएको छ । कीर्तिपुरमा २४ वर्षीय अजय पाण्डेले ज्यान गुमाएका छन् । उनी अर्घाखाँची घर  भएर कीर्तिपुर बस्दै आएका थिए । त्रिभुवन विश्वविद्यालयको गेट अगाडी खोलामा एक जना पुरुष...
उद्धारमा मुलुकभर २० हजार सुरक्षाकर्मी परिचालन
प्रशासन, समाचार, समाज

उद्धारमा मुलुकभर २० हजार सुरक्षाकर्मी परिचालन

नेपालअखबार,काठमाडौँ । अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबान लगायत प्राकृतिक विपद् जोखिममा परेका नागरिकहरूको खोज तथा उद्धारका लागि मुलुकभर २० हजारभन्दा बढी प्रहरी परिचालन गरिएको छ । विपदबाट हुने क्षति न्यूनीकरण, नागरिकको जिउधनको रक्षा र विपद्मा परेकाहरूको खोज तथा उद्धार, स्वास्थ्य उपचारमा सुरक्षाकर्मी सक्रिय रूपमा परिचालन भएको छ । पछिल्लो पटकको बाढी, पहिरो र डुबानबाट एक हजार भन्दा बढी नागरिकको सकुशल उद्धार भइरहँदा नेपाल प्रहरीबाट दश हजार ४१ जना र सशस्त्र प्रहरी बल नेपालबाट दश हजार ५४० जना प्रहरी परिचालन भएका छन् । जसमध्ये काठमाडौँ उपत्यकामा मात्रै नेपाल प्रहरीको चार हजार सात सय ६० र सशस्त्र प्रहरी बलबाट तीन हजार ५ सय सुरक्षाकर्मी उद्धारमा खटिएका छन् । त्यसैगरी नेपाली सेनाले काठमाडाैँ उपत्यकाका विभिन्न स्थानबाट चार जनाको हेलिकप्टरबाट उद्धार गरेको छ । सेनाको टोली देशभरको प्रभावित क्षे...
पहिरोले माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा क्षति
समाचार, समाज

पहिरोले माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा क्षति

नेपालअखबार,काठमाडौँ ।  अविरल वर्षाका कारण आएको पहिरोले दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको बाँध क्षेत्रका संरचना (हेडवर्क्स) मा क्षति पुर्याएको छ । माथिल्लो तामाकोशीमा पानीको बहाव उच्च भएपछि विद्युत् उत्पादन समेत बन्द गरिएको छ । बाँधका सम्पूर्ण ढोका (गेट)हरु खुला गरिएको छ ।  बाँधस्थलभन्दा केही तल दायाँतर्फ रहेको नियन्त्रण कक्ष, बालुवा थिग्ग्रयाउने पोखरी (डिस्याण्डर) र बाँधबाट डिस्याण्डरसम्म पानी पुर्याउने नहर (कल्भर्ट) मा क्षति पुगेको छ । नियन्त्रण कक्ष, डिस्याण्डर र कल्भर्ट रहेको स्थानभन्दा माथिबाट खसेको पहिरोका कारण ती संरचनामा ठूलो क्षति पुगेको अनुमान गरिएको छ । आयोजनाको प्रवद्र्धक कम्पनी अपर तामाकोशी हाइड्रोपावर लि।का प्रमुख कार्यकारी अधिकृत (सीइओ) मोहन गौतमले विद्युतगृह रहेको स्थान गोंगरबाट बाँधसम्मको प्रवेश मार्गमा पर्ने ख...
अविरल वर्षाका कारण सिर्जित विपत्तिमा परी देशभर ३५ जनाको मृत्यु
समाचार, समाज

अविरल वर्षाका कारण सिर्जित विपत्तिमा परी देशभर ३५ जनाको मृत्यु

नेपालअखबार,काठमाडौँ । अविरल वर्षाका कारण सिर्जित विपत्तिमा परी देशभर ३५ जनाको मृत्यु भएको छ । बाढी, पहिरो र घर भक्तेर काठमाडौँ उपत्यकामा मात्रै २३ जनाको मृत्यु भएको छ उपत्यकाबाहिर विभिन्न जिल्लामा गरी १२ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार बाढीपहिरो तथा डुबानमा परी उपत्यकामा २३ जना तथा उपत्यका बाहिर १२ जनाको मृत्यु भएको छ । अन्य ११ जना बेपत्ता रहेका छन् । सशस्त्र प्रहरी बल नेपालले विपद् प्रतिकार्यका लागि एक हजार नौ सय ४७ सुरक्षाकर्मी परिचालन गरेको छ । एक सय ६२ स्थानमा भौतिक क्षति भएको छ । सशस्त्र प्रहरीले उपत्यकाका विभिन्न स्थानमा बाढी तथा डुबानमा परेका नागरिकको उद्धारका लागि २३ वटा र्‍याफ्टिङ बोट परिचालन गरेको छ । सशस्त्रको टोलीले सात सय ६० जनाको सकुशल उद्धार गरेको सहप्रवक्ता थापाले जानकारी दिए । काठमाडौँमा ९, ललितपुरमा ९, भक्तपुरमा ५ र का...