Saturday, October 10

प्रशासन

नेपाल वायुसेवा निगमका ३ वटा जहाज किन्न बोलपत्र आह्वान
प्रशासन, समाचार

नेपाल वायुसेवा निगमका ३ वटा जहाज किन्न बोलपत्र आह्वान

नेपालअखबार, काठमाडौं । नेपाल वायुसेवा निगमले नयाँ जहाज किन्न बोलपत्र आह्वान गरेको छ । निगमले सार्वजनिक गरेको सूचनामा तीनवटा जहाज किन्न बोलपत्र आह्वान गरिएको छ । आइतबार २२ अक्टुबरमा खुलाइएको बोलपत्रको अन्तिम म्याद ५ डिसेम्बरसम्म छ । नेपाल वायुसेवा निगमको संरचनात्मक एवम् व्यवस्थापकीय अध्ययन तथा सिफारिस समितिले नेपाल एयरलाइन्सको सोल्टी होटलमा रहेको सेयर बेचेर जहाज खरिदमा लगानी गर्न सुझाव दिएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले प्रतिनिधि सभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा दुर्गम क्षेत्रका विमानस्थलमा उडान भर्नका लागि तीन थान ट्वीनअटर जहाज खरिद गर्ने अन्तिम तयारीमा रहेको जनाकारी दिएका थिए । उनका अनुसार निगमले आन्तरिकतर्फ २२ गन्तव्यमा सेवा दिनेगरी जहाज खरिदको प्रक्रिया अघि बढाएको छ । नेपाल वायु सेवा निगमसँग हाल आन्तरिक उडानमा द...
दसैंको मुखमा प्रमुख प्रशासकीय अधिकृत बिना जानकारी घर हिँडेपछि…
प्रशासन, समाचार

दसैंको मुखमा प्रमुख प्रशासकीय अधिकृत बिना जानकारी घर हिँडेपछि…

नेपालअखबार,खोटाङ । खोटाङ दिप्रुङ चुइचुम्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज रेग्मी बिना जानकारी घर हिँडेपछि दसैंअगाडि भुक्तानी गर्नुपर्ने कर्मचारीको तलब तथा निर्माण व्यवसायीको भुक्तानी रोकिएको छ। हालै सरूवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत रेग्मी निमित्त नतोकी तथा बिना जानकारी सोमबार बिहानै घर हिँडेपछि सबै काम रोकिएको गाउँपालिकाका सूचना अधिकारी पिएसपी चाम्चिङले बताए। दसैंअगाडि भुक्तानी पाउनुपर्ने तलब भुक्तानी नै नगरी रेग्मी कार्यालय छाडेर घर हिँडेपछि अन्य कर्मचारी आक्रोशित बनेका छन्। बिनाजानकारी कार्यालय छाडेर हिँडेका रेग्मीलाई २४ घण्टाभित्र कार्यालयमा हाजिर हुन निर्देशन दिएको गाउँपालिका प्रमुख लोकेन्द्र राईले जानकारी दिए। ‘कर्मचारीले दसैंअगाडि पाउनुपर्ने तलब पाएका छैनन्। काम सम्पन्न गरेका निर्माण व्यवसायीको भक्तानी दसैंअगाडि नै भुक्तानी गर्नुपर्ने छ। यति धेरै काम अलपत्र ...
गेटा मेडिकल कलेजले बुधबारदेखि अस्पताल सञ्चालन गर्दै
प्रशासन, समाचार, स्वास्थ्य

गेटा मेडिकल कलेजले बुधबारदेखि अस्पताल सञ्चालन गर्दै

नेपालअखबार, धनगढी । कैलालीको गेटा मेडिकल कलजेले बुधबारदेखि अस्पताल सञ्चालनमा ल्याउने भएको छ । मेडिकल कलेज सञ्चालनका लागि निर्माण गरिएका संरचनामा न्यूनतम स्वास्थ्य सेवासहितको अस्पताल सञ्चालनमा ल्याउन लागिएको हो । गेटा मेडिकल कलेज अस्पतालका निर्देशक डाक्टर प्रमोद जोशीले बुधबार (भोलि) देखि आधारभूत स्वास्थ्य सेवासहितको अस्पताल सञ्चालन गरिने जानकारी दिए । सरकारले गेटामा एक सय शय्याको अस्पताल सञ्चालनका लागि स्वीकृती दिएको भए पनि तत्काललाई आधारभूत सेवासहितको अस्पताल सञ्चालन गर्न लागिएको निर्देशक जोशीले बताए । आधारभूत उपचार सेवा दिनका आवश्यक तयारी सकिएको सकेको अस्पतालले जनाएको छ । स्वास्थ्य सेवा विभागले आधारभूत सेवा सञ्चालन गर्न गेटा मेडिकल कलेजललाई आवश्यक पर्ने उपकरण उपलब्ध गराइसकेको छ । बुधबारदेखि ओपीडी सेवा दिने अस्पतालले क्रमशः आकस्मिक सेवा, आईसीयू सेवा, हाडजोर्नी तथा नसारोग, जनरल सर्...
७ लाख बढी स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ
प्रशासन, समाचार

७ लाख बढी स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ

नेपालअखबार, सप्तरी । ७ लाख बढी स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ परेका छन्। सप्तरी रूपनी नगरपालिका-१ खाडोपुलमा प्रहरीले दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिए। अग्निसाइर कृष्णसवरण नगरपालिका-२ बस्ने २७ वर्षीया सिमा भन्ने सागरकुमारी चौधरी र लहान नगरपालिका-१ बस्ने २६ वर्षीया चन्दा चौधरीलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरूबाट ७ लाख ८६ हजार ५०० रुपैयाँ स्रोत नखुलेको नगद बरामद भएको हो। विशेष सूचनाको आधारमा सोमबार खटिएको प्रहरीको टोली खटिएको थियो।  चेकिङ गर्नेक्रममा पूर्व जाँदै गरेको प्र.१-००-४८ प ३०९० नम्बरको स्कुटरको डिक्कीमा ७ लाख ५० हजार नगद र चालक सागरकुमारी चौधरीबाट ३६ हजार ५०० रुपैयाँ बरामद भएको हो। उनीहरूमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।...
जिउँदो खसीबोकाको मूल्य प्रतिकिलो ६७० र जिउँदो च्याङ्ग्राको १२५० रुपैयाँ
अर्थ, प्रशासन, समाचार

जिउँदो खसीबोकाको मूल्य प्रतिकिलो ६७० र जिउँदो च्याङ्ग्राको १२५० रुपैयाँ

नेपालअखबार, काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले मंगलवारदेखि खसीबोका र च्याङ्ग्रा बिक्री गर्न सुरू गरेको छ । व्यापार कम्पनीले खसीबोका र च्याङ्ग्रा सोमवार काठमाडौंमा ल्याएसँगै मंगलबारदेखि सहुलियत मूल्यमा बिक्री सुरू गएको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले व्यापार कम्पनीले बजार मूल्य भन्दा केही सस्तो मूल्यमा जनतालाई सहुलियत रुपमा खसीबोका बिक्री गर्न लागेको बताए । उनले भने, ‘यो वर्ष सरकारले २ हजार खसीबोका र एक हजार च्याङ्ग्रा ल्याउने बजेट थियो । त्यही बजेट अनुसार हेटौडाबाट र तुलसीपुर दाङबाट खसी बोका खरिद गरेर ल्याई रहेका छौं । धेरै जसो आईपुगि सकेको छन् । त्यस्तै च्याङ्ग्रा पनि आइसकेका छन् । खसीबोका र च्याङ्ग्राको मूल्यको कुरा गर्दा ढुवानी भाडामा वृद्धि भए पनि जनतालाई सहुलियत होस् भनेर गत वर्षकै दरमा हामीले मूल्य निर्धारण गरेका छौ...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना विदेशी नागरिक पक्राउ
प्रशासन, समाचार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना विदेशी नागरिक पक्राउ

नेपालअखबार, काठमाडाैं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ठूलो रकमसहित चिनियाँ मुलका भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चीनको सिचुआन प्रान्तबाट आएका थिन्ले छोदेन रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख तथा डिआइजी अर्जुन चन्द ठकुरीले जानकारी दिए। उनका अनुसार मंगलबार दिउँसो चीनको सिचुआन प्रान्तबाट आइ दिल्ली जान लागेको अवस्थामा छोदेनलाई १६ हजार ४३० अमेरिकी डलर, ५४ हजार ४५१ चिनियाँ युआन र पाँच हजार भारतीय रुपैयाँसहित पक्राउ गरिएको हो। छोदेनलाई प्रहरी वृत्त गौशालामा राखी आवश्यक अनुसन्धान सुरू गरिएको प्रहरीको भनाइ छ। पक्राउ परेका छोदेनसँग भारतीय राहदानी भएको डिआइजी ठकुरीले बताए। छोदेनबाट प्रहरीले बरामद गरेको रकम नेपाली रुपैयाँ अनुसार ३१ लाख ५० हजार बराबर रहेको जनाइएको छ।...
मेलम्ची खानेपानी आयोजनाको मुहान सारिने
प्रशासन, समाचार, समाज

मेलम्ची खानेपानी आयोजनाको मुहान सारिने

नेपालअखबार, काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको मुहान ( हेडवर्क्स) सारिने भएको छ । अहिले सिन्धुपाल्चोकको हेलम्बुमा रहेको हेडवर्क्स सो क्षेत्रको भूबनोट तथा बाढीपहिरोको जोखिमका कारण सार्नुपर्ने भएको मेलम्ची खानेपानी आयोजना विकास समितिले जनाएको छ । समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले एसियाली विकास बैङ्क (एडिबी) ले गरेको अध्ययन प्रतिवेदनका आधारमा आयोजनाको हेडवर्क्स अहिले भएको स्थानभन्दा करिब एक किलोमिटर माथि सार्नुपर्ने भएको जानकारी दिए। एडिबी सो आयोजनाको दातृ निकाय हो । मेलम्ची खोलामा आएको पटक पटकको बाढीपहिरोले सो हेडवर्क्स क्षतिग्रस्त हुँदै आएको छ । पन्तले भने, “बैङ्कले आयोजनालाई अध्ययन प्रतिवेदन बुझाइसकेको छ । अब सो सम्बन्धमा काम अगाडि बढाउन सरकारले निर्णय गर्नु पर्छ। निर्णयपछि नयाँ हेडवर्क्स बनाउन सिफारिस गरिएको ठाउँको भौगर्भिक अध्ययनका साथै विस्तृत परियोजना प्रतिवेदन ...
मुस्ताङका १ हजार जनाले लिए चीन छिर्ने पास
प्रशासन, समाचार, समाज

मुस्ताङका १ हजार जनाले लिए चीन छिर्ने पास

नेपालअखबार, पोखरा । मुस्ताङका करिब १ हजार जना नागरिकले चीन प्रवेश गर्ने पास पाएका छन् । इलाका प्रशासन कार्यालय लोमान्थाङ र चराङबाट पास वितरण गरिएको हो । लोमान्थाङबाट ६ सय ५० जनाले पास लिएका छन् भने चराङबाट ३ सय ४८ हाराहारीले पास पाएका बताइएको छ । यहाँका नागरिकहरू कोरला नाका हुँदै चीन जान पाउँछन् । लोमान्थाङ र लो घेकर दामोदर कुण्ड गाउँपालिकाका बासिन्दालाई बोर्डर पास वितरण गरिएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए । ‘अहिले १ हजार नेरोघेरोमा पास वितरण भएको छ । केही नागरिकहरू छुट्नुभएको छ । फर्म बुझाएर उहाँहरू पोखरा झर्नुभएकोले रोकिएको हो,’ उनी भन्छन्, ‘सशरीर उपस्थित नहुँदासम्म पास दिँदैनौँ ।’ उनले अहिले पास लिन अन्य कारणले छुटेको भए पनि पुनः अनुकूल समयमा वितरण गरिने बताए । ‘अहिले छुटेकालाई अनुकूल समय मिलाएर पुनः वितरण गर्छौँ,’ उनले भने, ‘२ पालिकाका नागरिकले प्रमाण...
सर्लाहीका उखु किसानले अनुदानबापतको २९ करोड पाएनन्
अर्थ, कृषि, प्रशासन, समाचार

सर्लाहीका उखु किसानले अनुदानबापतको २९ करोड पाएनन्

नेपालअखबार, सर्लाही। सर्लाहीका उखु उत्पादन किसानले पाउनुपर्ने रु २९ करोडभन्दा बढी अनुदानबापतको रकम उखु बेचेको सात महिना हुँदा पनि पाउन नसकेको गुनासो गरेका छन् । जिल्लामा सञ्चालनमा रहेका तीनवटा चिनी उद्योगलाई रु ४१ लाख क्विन्टलभन्दा बढी उखु बेचेका किसानले राज्यले उपलब्ध गराउनुपर्ने अनुदानबापतको प्रतिक्विन्टल रु ७० का दरले रु २९ करोड २५ लाख ५२ हजार सात सय ४९ उखु बेचेको सात महिना हुँदासमेत नपाएको नेपाल उखु उत्पादक किसान महासङ्घका अध्यक्ष कपिलमुनी मैनालीले जानकारी दिए । उनका अनुसार दसैँको मुखमा पनि उखु बेचेको अनुदानबापतको रकम नपाउँदा जिल्लाका किसान निराश भएका छन् । उखु बेचेको अनुदानबापतको रकम नदिँदा जिल्लाका उखु उत्पादन किसानमा दसैँ कसरी मनाउने भन्ने चिन्ता बढेको अध्यक्ष मैनालीले बताए । जिल्लाका इन्दुशङ्कर चिनी उद्योग हरिवन, महालक्ष्मी चिनी उद्योग बगदह र अन्नपूर्ण चिनी उद्योग धनकौललाई...
कर्मचारी आन्दोलन : सरकार र आन्दोलनरत कर्मचारीबिच १९ बुँदे सहमति
प्रशासन, समाचार

कर्मचारी आन्दोलन : सरकार र आन्दोलनरत कर्मचारीबिच १९ बुँदे सहमति

नेपालअखबार, काठमाडौँ । सरकार र आन्दोलनरत स्थानीय तहका कर्मचारीबिच १९ बुँदे सहमति भएको छ । विभिन्न २० बुँदे माग राखेर काठमाडौँमा आन्दोलनरत कर्मचारी र सरकारबिच तीन चरणको वार्तापछि शनिबार राति सहमति जुटेको हो । कर्मचारीसँग वार्ता गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव कमल प्रसाद भट्टराईको संयोजकत्वमा चार सदस्यीय वार्ता टोली गठन भएको थियो । आन्दोलनरत कर्मचारीका तर्फबाट दीपक गौतमको नेतृत्वमा टिम थिए । आन्दोलनरत कर्मचारीले सङ्घीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा राखिनुपर्ने माग राख्दै आएका थिए । वार्तामा सङ्घीय निजामती सेवा ऐनमा सङ्घ, प्रदेश र स्थानीय सेवाको कर्मचारीको सेवा सर्तका विषयमा न्यूनतम मापदण्ड समावेश गर्ने सहमति भएको छ । स्थानीयका कर्मचारीहरूलाई निजामतीको परिभाषाभित्र समावेश गर्नुपर्ने मागमा प्रदेश कानुन निर्माण गर्दा मन्त्रालयले पहल गर्ने ...