Wednesday, August 12

समाज

सप्तकोशी नदीमा पानीको वहाव वर्षकै उच्च भएपछि खतराको संकेत रातो झण्डा गाडियाे
समाचार, समाज

सप्तकोशी नदीमा पानीको वहाव वर्षकै उच्च भएपछि खतराको संकेत रातो झण्डा गाडियाे

नेपालअखबार । सप्तकोशी नदीमा पानीको वहाव वर्षकै उच्च भएपछि खतराको संकेत रातो झण्डा गाडिएको छ। नदीको बहाव निरन्तर बढ्दो क्रममा रहेसँगै ब्यारेज पुलमा रातो झण्डा गाडिएको हो। पूर्वी पहाडी भेगमा जारी निरन्तरको वर्षासँगै नदीको बहावले आज बिहान उच्च मापन तह पार गरेको थियो। पछिल्लो मापनअनुसार कोशी ब्यारेजमा पानीको बहाव ४ लाख  ८० हजार ४ सय ९५ क्युसेक प्रतिसेकेण्ड पुगेको छ। ब्यारेजका ५६ वटै ढोका खोलिएको छ। यसैबीच बढ्दो बहावलाई मध्यनजर गर्दै भारतीय पक्षले समेत अलर्ट जारी गरेको छ। जल संसाधन विभाग पटनाले विशेष बुलेटिन जारी गर्दै कोशीको बहाव ६ लाख ८१ हजार ६ सय ३९ क्युसेकसम्म पुग्ने अनुमान गरेको छ।  ...
सिस्नेरीको एन्फा एकेडेमीका पाँच विद्यार्थी पहिरोमा पुरिए
समाचार, समाज

सिस्नेरीको एन्फा एकेडेमीका पाँच विद्यार्थी पहिरोमा पुरिए

नेपालअखबार,हेटौँडा । मकवानपुर सिस्नेरीमा रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीका पाँच विद्यार्थी पहिरोमा पुरिएका छन्। बिहीबार देखि अविरल वर्षाका कारण कुलेखानीको ड्याम खोलेपछि सुरक्षित स्थानतर्फ जाने क्रममा पहिरोमा परेको एकेडेमी संयोजक सुवासचन्द्र ठकुरीले जानकारी गराए। ‘कुलेखानीको पानी ओभर फ्लो भयो। पाँच विद्यार्थीले छोटो बाटो रोजेर हिडे। तर, उनीहरू नै हिलो माटोमा परे। त्यसपछि बगाएको रहेछ,’ संयोजक ठकुरीले भने। उनको अनुसार हराएका पाँच विद्याथी मध्ये तीन जनाको शव फेला परेको  छ। थपको खोजी कार्य जारी छ।...
काभ्रेमा रोशी खोलाले करिब १० पक्की घर बगायो
समाचार, समाज

काभ्रेमा रोशी खोलाले करिब १० पक्की घर बगायो

नेपालअखबार,काठमाडौँ । काभ्रेको रोशी गाउँपालिका वडा नम्बर ९ नार्केमा रोशी खोलाको बाढीले कटान गरी करिब १० घर बगाएको छ । शनिवार बिहान ९ बजे बाढीले जमिन कटान गरी बगाएको गाउँपालिका अध्यक्ष दिनेश लामाले  जानकारी दिए । सो घटनामा मान्छे परे वा नपरेको बारे जानकारी आइनसकेको उनले बताए । बगाएको भएर मानवीय क्षति भएको छैन होला तर पक्की घरहरु बगाएको छ । उद्धारका लागि नेपाल सेना र प्रहरी तैनाथ छ तर बाटो बिग्रिएको कारण जान सक्ने अवस्था छैन । त्यस क्षेत्रमा फोन गर्न पनि अहिले नेटवर्क नलागेकोले घटनाको अवस्था बुझ्न सकिएको छैन । त्यो ठाउँ सुरक्षित नै भएपनि बाढीले जमिन कटान गर्दै घर ढालेर बगाएको छ ।’...
उत्तरी गोरखाको साम्दोमा हिमपात
समाचार, समाज

उत्तरी गोरखाको साम्दोमा हिमपात

नेपालअखबार,गोरखा । उत्तरी गोरखाको साम्दोमा हिमपात भएको छ । शुक्रवार रातिदेखिको हिमपातले स्थानीयको जनजीवन प्रभावित बनेको छ । हिमपात भएसँगै लार्के पासका लागि गएका पर्यटकहरु साम्दोमै रोकिएका छन् । आधा फिटदेखि एक फिटसम्म हिउँ परेको सशस्त्र प्रहरीको बोर्डर आउटपोष्ट (बिओपी) साम्दोका प्रमुख विश्व त्रिपाठीले बताए । ‘हिउँले पदमार्ग नै ढाकेको छ’ उनले भने, ‘हामी हिउँ पन्छाउने काम गरिरहेका छौं ।’ हिमपातसँगै चिसो बढेकाले स्थानीयहरु घर भित्रै आगो तापेर बसेको उनले जानकारी दिए ।हिउँ पर्ने मौसम सुरु हुनु अगावै असोजमा हिउँ परेको यो पहिलो पटक हो । तल्लो क्षेत्रमा भने अविरल वर्षा भइरहेको छ ।...
विपद व्यवस्थापन गर्न ३ सय नगर प्रहरी परिचालन गरेका छौँ : महानगर प्रमुख बालेन
प्रशासन, समाचार, समाज

विपद व्यवस्थापन गर्न ३ सय नगर प्रहरी परिचालन गरेका छौँ : महानगर प्रमुख बालेन

नेपालअखबार, काठमाडौँ । महानगर प्रमुख बालेन शाहले वार्षाले सिर्जना गरेको विपद व्यवस्थापन गर्न नगर प्रहरीका १७ वटा टोली परिचालन गरिएको बताएका छन् । निरन्तर वर्षाका कारण राजधानी सहर काठमाडौँमा सिर्जना भएको विपद व्यवस्थापन गर्न नगर प्रहरीका १७ वटा टोलीमा अधिकृत र जवान गरी ३ सय जना परिचालन गरिएको जानकारी दिइएका छन् । टोलीहरु डुवान भएका वस्ती, नदी किनारा, रुख ढलेर अवरोध भएको सडकजस्ता जोखिम भएका ठाउँमा जनधनको क्षति न्यूनीकरणका लागि प्रयत्न गरिरहेको उनको भनाई छ । उनले भनेका छन्–‘वंशीघाट (विश्व निकेतन विद्यालय पछाडि), कुशेश्वर, कपुर धारा, जडिबुटी, टेकु, स्वयम्भू, बसुन्धारा, कपन, शंखमुल, न्युरोड, गणेशस्थानलगायत स्थानको समस्या समाधान भइरहेको छ । स्थानीयले दिएको सूचना, हटलाइन टेलिफोनमा टिपिएका अनुरोधलाई तत्काल सम्बोधन गर्ने प्रयास गरेको छौँ । यस्ता विपदमा आफू र परिवारलाई बचाउनु तथा आपतमा परेका...
बागमती प्रदेशमा बाढी पहिरोमा परेर ६ जनाको मृत्यु
समाचार, समाज

बागमती प्रदेशमा बाढी पहिरोमा परेर ६ जनाको मृत्यु

नेपालअखबार,हेटौँडा । बागमती प्रदेशमा बाढी पहिरोमा परेर ६ जनाको मृत्यु भएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार पछिल्लो २४ घण्टामा बाढी पहिरोका कारण ६ जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार पहिरोका कारण प्रदेशमा ५ जना र बाढीबाट एक जनाको मृत्यु भएको छ । बिहीबारदेखि भएको वर्षाका कारण खसेको पहिरो र बाढीका कारण प्रदेशको काभ्रे, सिन्धुली र सिन्धुपाल्चोकमा मानवीय क्षति भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए । उनका अनुसार सिन्धुलीमा खोला तर्ने क्रममा बगाउँ एक जनाको मृत्यु भएको छ भने काभ्रेमा पहिरोले ३ जना र सिन्धुपाल्चोकमा २ जनाको मृत्यु भएको हो । बाढी पहिरोबाट काभ्रेमा १० जना बेपत्ता भएका छन् भने धादिङमा ३ र मकवानपुरमा एक जना गरी १४ जना बेपत्ता भएको उनले बताए । बाढी पहिरोका कारण प्रदेशमा १८ वटा भौतिक संरचनामा पूर्ण क्षति प...
रिन्जे नाँसामा घरवास प्रबद्र्धन
समाचार, समाज

रिन्जे नाँसामा घरवास प्रबद्र्धन

नेपालअखबार,पोखरा । ४५ औं विश्व पर्यटन दिवसको पूर्व सन्ध्यामा गाउँ पर्यटन प्रवद्र्धन मञ्च(भिटोफ) गण्डकी प्रदेशले पोखरा १६ स्थित पर्यटकीय गाउँ रिन्जे नाँसामा घरवास प्रवद्र्धन कार्यक्रम सम्पन्न गरेको छ । उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश तथा पोखरा महानगरपालिकाको सहयोग एवम् पोखरा पर्यटन परिषद्को समन्वय गरेको कार्यक्रमको नेपाल पर्यटन बोर्डले प्रवद्र्धन गरेको थियो । कार्यक्रमका प्रमुख अतिथि पोखरा पर्यटन परिषद्का अध्यक्ष तथा भिटोफ गण्डकीका संस्थापक अध्यक्ष तारानाथ पहारीले नेपाल गाउँ नै गाउँले भरिएको देश भएको कारण हरेक गाउँ पर्यटकीय ठाउँ भन्ने उद्घोषलाई साकार पार्न सरोकार सबै लाग्नुुपर्नेमा जोड दिनुुभयो । भिटोफ गण्डकी प्रदेशका अध्यक्ष शोभा सापकोटाले हरेक गाउँ पर्यटकीय ठाउँ भन्ने नाराका साथ गण्डकी प्रदेशका पर्यटकीय गाउँहरूको प्रवद्र्धन गरिरहेको मञ्चले विश्व पर्यटन दिवसका अवसरमा रिन्जे नाँ...
नेक क्यालिडोस्कोपमा विपास्नालाई ५० हजार
शिक्षा, समाचार, समाज

नेक क्यालिडोस्कोपमा विपास्नालाई ५० हजार

नेपालअखबार,काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज (नेक) को एसियन पेन्टस क्यालिडोस्कोप २०२४ सम्पन्न भएको छ । कलेजमा आज आयोजित कार्यक्रममा क्यालिडोस्कोप २०२४ का विजेताहरुलाई नगद पुरस्कार, प्रमाणपत्र र ट्रफी प्रदान गरियो । कलेजको आर्किटेक्ट विभाग र १८ औं ब्याच आर्किटेक्चरद्वारा आयोजित क्यालिडोस्कोप २०२४ प्रतियोगितामा विपास्ना कंशाकार विजयी हुँदै नगद ५० हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरिन् । प्रतियोगिताको फस्ट रनरअफ सगुन कोइराला भए । उनले २५ हजार नगद, ट्रफी र प्रमाण पत्र प्राप्त गरिन् । श्रुतिका शाक्य सेकेण्ड रनरअप हुँदै नगद १५ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्न सफल हुँदा अर्का विद्यार्थी आवाज गुरुङले सान्त्वना पुरस्कार प्राप्त गरे । क्यालिडोस्कोपमा आर्किटेक्चरका विद्यार्थीहरुले १ महिना लगाएर विभिन्न डिजाइनहरु गर्ने गर्दछन् । ती डिजाइनहरु मध्येबाट निर्णायक कमिटीले उत्कृष्ट डिजाइन छनौट गर...
बागमती नदीले खोकना क्षेत्रमा खतराको तह पार गर्‍यो
समाचार, समाज

बागमती नदीले खोकना क्षेत्रमा खतराको तह पार गर्‍यो

नेपालअखबार,काठमाडौँ । लगातारको वर्षाका कारण बागमती नदीले खोकना क्षेत्रमा खतराको तह पार गरेको छ । शुक्रबार साँझ ७ः३५ बजेसम्म पानीको तह ५ दशमलव ०८ मिटर बढेर खतराको तह पार गरेको हो । नदीको तल्लो तटीय क्षेत्रमा सतर्क रहन जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाले आग्रह गरेको छ । देशभर सक्रिय मनसुनका कारण बागमतीका साथै अन्य नदीमा पनि बाढी खतराको तहमा पुगेको विभागले जनाएको छ ।...
अपाङ्गता भएका ३४ सहित ९४ इजरायलीले सम्पन्न गरे अन्नपूर्ण सर्किट ट्रेक
पर्यटन, समाचार, समाज

अपाङ्गता भएका ३४ सहित ९४ इजरायलीले सम्पन्न गरे अन्नपूर्ण सर्किट ट्रेक

नेपालअखबार, काठमाडौँ । शारीरिक रूपमा अशक्त ३४ जनासहित ९४ जना इजरायली पदयात्रीको समूहले अन्नपूर्ण पदयात्रा सम्पन्न गरेका छन् । १२ जनाले ह्विलचेयरको सहायता आवश्यक भएका तथा अन्य २२ जना अशक्तसहित ती पर्यटकहरूले बिहीबार उक्त ट्रेक सम्पन्न गरेका हुन् । उक्त टोलीले सेप्टेम्बर १८ मा यात्रा शुरू गरेको थियो । बिहीबार अर्थात् सेप्टेम्बर २६ को दिन उक्त पदयात्रा सफलतापूर्वक सम्पन्न भएको हो । उक्त टोलीले स्थानीय समुद्री सतहदेखि ११ हजार १ सय ४५ फिट उचाइमा मनाङमा हुम्दे विमानस्थलसम्म हवाई मार्गबाट यात्रा गरी त्यसपछि पदयात्रा सुरु गरेका थिए । यात्राको क्रममा पदयात्रीहरूले मनाङमा २ रात स्थानीय संस्कृति र परिकारको रमाइलो गर्न बिताए । उनीहरूले ५ हजार ४ सय १६ मिटर अग्लो थोरङ ला पास सफलतापूर्वक पार गरेका थिए । पदयात्रीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल पर्यटन बोर्डका तर्फबाट राजदूत हनन ग...