Sunday, August 9

प्रशासन

नारायणी नदी संरक्षणका लागि गैँडाकोट घोषणापत्र जारी
प्रशासन, समाचार

नारायणी नदी संरक्षणका लागि गैँडाकोट घोषणापत्र जारी

नेपालअखबार, नवलपुर । नारायणी नदी संरक्षणका लागि १२ बुँदे गैँडाकोट घोषणापत्र जारी गरिएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा दुई दिनसम्म सञ्चालित ‘नारायणी नदी सम्मेलन–२०२३’ मा छलफल भएका विषयलाई समेटेर घोषणापत्र जारी गरिएको हो ।  ‘ग्रिन पिक्सेल’ का परामर्शकर्ता वासुदेव न्यौपानेले घोषणापत्रमा ‘स्वच्छ नदी : स्वस्थ जीवन’ का लागि नदीको स्वच्छता, नदीको संरक्षण र नदीको दिगोपनाका विषयलाई समेटिएको बताए । नारायणी नदीलाई राष्ट्रियस्तरमा ‘सम्पदा नदी’ घोषणा गर्न वकालत गरी यसलाई स्वतन्त्र तथा स्वच्छ बहन दिने र अन्नपूर्ण संरक्षण क्षेत्र तथा चितवन राष्ट्रिय निकुञ्जबीचका नदी किनारलाई हरित करिडोरका रूपमा विकास गर्नुपर्ने घोषणापत्रमा उल्लेख गरिएको छ । स्वच्छ नदीका लागि जलस्रोत व्यवस्थापन रणनीतिलाई सूचित गर्न नदीको महत्वपूर्ण विन्दुमा पानीको गुणस्तर र मात्राको अनुगमन गर्ने प्रणाली स्थापना गरिने न्...
२० रुपैयाँ दरका ३१ करोड थान नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई
अर्थ, प्रशासन, समाचार

२० रुपैयाँ दरका ३१ करोड थान नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

नेपालअखबार, काठमाडौं । नेपाल राष्ट्र बैंकले २० रुपैयाँ दरका ३१ करोड थान नोट छाप्ने भएको छ । राष्ट्र बैंकले आइतबार उक्त दरका नोट छाप्ने जिम्मा चिनियाँ कम्पनी चाइना बैंक नोट प्रिन्टिङ तथा मिन्टिङ कर्पोरेसनलाई दिने आशयपत्र जारी गरेको हो । बैंकले आह्वान गरेको बोलपत्रमा सबैभन्दा कम रकममा नोट डिजाइन, छपाइ र आपूर्ति गर्ने प्रस्ताव उक्त कम्पनीले गरेको केन्द्रीय बैंकको आशयपत्रमा उल्लेख छ ।केन्द्रीय बैंकले ४६ लाख ९८ हजार ६५० अमेरिकी डलर अथात् नेपाली रुपैयाँ करिब ६२ करोड २१ लाख ६२ हजार रुपैयाँ लागतमा २० रुपैयाँ दरका ३१ करोड थान नोट छाप्ने ठेक्काका लागि उक्त कम्पनी छनोट गरेको हो ।...
टर्की भूकम्पपीडितलाई नेपालले पठायो राहत सामग्री
प्रशासन, समाचार

टर्की भूकम्पपीडितलाई नेपालले पठायो राहत सामग्री

नेपालअखबार, काठमाडाैं । नेपाल सरकारले टर्किका भूकम्पपीडितका लागि औषधि, चिकित्सा उपकरण, न्यानो कपडा र अन्य आधारभूत सामग्री राहतस्वरुप पठाएको छ। भूकम्पपीडितका लागि २२ टनभन्दा बढी राहत सामग्रीको पहिलो ढुवानी सोमबार त्यसतर्फ पठाइएको हो। यही ६ फेब्रुअरीमा टर्कि र सिरियाको सीमावर्ती क्षेत्रमा गएको विनाशकारी भूकम्पपछि राहत तथा पुनःस्थापना कार्यमा ऐक्यबद्धता जनाउँदै राहत सामग्री पठाउने सरकारले निर्णय गरेको थियो । यसअघि ८ फेब्रुअरीमा परराष्ट्रमन्त्री डा बिमला राई पौड्यालले टर्कीका समकक्षी मेभलुत काभुसोग्लुसँग टेलिफोन वार्तामा भूकम्पबाट भएको क्षतिमा टर्कीका जनता र सरकारप्रति गहिरो समवेदना प्रकट गर्दै ऐक्यबद्धताका लागि सक्दो सहयोग गर्न नेपाल सरकार तयार रहेको बताएकी थिइन्। परराष्ट्र मन्त्रालयले राहत सामग्री सहयोगका लागि सम्बन्धित सरकारी निकाय, निजी क्षेत्र र मानवीय संस्था तथा ढुवानीका लागि...
हेटौंडा र काठमाडौं जोड्ने छोटो दुरीका दुईवटै सडक आजदेखि २ महिनाका लागि बन्द
प्रशासन, समाचार

हेटौंडा र काठमाडौं जोड्ने छोटो दुरीका दुईवटै सडक आजदेखि २ महिनाका लागि बन्द

नेपालअखबार, हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडा र संघीय राजधानी काठमाडौं जोड्ने छोटो दुरीका दुईवटै सडक आजदेखि २ महिनाका लागि बन्द गरिएको छ । हेटौंडाबाट भिमफेदी–कुलेखानी–फाखेल–हुमाने–फर्पिङ हुँदै काठमाडौं जोड्ने सडक र हेटौंडाबाट भिमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली–फर्पिङ हुँदै काठमाडौं जोड्ने सडक निर्माण थालिएकाले आजदेखि दुई महिनासम्मका लागि बन्द गरिएको हो । द्रुत गतिमा निर्माण सम्पन्न गर्न सडक बन्द गरिएको बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता नविन सिंहले जानकारी दिए । वैकल्पिक सडकको रुपमा हेटौंडाबाट काठमाडौं जानका लागि हेटौंडा–कुलेखानी–मार्खु–चित्लाङ–थानकोट सडक र काठमाडौंबाट हेटौंडा फर्किंदा कान्ति लोकपथ खण्डबाट यातायात सुचारु गरिएको उनले बताए । उनले सर्वसाधारणलाई यही वैकल्पिक सडक प्रयोग गर्न अनुरोध पनि गरेका छन् । मन्त्रालयले यो सडकखण्ड अन्तर्गत भ...
सरकारले ६ महिनामा तिर्‍यो १ खर्ब सार्वजनिक ऋण
अर्थ, प्रशासन, समाचार

सरकारले ६ महिनामा तिर्‍यो १ खर्ब सार्वजनिक ऋण

नेपालअखबार, काठमाडौँ । सरकारले चालू आर्थिक वर्ष २०७९/८० को ६ महिनाको अवधिमा १ खर्ब १ अर्ब ८८ करोड सार्वजनिक ऋण भुक्तानी गरेको छ । साउन महिनादेखि पुससम्मको अवधिमा सावाँ र ब्याज समेत गरी १ खर्ब रुपैयाँभन्दा धेरै सार्वजनिक ऋण भुक्तानी गरेको हो । यस अवधिमा आन्तरिक र बाह्य ऋणतर्फ सावाँ भुक्तानी ६४ अर्ब ५ करोड र ब्याज भुक्तानी ३७ अर्ब ८४ करोड रुपैयाँ रहेको छ । सरकारले बजेट बनाउन र सरकारी खर्च धान्नका लागि आन्तरिक (वाणिज्य बैङ्कहरूसँग) र बाह्य (विदेशी दातृ निकायसँग) ऋण उठाउने गर्छ ।...
चितवन २ मा वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय
प्रशासन, समाचार

चितवन २ मा वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय

नेपालअखबार, काठमाडाैं । चितवन क्षेत्र नम्बर २ मा आगामी वैशाख १० गते उपनिर्वाचन हुने भएको छ। निर्वाचन आयोगले रिक्त एक प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मिति तोकेको हो। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले वैशाख १० गते आइतबार चितवन २ मा उपनिर्वाचन गर्ने निर्णय भएको बताए। गत मंसिर ४ मा भएको निर्वाचनमा यस क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचित भएका थिए। तर उनको नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले उनको पद बदर गरिदिएको थियो। त्यसपछि आयोगले उपनिर्वाचन मिति तोकेको हो।...
आन्दोलन फिर्ता लिएर नियमित काममा जुट्न चिकित्सक तथा स्वास्थ्यकर्मीलाई मन्त्रालयको आग्रह
प्रशासन, समाचार

आन्दोलन फिर्ता लिएर नियमित काममा जुट्न चिकित्सक तथा स्वास्थ्यकर्मीलाई मन्त्रालयको आग्रह

नेपालअखबार, काठमाडाै । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सकहरूलाई आन्दोलनका कार्यक्रम फिर्ता लिई बिरामीको स्वास्थ्य उपचार सेवामा फर्किन आग्रह गरेको छ। राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहलगायतमाथि प्रहरीले माघ २७ गते लाठीचार्ज गरी घाइते बनाएको घटनाप्रति विरोध गर्दै नेपाल चिकित्सक संघले आइतबार देशैभरका अस्पताल र स्वास्थ्य संस्थाका सेवा बन्द गरेको छ। यो घटनाप्रति मन्‍त्रालयले विज्ञप्ति निकालेर दु:ख व्यक्तसमेत गरेको छ। ‘घटनालगत्तै नेपाल प्रहरीद्वारा घटनामा संलग्न सुरक्षाकर्मीलाई निलम्बन गरी घटनाको छानबिन गरिरहेको तथा उक्त घटनाको विषयमा थप छलफल गरी समस्या समाधानका लागि वार्ता समिति गठन गर्ने र संघले उठाएका विषयलाई संवादमार्फत समाधान गर्न प्रयास भइरहेको छ,’ मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ। अस्पतालमा उ...
पोखरामा मोडिफाइ गरिएका ५० मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा
प्रशासन, समाचार

पोखरामा मोडिफाइ गरिएका ५० मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा

नेपालअखबार, पाेखरा । ट्राफिक प्रहरी कार्यालय कास्कीले सवारी नियम उल्लंघन गर्ने ५० वटा दुई पाङ्ग्रे सवारी साधनहरु नियन्त्रणमा लिएको छ । स्वरूप परिवर्तन(मोडिफाइ) गरेर ध्वनि प्रदूषण गर्ने गरी तिव्र गतिमा लापरवाही तवरबाट चलाई सवारी नियम उल्लंघन विभिन्न कम्पनिका मोटरसाईकल र चालकहरुलाई नियन्त्रणमा लिई कारवाहीको दायरामा ल्याइएको प्रहरीले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको प्रहरी टोलीले यही माघ २६ र २७ गते गरी उक्त मोटरसाईकलहरुलाई नियन्त्रणमा लिएको हो । मोटरसाईकल मोडिफाई गरी शान्ति सुरक्षानै भङग गराउने गरी आवाज निकाल्ने जस्ता विभिन्न किसिमका जनगुनासोहरु प्रप्त भएपछी कास्की ट्राफिकले २५ गते बाट अभियाननै सञ्चालन गरी स्वरुप परिवर्तन भएका मोटरसाईकलहरु नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिईएका मोटरसाईकलहरुलाई पहिलेकै स्वरुपमा परिवर्तन गर्न लगाई एक हजारदेखी रुपैयाँदेखी पाँच ...
राष्ट्रपतिको सवारीमा डाक्टर कुटिए
प्रशासन, समाचार

राष्ट्रपतिको सवारीमा डाक्टर कुटिए

नेपालअखबार, काठमाडौं । राष्ट्रपतिको सवारीको समयमा हिँडेको भन्दै प्रहरीले डाक्टरलाई लाठी हानेको छ । त्यसको विरोधमा वीर अस्पताल र ट्रमा सेन्टरका स्वास्थ्यकर्मीले सेवा बन्द गरेर आन्दोलन थालेका छन् । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी संघीय संसदलाई सम्बोधन गर्न गएकी थिइन् । राष्ट्रपतिको सवारीका क्रममा प्रहरीले सडक खाली लगाएको थियो । डा. जनित सिंह वीरबाट ट्रमामा जान खोजेका थिए । तर प्रहरीले उनलाई पनि लाठीचार्ज गरेको र टाउकोमा चोट लागेको चिकित्सकहरुले बताएका छन् । घटनाको विरोधमा चिकित्सकहरु आन्दोलित भएका छन् । घटनामा संलग्न प्रहरीले माफी माग्नुपर्ने माग राखेको ट्रमा सेन्टरका प्रशासन शाखा प्रमुख नवराज गौतमले जानकारी दिए ।...
अमेरिकामा बस्ने नेपालीको फेसबुक ह्याक गरी ठगी गर्ने पक्राउ
प्रशासन, समाचार

अमेरिकामा बस्ने नेपालीको फेसबुक ह्याक गरी ठगी गर्ने पक्राउ

नेपालअखबार, काठमाडाैं  । अमेरिकामा रहेका नेपालीको फेसबुक ह्याक गरी ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार पोखरा- १९ लामाचौरका २३ वर्षीय आशिष परियारलाई प्रहरीले पक्राउ गरेको हो। परियारले अमेरिकामा बस्ने एक जना नेपालीको फेसबुक ह्याक गरी एक जना साथीलाई सहयोग गर्न भन्दै म्यासेज पठाएका थिए। उनले सहयोग रकम जम्मा गर्न भन्दै नेपालकै बैंकको खाता नम्बर पनि दिएका थिए। ती साथीले उनले दिएको खातामा ५० हजार रुपैयाँ मोबाइल बैंकिङबाट पठाइदिएका थिए। पैसा पठाएको तीन-चार दिनसम्म उताबाट कुनै प्रतिक्रिया नआएपछि के भएछ भनेर साथीका आफन्तलाई सम्पर्क गर्दा फेसबुक ह्याक भएको तथ्य खुलेको थियो। त्यसपछि पीडितले ब्युरोमा निवेदन दिएका थिए। ‘अनुसन्धान गर्दै जाँदा प्राविधिक सबुत प्रमाण र ह्यूमन इन्टेलिजेन्सको आधारमा उक्त प्रोफाइल ह्याक गरी सोही प्रोफाइलमार्फत ...