Wednesday, August 12

समाज

महेश्वर चन्द्र प्रधान लाई सम्पदा सम्मान तथा संस्कृतिविद प्रेम खत्री को कृति विमोचन
समाचार, समाज, साहित्य \कला

महेश्वर चन्द्र प्रधान लाई सम्पदा सम्मान तथा संस्कृतिविद प्रेम खत्री को कृति विमोचन

नेपालअखबार,काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा असोज ७ गते सञ्चालित विशेष समारोहबीच नेपालका प्राज्ञिक क्षेत्रका स्तम्भ संस्कृतिविद् प्रा.डा. प्रेम खत्री को कृति "साना निबन्ध " को विमोचन गरियो। नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले उक्त कृतिलाई पहिलोपटक सार्वजनिक गर्नुभएको हो। किताबको प्रकाशकमा प्रा. पुन्य खत्री तथा सिद्धार्थ पब्लिक एकेडेमी का प्रधानाध्यापक अन्जु थापा हुनुहुन्छ । सोही समारोहबीच लामो समय देखि लेखन तथा अनुसन्धान दाताको रूपमा राष्ट्रसेवामा अर्पित महेश चन्द्र प्रधानलाई सम्पदा सम्मान समेत प्रदान गरियो। सम्पदा अनुसन्धान सदनका अध्यक्ष समेत रहनुभएका प्रा.डा. प्रेम खत्रीले २५ हजार रूपैयाँ राशि समेत रहेको उक्त सम्मानवाट महेश चन्द्र प्रधानलाई सम्मानित गर्नुभएको हो।सदनको वार्षिक साधारण सभासमेत सोही समारोबीच सम्पन्न गरिएको थियो भने अन्जु केसीले कार्यक्रम होस्ट गर्नुभए...
सर्वसाधारणको ३ अर्ब रुपैयाँ कुम्ल्याएर साधुको भेषमा बसेका ठग पक्राउ
अपराध, प्रशासन, समाचार, समाज

सर्वसाधारणको ३ अर्ब रुपैयाँ कुम्ल्याएर साधुको भेषमा बसेका ठग पक्राउ

नेपालअखबार,काठमाडौँ । सहकारी ठगीमा संलग्नमाथि कस्तो कारबाही होला, पीडितको रकम कहिले फिर्ता होला भन्ने चासो सर्वत्र छ । यही परिप्रेक्ष्यमा भारतमा समेत एउटा वित्तीय संस्थाबाट सर्वसाधारणको ३ अर्ब भारतीय रुपैयाँ कुम्ल्याएर फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको समाचार प्रकाशमा आएको छ । एक वर्ष अघि भारतको महाराष्ट्र राज्यको बीडमा जिजाऊ महासाहेब मल्टी स्टेट कोअपरेटिभ संस्थाका अध्यक्ष बबन विश्वनाथ शिन्दे ३ अर्ब भारु घोटाला गरी फरार भएका थिए । पछिल्लो समय उनी भारतकै वृन्दावनमा साधुको भेषमा बस्दै आएको अवस्थामा पक्राउ परेका छन् । उनलाई एक वर्षदेखि महाराष्ट्र पुलिसको क्राइम ब्राञ्चले खोजी गर्दै आएको थियो । प्रहरीका अनुसार उनी बिहानदेखि साँझसम्म वृन्दावनस्थित कृष्ण मन्दिर क्षेत्रमा बस्ने, राति एउटा सामान्य कोठामा गएर सुत्ने गरेका थिए । उनी भारतकै असम, ओडिसाका साथै नेपालमा समेत लुक्ने कोसिस...
प्रेमिका खर्चालु हुँदा कानुनका विद्यार्थी बने चोर
अपराध, विदेश, समाचार, समाज

प्रेमिका खर्चालु हुँदा कानुनका विद्यार्थी बने चोर

नेपालअखबार,काठमाडौँ । कानुन विषयमा उच्च शिक्षा हासिल गरिरहेका एक युवक चोरीको आरोपमा पक्राउ परेका छन् । भारतको उत्तर प्रदेश राज्यको राजधानी लखनउमा शृङ्खलाबद्ध चोरीमा संलग्न युवकलाई प्रहरीले पक्राउ गरेको हो । अब्दुल अलीम नाम गरेका ती युवक कानुन विषय लिएर अध्ययन गर्दै आएका थिए । प्रहरीलाई हलीमले दिएको जानकारी अनुसार उनकी प्रेमिका खर्चालु थिइन् । प्रेमिकाकै आवश्यकता पूरा गर्नका लागि आफूले चोरी गरेको उनले प्रहरीसमक्ष बताएका छन् । किनमेलका लागि मलमा जाने, क्लबमा गएर मोजमस्ती गर्ने, आइफोन चाहिने, फिल्म हेर्ने लगायतका खर्चालु माग प्रेमिकाले गरेपछि आफूले चोरी गरेको उनको भनाइ छ । एक साता अघि उनले गोमती नगरका तीन घरमा चोरीमा गरेको बताइएको छ । उनको साथबाट प्रहरीले गहना र नगदसमेत बरामद गरेको छ । सीसीटीभी फुटेजका आधारमा प्रहरीले उनलाई पहिचान गरेर गिरफ्तार गरेको जनाइएको छ ।...
किसानलाई बजारसँग जोड्ने ‘पैंचो पसल’
कृषि, समाचार, समाज

किसानलाई बजारसँग जोड्ने ‘पैंचो पसल’

नेपालअखबार,गुल्मी । गुल्मी छत्रकोट–१ हुँगाका युवराज पाण्डे बिहान झिसमिसेमै तरकारी सङ्कलन केन्द्रमा पुग्छन्। केन्द्रमा स्थानीय किसानहरू तरकारी लिएर आइपुग्छन्। पाण्डेको बिहान कुन किसानले कुन तरकारी ति  परिमाणमा ल्याए? त्यसको मूल्य कति हो? निर्धारण गरेर पठाउँदैमा बित्छ। किसानलाई आफूले ल्याएको तरकारीबाट कति कमाइ भयो भन्ने जानकारी घर नपुग्दै मोबाइलमा आइपुग्छ। कति तरकारी बिक्री गरेछु भन्ने हिसाब राख्नै पर्दैन। पाण्डेका अनुसार केन्द्रमा दैनिक औसतमा पाँच क्विन्टल तरकारी आउँछ। संकलन भएका तरकारी लिन केन्द्रमा सवारीसाधन आइपुग्छ। स्थानीय किसानका लागि दैनिक उपभोग्य सामान पनि संकलन केन्द्रमै उपलब्ध हुन्छ। किसानले कति मूल्यको तरकारी बिक्री गरे र त्यहाँबाट कति मूल्यको सामान लिएर गए भन्ने जानकारी पनि मोबाइलमै आउँछ। किसानलाई सामान उपलब्ध गराउँदै उनीहरूको तरकारी खरिदलगायतसम्मको कामको व्यवस्थापन ‘पैं...
कालीगण्डकी करीडोर: जोमसोम–कागबेनी खण्डमा कालोपत्र
समाचार, समाज

कालीगण्डकी करीडोर: जोमसोम–कागबेनी खण्डमा कालोपत्र

नेपालअखबार, मुस्ताङ। राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करीडोरअन्तर्गत मुस्ताङको सदरमुकाम जोमसोमदेखि मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र कागबेनीसम्म १३ किलोमिटरसडक कालोपत्र भएको छ। जोमसोम–कागबेनी सडक ११ मिटर फराकिलो बनाएर आक्सपाल्ट प्रविधिको कालोपत्र गरिएको हो। बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत जोमसोम–कागबेनी खण्डमा कालोपत्र गर्न २८ करोड १४ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो। बेनी–जोमसोम–कोरला सडक आयोजनाका सूचना अधिकारी विष्णु चापागाईंले कालोपत्रको काम पूरा भएको तथा सडक फर्निचरको काम अन्तिम चरणमा पुगेको बताए। कागबेनी देखि कोरलातर्फ दुई किलोमिटर र एक्लेभट्टी देखि कागबेनी जोड्ने बैकल्पिक सडकको एक किलोमिटर क्षेत्रमा पनि कालोपत्र भएको छ । जोमसोमदेखि चीनको स्वशासित क्षेत्र तिब्बतको सिमानामा रहेको कोरला नाका जोड्ने उक्त करिडोरअन्तर्गत आठ खण्डमा विभाजन गरेर प्रारम्भ भएको एक सय १० ...
बुकीमा चरेका च्याङग्राको माग उच्च
कृषि, समाचार, समाज

बुकीमा चरेका च्याङग्राको माग उच्च

नेपालअखबार,म्याग्दी । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–४ याराका डिण्डुप गुरुङको गोठमा एक सय ५० च्याङग्रा छन् । घुम्ती गोठमा पालेको च्याङग्रा बेचेर उहाँले छोराछोरी पढाउने र घरव्यवहार चलाउने खर्च जुटाउदै आएका छन् । ‘वर्षमा ४० जति च्याङग्रा बिक्री हुन्छ,’ उनले भने, ‘घरव्यवहार चलाउने र छोराछोरी पढाउने खर्च च्याङग्रा पालनबाटै जुटाउने गरेको छु।’ ३५ वर्षीय डिण्डुपले विदेश नगई पुर्खाले गर्दै आएको च्याङग्रापालनलाई निरन्तरता दिएका हुन् । याराका डिण्डुपले जस्तै मुस्ताङको वारागुङ मुक्तिक्षेत्र, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाको प्रायजसो घरमा च्याङग्रा पालेका छन् । दशै तिहारमा पोखरा, काठमाडौ लगायत देशका विभिन्न जिल्लामा मासुका लागि मुस्ताङका किसानले पालेका च्याङग्राको उच्च माग हुन्छ । सडक यातायात र बजारको सुविधासँगै च्याङग्रा पाल्ने पेशा व्यवसायिक बन्न थालेको लोघेकर दामोदरकुण्...
‘रिचार्ज’ पोखरी निर्माण गर्दै नासों गाउँपालिका
समाचार, समाज

‘रिचार्ज’ पोखरी निर्माण गर्दै नासों गाउँपालिका

नेपालअखबार,मनाङ । जलवायु परिवर्तनको असर अधिक मात्रामा हिमाली क्षेत्रमा पर्दछ । त्यसले गर्दा हिमाली जिल्लाका पानीका मुहान सुक्दै गएका छन् । पर्यावरण संरक्षणका लागि जिल्लाको नासों गाउँपालिकाले ‘रिचार्ज’ पोखरी निर्माण गर्ने भएको छ । हिमाली क्षेत्रका तालतलैया तथा पानीका मुहान सुक्न थालेपछि रिचार्ज पोखरी निर्माण गर्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ । वडा नं ६ स्थित पोङ्कर ताल परिसरमा गाउँपालिकाको कार्यापालिका बैठक बसी रिचार्ज पोखरी निर्माण गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले जानकारी दिए । ‘जलवायु परिवर्तनले परेको असर र यसको न्यूनीकरण गर्न आवश्यक देख्यौँ, जसले गर्दा मनाङका तालतलैया, प्राकृतिक पानीका मुहान अहिले सुक्दै गएका छन्, यसको संरक्षणका लागि हामीले रिचार्ज पोखरी निर्माण गर्ने निर्णय गरेका हौं’, उनले भने । बैठकका साथै वडा नं ६ का भीमथाङ र पोङ्कर तालको स्थल...
हिमाली क्षेत्रमा स्वास्थ्य उपचारका लागि आम्ची कै भर
समाचार, समाज, स्वास्थ्य

हिमाली क्षेत्रमा स्वास्थ्य उपचारका लागि आम्ची कै भर

नेपालअखबार,म्याग्दी । पूर्वीरुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन शिकार आरक्षअन्तर्गत रहेको छेन्तुङ दुर्गम र विकट बस्ती हो। यहाँ करिब १५० परिवारको बसोबास छ तर उनीहरू गर्मी र बर्खायाममा मात्र यहाँ बसोबास गर्छन्। हिउँदमा चिसो बढेपछि म्याग्दी र बागलुङका विभिन्न ठाउँमा पशु लिएर झर्ने छेन्तुङबासीलाई आम्ची (हिमाली क्षेत्रमा परम्परागत उपचार गर्ने व्यक्ति) ले स्वास्थ्य सेवा दिँदै आएका छन्। छेन्तुङमा रहेको ‘पूर्वपरम्परागत चार चिकित्साशास्त्र विद्यालय’लाई स्थानीयवासी ‘अस्पताल’ भन्छन्। ३५ वर्षदेखि छेन्तुङमा बस्दै आएकी धवलागिरी गाउँपालिका-७ ताकमका ८३ वर्षीय विष्णुबहादुर थापाले आम्ची विद्यालयमै औषधि उपचार गर्दै आएको बताए। ‘यहाँ स्वास्थ्य चौकी छैन। नजिकको बुर्तीबाङ अस्पताल पुग्न पनि गाडीमा दुई घण्टा लाग्छ’, साविक ताकम गाउँ विकास समितिका पूर्वप्रधानपञ्च थापाले भने ‘गाउँमै आम्ची विद्यालय भए...
रौतहटको राजपुर नगरपालिकाको दुई वडामा फैलिएको  हैजा नियन्त्रण हुँदै
समाचार, समाज, स्वास्थ्य

रौतहटको राजपुर नगरपालिकाको दुई वडामा फैलिएको  हैजा नियन्त्रण हुँदै

नेपालअखबार,रौतहट । रौतहटको राजपुर नगरपालिकाको दुई वडामा फैलिएको  हैजा नियन्त्रण हुँदै गएको छ। स्थानीय प्रशासनबाट समयमै निषेधित क्षेत्र घोषणा र डाक्टरहरू अहोरात्र खटेर गरिरहेको उपचारले हैजाको कारण कसैले पनि ज्यान गुमाउनु परेन। हैजा अन्य समुदायमा फैलिन नदिन सिडियो हिरालाल रेग्मीले गत ६ गते एक सूचना जारी गर्दै वडा ४ लाई निषेधित क्षेत्र घोषणा गरेका थिए। वडा ४ स्थित जोबैर चौक देखी मदनी चौक, शेख अब्दुल्लाहको खलीहान देखि डाक्टर नुरुल होदाको घरसम्मको वरिपरि क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको थियो ।  अत्यावश्यक बाहेक सवारीसाधनमा रोकसँगै उक्त क्षेत्रमा माछा मासु ओसारपसार, बिक्री वितरण गर्न निषेध गरिएको थियो। सिडियो रेग्मी, नेपाल प्रहरीका एसपी दिलीप घिमिरे, सशस्त्र प्रहरीका एसपी विक्रम हुमागाईँ राष्ट्रिय अनुसन्धानका एसपी अभिनय कुमार सिंह सहित सुरक्षा अधिकारीको टोली हैजा प्रभावित क्षेत्र...
मनाङमा फस्टाउँदैछ बेमौसमीखेती
कृषि, समाचार, समाज

मनाङमा फस्टाउँदैछ बेमौसमीखेती

नेपालअखबार,मनाङ । खेतीपाती तथा कृषिका लागि दुर्गम मानिने हिमाली जिल्ला मनाङ फेरिँदै गएको छ । कृषि पकेट क्षेत्र तोकिएका अन्य स्थानमा जस्तै व्यावसायिक रूपमा विभिन्न प्रजातिका अन्न र कृषिउपज उत्पादन हुन थालेका छन् । यहाँ विभिन्न प्रजातिको तरकारी उत्पादन हुन थालेपछि लमजुङ हुँदै अन्यत्र निकासी गर्न थालिएको छ । समुन्द्री सतहदेखि दुई हजार सात सय मिटर उचाइमा अवस्थित सदरमुकाम चामेमामात्र नभई तीन हजार पाँच सय ४० मिटर उचाइमा पर्ने ङिस्याङ गाउँपालिकामा बन्दाकोपी, गाँजर, मूला, गोलभेँडा, रायोलगायत बेमौसमी तरकारी उत्पादन हुन थालेको छ । तरकारी उत्पादन हुन थालेपछि आन्तरिक खपतसँगै निकासी गर्न थालिएको र आयात प्रतिस्थापन सम्भव हुन थालेको कृषि ज्ञान केन्द्रले जनाएको छ । मनाङका चारवटै पालिकामा एक दशकयता टनेलखेतीको अभ्यास हुँदै आएको छ । यसले किसान र स्थानीय बासिन्दालाई उत्साहित बनाएको छ । अर्कोतर्फ चिन्ता ...