Thursday, October 8

प्रशासन

जबरजस्तीकरणी मुद्दामा अभियुक्तलाई १८ वर्ष कैद फैसला
अपराध, प्रशासन, समाचार

जबरजस्तीकरणी मुद्दामा अभियुक्तलाई १८ वर्ष कैद फैसला

नेपालअखबार, तनहुँ। तनहुँ जिल्ला अदालतले जबर्जस्ती करणी मुद्दामा एक अभियुक्तलाई १८ वर्ष कैद फैसला सुनाएको छ। जिल्ला न्यायाधीश कमलराज विष्टको आइतबारको इजलासले प्रतिवादी म्याग्दे गाउँपालिका–७ का विशाल विकलाई १८ वर्ष कैद फैसला सुनाएको हो। साथै निजविरुद्ध एक लाख जरिवानाको फैसला भएको अदालतका स्रेस्तेदार केशवप्रसाद पौडेलले जानकारी दिए। उनीविरूद्ध २०७८ असोज १२ गते अदालतमा जबर्जस्ती करणीमा मुद्दा दर्ता भएको थियो। उक्त मुद्दामा अदालतमा १२ पटक पेसी तोकिएको थियो। यही माघ २१ गते न्यायाधीश विष्टकै इजलासले उक्त मुद्दामा आदेश सुनाउँदै सजाय निर्धारणका लागि पेस गर्न भनेको थियो। सोहीबमोजिम आइतबार निजविरुद्ध कैद फैसला भएको अदालतले जनाएको छ।...
मुग्लिन–पोखरा सडकको पोखरा खण्डमा सुरू भयो कालोपत्रे
प्रशासन, समाचार, समाज

मुग्लिन–पोखरा सडकको पोखरा खण्डमा सुरू भयो कालोपत्रे

नेपालअखबार, तनहुँ। मुग्लिन–पोखरा सडक योजनाको पश्चिम खण्डस्थित पोखरामा कालोपत्र गर्न सुरु गरिएको छ। कास्की र तनहुँको सिमाना कोत्रेदेखि पोखराको पृथ्वीचोक सेती पुलसम्मको १९ किलामिटरमध्ये पोखरा प्रवेशको लामेआहालमा हाल अस्पाल्ट कालोपत्रको काम सुरु भएको हो। आयोजना कार्यालयका सूचना अधिकारी इञ्जिनियर नारायण पौडेलले पोखरा–३२ लामेआहालबाट अस्पाल्ट कालोपत्रको काम सुरु गरिएको जानकारी दिए। उनका अनुसार यस क्षेत्रमा सुरुआतमा सात सय मिटर सडक कालोपत्र हुनेछ । अन्य बेस तयार भएका ठाउँमा समेत क्रमशः काम हुने उहाँको भनाइ थियो । ‘सबै ठाउँमा कालोपत्र गर्न तयारी भएको छैन । सडक सम्माउने लगायतका काम जारी छन् । बेस तयार भएका ठाउँमा कालोपत्र गर्न सुरु गरेका हौँ,’ उनल भने। मुग्लिन–पोखरा सडक आयोजनाको पूर्वी खण्डको तुलनामा पश्चिम खण्डको काम सुस्त छ । अहिले पोखरा खण्डको राजमार्ग क्षेत्रमा अधिकांश स्थानमा स्...
खाद्य कम्पनीसँग छैन खाद्यान्नको मौज्दात
प्रशासन, समाचार

खाद्य कम्पनीसँग छैन खाद्यान्नको मौज्दात

नेपालअखबार, काठमाडौँ । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग खाद्यान्नको मौज्दात सकिनै लाग्दा जोखिमपूर्ण अवस्थामा पुगेको देखिएको छ । भइपरी आउने प्राकृतिक प्रकोप, बाढी पहिरो, भूकम्प जस्ता विपत्तिमा खाद्यान्नको आपूर्ति व्यवस्था सहज बनाउन पर्याप्त मात्रामा खाद्यान्न मौज्दात राख्नुपर्ने व्यवस्था भए पनि कम्पनीसँग न्यून मात्र खाद्यान्न मौज्दात रहेको छ । समयमा खाद्यान्नको मौज्दात पर्याप्त राख्न नसक्दा आपत्कालीन अवस्था आइपरे खाद्यान्नको अभाव हुने देखिएको छ । कम्पनीको मुलुकभर रहेका अधिकांश गोदाम खाली छन् । सार्क खाद्य बैङ्कमा आठ हजार मेट्रिक टन र बफर स्टकमा २५ हजार मेट्रिक टन अनिवार्य रूपमा खाद्यान्न मौज्दात राख्नुपर्ने व्यवस्था भए पनि हाल कम्पनीसँग अहिले कुल आठ हजार ९६३ मेट्रिक टन खाद्यान्न मौज्दात छ । कम्पनीसँग खाद्यान्नको मौज्दात न्यून हुँदा भइपरी आउने समस्याका लागि खाद्यान्...
४५९ विदेशी नागरिक नेपालबाट निष्कासित
प्रशासन, समाचार

४५९ विदेशी नागरिक नेपालबाट निष्कासित

नेपालअखबार, काठमाडौँ । सन् २०२३ मा ४५९ विदेशी नागरिकलाई नेपालबाट निष्कासन गरिएको छ । आइतबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अध्यागमन विभागले सन् २०२३ मा ४५९ विदेशी नागरिकलाई विभिन्न कारणले नेपालबाट निष्कासन गरिएको जानकारी दिएको हो । विभागका महानिर्देशक रुद्रसिंह तामाङले सन् २०१७ मा ५५९,२०१८ मा ६७८,२०१९ मा ६७१,२०२० मा ३३२,२०२१ ३०८ र २०२२ मा ५७० जना विदेशी नागरिकलाई विभिन्न कारणले नेपालबाट निष्कासन गरिएको बताए । यस्तै उनले गैरआवसीय नेपाली नागरिकता लिएका नेपाली मूलका विदेशीहरुको भिसा शुल्क सम्बन्धमा स्पष्ट नभएकाले समस्या आएको बताए । विभागका अनुसार १७ बुँदे निर्देशनको कारण सन् २०२३ मा ६ हजार १३२ जना नेपाली नागरिक विमानस्थलबाट फर्काइएका छन् ।...
एकान्त स्थानमा सवारीसाधन पार्किङ नगर्न अनुरोध
प्रशासन, समाचार

एकान्त स्थानमा सवारीसाधन पार्किङ नगर्न अनुरोध

नेपालअखबार, काठमाडौं। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्रप्रसाद भट्टले एकान्त स्थानमा सवारीसाधन पार्किङ नगर्न आग्रह गरेका छन्। मोटरसाइकल चोरीको घटना बढेका कारण सुरक्षित स्थानमा मात्रै सवारी साधन पार्किङ गर्न उनले आग्रह गरेका छन्। हराएका मोटरसाइकल फेला पारी हस्तान्तरणको क्रममा बोल्दै एसएसपी भट्टले ह्वील लक, चेनलक, ह्याण्डि लक, डिस्कलक सहित सुरक्षा साइरन जडान नगर्दा पनि मोटरसाइकल चोरीको घटना बढेको उनले बताए। उनका अनुसार ६ महिनाको अवधिमा हराएका २५२ मोटरसाइकल फेला पारी कार्यालयले  सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरेको छ। विभिन्न मितिमा हराएका ती मोटरसाइकललाई चालु आर्थिक वर्षको ६ महिनामा ती मोटरसाइकल हस्तान्तरण गरिएको हो। कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा फेला परेका २५२ सवारीसाधन सम्बन्धित व्यक्तिलाई जिम्मा लगाएको कार्यालयका प्र...
प्रादेशिक अस्पताल गौरमा सुधारको निमित्त आवाज उठाउन खोज्दा यादव माथि दुर्ववहार
प्रशासन, समाचार, स्वास्थ्य

प्रादेशिक अस्पताल गौरमा सुधारको निमित्त आवाज उठाउन खोज्दा यादव माथि दुर्ववहार

नेपालअखबार, रौतहट। प्रादेशिक अस्पताल गौरमा सुधारको निमित्त आवाज उठाउन खोज्दा अध्यक्ष हास्मी र मेसु ठाकुरले यादव माथि दुर्ववहार  प्रादेशिक अस्पताल गौर रौतहटको सुधारका लागि पटक-पटक सुमक्ष ढंगले आवाज उठाउदै आएको सम्पूर्ण जिल्लाबासीलाई अवगत नै रहेको छ । हाम्रो जिल्ला यस्तै स्वास्थ क्षेत्रमा धेरै पछाडि परेको छ । जिल्लामा ठूलो अस्पतालको रूपमा प्रादेशिक अस्पताल गौर एकमात्र रहेको छ तर यहाँ राजनीतिक चहलपहलले अहिले पाउने पर्ने सेवासुविधा गरिब, निमुखा, मध्य वर्गको बिरामीहरूले नपाएर निजी अस्पतालहरूमा मोटो रकम तिर्न बाध्य भइरहेको प्रष्टै छ । लगभग ६ महिनादेखि राजनीति र व्यक्तिगत स्वार्थ सिद्ध गर्न मेसु विवादले प्रादेशिक अस्पताल गौर अहिले गाउँ -घरको आधारभूत अस्पताल भन्दा खराब अवस्था पुगेको छ । दक्ष डाक्टर, कर्मचारी भएपनि राम्रोसँग व्यवस्थापन हुन नसकेर कहिले स्वास्थ्यकर्मीहरू आफ्नो कामकाज बन्द गरिने सु...
अपहरण गरेर सात लाख फिरौती माग्ने २ जना पक्राउ
प्रशासन, समाचार

अपहरण गरेर सात लाख फिरौती माग्ने २ जना पक्राउ

नेपालअखबार, त्रिशूली । नुवाकोटको ककनी गाउँपालिका–४ का सूर्यबहादुर तामाङलाई अपहरण गरेर रु सात लाख फिरौती लिन आएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार पक्राउ पर्नेमा जिल्लाको ककनी गाउँपालिका–४ का राजकुमार तामाङ र शिवपुरी गाउँपालिका–८ का चन्द्रबहादुर तामाङ रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काकाअनुसार गत सोमबार राति बिरामी लिन आफ्नो घर काहुलेबाट ककनी जाने क्रममा सूर्यबहादुरलाई नियन्त्रणमा लिएर रु सात लाख फिरौती लिन आएका दुई जना पक्राउ परेका र सो घटनामा संलग्न अन्य फरार भएकाले उनीहरुको खोजी भइरहेको छ । “सूर्यबहादुरलाई अपहरण गरेर जिल्लाको पञ्चकन्या गाउँपालिका–५ मा पुर्याएर आफन्तसँग फिरौती माग्ने क्रममा रु सात लाख दिन सहमति भएपछि पीडित परिवारबाट त्यसको सूचना प्राप्त गरेका हौँ” उनले भने, “फिरौती बुझ्न आउने...
प्रहरी ऐनको विधेयक संसदमा दर्ता गर्ने तयारीमा : गृहमन्त्री  श्रेष्ठ
प्रशासन, राजनीति, समाचार

प्रहरी ऐनको विधेयक संसदमा दर्ता गर्ने तयारीमा : गृहमन्त्री श्रेष्ठ

नेपालअखबार, काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी समायोजनको प्रक्रिया टुंग्याउन प्रहरी समायोजन समितिको घोषणा गर्ने बताएका छन् । शुक्रबार अध्यागमन विभागको ई.भिसा अनलाइन भुक्तानी प्रारम्भ कार्यक्रमको सुरूवात गर्दै उनले यस्तो बताएका हुन् । उनले केही दिनभित्र प्रहरी समायोजन समितिको घोषणा गर्ने र प्रहरी समायोजनको प्रक्रिया अघि बढाउने पक्षमा रहेको बताए । उनले भने, ‘हामी केही समयपछि, प्रहरी समायोजन केही दिन भित्रैमा प्रहरी समायोजन समितिको घोषणा गर्ने र प्रहरी समायोजनको प्रक्रिया अघि बढाउने पक्षमा छौँ ।’ उनले नेपाल प्रहरी ऐनको विधेयक तयार भइसकेकाले अब मन्त्रिपरिषद्‌बाट पास गरी संसदमा दर्ता गर्ने तयारी मन्त्रालयले गरिरहेको पनि बताए । ‘नेपाल प्रहरी ऐनको विधेयक तयार भइसकेको छ। अब मन्त्रिपरिषद्मा पठाएर यही संसदमा हामी पठाउँदै छौँ ।’ उनले भने । उनले ०७६ सालमा पारित ...
त्रिविको उपकुलपति पदमा आवेदन दिएकामध्येबाट १४ जनाको संक्षिप्त सूची सार्वजनिक
प्रशासन, शिक्षा, समाचार

त्रिविको उपकुलपति पदमा आवेदन दिएकामध्येबाट १४ जनाको संक्षिप्त सूची सार्वजनिक

नेपालअखबार, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को उपकुलपति (भीसी)का लागि आवेदन दिएकाहरुमध्येबाट १४ जना संक्षिप्त सूचीमा परेका छन् । उपकुलपति छनोट तथा सिफारिस समितिले १४ जनाको नाम संक्षिप्त सूचीमा राखेको हो । यसअघि कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खुला प्रतिस्पर्धाको आधारमा उपकुलपति छनोट प्रक्रिया अघि बढाउन निर्देशन दिएपछि सहकुलपतिसमेत रहेका शिक्षामन्त्री अशोक कुमार राई नेतृत्वको सिफारिस समितिले पुस तेस्रो साता आवेदन माग गरेको थियो । उपकुलपति पदका लागि २ महिला र ४१ पुरुष गरी ४३  जनाको आवेदन परेको थियो । ती ४३ जनामध्येबाट सिफारिस समितिले १४ जनाको संक्षिप्त सूची सार्वजनिक गरेको हो । वर्णानुक्रम अनुसार सार्वजनिक गरिएको सूचीमा कुशुम शाक्य, केशरजंग बराल, गोविन्द सुवेदी, चित्रबहादुर बुढाथोकी, ज्ञानेन्द्रप्रसाद पौड्याल, टंकनाथ धमला, तीर्थराज खनियाँ, नारायणप्रसा...
नेपाल प्रहरीले माग्यो १ हजार ८५६ जवान र खेलाडी
प्रशासन, समाचार

नेपाल प्रहरीले माग्यो १ हजार ८५६ जवान र खेलाडी

नेपालअखबार, काठमाडाैं। नेपाल प्रहरीले २ हजारभन्दा बढी प्रहरीका लागि दरखास्त आह्वान गरेको छ। शुक्रबार प्रहरी प्रधान कार्यालयले सूचना प्रकाशन गर्दै प्रहरी जवानदेखि  भान्छे, हजाम, कुचीकार र खेलाडीका लागि दरखास्त आह्वान गरेको हो। जस अन्तर्गत प्रहरी जवानका लागि १ हजार ८५६ जना, ५३ जना भान्छे, ७ जना हजाम, २० जना कुचिकार र १४ जना खेलाडी माग गरिएको छ। खेलाडीतर्फ एथ्लेटिक्स, उसु, भारोत्तोलन, कराँते, तेक्वान्दो, भलिबल, फुटबल, टेबल टनिस र बक्सिङ विधातर्फका खेलाडीहरूले मात्र दरखास्त दिन सक्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ। इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले  फागुन २ गतेदेखि चैत ९ गतेसम्म तोकिएको प्रहरी कार्यालयमा उपस्थित भई दरखास्त दिन सक्नेछन्।...