Wednesday, July 8

हाइलाइट-समाचार

अध्यक्ष माधव नेपालले भने पार्टी बैठकपछि नबिराउनू, नडराउनू
राजनीति, समाचार, हाइलाइट-समाचार

अध्यक्ष माधव नेपालले भने पार्टी बैठकपछि नबिराउनू, नडराउनू

नेपालअखबार,काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूविरुद्ध दायर भएको मुद्दामा पार्टीका शीर्ष नेताहरूसहित कानुनविद्हरूसँग छलफल गरेका छन् । पार्टी केन्द्रीय कार्यालय, आलोकनगरमा बिहीबार अपरान्ह उनले छलफल गरेका हुन् । अख्तियारले मुद्दा दायर गर्दा नेपाल रौतहटमा थिए । मुद्दा दर्ता भएपछि उनी काठमाडौं फर्किएका थिए । लगत्तै बसेको पार्टी बैठकले अख्तियारको यो निर्णयलाई प्रतिशोधपूर्ण भनेको छ । त्यस्तै, अध्यक्ष नेपालले पनि प्रतिशोधपूर्ण र पूर्वाग्राही ढंगबाट मुद्दा दायर भएको जिकिर गरे । ‘नबिराउनू, नडराउनू । अरु कुरा कानुनी कुरा छन्,’ बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, ‘कानुनविद्हरूसँग पनि परामर्श भएको छ ।’...
अध्यक्षविरुद्धको मुद्दा सरकारी षड्यन्त्र हो : घनश्याम भुसाल
राजनीति, समाचार, हाइलाइट-समाचार

अध्यक्षविरुद्धको मुद्दा सरकारी षड्यन्त्र हो : घनश्याम भुसाल

नेपालअखबार,  काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टी र नेतृत्वविरुद्ध हुने कुनै पनि षड्यन्त्रको प्रतिवाद गरिने बताएको छ । पार्टी महासचिव घनश्याम भुसालले बिहीबार एक विज्ञप्ति जारी गर्दै सरकारबाट हुने कुनै पनि षड्यन्त्रको प्रतिवाद गर्ने जनाएका हुन् । ‘वर्तमान सरकारले राजनीतिक बदलाको भावनाबाट प्रेरित रही हाम्रो पार्टीका विरुद्ध विगतदेखि नै षडयन्त्रहरू गर्दै आएको कुरा विभिन्न बेलामा देखिएको र तिनलाई हामीले सार्वजनिक गर्दै आएका थियौं,’ भुसालले भनेका छन्, ‘यो हाम्राविरुद्ध षड्यन्त्र अर्को घटना हो भन्ने हाम्रो ठहर छ । यस्तो कुनै पनि षड्यन्त्रको प्रतिवाद गरिनेछ ।’ पतञ्जलि जग्गा प्रकरणमा पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । यसलाई एकीकृत समाजवादीले पार्टीविरुद्धको षड्यन्त्र भन...
साउदी अरबमा २ लाख ६९ हजार हज यात्रीलाई मक्का प्रवेशमा रोक
धर्म/संस्कृति, प्रशासन, विदेश, समाचार, हाइलाइट-समाचार

साउदी अरबमा २ लाख ६९ हजार हज यात्रीलाई मक्का प्रवेशमा रोक

नेपालअखबार,जेद्दाह । साउदी अरबको सरकारले अनुमति बिना हज गर्न खोज्ने दुई लाख ६९ हजार ६७८ हज यात्रीहरूलाई मक्का प्रवेश गर्नबाट रोकेको छ । हज यात्रालाई सुरक्षित र व्यवस्थित राख्न यो कदम चालिएको हो । हरेक वर्ष लाखौँ मानिसहरू त्यहाँ हजको लागि जान्छन् । यति बेला ठुलो जमातमा मानिसहरू जान्छन् जसका कारण अनेकौँ सुरक्षा समस्याहरू निम्तिन्छन् । गत वर्ष चर्को गर्मीका कारण हजका क्रममा धेरै मानिसहरूले ज्यान गुमाएका थिए, जसमा अनुमति बिना आएकाहरूको ठुलो संख्या पनि समावेश थियो । अनधिकृत यात्रुहरूको भीडका कारण यस्ता घटनाहरू बढी हुने सरकारको भनाइ छ । सरकारले अनुमति बिना हज गर्नुलाई अपराध मानिने र यसका लागि सजाय पनि तोकेको स्पष्ट पारेको छ । जसमा ५ हजार डलरसम्मको जरिवाना पनि छ  । सरकारले साउदी नागरिक र प्रवासी दुवै विरुद्ध कारबाही गर्नेछ । हज नियम तोड्ने २३ हजारभन्दा बढी व्यक्तिहरूलाई जरिवाना गरिए...
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
समाचार, समाज, स्वास्थ्य, हाइलाइट-समाचार

सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’

नेपालअखबार,काठमाडौं । कहिलेकाहीँ मौनता यति चर्को हुन्छ कि शब्दहरू थरथर काँप्छन्। त्यस्तै, मौनतामा चिच्याएको छ, सिन्धुली अस्पतालकोे ‘बेड नम्बर ३३’। अस्पतालको दोस्रो तल्लामा अवस्थित ३३ नम्बर शय्यामा श्वास मात्रै चलिरहेको शरीर लम्पसार छ। शरीरका अङ्ग अचेत छन्। आँखा खुल्दैनन्। कहिले धड्कन अत्यास लाग्नेगरी बढ्छ। कुनै बेला श्वास पनि रोकिएझैँ हुन्छ। त्यो कोमामा पुगेको शरीर हो, तेजबहादुर सिञ्जाली मगरको। कमलामाई नगरपालिका–७ पल्लो रामपुरमा उनको स्थायी बसोबास छ। दुई वर्ष दुई महिना बित्नै लाग्यो, उनी अस्पतालको शय्याबाट उठ्न सकेका छैनन्। बिरामी तेजबहादुरका साथमा श्रीमती विमला रमौली छिन्। तेजबहादुरको स्याहार–सुसार र पालन–पोषण उनकै भरमा छ। बिरामी श्रीमानको पीडामा पिरोलिएकी विमला छेवैमा बसेर नाडी समाउँछिन्। मुहार सुम्सुम्याउँछिन्। यतिबेला उनको जीवनमा आइलागेको पीडा र भएको अभाव पोखिसाध्य छैन। माइतीमा ब...
अखिल नेपाल महिला संघ (समाजवादी)को अध्यक्षमा सिग्देल
राजनीति, समाचार, हाइलाइट-समाचार

अखिल नेपाल महिला संघ (समाजवादी)को अध्यक्षमा सिग्देल

नेपालअखबार,काठमाडौँ  । एकीकृत समाजवादीको भ्रातृ संगठन अखिल नेपाल महिला संघ (समाजवादी) को अध्यक्षतामा मुनु सिग्देल सर्वसम्मत निर्वाचित भएकी छन् । शनिबार र आइतबार राजधानीमा सम्पन्न सातौँ राष्ट्रिय सम्मेलनले सिग्देलको नेतृत्वमा नयाँ कमिटी चयन गरेको हो । त्यस्तै संघको महासचिवमा राजेन्द्रलक्ष्मी गैरे चयन भएका हुन् ।...
५२ वर्षको उमेरमा विद्यालय भर्ना भएर कक्षा १ मा पढिरहेकी वडासदस्य
शिक्षा, समाचार, समाज, हाइलाइट-समाचार

५२ वर्षको उमेरमा विद्यालय भर्ना भएर कक्षा १ मा पढिरहेकी वडासदस्य

नेपालअखबार,काठमाडौँ । पढाइको चाहना पूरा गर्न उमेर तगारो नहुने रहेछ। यही कुरालाई सत्य प्रमाणित गरिदिएकी छिन् लालझाडी गाउँपालिका–४ पर्सीयाकी डल्लीदेवी चौधरीले। बाउन्न वर्षको उमेरमा चौधरीले विद्यालयमा भर्ना भएर पढ्न थालेकी छन्। गाउँकै स्वतन्त्र माध्यमिक विद्यालयमा कक्षा १ मा भर्ना भएर उनले पढ्न थालेकी हुन्। चौधरी गाउँपालिका–४ को वडासदस्य हुन्। उनी पढ्नका लागि भर्ना भएको विद्यालय व्यवस्थापन समितिको सदस्य पनि हुन्। ‘सानैदेखिको विद्यालय गएर पढ्ने चाहना थियो,’ उनले भनिन्, ‘पढ्नै पाइएन, सँगैका जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका साथीहरूले हस्ताक्षर गर्नुहुन्छ, मैले औँठा लगाउनुपर्ने हुन्छ, यस्तो अवस्थामा मनभित्र हीनताबोध हुन्छ।’ पढ्न पाएको भए यस्तो हुँदैनथ्यो भन्ने कुरा मनभित्रै खेल्ने गरेकाले हिम्मत गरेर पढेर साक्षर बन्नका लागि विद्यालय भर्ना भएको उनले बताइन्। ‘विद्यालय व्यवस्थापन...
बारीदेखि बजारसम्म, तरकारीले ल्याएको परिवर्तन
कृषि, समाचार, हाइलाइट-समाचार

बारीदेखि बजारसम्म, तरकारीले ल्याएको परिवर्तन

नेपालअखबार,धरान। पहिले–पहिले गाउँमा तरकारी त शहरमै हुने भन्ने चलन थियो । बारीहरू झारपातले भरिन्थे र गाउँलेको मुख्य ध्यान गाईगोरु, बाख्राखोरमै सीमित हुन्थ्यो । तर अहिले त्यो दृश्य फेरिएको छ । बोडी, काँक्रा, गोलभेँडाजस्ता तरकारीले गाउँको बारी रङ्गीन बनाएको छ । बिहानै उठेर गोठ जानुअघि यहाँका किसानहरुलाई बारीको तरकारी स्याहार्ने बानी परिसकेको छ । उत्पादन यति बढेको छ कि अब गाउँलेको तरकारी शहरका हाटबजार पुग्न थालेको छ । आत्मनिर्भरतातिरको यो यात्रा बीउको माटोसँगै सुरु भयो, जसले अहिले गाउँको जीवनशैलीमै परिवर्तन ल्याइरहेको छ, अनि गाउँको जीवनमै मिठास छरिँदैछ । बिहान घाम नउदाउँदै बराहक्षेत्र नगरपालिकाका अधिकांश किसानहरू डोको, हँसिया र बोरा बोकेर बारीतिर लागिसकेका हुन्छन् । यी क्षेत्रका प्रत्येक बारीमा हेर्दा कोही काँक्रो टिप्दै, कोही गोलभेँडा टिप्दै त कोही बोडी, कोपी टिप्दै भने कोही बोराभरि तरक...
भारत र पाकिस्तान युद्धविरामका लागि सहमत भएको ट्रम्पको घोषणा
राजनीति, विश्व, समाचार, हाइलाइट-समाचार

भारत र पाकिस्तान युद्धविरामका लागि सहमत भएको ट्रम्पको घोषणा

नेपालअखबार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीच युद्धविराम भएको घोषणा गरेका छन् । ट्रम्को दाबी अनुसार, अमेरिकाको मध्यस्थतामा भएको लामो वार्तापछि युद्धविरामका लागि दुवै देश सहमत भएका हुन् । ट्रम्पले सामाजिक सञ्जालमार्फत आफूले युद्धविराम घोषणा गर्न पाउँदा खुसी भएको बताएका छन् । ‘सामान्य ज्ञान र महान वुद्धिमता प्रयोग गरेकोमा दुवै देशलाई बधाइ छ,’ ट्रम्पले भनेका छन् ।...
गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : चित्र बहादुर केसी
राजनीति, विचार, समाचार, हाइलाइट-समाचार

गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : चित्र बहादुर केसी

नेपालअखबार, बागलुङ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतन्त्र र गणतन्त्रको विकल्प राजतन्त्र नभएको बताएका छन् । उनले राजनीतिक दलहरु सच्चिएर जनताकहाँ पुग्नुपर्ने उल्लेख गर्दै नेपालमा गणतन्त्र निर्विकल्प भएको बताए । ‘प्रतिगामी खतराविरुद्ध सङ्घर्ष गरौँ, गणतन्त्रको रक्षा गरौँ’ नाराका साथ राष्ट्रिय जनमोर्चा बागलुङले आज बागलुङ बजारमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष  केसीले लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि सबै राजनीतिक दल एकताबद्ध हुन आवश्यक रहेको बताए । उनले नेपालका पार्टीका आ–आफ्नै विचार तथा सिद्धान्त भए पनि राष्ट्रियता नै जोखिममा पर्दा एकजुट हुन आवश्यक रहेको बताए । “सबै मिलेर पञ्चायत फालियो, राजतन्त्र फालियो, अहिले गणतन्त्रका विषयमा राजावादीले भ्रम सृजना गरे, एकपटक लोकतन्त्र र गणतन्त्रका लागि सबै राजनीतिक दल एकजुट बनौँ”, अध्यक्ष केसीले भने, “राजावादीको तीनकुने आन...
मुस्लिमलाई सखाप पार्ने अभिव्यक्ति दिने कृष्णालाई कार्वाहीको हुनुपर्छ: अहमद
समाचार, समाज, हाइलाइट-समाचार

मुस्लिमलाई सखाप पार्ने अभिव्यक्ति दिने कृष्णालाई कार्वाहीको हुनुपर्छ: अहमद

नेपालअखबार,सुनसरी । नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय सदस्य तथा अल्पसंख्यक विभाग प्रमुख समेत रहनुभएका इकबाल अहमद (इफ्तखार हसन) ले हिन्दू सम्राट सेना नेपालका केन्द्रीय उपाध्यक्ष कृष्णा सनातनीलाई कार्वाही हुनुपर्ने बताउनु भएको छ । मुस्लिम समुदायलाई लक्षित गर्दै उपाध्यक्ष सनातनीले नेपाली मुस्लिमलाई सखाप पार्ने दिएको अभिव्यक्तिप्रति पत्रकार अहमदले आपत्ति प्रकट गर्दै सरकारसँग कार्वाहीको माग गर्नुभएको हो । समाजका सबै धार्मिक, साँस्कृतिक तथा जातीय समुदायबीच एक अर्काप्रति सम्मान र भाइचाराबाट मात्र शान्ति एवम् सहिष्णुता कायम हुनसक्ने भएकाले सम्प्रदायमा अशान्ति, हिंसा फैलाउने कार्यमा संलग्न जोसुकैलाई छानबिन गरी कारबाहीको दायरामा ल्याउन सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । निवर्तमान केन्द्रीय सदस्य अहमदले राजावादी समर्थक, राष्ट्रवादी समुह र प्रजातान्त्रिक हण्डी खाएर वर्तमान संघीय ल...