६ बुँदे सहमतिसँगै रौतहटमा साम्प्रदायिक तनाव सामान्य
नेपालअखबार, रौतहट । रौतहटको सदरमुकाम गौर नगरपालिका–६ सवगढामा भएको साम्प्रदायिक झडपपछि जिल्ला प्रशासनको पहलमा दुवै पक्षबिच ६ बुँदे सहमति भएको छ। जिल्ला प्रशासन कार्यालय रौतहटको सभाकक्षमा भएको सहमतिसँगै क्षेत्रमा उत्पन्न तनाव सामान्य बन्दै गएको प्रशासनले जनाएको छ।
रौतहटका सिडिओ दिनेश सागर भुसालको उपस्थितिमा शुक्रबार भएको वार्ता सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो । सहमतिमा सामाजिक सद्भाव कायम गर्ने, आपसी संयमता अपनाउने, कुनै पनि अफवाह नफैलाउने तथा आउँदो फागुन २१ गते हुने निर्वाचनमा शान्तिपूर्ण सहभागिता सुनिश्चित गर्ने लगायतका प्रतिबद्धता समेटिएको छ।
यसअघि बिहीबार राति सवगढामा विवाहको जन्ती मस्जिद अगाडि बाजा बजाउँदै जाँदा फरक समुदायबाट अवरोध भएपछि विवाद चर्किएको थियो। बौधिमाई नगरपालिका–९ सरमुजवाबाट सवगढातर्फ आउँदै गरेको सत्यनारायण साहकी छोरीको विवाहको जन्ती र स्थानीय मुस्लिम पक्षबि...










