आयातित बिरामीले औलो रोगको जोखिम बढ्दो
नेपालअखबार,बाँके । भारतीय सीमासँग जोडिएको बाँके जिल्लामा आयातित बिरामीको कारण औलो रोगको जोखिम बढ्दो रहेको छ । भारतलगायत तेस्रो मुलुकबाट आयातित औलो रोगका बिरामीको सङ्ख्या बाँकेमा केही वर्षयता बढ्दै गएको हो ।
पछिल्ला केही वर्षदेखि जिल्लाका विभिन्न पालिकामा औलो रोगका बिरामीहरू बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कीटजन्य रोग स्रोतव्यक्ति दुर्गा गौतमले जानकारी दिए ।
“स्थानीय समुदायका व्यक्तिभन्दा बाहिरबाट आएका आयातित व्यक्तिहरू सङ्क्रमित भएर समुदायमा आउँदा औलो रोगका बिरामीहरू बढी पाइएको छ”, उनले भने, “पछिल्ला केही वर्षदेखि जिल्लामा आयातित बिरामीहरूमा यो रोग बढी पाइएको छ ।”
उनका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा बाँके जिल्लामा एक सय ६२ सर्वसाधारणमा औलो रोग पुष्टि भएको थियो । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा एक सय २२ सर्वसाधारणमा सङ्क्रमण देखिएको थियो । जिल्लामा सबैभन्दा धेरै नरैन...









