रोल्पाको माडी गाउँपालिकाले ‘जनयुद्ध’ दिवसको अवसरमा भन्दै सार्वजनिक बिदा
नेपालअखबार, रोल्पा। रोल्पाको माडी गाउँपालिकाले फागुन १ गते ‘जनयुद्ध’ दिवसको अवसरमा भन्दै सार्वजनिक बिदा दिएको छ ।
माघ १७ गतेको गाउँकार्यपालिकाको बैठकको निर्णय अनुसार फागुन १ गते बिदा दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत युवराज परियारले सूचना निकालेर जानकारी गराएका छन् ।
उक्त दिन गाउँपालिका मातहतका सरकारी कार्यालय र शिक्षण संस्थाहरु बन्द रहने सूचनामा उल्लेख छ । उक्त गाउँपालिकामा गत स्थानीय चुनावमा माओवादी केन्द्रले जितेको थियो ।
सर्वोच्च अदालतले भने ‘जनयुद्ध’ दिवसमा बिदा दिने पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले गत वर्ष गरेको निर्णय खारेज गरेको थियो । विभिन्न मितिमा परेका ६ वटा रिटमाथि सुनुवाइ गरेको सर्वोच्चले संक्रमणलीन न्याय प्रभावित हुनसक्ने तथा द्वन्द्वपीडितहरुको भावना चोट पर्नसक्ने भन्दै ‘जनयुद्ध’ दिवसमा बिदा दिने निर्णय खारेज गरेको भए पनि गाउँपालिकाले त्यो आदेश विपरी...










