Saturday, July 11

हाइलाइट-समाचार

एकीकृत समाजवादीले बोलायो पोलिटब्यूरो र केन्द्रीय कमिटी बैठक
राजनीति, समाचार, हाइलाइट-समाचार

एकीकृत समाजवादीले बोलायो पोलिटब्यूरो र केन्द्रीय कमिटी बैठक

नेपालअखबार, काठमाडाैं । नेकपा एकीकृत समाजवादीले पोलिटब्यूरो र केन्द्रीय कमिटीको बैठक बोलाएको छ। असार १० र ११ गते काठमाडौं पोलिटब्यूरो र केन्द्रीय कमिटीको बैठक बस्ने भएको हो। वैशाख ३० मा भएको स्थानीय निर्वाचनको समीक्षा उक्त बैठकमा हुनेछ। साथै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी बनाउन देशभर सञ्चालन गर्ने कार्यक्रम, कार्ययोजना आवश्यक रणनीतिबारे बैठकमा छलफल गरिने केन्द्रीय प्रचार विभाग सदस्य कृतु भण्डारीको भनाइ छ। केन्द्रीय नेताहरूले सम्बन्धित क्षेत्र, प्रदेशमा सङ्गठनको अवस्था, सङ्गठन विस्तारको कार्ययोजनाबारे पनि बैठकमा प्रतिवेदन पेश गर्ने तयारी छ। आगामी चुनावसम्म गठबन्धनलाई कायम राखेर तालमेल गर्ने र पार्टीले आफ्नै शक्तिका आधारमा एक्लै निर्वाचनमा सहभागी हुने विषयमा छलफल गरिनेलगायत एजेन्डा छन्। केन्द्रीय कमिटीका लागि केही थप एजेन्डा भने पोलिटब्यूरो ...
एसपीपीमा सहभागी नहुने सरकारको निर्णय अमेरिकालाई पत्र लेख्ने
राजनीति, समाचार, हाइलाइट-समाचार

एसपीपीमा सहभागी नहुने सरकारको निर्णय अमेरिकालाई पत्र लेख्ने

नेपालअखबार, काठमाडौं । सरकारले अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने भनी अमेरिकालाई जानकारी गराउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले एसपीपीमा सहभागी नहुने भनी अमेरिकालाई जानकारी गराउने निर्णय गरेको युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले जानकारी दिए । नेपाली सेनाले सन् २०१५ र सन् २०१७ मा अमेरिकी दूतावासमा पत्र लेखी एसपीपीमा सहभागी गराउन अनुरोध गरेको थियो । नेपाली सेनाको अनुरोध सन् २०१९ मा स्वीकार भएको काठमाडौंस्थित अमेरिकी दूतावासले उल्लेख गरेको थियो । तर उक्त कार्यक्रम अमेरिकाको सैन्य रणानीति अन्तर्गतको भएको हुनाले नेपाल सहभागी हुन नहुने आवाज उठेपछि सरकारले नेपाल सहभागी नहुने सार्वजनिक प्रतिवद्धता जनाएको थियो ।...
सञ्चारमन्त्री कार्कीले गरे हजयात्रीलाई बिदाइ
समाचार, हाइलाइट-समाचार

सञ्चारमन्त्री कार्कीले गरे हजयात्रीलाई बिदाइ

नेपालअखबार,  काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुस्लिम धर्मावलम्बीको पवित्र तीर्थस्थल मक्का मदिनामा हज गर्न जाने १०९ हजयात्रीलाई बिदाइ गरेका छन् । उनले आज बिहान हजयात्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका हुन् । मन्त्री कार्कीले सुनसरी हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीसहितका हजयात्रीलाई दोसल्ला ओढाएर बिदाइ गरेका हुन् । हजयात्राका लागि पहिलो दिन सुनसरीबाट ७९, मोरङबाट २४, झापाबाट तीन, प्रतिनिधि दुई र चिकित्सक एक जना त्यसतर्फ निस्केका हुन् । हजयात्री साउदी अरबको जेद्दा अन्तर्राष्ट्रिय विमानस्थल हुँदै मक्कामदिना पुग्ने नेपाल हज समितिले जनाएको छ । बर्सेनि एक हजार २०० जनालाई हज यात्राका लागि व्यवस्थापन गर्ने भएकामा कोभिड–१९ को प्रभावका कारण यस वर्ष ५४८ जनाको कोटा निर्धारण गरिएको समितिका सदस्य सचिव कृष्ण पौडेलले जानकारी दिए । म...
एन्फाको डलर सटही काण्डमा फेरी वाहिरीयो
समाचार, हाइलाइट-समाचार

एन्फाको डलर सटही काण्डमा फेरी वाहिरीयो

नेपालअखबार, काठमाण्डौ । फुटवलको सर्वोच्च निकाय अखिल नेपाल फुटवल संघ (एन्फा) अधिवेशनको संघारमा छ । विभिन्न काण्डै काण्डमा मुछिएको एन्फाको वर्तमान कार्य समिति यतिखेर फेरी डलर सटही काण्डमा मुछिएको छ । पछिल्लो पटक सार्वजनि भएको एन्फाको कुकृत्य मध्ये अस्ट्रेलियामा फुटबल खेल्न जाने क्रममा नेपाली रास्ट्रीय टीमले तिर्नुपर्ने रकम नेपाल रास्ट्र बैंक बाट सटही नगरी बाहिर बाटै डलर सटही गरि बिदेशी मुद्रा अपचलन र गैर कानुनी तवरले सटही गरि हुन्डी गरिएको जानकारी प्राप्त भएको छ । यो घटना बाहिर चर्चामा आएपछि प्रहिलो निवेदन लाई हटाइ दोस्रो निवेदन राखेर किर्ते र फर्जी जालसाजी गरिएको स्पस्ट छ । यस बिषयमा सम्बधित निकायले किर्ते र फर्जी र बिदेशी मुद्रा अपचलन अन्तर्गत छानबिन गरि कार्वाही गर्नु जरुरी देखिन्छ यो घटनामा अध्यक्ष कर्मा छिरिङ सेर्पा , महासचिव इन्द्रमान तुलाध,र , टीम मेनेजर मधु सुधनको मुख्य पात्र भ...

सैन्य गठबन्धनसँग जोडिएको कुनै सम्झौतामा हस्ताक्षर हुँदैन – अध्यक्ष नेपाल
राजनीति, समाचार, हाइलाइट-समाचार

सैन्य गठबन्धनसँग जोडिएको कुनै सम्झौतामा हस्ताक्षर हुँदैन – अध्यक्ष नेपाल

नेपालअखबार, काठमाडौं  । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले सैन्य गठबन्धनसँग जोडिएको कुनै सम्झौतामा नेपालले हस्ताक्षर नगर्ने बताउनु भएको छ । आइतबार समाजवादी प्रेस संगठनले आयोजना गरेको सम्पादकहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले एसपिपी फिर्ता लिनुपर्छ भन्ने कुरा उठेपनि त्यसबारे सहमति भने बनि नसकेका बताउनु भएको छ । सेनाको पत्रले प्रश्न उठाएको छ । विगतको समीक्षा गर्नुपर्छ । सैन्य गठबन्धनसँग जोडिएको कुनै सम्झौतामा हस्ताक्षर हुँदैन नेपालले भन्नुभयो । अध्यक्ष नेपालले अर्को प्रसंगमा समयमै चुनावी तालमेलको मोडालिटी र सिट बाँडफाँड गर्नुपर्ने भन्दै  चुनावको मिति घोषणा नभएपनि सत्ता गठबन्धनभित्र आगामी कात्तिक मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको  विषयलाई लिएर चुनावी तालमेलको मोडालिटी र सिट बाँडफाँट गर्नुपर्ने आवाज उठेको बताउनु भएको हो  । गत स्था...
सरकारले एसपिपी खारेज गर्नुपर्छ- अध्यक्ष नेपाल
राजनीति, समाचार, हाइलाइट-समाचार

सरकारले एसपिपी खारेज गर्नुपर्छ- अध्यक्ष नेपाल

नेपालअखबार, काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) खारेज गर्नुपर्ने बताएका छन्। पार्टी निकट युवा संघ नेपालको उपत्यका युवा विशेष जिल्ला कमिटीको शपथग्रहण कार्यक्रममा अध्यक्ष नेपालले मुलुकमा एसपिपीका विषयमा विवाद उत्पन्न भएको भन्दै सरकारले यसलाई खारेज गर्नुपर्ने बताए। एसपिपीको विषयमा आफू, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठ, जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवका बीचमा आजै छलफल भएको बताउँदै उनले यसलाई अस्वीकार गरिने प्रष्ट पारे। यो अन्यौलको अवस्था चिर्न आफूहरूले छलफल जारी राखेको भन्दै अध्यक्ष नेपालले प्रधानमन्त्रीसँग फेरि कुराकानी गर्ने समझदारी भएको बताए। अध्यक्ष नेपालले सन् २०१५ मा नेपाली सेनाले अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भ...
सप्तरीका प्रदेश सभासदस्य सहित २७ जनामा कोरोना संक्रमण
समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

सप्तरीका प्रदेश सभासदस्य सहित २७ जनामा कोरोना संक्रमण

नेपालअखबार, सप्तरी। सप्तरीका प्रदेश सभा सदस्य अभिषेक यादवसहित नयाँ २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेशसभा सदस्य यादवले सामाजिक सञ्जालमा सङ्क्रमण पुष्टि भएको जानकारी दिदै सम्पर्कमा रहेकाहरुलाई पिसीआर परीक्षण गर्न आग्रह गरेका छन् । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा गरिएको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय निमित्त कार्यालय प्रमुख दुनियालाल यादवले समेत पुष्टि गरेका छन् । कोरोना सङ्क्रमित यादवले स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन् । प्रदेशसभा सदस्य यादवसहित जिल्लामा नयाँ २७ जनामा कोरोना सङ्क्रमित देखिएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । रुपनी गाउँपालिका एक जनप्रतिनिधि र ३ जनासहित रुपनी गाउँपालिकाका ११ जना, राजविराजस्थित भूमिसुधार तथा मालपोत कार्यालयका ४ जना कर्मचारीसहित राजविराजका ९ जना सङ्क्रमित भएका छन् । यस्तै तिलाठी कोइलाडी गा...
२४ उत्पादक कम्पनी तथा उद्योगविरुद्ध मुद्दा
प्रशासन, समाचार, हाइलाइट-समाचार

२४ उत्पादक कम्पनी तथा उद्योगविरुद्ध मुद्दा

नेपालअखबार, काठमाडाैं। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य पदार्थको अनुगमनलाई तिब्रता दिएको छ । चाडवार्ड नजिक आएकाले टोली गठन गरी खाद्य अनुगमन तथा परीक्षण कार्यलाई थप व्यवस्थित गरिइएको हो । विभागका सहप्रवक्ता सन्तोष दाहालले अनुगमनका क्रममा खाद्य ऐन प्रतिकुल देखिएका उत्पादक कम्पनी तथा उद्योग विरुद्ध मुद्दा चलाइएको जानकारी दिए । तत्कालै गुनासो सुन्न तयार पारिएको समुह ‘र्यापिड रेस्पोन्स टिम’ मा विभिन्न २४ उजुरी परेकोमा एक पानी उद्योग अनुमती वीना सञ्चालन भएको पाइएकाले बन्द गराइएको छ । खाद्य ऐन विपरित रहेको दुई उद्योगलाई उत्पादन रोक्का गरिएको विभागले जनाएको छ । अन्य २१ उद्योग विरुद्ध भने मुद्दा चलाइएको दाहालले जानकारी दिए । उनका अनुसार विभाग र मातहतका कार्यालयबाट कुल ३९८ स्थानका होटल, खाद्य उद्योग, दाना उद्योग खाद्य पसलमा अनुगमन भएको थियो । त्यसमध्य खाद्य पदार्थ तथा दाना उद्योगको २७८ ...