Thursday, September 24

प्रशासन

प्रेमजालमा फसाएर बालिकालाई बलात्कार
प्रशासन, समाचार, समाज

प्रेमजालमा फसाएर बालिकालाई बलात्कार

नेपाल अखबार, काठमाडौं । एक बालिकालाई दलालले प्रेम जालमा फसाएर बलात्कार गरी बेचबिखन गरेको खुल्न आएको छ । सत्र वर्षीया बालिकालाई विवाह गर्ने भनी प्रलोभन देखाई प्रेम जालमा फसाई बलात्कार गरेर बेचबिखन गरेको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ । उक्त मुद्दामा प्रहरीले नुवाकोट जिल्ला तादी गाउँपालिका– ३ खरानीटार स्थायी घर भई हाल काठमाडौँको तारकेश्वर नगरपालिका– २ बस्ने अर्पण भनिने राजु तामाङलाई पक्राउ गरेको छ । शुरुमा प्रलोभनमा पारेर बालिकालाई काठमाडौँको गोङ्गबुस्थित फेसबुक गेष्ट हाउसमा लगी पटकपटक जबर्जस्ती करणी गरेको खुल्न आएको ब्युरोका प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए । त्यति गरेर मात्रै उनले चित्त बुझाएनन्, आफ्नो साथीमार्फत ट्याक्सी चढाई चितवन हुँदै काँकडभिट्टाबाट सीमा कटाए । उनका सहयोगी भारतको एक नचिनेको पुरुषलाई बालिका जिम्मा लगाएर फर्किएका थिए । भारतीय व्यक्तिल...
बुधबार मध्यरातदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा
प्रशासन, समाचार

बुधबार मध्यरातदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा

नेपाल अखबार, काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा बुधबार मध्यरातिदेखि निषेधाज्ञा लगाइने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको मंगलबार बसेको संयुक्त बैठकले भदौ ३ गते राति १२ बजेदेखि एक हप्तासम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । यो अवधिमा औषधि, खाद्यबस्तु र अत्यावश्यकीय वस्तु खरिदको कामका लागि बाहेक बाहिर निस्कन पाइने छैन । बाहिर निस्किँदा मास्क अनिवार्य लगाउनुपर्नेछ । अत्यावश्यकीय सामाग्री ढुवानी, स्वास्थ्यकर्मी र सुरक्षा निकाय बाहेक सवारी सञ्चालनमा रोक लगाइएको छ । नियमित सेवा प्रदान गर्नुपर्ने कार्यालय जाने कर्मचारी विहान ९ बजेदेखि साढे १० बजेसम्म र बेलुका ३ देखि साढे ५ बजेसम्म आउजाउ गर्न सक्नेछन् । होटल, रेष्टुरेन्ट, फुटपाथ पसल समेत बन्द हुनेछन् । बैंक लगायतका निकायले न्यूनमत कर्मचारी राखेर स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर सेवा दिन सक्नेछ...
काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर ८ सिल
प्रशासन, समाचार, समाज

काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर ८ सिल

नेपाल अखबार, काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर ८ क्षेत्र सिल गरिएको छ । वडाभित्र ५ जना कोरोना संक्रमित भेटिएपछि चार किल्ला तोकेर वडा सिल गरिएको वडाध्यक्ष मनोजकुमार घिमिरेले जानकारी दिए । वडाध्यक्ष घिमिर भने, ‘वडाभित्र ५ जना संक्रमित फेला परेका छन् । उनीहरुको कन्ट्याक ट्रेसिङको काम भइरहेको छ । कन्ट्याक ट्रेसिङको आधारमा हुने परीक्षणको रिपोर्ट आउन समय लाग्ने भएकोले भोलिदेखि भदौ ५ सम्म चार किल्ला तोकेर वडालाई सिल गरेका हौं ।’ पाँच दिनसम्म वडाभित्र अत्यावश्यकबाहेकका अन्य सबै सेवा बन्द रहने वडाध्यक्ष घिमिरेले बताए । संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान गरी स्वाब संकलन गरी पीसीआर रीक्षण गरिने भएको बढीमा पाँच दिन पूर्वमा ज्ञानभूमि स्कुलको उकालो, पश्चिममा महादेव खोला, उत्तरमा शिव नगरटोल र दक्षिणमा भूपू सैनिक टोलको ठाडोबाटोसम्मको क्षेत्र सिल गर्ने निर्णय गरिएको वड...
राष्ट्रिय झण्डा जलाएर ‘म्यूजिक भिडियो’ बनाउने समूहका एकजना पक्राउ
प्रशासन, समाचार

राष्ट्रिय झण्डा जलाएर ‘म्यूजिक भिडियो’ बनाउने समूहका एकजना पक्राउ

नेपाल अखबार, काठमाडौं । राष्ट्रिय झण्डा जलाएर म्युजिक भिडियो सुट गर्ने समूहका एक जनालाई प्रहरीले पक्रेको छ । ‘देशद्रोही’ शीर्षकको विवादास्पद भिडियो बनाउने समूहका इशाक लिम्बुलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाले जानकारी दिए । ललितपुरको नखिपोट घर भएका इशाकले सो भिडियोमा क्यामरापर्सनको भूमिका निभाएका थिए । सो समूहका अरु चारजना फरार छन् । मकवानपुरमा सुट गरिएको सो म्यूजिक भिडियो सोमबार ‘मंगोल हप अफिसियल’ नामक युट्युव च्यानलबाट अपलोड गरिएको थियो । नेपालको झण्डा जलाएको दृश्य समावेश गरिएको सो भिडियोबारे सामाजिक संजालमा चर्को विरोध भएको छ ।...
१३ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार : एक गोरखा सैनिकको घर र जागीर पनि गुम्यो, अढाइ वर्ष कैद
प्रशासन, समाचार

१३ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार : एक गोरखा सैनिकको घर र जागीर पनि गुम्यो, अढाइ वर्ष कैद

नेपाल अखबार,गोरखा । १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा बेलायती अदालतले एक गोरखा सैनिकलाई साढे दुई वर्ष जेल सजाय सुनाएको छ। साथीकी १३ वर्षीया छोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा बेलायती सेनामा कार्यरत ४४ वर्षीय विनोद राईलाई त्यहाँको अदालतले अढाइ वर्ष जेल सजायको फैसला गरेको हो। राईले आरोपलाई अदालतसमक्ष स्वीकारेका भने थिएनन्। गत वर्षको १९ जुलाइमा स्थानीय रेल स्टेशनबाट आफ्ना बालबालिका घर ल्याउने क्रममा उनले १३ वर्षभन्दा सानो उमेर मात्र उल्लेख गरिएकी ती बालिकालाई पनि साथमा ल्याएका थिए। आफ्ना बच्चाहरू घरमा ल्याएर छाडेपछि राईले आफ्नो सिटबाट उठेर गाडीको ढोका खोलेर बालिकालाई गाडीको सिटमा ढल्केर बस्न भनी उनको वक्षस्थल छोएको समाचार बेलायतको स्वीइन्डेन एडभर्टाइज नामक पत्रिकाले उल्लेख गरेको छ। बालिकाका अभिभावकले राईसँगै आफ्नो बच्चालाई घरमा ल्याइदिन अनुमतिसमेत नदिएका बताएका छन्। घटना यो...
गर्भवती महिलाको हत्या आरोपमा पति र सासु पक्राउ
प्रशासन, समाचार

गर्भवती महिलाको हत्या आरोपमा पति र सासु पक्राउ

नेपाल अखबार, सिरहा । गर्भवती महिलाको हत्या गरेको आरोपमा सिरहा प्रहरीले पति र सासूलाई पक्राउ गरेको छ । सिरहा नगरपालिका–१६ निवासी १९ वर्षीया कुलतीदेवी दासको हत्या आरोपमा उनका २० वर्षीय पति धीरज दास र सासू ३५ वर्षीया राजकुमारी दासलाई प्रहरीले पक्राउ गरेको हो । करिब तीन महिनाकी गर्भवती छोरीलाई गत साउन २७ गते कुटपिट गरी हत्या गरेको मृतकका बुवा चन्दर दासले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएपछि उनका पति र सासूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । पक्राउ परेका आमा छोरामाथि कर्तव्य ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक घिमिरेले बताए । घटनाको भोलिपल्ट गत साउन २८ गते बिहान छिमेकीहरुले घटनाबारे जानकारी गराएपछि घटना थाहा पाएको र शव परीक्षणको रिपोर्ट आएपछि किटानी उजुरी दिन प्रहरीले भनेकाले साउन ३० गते प...
बारामा भीड भगाउन प्रहरीले गर्‍यो हवाइ फायर
प्रशासन, समाचार

बारामा भीड भगाउन प्रहरीले गर्‍यो हवाइ फायर

नेपाल अखबार,बारा  ।  प्रहरीले बारामा हवाइ फायर गरेको छ। बाराको सिम्रौनगढ नगरपालिका–११ भवानीपुर र आदर्शकोतवाल गाउँपालिका– ६ पटेर्वाका स्थानीयबीच माछा मार्ने विषयमा विवाद भएपछि झडप भएको थियो। स्थानीयको ढुंगामुढामा परी प्रहरी समेत घाइते भएकाले स्थिति नियन्त्रणमा लिन १३ राउण्ड हवाइ फायर र ६ सेल अश्रुग्यास प्रहार गर्नुपरेको बाराका प्रहरी प्रमुख एसपी कृष्ण पंगेनीले बताए। झडपका क्रममा चार जना प्रहरी र १० जना बढी सर्वसाधारणलाई चोटपटक लागेको छ। अहिले स्थिति नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।...
पोखरा आज राती १२ बजेपछि एक हप्ताको लागि पोखरा शिल हुने
प्रशासन, समाचार

पोखरा आज राती १२ बजेपछि एक हप्ताको लागि पोखरा शिल हुने

नेपाल अखबार, पाेखरा।  पोखरामा आज रातिदेखि एक साताका लागि निषेधाज्ञा जारी हुने भएको छ । पोखरा महानगरपालिकाको कोरोना संक्रमण रोकथाम मूल समितिको बैठकले एक साताका लागि कडा निषेधाज्ञा लगाउने निर्णय गरेको हो । महानगरले आज राती १२ बजेपछि एक हप्ताको लागि पोखरा शिल गर्ने बुझिएको छ । पोखरा शिल गर्ने निर्णयको औपचारीक निर्णय भने केहि समयमा सार्वजानिक हुनेछ ।...
कर्णाली प्रदेशका तीन जिल्लामा निषेधाज्ञा जारी
प्रदेश ६, प्रशासन, समाचार

कर्णाली प्रदेशका तीन जिल्लामा निषेधाज्ञा जारी

नेपाल अखार, सुर्खेत । कर्णाली प्रदेशका तीन जिल्लामा आजबाट निषेधाज्ञा जारी गरिएको छ । कोभिड–१९ संक्रमितको संख्या बढ्दै गएपछि प्रदेशको सुर्खेत, जुम्ला र मुगुमा जिल्ला प्रशासन कार्यालय र स्थानीय सरकारहरूले अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेका हुन् । स्थानीय प्रशासनले प्रदेशका केही स्थानमा यसअघि नै निषेधाज्ञा जारी गरिसकेका छन् भने प्रदेश राजधानी वीरेन्द्रनगरलगायतका कतिपय स्थानीय तहमा भने आजदेखि निषेधाज्ञा जारी भएको छ । सुर्खेतको वीरेन्द्रनगर, मुगुको गमगढी र जुम्लाको चन्दननाथमा आजदेखि निषेधाज्ञा लागू भएको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जुम्लामा यसअघि पनि पटक–पटक निषेधाज्ञा लागू गरिसकिएको छ । साथै रुकुम–पश्चिमको मुसिकोट नगरपालिकामा पनि बुधवारदेखि निषेधाज्ञा जारी भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिए । प्रदेश राजधानीसमेत र...
छोरी जन्माउने आमालाई भत्ता
प्रशासन, समाचार, समाज, हाइलाइट-समाचार

छोरी जन्माउने आमालाई भत्ता

नेपाल अखबार, बैतडी। दोगडाकेदार गाउँपालिकाले गत आर्थिक वर्षमा छोरी जन्माउने २१३ आमालाई प्रोत्साहन भत्ता वितरण गरेको जनाएको छ । स्वास्थ्य संस्थामै छोरी जन्माएका ती आमाले रु एक हजारका दरले प्रोत्साहन भत्ता पाएका गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले जानकारी दिए । उनले भने, “स्वास्थ्य संस्थामै छोरी जन्माएका आमा र शिशुको पोषण अवस्था सुधारका लागि उक्त रकम दिने गरेका हौँ ।” छोरी पनि छोरा समान हुन् भन्ने सन्देश दिन र समाजमा छोराछोरी बीचको समानता कायम गर्न छोरी जन्माउने आमालाई प्रोत्साहन भत्ता दिन थालिएको गाउँपालिकाका उपाध्यक्ष पार्वती कार्कीले बताए ।  उनले भने, “छोरीले पनि छोरा सरह नै काम गर्न सक्छन् भन्ने बुझाउन र समाजले उनीहरुलाई समान दृष्टिकोणले हेर्ने चेतनाको विकासका लागि प्रोत्साहन भत्ताको व्यवस्था गरिएको  हो ।” नेपाल सरकारले संस्थागत सुत्केरी भए यातायताबापत दिने रु दुई हजार र चार...