लकडाउन खुकुलो पार्ने सरकारको निर्णय, खुल्न पाउने र नपाउनेको सूचीसहित
नेपाल अखबार, काठमाण्डौ । सरकारले ३ चरणमा लकडाउन खुकुलो बनाउदै लैजाने निर्णय गरेको छ ।
मन्त्रिपरिषदको बुधबार राति सम्पन्न बैठकले उच्चस्तरीय समन्वय समितिको प्रस्तावअनुसार नै तीन चरणमा लकडाउन खुकुलो पार्ने निर्णय गरेको हो।
सरकारले तय गरेको ३ चरण अन्तर्गत पहिलो चरण आज बिहीबारबाट २१ दिनसम्म लागू हुनेछ। त्यसपछि २१ दिनको स्थिति हेरेर १५ दिनसम्म दोस्रो चरण र त्यसपछि पुनः १५ दिन तेस्रो चरण लागू हुनेछ।
यसरी ३ चरण पूरा भएपछि मात्र सरकारले थप विश्लेषण गरी लकडाउन पूर्ण अन्त्य गरी सम्पूर्ण सेवा तथा व्यवसाय खुला गर्नेछ। तीन चरणको ५१ दिनको अवधिमा संक्रमणको अवस्था अहिलेभन्दा नराम्रो भयो भने सरकारले तालिका परिवर्तन गर्न सक्नेछ।
मन्त्रिपरिषदबाट निर्णय भएको लकडाउन खुकुलो पार्ने कार्ययोजना यस्तो छ:
लकडाउन जारी रहने सेवा तथा कार्यहरु :
१) शैक्षिक संस्था (विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्...
