औषधी ब्यवसायी संघ गोरखाको अध्यक्षमा श्रेष्ठ निर्विरोध
गोरखा । नेपाल औषधी ब्यवसायी संघ जिल्ला शाखा गोरखाको अध्यक्षमा संगमबाबु श्रेष्ठ निर्विरोध चयन भएका छन् ।
आइतबार सदरमुकाममा भएको संघको तेस्रो अधिवेशनबाट श्रेष्ठ दोस्रो कार्यकालका लागि पुन अध्यक्षमा चयन भएका हुन् ।
अध्यक्षमा श्रेष्ठसंगै सन्देश मास्के र अयोध्या जोशी गरी तिन जनाको उम्मेदवारी परेपनि अन्तिम समयमा दुई जनाले उम्मेदवारी फिर्ता लिएपछि श्रेष्ठ निर्विरोध भएका हुन् ।
त्यस्तै संघको उपाध्यक्षमा विनोद अर्याल, महासचिवमा डा. सन्दिप गोर्खाली, कोषाध्यक्ष गोमा कुमारी भट्टराई ढकाल, उपमहासचिवमा गोकर्ण थापा र उपकोषाध्यक्षमा मिना श्रेष्ठ चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा प्रतिभा काराखेती, रामहरी विसुङ्के र तेज बहादुर तिवारी निर्विरोध भएको निर्वाचन अधिकृत डिलबहादुर बस्नेतले जानकारी दिए ।
संघका गोरखा शाखा अध्यक्ष संगम बाबु श्रेष्ठको अध्यक्षतामा भएको अधिवेशन उद्घाटन कार्यक्रमको प्रमुख...
