Monday, April 27

समाज

बेनीकोटमा उत्पादित सुन्तला ढुवानीमा समस्या
कृषि, समाचार, समाज

बेनीकोटमा उत्पादित सुन्तला ढुवानीमा समस्या

नेपालअखबार,तनहुँ । तनहुँको व्यास नगरपालिका–१३ स्थित बेनीकोटको सुन्तला बजारीकरणमा समस्या भएको छ । भिरालो सडक भएकाले स्तरोन्नति नहुँदा सुन्तला बजारीकरणका लागि ढुवानी जोखिमपूर्ण हुने गरेको हो । सुनकोटका रूपमा परिचित बेनिकोटबाट अहिले दिनहुँ पाँच गाडी सुन्तला जिल्लाबाट बाहिरिने गरेको स्थानीय कृषक लेखबहादुर थापाले बताए । जोखिमपूर्ण बाटो भएकाले जुनसुकै बेला पनि दुर्घटना हुनसक्ने खतरा उत्तिकै रहेको उनको भनाइ छ । उनले भने, ‘यहाँ सुन्तलाका बोट नभएका घर छैनन् । एक घरमा कम्तिमा २० बोटदेखि बढीमा आठ सय बोटसम्म लगाएर व्यवसायिक रूपमा खेती गर्दै आएका छन् । यतिबेला सुन्तला किनबेचका लागि गाउँमा ठेकेदार पुगेर खरिद गरी गाडीमार्फत काठमाडौं, चितवन, पोखरासम्म ढुवानी गरिरहेका थापाले बताए । मंसिरको पहिलो सातासम्म किसान धान भित्र्याउन व्यस्था भएकाले यतिबेला करोडौँको सुन्तला बिक्री व्यस्त देखिन थालेका छन्...
राज्यका सबै संरचनामा अपाङ्गता भएका व्यक्तिको समान सहभागिता हुनुपर्छ: राष्ट्रपति
समाचार, समाज

राज्यका सबै संरचनामा अपाङ्गता भएका व्यक्तिको समान सहभागिता हुनुपर्छ: राष्ट्रपति

नेपालअखबार,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अपाङ्गता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् । अपाङ्गता भएका व्यक्तिहरूको ३४ औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइको सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गर्दै उनले शिक्षा, स्वास्थ्य र रोजगारीको अवसरबाट वञ्चित अपाङ्गता भएका व्यक्तिहरूको पहिचान गरी राज्यबाट प्रदान गरिने सबै सुविधा र अवसरमा समान पहुँच स्थापित गर्न जरुरी भएको बताए । सन्देश मार्फत उनले भनेका छन्, “नेपालको संविधानले अपाङ्गता भएका नागरिकलाई विविधताको पहिचानसहित मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्न पाउने र सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हक सुनिश्चित गरेको छ, संविधानले समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समान, समृद्ध र न्...
एशियामा बाढीपहिरो र आँधीबेहरीबाट एक हप्तामा १००० भन्दा बढीको मृत्यु
विश्व, समाचार, समाज

एशियामा बाढीपहिरो र आँधीबेहरीबाट एक हप्तामा १००० भन्दा बढीको मृत्यु

नेपालअखबार,काठमाडौं । एशियाका विभिन्न देशमा हालैका दिनहरूमा आएको आँधीबेहरी, बाढी र पहिरोका कारण एक हजार भन्दा बढी मानिसको ज्यान गएको छ। पछिल्लो एक हप्तामा तीन ठूला आँधीबेहरीले धेरै देशमा ठूलो क्षति पुर्‍याएका छन्। श्रीलंकामा चक्रवात ‘दित्वा’ ले जनधनको क्षति भएको छ भने इन्डोनेसियालाई ‘सेन्यार’ आँधीले तहसनहस पारेको छ। यसका साथै, थाइल्यान्ड र मलेसियामा पनि आँधीबेहरीका कारण धेरै मानिसले ज्यान गुमाएका छन्। श्रीलंकामा ३३४ जनाको मृत्यु श्रीलंकामा चक्रवात ‘दित्वा’ का कारण मच्चिएको विनाशमा अहिलेसम्म कम्तीमा ३३४ जनाको मृत्यु भइसकेको छ भने ३७० जना अझै बेपत्ता छन्। यो आँधीले सबैभन्दा धेरै क्षति क्यान्डी शहरमा पुर्‍याएको छ। क्यान्डीमा अहिलेसम्म ८८ जनाको मृत्यु भएको छ भने १५० जना बेपत्ता छन्। श्रीलंकाको बादुल्लामा ७१, नुवारा एलियामा ६८ र मटालेमा २३ जनाको मृत्यु भएको छ। यस विपत्तिबाट...
हेटौँडामा सडक विस्तार गर्न ५३१ भौतिक संरचना भत्काइने
समाचार, समाज

हेटौँडामा सडक विस्तार गर्न ५३१ भौतिक संरचना भत्काइने

नेपालअखबार,हेटाैँडा ।  बागमती प्रदेशको राजधानी रहेको हेटौँडा मुख्य बजार क्षेत्रको सडक विस्तारका लागि यही मङ्सिर २० गतेदेखि डोजर चलाएर संरचना भत्काउने तयारी गरिएको छ । सडक सीमाभित्र पर्ने स्थायी र अस्थायी घरटहरा लगायतका संरचना हटाउन मङ्सिर ५ गते सार्वजनिक सूचना जारी गरे पनि स्थानीयले चासो नदेखाएपछि सडक डिभिजन कार्यालय हेटौँडाले मङ्सिर २० गतेदेखि डोजर चलाएर संरचना भत्काउने तयारी गरेको हो । सडक डिभिजन कार्यालय हेटौँडाका प्रमुख गुरुप्रसाद अधिकारीका अनुसार हेटौँडामा सडक विस्तार गर्दा सडकको दायाँतर्फ २३४ र बायाँतर्फ २९७ गरी दुवै तर्फका ५३१ घरटहरा तथा संरचना भत्काइने छन् । पहिलो चरणमा पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका– १५ रातोमाटेदेखि हेटौँडा बुद्ध चौक हुँदै राप्ती पुलसम्म र त्रिभुवन राजपथअन्तर्गत बुद्ध चौकदेखि सामरी पुलससम्मको सडक सीमा खाली गरिने प्रमुख अधिकारीले बताए ...
एक हजार ८०० मिटर सडक आठ वर्षदेखि अलपत्र
समाचार, समाज

एक हजार ८०० मिटर सडक आठ वर्षदेखि अलपत्र

नेपालअखबार, बाँके । खजुरा बजारमा निर्माणाधीन एक हजार ८०० मिटर चारलेन सडक विगत आठ वर्षदेखि अलपत्र अवस्थामा रहेको छ । विक्रम संवत २०७४ चैत २९ गते गजुरमुखी कन्स्ट्रक्सन कम्पनी प्रालिसँग बाँकेको खजुरा बजारमा एक हजार ८०० मिटर र बर्दियाको गुलरियामा दुई हजार २०० मिटर लम्बाइको सडक निर्माणका लागि रु २१ करोड ४९ लाखमा ठेक्का सम्झौता भएको थियो । सम्झौता सुरु हुँदा २०७७ चैतमा सम्पन्न हुनुपर्ने भए पनि पटक–पटक म्याद थप गर्दासमेत ठेकेदार कम्पनीको लापर्बाहीले सडक निर्माणको काम हुन नसकेको खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विकले बताए । पुरानो निर्माण व्यवसायीबाट काम सम्पन्न नभएपछि स्थानीय बासिन्दा, जनप्रतिनिधि र गाउँपालिकाको मागका आधारमा हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जले ठेक्का सम्झौता रद्ध गरी उक्त सडक निर्माणका लागि नयाँ ठेक्का आह्वन गरेको छ । पुरानो निर्माण व्यवसायीले काम सम्पन्न...
बाढीबाट आक्रान्त श्रीलंकालाई नेपालको दुई लाख डलर सहयोग
समाचार, समाज

बाढीबाट आक्रान्त श्रीलंकालाई नेपालको दुई लाख डलर सहयोग

नेपालअखबार,काठमाडौं । नेपाल सरकारले श्रीलंकामा हालै आएको विनाशकारी बाढीका कारण अनेकौं जनजीवनको क्षति र देशभर व्यापक क्षतिबारे गहिरो दुःख व्यक्त गरेको छ। परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्तीमार्फत श्रीलंका सरकार र त्यहाँका जनताप्रति समवेदना प्रकट गरेको हो। द्विपक्षीय नातासम्बन्धको आत्मीय भावनाका आधारमा, यस कठिन घडीमा नेपाल सरकारलेश्रीलंकासँग दृढतापूर्वक उभिएको उल्लेख गरेको छ। नेपाल सरकारले दिवंगतको परिवारजनप्रति श्रद्धाञ्जली तथा समवेदना प्रकट गर्दै घाइतेको शीघ्र र पूर्णस्वास्थ्यलाभको कामना गरेको छ। एक्यबद्धताको संकेतस्वरूप, नेपाल सरकारले राहत तथा पुनःस्थापनाका लागि अमेरिकन डलर दुई लाख सहायता प्रदान गर्ने निर्णय गरेको छ। यस दुःखद् घटनाबाट पुनःउठ्ने क्रममा श्रीलंका जनताको अदम्य साहस, शक्ति र धैर्यतामा नेपाल सरकार तथा नेपाली जनता दृढ विश्वस्त रहेको विज्ञप्तीमा उल्लेख छ।...
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना १६ वर्षअघिको सामूहिक हत्यामा पनि दोषी किटान
राजनीति, विश्व, समाज

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना १६ वर्षअघिको सामूहिक हत्यामा पनि दोषी किटान

नेपालअखबार, काठमाडौं । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाविरुद्ध बंगलादेशमा अर्को फाइल पनि खोलिएको छ ।मृत्युदण्ड र २१ वर्षको जेल सजायपछि अब अर्को फाइल खुलाइएको हो । बंगलादेशमा आजभन्दा १६ वर्षअघि हिंस्रक विद्रोह भएको थियो, जसमा दर्जनौं वरिष्ठ सैन्य अधिकारीहरूको हत्या भएको थियो। यी सामूहिक हत्याहरूको अनुसन्धानका लागि गठित आयोगले आइतबार पूर्व प्रधानमन्त्री शेख हसिनाले नै यी हत्याहरूको आदेश दिएको दाबी गरेको छ । बंगलादेश राइफल्स (बीडीआर) का उग्र सैनिकहरूले ढाकाबाट सुरु भई सन् २००९ मा देशभर फैलिएको दुई दिने विद्रोहको क्रममा सैन्य अधिकारीहरू सहित ७४ जनाको हत्या गरेका थिए। यी हत्याहरूका कारण तत्कालीन प्रधानमन्त्री हसिनाको सरकारको ठूलो आलोचना भएको थियो । उनले पद सम्हालेको केही हप्ता मात्र भएको थियो। गत वर्ष अर्थात् २०२४ मा विद्यार्थीहरूको नेतृत्वमा भएको विद्रोहपछि शेख हसिनालाई पदम...
म्याग्दीको अर्मनमा अलैँचीखेतीको परीक्षण सफल
कृषि, समाचार, समाज

म्याग्दीको अर्मनमा अलैँचीखेतीको परीक्षण सफल

नेपालअखबार,म्याग्दी। म्याग्दीको मङ्गला गाउँपालिका-५ अर्मनमा परीक्षणका रूपमा लगाइएको अलैँचीखेती सफल भएको छ । परीक्षणका लागि पाँच वर्षअघि गरिएको अलैँचीखेती सफल भएपछि व्यावसायिक रूपमा खेती विस्तार गर्न थालिएको हो। टिकावाङका १२ परिवारले व्यावसायिक अलैँचीखेती गरेका स्थानीय दिलबहादुर थापाले बताए । ‘अनुकूल हावापानी, भूगोल, बजार र मूल्य पाइने भएपछि बाँझिएको ओसिलो जमिनमा झाँडी फाँडेर अलैँचीखेती विस्तार गर्न थालेका छौँ’, अलैँचीखेती गर्दै आएका उनले भने, ‘यसवर्ष एकजना किसानले बढीमा चार क्विन्टलसम्म अलैँची बेचेका छन्।’ थापाले घरबाटै प्रतिकिलो रु एक हजार ९५० का दरले तीन सय ८० किलो अलैँची बिक्री गरेको जानकारी दिए । उनले परीक्षणका लागि विसं २०७४ मा अलैँचीखेती सुरु गरेका थिए। यसवर्ष टीकावाङका शेरबहादुर थापाले ८० किलो र दुर्गाबहादुर थापाले १५ किलो अलैँची बिक्री गर्नुभएको छ । एकजना किसानले न्यूनतम द...
नेपालमा हरेक दिन १.७ जनामा एचआईभी संक्रमण पुष्टि
समाचार, समाज, स्वास्थ्य

नेपालमा हरेक दिन १.७ जनामा एचआईभी संक्रमण पुष्टि

नेपालअखबार,काठमाडौँ । पछिल्लो एक तथ्याङ्कले नेपालमा अनुमानित कुल एचआइभी सङ्क्रमितमध्ये ७७ प्रतिशत मात्र एन्टिरेट्रोभाइरल (एआरभी) उपचारमा रहेको देखाएको छ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार नेपालमा हरेक दिन एक दशमलव ७ जना व्यक्तिमा एचआइभी सङ्क्रमण पुष्टि भएको छ । यसैगरी, सन् २०२४ को अन्त्यसम्म नेपालमा ३४ हजार ३३७ व्यक्तिमा एचआइभी सङ्क्रमण भएको अनुमान छ । वयस्क जनसङ्ख्यामा शून्य दशमलव १३ प्रतिशत सङ्क्रमण (प्रिभ्यालेन्स दर) रहेको छ । केन्द्रले सार्वजनिक गरेको ‘एचआईभी फ्याक्ट सिट २०२५’का अनुसार सन् २०२४ को अन्त्यसम्ममा नेपालमा २६ हजार ३७२ सङ्क्रमितहरुले एन्टिरेट्रोभाइरल (एआरभी) उपचार लिइरहेका छन् र अनुमानित कुल एचआइभीको सङ्क्रमितमध्ये ७७ प्रतिशत एआरभी उपचारररत छन् । सन् २०२४ मा ६१४ व्यक्तिमा एचआईभीको नयाँ सङ्क्रमण भएको अनुमान गरि...
श्रीलंकामा समुन्द्री आँधीपछिको बाढीपहिरोमा परी १९३ जनाको मृत्यु
विदेश, समाचार, समाज

श्रीलंकामा समुन्द्री आँधीपछिको बाढीपहिरोमा परी १९३ जनाको मृत्यु

नेपालअखबार,काठमाडौं । श्रीलंकामा समुन्द्री आँधीपछि आएको बाढीपहिरोमा परी १९३ जनाको मृत्यु भएको छ । २०० जना भन्दा बढी मानिस बेपत्ता र २० हजार भन्दा बढी घर क्षतिग्रस्त भएको त्यहाँको विपद् व्यवस्थापन केन्द्रलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । श्रीलंका अहिले खराब मौसमी प्रकोपसँग जुधिरहेको छ । १ लाख ८ हजार मानिसलाई अस्थायी शिविरहरुमा राखिएको छ । दित्वाह नामको समुन्दी आँधीपछि श्रीलंकामा आपतकाल घोषणा गरिएको छ । देशको करिब एक तिहाइ भागमा बिजुली र खानेपानी आपूर्ति ठप्प छ । केलानी नदीको पानीको स्तर द्रुत गतिमा बढ्दै जाँदा त्यस क्षेत्रका मानिसलाई अन्यत्र सार्न सरकारले निर्देशन दिएको छ । मृत्यु हुनेमा क्यान्डी र बदुल्ला क्षेत्रमा धेरै छन् । अनुराधापुरामा पानीमा डुबेको बसबाट ६९ जनालाई उद्धार गरिएको छ । श्रीलंकाली सरकारले अन्तर्राष्ट्रिय सहायताका लागि आग्रह गरेको छ । प्रभावित क्षेत्रका नागरिकला...