Friday, August 7

प्रशासन

फालेलुङमा प्रहरी चौकी स्थापना
प्रशासन, समाचार

फालेलुङमा प्रहरी चौकी स्थापना

नेपालअखबार, पाँचथर। पाँचथरको फालेलुङ गाउँपालिकास्थित थकेपुङमा प्रहरी चौकी स्थापना गरिएको छ। प्रहरी सहायक निरीक्षकको नेतृत्वमा १५ जनाको दरबन्दी रहने गरी चौकी स्थापना गरिएको हो। हाल ६ प्रहरी मात्र कार्यरत छन्। मन्त्रिपरिषद्को २०७६ असोज ७ गतेको बैठकले उक्त स्थानमा प्रहरी चौकी स्थापना गर्ने निर्णय गरेको हो। सोही निर्णयबमोजिम बुधबार प्रहरी चौकी उद्घाटन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए। फालेलुङ गाउँपालिकाको केन्द्र रहेको सो स्थानमा यसअघि प्रहरी चौकी थिएन। गाउँपालिकाको सेवा केन्द्रमा सुरक्षाको प्रबन्ध नहुँदा नजिकै रहेको इलाका प्रहरी कार्यालय मेमेङले यहाँ सुरक्षा प्रदान गर्दैआएको थियो। यहाँ घरभाडामा लिई प्रहरी चौकी स्थापना गरिएको हो। फालेलुङ गाउँपालिका स्थापना हुँदा यसको केन्द्र गाउँपालिकाको वडा नं ३ मच्छेबुङ तोकिएको थियो। यहाँ जनप्रतिनिधि निर्...
तातोपानी नाका आजदेखि सर्वसाधारणका लागि खुला
प्रशासन, समाचार

तातोपानी नाका आजदेखि सर्वसाधारणका लागि खुला

नेपालअखबार, काठमाडाैं। शुक्रबारबाट तातोपानी नाकामा स्थानीय सर्वसाधारणले आवतजावत गर्न पाउने भएका छन्। चिनियाँ अधिकारी र नेपाली अधिकारीहरूबीच गत मंगलबार तिब्बतको ल्हासामा भएको बैठकमा नाका आजदेखि सर्वसाधारणका लागि पनि खुलाउने सहमति भएको र सोही अनुसार नाका खुल्ने सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी (सिडओ) रमेश न्यौपानेले जानकारी दिए। नाका सञ्चालनबारे कुनै औपचारिक कार्यक्रम भने राखिएको छैन। सिडिओ न्यौपानेका अनुसार दुबै देशका नागरिकले आवतजावतका लागि पास पाउनेछन्। नेपालीका लागि उक्त पास कोदारीस्थित अध्यागमन विभागले जारी गर्छ। जिल्लाभित्रका नागरिकले पाउने पासको अवधि एक वर्ष हुन्छ। नाकामार्फत आवतजावत गर्नेहरुलाई निश्चित ठाउँसम्म पुग्ने अनुमति हुन्छ। तोकिएको ठाउँभन्दा अन्य ठाउँमा जान नपाउने सिडिओ न्यौपानेले जानकारी दिए। २०७२ सालको भुकम्पयता तातोपानी नाका बन्द हुँदै आएकोमा तीन महिनाअ...
महरालाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
प्रशासन, समाचार

महरालाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

नेपालअखबार, काठमाडाैं। इलेक्ट्रोनिक भेपमा सुन लुकाएर ल्याउने गिरोहसँग साँठगाँठ रहेको आरोपमा पक्राउ परेका राहुल महरामाथि छानबिन गर्न पाँच दिन म्याद थप भएको छ। बुधबार काठमाडौं जिल्ला अदालतले उनलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई अनुमति दिएको अदालतका स्रेस्तेदार कौशलेश्वर ज्ञवालीले  जानकारी दिए। 'अपराह्न अदालत ल्याइएको थियो, उनलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको छ,' उनले भने। नेकपा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले आज दिउँसो पक्राउ गरेको थियो। उनीविरूद्ध संगठित अपराधमा अनुसन्धान हुने केन्द्रीय प्रवक्ता डिआइजी कुवेर कडायतले जानकारी दिए। बुधबार नै राहुल आफैंले सिआइबी जान लागेकोबारे सामाजिक सञ्जालमार्फत् जानकारी दिएका थिए...
ठग बहादुरविरुद्ध १८ लाखको भ्रष्टाचार मुद्दा
अपराध, प्रशासन, समाचार

ठग बहादुरविरुद्ध १८ लाखको भ्रष्टाचार मुद्दा

नेपालअखबार, काठमाडौँ । सेवाग्रहीबाट सुन समातेर पैसा र चेक लिएपछि मात्रै फिर्ता दिन खोज्ने तत्कालीन इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठकबहादुर केसीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । प्रहरी महानिरीक्षकको सचिवालयको टोलीले केसीलाई कार्यालयमै सुन, नगद र चेकसहित नियन्त्रणमा लिएको थियो । रुपन्देहीस्थित बुटवल उप–महानगरपालिका अन्तर्गत हाटबजार नजिकबाट सेवाग्राहीको सुन लिएर गएका डिएसपी केसीले फिर्ता गरेका थिएनन् प्रहरी प्रधान कार्यालयको प्रतिवेदन र उजुरीका आधारमा आयोगले डिएसपीमाथि थप छानबिन गरेको थियो । केसीले २०७९ मंसिर २५ गते बुटवल उपमहानगरपालिका –५ हाटबजार नजिकबाट ३४ तोला २१ लाल ७ प्वाइन्ट सुन समातेर फिर्ता दिएका थिएनन् । १५ दिनसम्म आफू कार्यरत कार्यालयका अन्य जिम्मेवार कर्मचारीलाई कुनै जानकारी नगराई आफैले सुन राखी फिर्ता नदिएर उनले सेवाग्रहीसँग १८ लाख मागेका थिए । सुन धनीले आठ ल...
दुई मेनपावर कम्पनीलाई कारबाही
प्रशासन, समाचार

दुई मेनपावर कम्पनीलाई कारबाही

नेपालअखबार, काठमाडौँ । वैदेशिक रोजगार विभागले दुई मेनपावर कम्पनीलाई कारबाही गरेको छ । विभागको पूर्वस्वीकृतिबिना सामाजिक सञ्जालमार्फत भ्रमपूर्ण सूचना प्रसारण गर्ने र एजुकेशनल इन्स्टिच्युट एण्ड कन्सल्टेन्सी राखी वर्किङ भिसाको लोभ देखाएर सन्देहपूर्ण कारोबार गरेको भन्दै विभागले अक्सन इन्टरनेशनल प्रालि र ओमेगा इन्टरनेशनल प्रालिलाई कारबाहीस्वरुप निलम्बन गरेको हो । विभागका निर्देशक एवं सूचना अधिकारी कविराज उप्रेतीले विभागको मङ्गलबारको निर्णयानुसार ऐनको दफा ६१ (७) बमोजिम दुवै संस्थालाई निलम्बन गरिएको जानकारी दिनुभएको छ । वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न वैदेशिक रोजगार विभागबाट इजाजतपत्र लिएका संस्थाले प्रचलित कानुनको अक्षरसः पालना गरी आफ्ना गतिविधि सञ्चालन गर्न विभागले अनुरोध गरेको छ । ओमेगा इन्टरनेशनल प्रालिले विभागको पूर्वस्वीकृतिबिना सामाजिक सञ्...
बूढानिलकण्ठबाट पेस्तोलसहित युवक पक्राउ
प्रशासन, समाचार

बूढानिलकण्ठबाट पेस्तोलसहित युवक पक्राउ

नेपालअखबार, काठमाडौँ । काठमाडौँको बूढानिलकण्ठबाट प्रहरीले पेस्तोलसहित एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–७ चाबहिल घर भएका सुरज श्रेष्ठ उर्फ सुलभ छन् । २८ वर्षीय सुरजलाई बूढानिलण्ठ नगरपालिका–४ स्थित पासिकोटबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भुपेन्द्र खत्रीले बताए । आरोपितको साथबाट प्रहरीले ‘मेड इन युएसए’ लेखिएको पेस्तोल १ थान र ४ राउण्ड गोली बरामद गरेको छ । आरोपित सुरज यसअघि ज्यान मार्ने उद्योग मुद्दामा ५ वर्ष जेल बसेर निस्केका हुन् । शुक्रबार पक्राउ गरेर उनीविरुद्ध अनुसन्धान भइरहेको एसएसपी खत्रीले जानकारी दिए ।...
ललिता निवास प्रकरण : यी हुन् २८९ प्रतिवादी
प्रशासन, समाचार

ललिता निवास प्रकरण : यी हुन् २८९ प्रतिवादी

नेपालअखबार, काठमाडौँ । ललिता निवास जग्गा घोटाला प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले आइतबार मुद्दा दायर गरेको छ।  सरकारी वकिलको कार्यालयले काठमाडौँ जिल्ला अदालतमा २८९ प्रतिवादी कायम गरेर मुद्दा दायर गरेको हो । प्रतिवादी नम्बर १ मा रामकुमार सुवेदीलाई बनाइएको छ । यस्तै माधवी सुवेदीलाई दोस्रो, शोभाकान्त ढकाललाई तेस्रो, कृष्ण बहादुर राउतलाई चौथो र शिवजी भट्टराईलाई पाँचौँ स्थानमा राखेर मुद्दा चलाइएको छ । यस्तै अन्तिम नम्बरमा सञ्जजन कुमार चाचनलाई प्रतिवादी बनाइएको छ ।  यस्तै सीआईबीको सिफारिसमा अदालतमा २१ जना मृत्यु भइसकेका प्रतिवादीलाई पनि विपक्षी बनाइएको छ । हेर्नुहोस् प्रतिवादीको सूची...
आइतबार १० अर्बको विकास ऋणपत्र जारी हुँदै
अर्थ, प्रशासन, समाचार

आइतबार १० अर्बको विकास ऋणपत्र जारी हुँदै

नेपालअखबार, काठमाडौं  । नेपाल राष्ट्र बैंकले १० अर्ब बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । सरकारले उठाउने आन्तरिक ऋणका रुपमा राष्ट्र बैंकले भोलि आइतबार छ वर्ष अवधिको विकास ऋणपत्र २०८५ ‘ज’ जारी गर्न लागेको हो । बैंक तथा वित्तीय संस्था, गैर-बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था र सर्वसाधारण नागरिकसमेतले विकास ऋणपत्र खरिद गर्न सक्नेछन् । यो ऋणपत्रको ब्याजदर बोलकबोलका माध्यामकबाट निर्धारण गरिने राष्ट्र बैंकले जनाएको छ । यो ऋणपत्र धितो राखी कर्जासमेत लिन सकिनेछ । भदौ १० गते दिउँसो ३ बजेसम्म बोलकबोल हुने ऋणपत्र भदौ ११ गते सोमबार निष्काशन हुनेछ । अर्धवार्षिकरुपमा ब्याज भुक्तानी हुने यो ऋणपत्रको साँवा भुक्तानी २०८६ भदौ ११ मा हुनेछ । घटीमा रू पचास हजार र बढीमा कूल निष्काशित रकमको सीमामा नबढाई रू पचास हजारले भाग गर्दा निःशेष भाग जाने अङ्कमा खरिद गर्न पाइनेछ । यो ऋणपत्र खरिदका ...
धरान प्रवेशमा कडाइ, धरान उपमहानगरपालिका प्रवेशमा निषेधाज्ञा
प्रशासन, समाचार, समाज

धरान प्रवेशमा कडाइ, धरान उपमहानगरपालिका प्रवेशमा निषेधाज्ञा

नेपालअखबार, धरान। धरानमा आज आयोजना गरिने भएको धार्मिक र्‍यालीले दुर्घटना निम्त्याउन सक्ने जोखिम रहेको भन्दै प्रशासनले सहर प्रवेशमा कडाइ गरेको छ। विभिन्न हिन्दू संगठनहरुले आज धरानमा धार्मिक र्‍याली आयोजना गरेका छन। र्‍यालीले तनाव उत्पन्न गर्न सक्ने भन्दै जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेको हो। यही धार्मिक र्‍याली लक्षित गरेर धरानमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। धरानमा प्रशासनले शनिबार रातिसम्मका लागि शुक्रबार नै  निषेधाज्ञा जारी गरेको छ।  सोही अनुसार धरान प्रवेश गर्ने सबै नाकाहरुमा कडाइ गरिएको छ। ‘धरान प्रवेशका सबै नाकाहरुमा कडाइ गरेका छौं,’ सुनसरी प्रहरीले भनेको छ, ‘धरानबाट बाहिर जानलाइ रोक लगाएका छैनौ, आउन कडाइ गरेका छौँ।’ निषेधाज्ञा  धरान उपमहानगरपालिका प्रवेश गर्ने पश्चिमको  बाटो बराहक्षेत्र १ मा पर्ने झण्डा चोकदेखि घरानतर्फको क्षेत्र धरान उपमहानगरपालिका प्...
पर्यटन मन्त्रालयले आधा पनि खर्च गर्न सकेन बजेट
प्रशासन, समाचार

पर्यटन मन्त्रालयले आधा पनि खर्च गर्न सकेन बजेट

नेपालअखबार, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एक वर्षको अवधिमा ४८.८२ प्रतिशत मात्र बजेट खर्च गर्न सकेको छ । मन्त्रालय र मातहतका निकायले आर्थिक वर्ष २०७९/८० मा १८ अर्ब ९८ करोड २० लाख रुपैयाँ बराबरको बजेट पाएका थिए । तर, आवको अन्त्यसम्म मात्र ९ अर्ब २६ करोड ६८ लाख रुपैयाँ मात्र खर्च हुन सकेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणमार्फत खर्च गर्ने गरी वित्तीय व्यवस्थामा सबैभन्दा धेरै १२ अर्ब ५ करोड ५३ लाख रुपैयाँ विनियोजन भएको थियो । तर, खर्च भने मात्र ४ अर्ब २७ करोड ९६ लाख रुपैयाँको मात्र भएको छ । चालु तर्फ ३ अर्ब ११ करोड ५९ लाख रुपैयाँ विनियोजन भएकोमा २ अर्ब ९३ करोड ६० लाख रुपैयाँ खर्च भएको छ । यो ९४.२३ प्रतिशत खर्च हो । पूँजीगत खर्च भने ३ अर्ब ८१ करोड ८ लाख विनियोजन भएकोमा खर्च २ खर्ब ५ करोड ११ लाख रुपैयाँ भएको छ । पूँ...