Sunday, August 9

प्रशासन

गल्याङ नगरपालिकाले विद्यार्थीलाई निःशुल्क पढाउँदै
प्रशासन, शिक्षा, समाचार

गल्याङ नगरपालिकाले विद्यार्थीलाई निःशुल्क पढाउँदै

नेपालअखबार, स्याङ्जा। स्याङ्जाको गल्याङ नगरपालिकाले दुई सय २१ विद्यार्थीलाई निःशुल्क अध्ययन गराउँदै छ। नगरपालिकाभित्रका क्याम्पस तथा कक्षा ११ र १२ मा अध्ययनरत अति गरिब, विपन्न तथा जेहेनदार विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरी निःशुल्क अध्ययन गराउन थालेको हो। नगरभित्रका क्याम्पसमा अध्ययनरत लक्षित समूहका विद्यार्थीमध्ये १० प्रतिशत तथा कक्षा ११ र १२ मा अध्ययनरतमध्ये २० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरेको नगरपालिकाका शिक्षा शाखा प्रमुख केदारराज आचार्यले बताए। नगरपालिकाले क्याम्पसमा अध्ययन गर्ने अतिविपन्न, गरिब तथा जेहेनदार विद्यार्थीलाई मासिक शुल्कवापत जनही १० हजार रुपैयाँ आठ सय प्रदान गरेको हो। कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई मासिक रु तीन सयका दरले वर्षभरिको रु तीन हजार छ सय उपलब्ध गराइएको उनले जानकारी दिए। ‘क्याम्पस तथा विद्यालयले अतिविपन्न, गरिब...
‘स्मार्ट’ बन्दै सहरी खानेपानी प्रणाली
प्रशासन, समाचार, समाज

‘स्मार्ट’ बन्दै सहरी खानेपानी प्रणाली

नेपालअखबार, काठमाडाैं । नेपालका सहरी क्षेत्रका खानेपानी प्रणालीमा पछिल्लो समय 'स्मार्ट' प्रविधिको उपयोग हुन थालेको छ। नवीनतम प्रविधिको उपयोगले खानेपानीको उत्पादन र वितरण  सहज  र प्रभावकारी समेत हुँदै गएको छ। चुहावट नियन्त्रण र मर्मत सम्भारका काम छिटो गर्न पनि सम्भव भएको छ। स्मार्ट वास सोलुसन र कोरियाको इन्टरनेसनल सेन्टर फर अर्बन बाटर हाइड्रोइन्फरमेटिक्स रिसर्च एण्ड इन्नोभेसन (आइसियूएच) द्वारा आयोजित गोष्ठीमा पोखराको लेखनाथ खानेपानी उपभोक्ता समितिले सो कुरालाई पुष्टि गरेको जनाएको छ। समितिका कार्यालय प्रमुख इञ्जिनियर शिवप्रसाद अमात्यले समिति अन्तर्गतका आयोजना मोबाइलबाट सञ्चालन गर्न मिल्ने र खानेपानीको मुहान तथा वितरण प्रणाली खोल्ने, बन्द गर्ने, ‘क्लोरिनेसन’ गर्ने सबै काम मोबाइलबाट गर्न सकिने भएको जानकारी दिए। सन् २००८ देखि सञ्चालनमा आएको लेखनाथ साना सहरी खानेपानी तथा सरसफाइ उप...
सशस्त्रका ४ एसएसपी डीआजीमा बढुवा सिफारिस
प्रशासन, समाचार

सशस्त्रका ४ एसएसपी डीआजीमा बढुवा सिफारिस

नेपालअखबार, काठमाडाैं । सशस्त्र प्रहरी बलले ४ जना वरिष्ठ उपरीक्षक (एसएसपी) लाई सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमा मा बढुवा गर्न सिफारिस गरेको छ। सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम १ को ख अनुसार बुधवार बसेको बढुवा समितिको बैठकले ४ जना एसएसपीलाई डीआइजीमा बढुवा गर्नका लागि सिफारिस गरेको हो। सशस्त्रको साधारण समूह साधारण उपसमूहतर्फ ४ जना डीआईजीको पद रिक्त छ। बढुवा समितिका सदस्य सचिव सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) नारायणदत्त पौडेलका अनुसार रिक्त सो पदमा सुरेशकुमार श्रेष्ठ, अन्जनी कुमार पोखरेल, दीपेन्द्र शाह र पुरुषोत्तम थापालाई बढुवा सिफारिस गरिएको छ।...
बोक्सीको आरोप लाउनेलाई ५ वर्ष कैद
प्रशासन, समाचार

बोक्सीको आरोप लाउनेलाई ५ वर्ष कैद

नेपालअखबार, ओखलढुंगा। ओखलढुंगा जिल्ला अदालतले बोक्सीको आरोप लगाउनेलाई कैद सजायको फैसला गरेको छ। जिल्लाको मोलुङ गाउँपालिका–१ की ६४ वर्षीया एक वृद्धालाई बोक्सीको आरोप लगाई कुटपिट गरेको आरोपमा सोही स्थानका दुई जनाविरूद्ध कैद सजायको फैसला भएको हो। बोक्सीको आरोप लगाई वृद्धालाई आगोले पोल्ने ५० वर्षीय दीपक विश्वकर्मा र २७ वर्षीया मुना विश्वकर्माविरूद्ध अदालतले कैद र जरिवानाको फैसला गरेको हो। जिल्ला न्यायाधीश टीकाराम आचार्यको एकल इजलासले दीपकलाई पाँच वर्ष कैदसहित ६० हजार रूपैयाँ जरिवाना र मुनालाई पाँच वर्ष कैदसहित ५० हजार रूपैयाँ जरिवानाको फैसला गरेको छ। सोही घटनामा संलग्न एक १७ वर्षीया किशोरीको हकमा उनका अभिभावक झिकाई वास्तविक अवस्था बुझी बाँकी कारबाहीको प्रक्रिया अगाडि बढाउने अदालतले जनाएको छ। पीडितलाई नगद ६० हजार क्षतिपूर्ति तिर्नुपर्ने फैसलासमेत भएको छ। दीपकले ३० हजार, मुनाले १५ हज...
पार्किङ व्यवस्थापन जित र हारको विषय होइन : प्रमुख आचार्य
प्रशासन, समाचार

पार्किङ व्यवस्थापन जित र हारको विषय होइन : प्रमुख आचार्य

नेपालअखबार, पोखरा । पोखराको मुख्य बजार क्षेत्र पृथ्वीचोक–सभागृहचोक–न्युरोड–विपीचोक–महेन्द्रपुल–नयाँ बजार हुँदै पृथ्वी चोकसम्मको सडकमा भइरहेको पार्किङ व्यवस्थापनका विषयमा सरोकारवाला निकायहरूसँग छलफल गरिएको छ । छलफलमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सहरलाई सुन्दर बनाउने अभियानबाट पोखरा महानगरपालिका पछाडि नफर्कने स्पष्ट पार्नुभयो । ‘पोखराको मुख्य क्षेत्रबाट सुरु गरिएको पार्किङ व्यवस्थापनलाई बिस्तारै पोखराका अन्य क्षेत्रहरूमा पनि विस्तार गरिनेछ, प्रमुख आचार्यले भन्नुभयो, सहर सुन्दर हुनै पर्छ, यो जित र हारको विषय होइन, यो त पोखराको भविष्यसँग जोडिएको विषय हो । सबैले समन्वय गरेर यसलाई कार्यान्वयन गर्नुको विकल्प छैन ।’ सडक पार्किङको विकल्पका रूपमा तोकिएको क्षेत्रमा पर्याप्त मात्रामा अन्डरग्राउन्ड पार्किङहरू रहेका र तिनीहरूमा महानगरले आवश्यक समन्वय गरिरहेको प्रमुख आचार्यले बताउनुभयो ।...
चन्दनाथ नगरपालिकाद्वारा आगलागी पीडितलाई राहत वितरण
प्रशासन, समाचार

चन्दनाथ नगरपालिकाद्वारा आगलागी पीडितलाई राहत वितरण

नेपालअखबार, जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिकाले आगलागी पीडितलाई राहत वितरण गरेको छ । चन्दननाथ-१ ठिन्केका आगलागी पीडित लोगबहादुर भण्डारीलाई मंगलबार कार्यवाहक नगरप्रमुख नवराज देवकोटाले राहत वितरण गरेका हुन् । नगरपालिकाले पीडित लोगबहादुर भण्डारीलाई १ लाख ५० हजार रुपैयाँको चेक प्रदान गरिएको कार्यवाहक नगरप्रमुख देवकोटाले बताए । सोमबार राति आगलागीबाट उनकी १६ वर्षकी छोरी वन्दना भण्डारीको मृत्यु भएको थियो। अन्नपात, लत्ताकपडा, भाँडाकुँडा र धनमाल नष्ट भएर बेसहारा बनेका ५ जना घरपरिवारलाई  राहत उपलब्ध गराइएको हो ।...
लोक सेवाले स्थगित गर्‍यो शाखा अधिकृतको परीक्षा
प्रशासन, समाचार

लोक सेवाले स्थगित गर्‍यो शाखा अधिकृतको परीक्षा

नेपालअखबार, काठमाडाैं । माघ २८ गते सञ्चालन हुने गरी तोकिएको राजपत्राङ्कित तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह (अप्राविधिक) पदको परीक्षा स्थगन भएको छ। लोकसेवा आयोगले सोमबार विज्ञप्ति जारी गरी सर्वोच्च आदालतबाट जारी भएको अन्तरिम आदेश कार्यान्वयनका लागि आयोगले ती तहका पहिलो र द्वितीय चरणका परीक्षा कार्यक्रम अर्को सूचना नभएसम्मका लागि स्थगन गरिएको जनाएको हो। आयोगले राजपत्राङ्कित तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह (अप्राविधिक) पदको पहिलो चरणको परीक्षाको मिति यही माघ २८ र द्वितीय चरणका परीक्षा आगामी चैत २१ गतेदेखि सञ्चालन हुने गरी तालिका सार्वजनिक गरेको थियो।रासस...
सचिव कृष्णहरी पुस्करको संघीय मामिलामा सरूवा
प्रशासन, समाचार

सचिव कृष्णहरी पुस्करको संघीय मामिलामा सरूवा

नेपालअखबार, काठमाडौं । सरकारले दुई सचिवको जिम्मेवारी फेरबदल गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा रहेका सचिव कृष्णहरी पुस्करलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव अर्जुन पोखरेल प्रधानमन्त्री कार्यालयमा सरुवा भएका छन् । पुस्कर अर्थबाट प्रधानमन्त्री कार्यालयमा सरुवा भएको एक महिना पनि भएको छैन ।...
मनोज पाण्डेलाई मानव बेचबिखन मुद्दामा ७ वर्ष कैद
प्रशासन, समाचार

मनोज पाण्डेलाई मानव बेचबिखन मुद्दामा ७ वर्ष कैद

नेपालअखबार, काठमाडौं । सौन्दर्य प्रतियोगिताको नाममा बालिकामाथि जबर्जस्ती करणी गरेको आरोप लागेका मनोज पाण्डेलाई जिल्ला अदालत काठमाडौंले ७ वर्ष कैद सजाय सुनाएको छ । सोमबार न्यायाधीश दीपक ढकालको इजलासले पाण्डेलाई  ७ वर्ष कैद र पीडितलाई ७५ हजार रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने सजाय निर्धारण गरेको जिल्ला अदालत काठमाडौंका एक अधिकारीले जानकारी दिए । पाण्डेमाथि ८ वर्षअघि एक सौन्दर्य प्रतियोगिताको नाममा एक किशोरीमाथि बलात्कार गरेको अभियोग थियो ।  तर बलात्कार मुद्दा दायर गर्न हदम्याद नाघिसकेका कारण पाण्डेमाथि मानव बेचबिखनसम्बन्धी मुद्दा चलाइएको थियो । यो मुद्दामा १० माघमा न्यायाधीश दीपक ढकालले पाण्डेलाई सो मुद्दामा दोषी ठहर गरेको थियो ।...
सांसद चौधरीलाई छाड्‍न उच्च अदालतले दिएन अन्तरिम आदेश
प्रशासन, समाचार

सांसद चौधरीलाई छाड्‍न उच्च अदालतले दिएन अन्तरिम आदेश

नेपालअखबार, धनगढी । उच्च अदालत दिपायलले नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधिसभा सदस्य अरूणकुमार चौधरीले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । चौधरीले जिल्ला अदालत कैलालीले गरेको फैसलाबारे जानकारी नभएका कारण आफ्नो मुद्दामा दिएको म्याद बदर गरी थुनामुक्त गर्न माग गर्दै दायर गरेको रिटमा आदेश दिन अस्वीकार गरिएको हो । उच्च अदालतका न्यायाधीश अर्जुनप्रसाद कोइरालाको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै जिल्ला अदालत, जिल्ला सरकारी वकिलको कार्यालय र जिल्ला प्रहरी कार्यालय कैलालीका नाममा कारण देखाउ आदेश जारी गरेको सूचना अधिकारी नरबहादुर नेगीले जानकारी दिए । नेगीका अनुसार चौधरीको मुद्दामा अन्तरिम आदेश जारी गर्नुनपर्ने कारण वा प्रमाण भए १५ दिनभित्र अदालतमा उपस्थित हुन आदेश गरिएको छ । उक्त मुद्दाका वादी र प्रतिवादी दुवै पक्षसँगको छलफल पछि अन्तरिम आदेश सम्बन्धमा निर्णय गर्...