Thursday, October 8

प्रशासन

अरुण चौधरीसहित ३ जनालाई थप २ दिन हिरासतमा राख्न अनुमति
प्रशासन, समाचार

अरुण चौधरीसहित ३ जनालाई थप २ दिन हिरासतमा राख्न अनुमति

नेपालअखबार, काठमाडाैं । बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको १० रोपनी जग्गा प्रकरणमा पक्राउ परेका अरूण चौधरीसहित तीन जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको छ। सरकारी जग्गा निजी बनाएको मुद्दामा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले तत्‍कालीन च्याम्पियन फुटवेयर लिमिटेडका सञ्चालक एवं व्यवसायी अरूण चौधरी, बाँसबारी जुत्ता कारखाना लिमिटेडका कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापा र चाँदवाद रेसिडेन्सी प्रालिका सञ्चालक सञ्जय ठाकुरलाई गत बुधबार पक्राउ गरेको थियो। उनीहरूलाई सोमबार म्याद थपका लागि काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यसमक्ष पेस गरिएको हो। आचार्यको इजलासले उनीहरूलाई थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्‍थीले जानकारी दिए। त्यसअघि बुधबार अदालतमा पेस गर्दा अदालतले चार दिनको अनुमति दिएको थिय...
मालढुङ्गा–बेनी सडक : एक महिनामा प्रगति नदेखिए ठेक्का तोड्ने चेतावनी
प्रशासन, समाचार

मालढुङ्गा–बेनी सडक : एक महिनामा प्रगति नदेखिए ठेक्का तोड्ने चेतावनी

नेपालअखबार, पर्वत । कालीगण्डकी करिडोर आयोजनाअन्तर्गत मालढुङ्गा–बेनी सडक निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीलाई प्रगति देखिने गरी काम गर्न एक महिनाको समय दिइएको छ । काम सक्नुपर्ने अवधि सकिएर पटकपटक म्याद थप गर्दा कामको प्रगति नदेखिएपछि अन्तिम चेतावनीका रुपमा एक महिनाको समय दिइएको मालढुङ्गा–बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालय जोमसोमले जनाएको  छ । सडक निर्माणमा भएको ढिलासुस्तीका विषयमा जानकारी लिन दुई हप्ताअघि भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले स्थलगत अवलोकन गरेका थिए । त्यस क्रममा उनले एक हप्ताभित्र समस्या समाधान गरेर सडक निर्माणलाई गति दिने आश्वासन दिएको भए पनि सडक निर्माणले गति लिन भने सकेको छैन । मन्त्री ज्वालाको निर्देशनपछि आयोजना कार्यालयले ठेकेदार कम्पनीका प्रतिनिधिसँग छलफल गरेको छ । छलफलका क्रममा एक साताभित्र मजदुर र उपकरण थप गरेर निर्माणलाई तीव्रता दिने स...
राष्ट्र बैंकले सोमबार १२ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने
अर्थ, प्रशासन, समाचार

राष्ट्र बैंकले सोमबार १२ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने

नेपालअखबार, काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबार १२ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । माघ २३ गते जारी गर्ने गरी केन्द्रीय बैंकले १८२ दिने र ३६४ दिने गरी दुई किसिममा उक्त ट्रेजरी बोलकबोल गर्न लागेको हो । तथापि, मङ्गलवार जारी हुने ट्रेजरी नयाँ नभएर यसअघि नै बिक्री भएको पुरानै ट्रेजरीको नवीकरण गर्न लागिएको केन्द्रीय बैंकले जनाएको छ । बैंकको सूचनाअनुसार १८२ दिने ट्रेजरीका लागि ७ अर्ब रुपैयाँ नवीकरण हुनेछ भने ३६४ दिनेका लागि ५ अर्ब रुपैयाँ नवीकरण हुनेछ । इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले सोमबार अर्थात् माघ २२ गते दिउँसो ३ बजेसम्म अनलाइन आवेदन दिइसक्नुपर्नेछ । उक्त ट्रेजरीको बिक्री भने माघ २३ गते मङ्गलवार हुनेछ । केन्द्रीय बैंकले यसअघि माघ १५ गते १९ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।...
पशुपति क्षेत्रको जग्गा हडपेर बनाइएका संरचनाको खोजी
प्रशासन, समाचार

पशुपति क्षेत्रको जग्गा हडपेर बनाइएका संरचनाको खोजी

नेपालअखबार, काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले आराध्यदेव पशुपतिनाथ क्षेत्रमा रहेको सरकारी जग्गा हडपेर निर्माण गरिएका भौतिक संरचना हटाउने भएको छ ।  कोषको यही माघ १६ गते बसेको बोर्ड बैठकले पशुपति क्षेत्रको जग्गा हडपेर बनाइएका भौतिक संरचना हटाउने निर्णय गरेसँगै अहिले विकास कोषसहित काठमाडौँ महानगरको प्राविधिक टोली जग्गाको सिमाङ्कनसहित खोजी कार्यमा जुटेको हो । कोषका प्रवक्ता रेवतीरवण अधिकारीले भने, “शुक्रबारदेखि महानगरको  प्राविधिक टोलीको सहयोगमा हामीले जग्गा हडपेर बनाएका व्यक्तिगत घर तथा संरचनाको सीमाङ्कनसहित खोजी कार्य सुरु गरेका छौँ । एकरदुई दिनमा सीमाङ्कन र जग्गा खोजी काम सकेर त्यस्ता संरचनालाई भत्काइने छ ।” कामपा–८ गाँचा पोखरीमा तीन रोपनी छ आना एक पैसा, वडा नं ३ भगवानस्थानमा तीन रोपनी आठ आना जग्गा र सिफलस्थित लामा पोखरीमा अधिग्रहण गरी व्यक्तिले भोगचलन गर्दै आएको प्रवक्ता अधिकारीले...
श्रीमती र छोराको हत्या अभियोगमा प्रहरी जवान पक्राउ
अपराध, प्रशासन, समाचार

श्रीमती र छोराको हत्या अभियोगमा प्रहरी जवान पक्राउ

नेपालअखबार, दाङ । दाङमा एक प्रहरी जवान श्रीमती र छोराको हत्या अभियोगमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत ३२ वर्षीय प्रहरी जवान पिमलाल नेपालीले २२ वर्षीया श्रीमती टीका विक र अढाइ वर्षीय छोरा सुशान्त नेपालीको हत्या गरेको अभियोगमा नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिए । नेपालगञ्जबाट श्रीमती आएकी छिन् भनी शनिबार राति कार्यालयबाट बिदा मागेर गएका नेपाली घोराहीको सहिद गेटस्थित सुपरलज होटलको कोठा नं १ मा बास बसेका थिए । आज बिहान ७ बजेतिर आपसी विवाद भएपछि सलले घाँटी कसेर श्रीमती र छोराको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । श्रीमती र छोराको हत्यापछि उनी आफैँ प्रहरी कार्यालयमा उपस्थित भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक मल्लले बताए । नेपालीको घर रुन्ट...
जलेश्वर कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी
प्रशासन, समाचार

जलेश्वर कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी

नेपालअखबार, महोत्तरी । जिल्ला सदर मुकाम जलेश्वरस्थित कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी राखिएका छन् ।   जलेश्वर नगरपालिकाको वडा नं १ स्थित सो कारागारमा दुई सय कैदीबन्दी राख्ने क्षमता भएपनि छ सय दुई राखिएका छन् । जलेश्वर कारागार कार्यालय महोत्तरीका प्रवक्ता रवीनचन्द्र ठाकुरले  कारागारभित्रका कैदीबन्दीमा विभिन्न समस्या उत्पन्न हुन थालेको बताए। विसं १९१३ मा एक बिघा क्षेत्रफलमा निर्माण भएको दशकौँ पुराना सो कारागारको भौतिक संरचना पनि जीर्ण बनेको जनाइएको छ ।  उनले कारागारमा हाल ३८  विदेशी (भारतीय)सहित छ सय दुई कैदीबन्दी बस्दै आएका बताए । लामो समयदेखि मर्मतसम्भार नहुँदा कारागारमा वर्षाका समयमा पानी चुहिने, गर्मीको समयमा अत्यधिक गर्मी हुने र जाडोको बेला अत्यधिक जाडो भएर कैदीबन्दीको बसाइ कष्टकर हुने गरेको जनाइएको छ । अहिले कैदीबन्दीलाई सुत्ने, बस्ने, खाने तथा शौचालय र पानीको समेत सम...
कर्मचारीका लागि नयाँ मापदण्ड ल्याउँदै सरकार
प्रशासन, समाचार

कर्मचारीका लागि नयाँ मापदण्ड ल्याउँदै सरकार

नेपालअखबार, काठमाडौँ । सङ्घीय कार्यालयमा अड्डा जमाएर बसेका कर्मचारीलाई स्थानीय तहमा गएर अनिवार्य सेवा गर्नैपर्ने गरी सरकारले नयाँ मापदण्ड ल्याउँदै छ। नियमित रूपमा तीन वर्षसम्म सङ्घीय सरकारका कार्यालयमा बसेर सेवा गरेका कर्मचारीलाई स्थानीय तहमा सेवा गर्नैपर्ने गरी स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत खटाउनेसम्बन्धी नयाँ मापदण्ड ल्याउन लागिएको हो। यसको तयारी कार्य अन्तिम चरणमा पुगेको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले स्वीकृत गरेपछि केही दिनभित्रमै उक्त मापदण्ड कार्यान्वयनमा ल्याइने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। सङ्घीय निजामती सेवा ऐन जारी हुन ढिलाइ हुँदा सरकारले स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत खटाउनेसम्बन्धी नयाँ मापदण्ड निर्माण गरी लागु गर्न लागेको छ। मन्त्रालयका सहसचिव सुमन दाहालले केही कर्मचारी पहुँचका भरमा सङ्घमै बसिरहने र केही कर...
केहि व्यक्तिले भ्रामक खबर सम्प्रेशन गरी कार्यालयलाई बदनाम गर्ने काम गर्यो : कार्यालय प्रमुख दास
प्रशासन, समाचार

केहि व्यक्तिले भ्रामक खबर सम्प्रेशन गरी कार्यालयलाई बदनाम गर्ने काम गर्यो : कार्यालय प्रमुख दास

मेवालाल यादव , रौतहट। रौतहट यातायात व्यवस्था सेवा कार्यालय गौर रौतहटका प्रमुख अरविन्द दासले आफना कार्यालयका बारेमा केहि सञ्चारमाध्यममा आएको भ्रामक खबरप्रति आफना गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । यातायात कार्यालय गौरमा रातिमै परीक्षा र ट्रायल हुने गरेको तथा मोटरसाइकल एवं चारपांग्रे सवारी साधनको लाइसेन्सका लागि छुट्टा–छुट्टै शुल्क लिने गरेको भनी केहि सञ्चारमाध्यममा आएको खबरमा कुनै सत्यता नरहेको कार्यालय प्रमुख दासले बताएका छन् । केहि व्यक्तिले व्यक्तिगत प्रतिसोध साध्न सञ्चारमाध्यममा झूठा, भ्रामक र कपोकल्पीत खबर सम्प्रेशन गराएर कार्यालयलाई बदनाम गराउने काम गरेको दासले बताए । आफना प्रतिक्रिया समेत नराखी एकहोरो ढंगले हुदै नभएको जथाभावी कुरा लेखेर समाचार समप्रेशन गर्नु कतिको उचित हो भनी उनले प्रश्न गरे । आफना प्रतिक्रिया समेत नराखी एकतर्फि ढंगले झूठो समाचार सम्प्रेशन गरी कार्यालयलाई बदनाम ...
गण्डकीमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु
प्रशासन, समाचार

गण्डकीमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु

नेपालअखबार, पोखरा । गण्डकी प्रदेशमा आजदेखि प्रदेश स्तरीय सुरक्षा गोष्ठी सुरु भएको छ । सुरक्षाका चुनौती र समाधानका लागि चाल्नुपर्ने कदमबारे गोष्ठीमा छलफल हुनेछ । २ दिन चल्ने गोष्ठीको गृहमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गरेका छन् ।
हेलिकप्टरमार्फत सुत्केरीको उद्धार
प्रशासन, समाचार, समाज

हेलिकप्टरमार्फत सुत्केरीको उद्धार

नेपालअखबार, संखुवासभा। संखुवासभा जिल्ला अस्पतालबाट गर्भवती र सुत्केरीको उद्धार गरिएको छ। एक गर्भवती र एक सुत्केरीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत बिहीबार उद्धार गरिएको हो। जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विमल पौडेलका अनुसार राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत दुवैजनाको उद्धार गरिएको हो। पाँचखपन नगरपालिका–३ की सुत्केरी २५ वर्षीया विना मगर र खाँदबारी नगरपालिका–११ खर्तुवाकी गर्भवती सपना राईको हेलिकप्टरमा उद्धार गरिएको हो। दुवैजनालाई काठमाडौँ लगिएको छ। सरकारले दुर्गम भेगमा जोखिममा परेका गर्भवती र सुत्केरीको हेलिकप्टरमा निःशुल्क उद्धार गर्दै आएको छ। गर्भवती राईको गर्भमै शिशुको मृत्यु भएको थियो। अत्यधिक रक्तस्राव भएपछि उनलाई थप उपचारका लागि काठमाडौँ ‘रेफर’ गरिएको जिल्ला अस्पतालका मेडिकल अधिकृत विकास आर्चायले जानकारी दिए। त्यसैगरी, सुत्केरी मगर र उनको शिशुको स्वास्थ्यम...