Wednesday, August 12

राजनीति

संसदीय सुनुवाइ समितिको सभापति चयन गर्न बैठक बस्दै
राजनीति, समाचार

संसदीय सुनुवाइ समितिको सभापति चयन गर्न बैठक बस्दै

नेपालअखबार, काठमाडौं । संघीय संसद्को संसदीय सुनुवाइ समिति (संयुक्त), २०८० को बैठक आज बस्दैछ । कानुन, न्याय तथा मानवअधिकार समितिको हलमा साँझ ५:१५ बजे बस्नेगरी निर्धारण भएको बैठकमा सभापतिको निर्वाचन प्रक्रिया अगाडि बढाउने कार्यसूची छ । पहिले यो समितिको सभापति ईश्वरीदेवी न्यौपाने थिइन् । उनले राजीनामा दिई राज्य व्यवस्था तथा सुशासन समितिको सभापति निर्वाचित भएपछि सुनुवाइ समितिको सभापति पद रिक्त छ । सोही समितिको सभापति चयनका लागि आज बैठक बोलाइएको सूचनामा उल्लेख छ ।...
राजनीति ठिक हुने वित्तिकै देशले प्रगति गर्छ : सभामुख घिमिरे
राजनीति, समाचार

राजनीति ठिक हुने वित्तिकै देशले प्रगति गर्छ : सभामुख घिमिरे

नेपालअखबार,काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले देश निर्माण गर्ने सबैभन्दा महत्त्वपूर्ण क्षेत्र नै राजनीति भएको बताएका छन् ।पूर्वसांसद मञ्चको २६ औँ स्थापना दिवसका अवसरमा बिहीबार संसद् भवनमा आयोजित कार्यक्रममा उनले राजनीति ठिक हुने वित्तिकै देशले उन्नति,प्रगति गर्ने बताएका हुन् । राजनीति ठिक खालको हुन नसकेमा यसले सबै क्षेत्रलाई प्रभावित पार्ने बताए । नेपालले पनि यो कुरा भोगेर आएको उनको भनाइ छ । लामो इतिहासमा विभिन्न ढङ्गबाट बिताएर आएका पूर्व सांसदहरूलाई यसबारेमा अझ बढी ज्ञान भएको उनले बताए । उनले भने, ‘देश निर्माण गर्ने सबैभन्दा महत्त्वपूर्ण क्षेत्र भनेको राजनीति नै हो । राजनीति ठिक हुने वित्तिकै देशले उन्नति प्रगति गर्न सक्छ । विज्ञानलाई आफैले वैज्ञानिक ढङ्गबाट प्रयोग गर्न, अन्वेषण गर्न सक्छ र त्यसलाई प्रयोग गर्न सक्छ र अगाडी बढ्न सक्छ । तर राजनीति ठिक खालको हुन सकेन भ...
प्रधानमन्त्रीको चीन भ्रमणमा दुईवटा विवादास्पद कुरा प्रति वरिष्ठ उपाध्यक्ष पाण्डेको प्रश्न
राजनीति, समाचार

प्रधानमन्त्रीको चीन भ्रमणमा दुईवटा विवादास्पद कुरा प्रति वरिष्ठ उपाध्यक्ष पाण्डेको प्रश्न

नेपालअखबार,काठमाडौं । एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा दुईवटा विवादास्पद कुराहरू सुनिएको बताएका छन्। बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङको द्विपक्षीय भेटवार्तापछि चीनले निकालेको वक्तव्यमा चीनको सुरक्षा रणनीतिमा नेपाल पनि सामेल भएको विषयमा प्रधानमन्त्रीको जवाफ माग गरेका हुन्। ‘चीनको ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जिएसआई) मा नेपाल सहमत भएको कुरा सुन्नमा आएको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटपछि चिनियाँ पक्षले जारी गरेको वक्तव्यमा चीनको सुरक्षा रणनीतिमा ग्लोबल सेक्युरिटी इनिसिएटिभमा नेपाल सहमत गर्छ भनिएको छ। प्रधानमन्त्रीको भ्रमण दलका सदस्यहरूले नेपाल यसको समर्थन गर्दैन भन्दै आएको देखिन्छ? सत्य कुरा के हो?,’ पाण्डेले भने। त्यस्तैले चीनले जापानमाथि विजय प्राप्त गरेको द...
आज प्रतिनिधि सभा बैठक बस्दै
राजनीति, समाचार

आज प्रतिनिधि सभा बैठक बस्दै

नेपालअखबार,काठमाडौँ । प्रतिनिधि सभाको बैठक बिहीबार दिउँसो १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ। बिहीबारको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूची रहेको छ। यसैगरी, सभामुखले नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक २०८२ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तत गर्नेछन्। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक २०८२ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्नेछन्। यसैगरी, प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको संवैधानिक परिषद् (काम, कर्तव्य अधिका...
एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै
राजनीति, समाचार

एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै

नेपालअखबार,काठमाडौं । दोस्रो विधान महाधिवेशनको तयारीबारे छलफल गर्न नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दै छ । बैठक दिउँसो तीन बजेका लागि बोलाइएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठक विधान महाधिवेशनमै केन्द्रित हुने छ । विधान महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव प्रतिवेदन, सांगठनिक प्रतिवेदनमाथि छलफल गर्न बैठक बोलाइएको उनले बताए ।एमालेको विधान महाधिवेशन भदौ २० गतेदेखि २२ गतेसम्म ललितपुरको गोदाबरीमा हुँदैछ ।...
आज २ संसदीय समितिको बैठक बस्दै
राजनीति, समाचार

आज २ संसदीय समितिको बैठक बस्दै

नेपालअखबार,काठमाडौं । आज राष्ट्रिय सभाअन्तर्गतका दुई समितिको बैठक बस्दैछ । आज  मध्याह्न १२ः३० मा ‘सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति’ को बैठक सिंहदरबारस्थित समितिको हलमा बस्दैछ । यो समितिको २९७औँ बैठक हो । बैठकमा प्रत्यायोजित विधायन र कानुन समाजसँग समितिको सहकार्य छलफललगायत विविध विषयमा छलफल हुनेछ । बैठकमा नेपाल कानुन समाजका अध्यक्ष तथा पूर्वउपसभामुख पुष्पा भुसाल (गौतम) र समाजका कार्यक्रम निर्देशक मोहनलाल आचार्यलाई आमन्त्रण गरिएको छ । यसैगरी, राष्ट्रिय सभाअन्तर्गतकै ‘सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति’ को ३०५औं बैठक आज दिउँसो १ बजे बस्दैछ । बैठकमा समितिको आव २०८२/८३ को वार्षिक कार्ययोजना र लुम्बिनी प्रदेशअन्तर्गत भएका अनुगमन एवम् अन्तरक्रियाको प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने कार्यतालिका छ ।...
टोकियोमा नेकपा (एस) निकट प्रवासी नेपाली एकता मञ्च जापानको तेस्रो अधिवेशन सम्पन्न, हरि लामिछाने नेतृत्वमा नयाँ कार्य समिति चयन
राजनीति, विदेश, समाचार

टोकियोमा नेकपा (एस) निकट प्रवासी नेपाली एकता मञ्च जापानको तेस्रो अधिवेशन सम्पन्न, हरि लामिछाने नेतृत्वमा नयाँ कार्य समिति चयन

नेपालअखबार,टोकियो । नेकपा (एस) निकट प्रवासी नेपाली एकता मञ्च जापानको तेस्रो अधिवेशन टोकियोमा सम्पन्न भएको छ । ३१ अगस्ट, आईतबार टोकियोमा नेकपा (एस) का महासचिव घनश्याम भुसालको प्रमुख आतिथ्यतामा सम्पन्न तेस्रो अधिवेशनले हरि लामिछानेको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको छ। कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (एस) का महासचिव घनश्याम भुसालले विदेशमा रहेका नेपालीहरूलाई मताधिकार दिलाउन निरन्तर प्रयास गरिरहने प्रतिवद्दता व्यक्त गरे । महासचिव भुसालले प्रवासी नेपालीहरूलाई मताधिकार दिन आवश्यक रहेको बताउदै प्रवासमा सबै नेपालीहरू एकजुट भई नेपालको कृषि र उत्पादनशिल उद्योग क्षेत्रमा लगानी गर्न अपील पनि गरेका थिए। प्रवासी नेपाली एकता मञ्च जापान, राष्ट्रिय समितिको नयाँ नेतृत्वमा अध्यक्ष हरि लामिछाने, वरिष्ठ उपाध्यक्ष टक्कर कुँवर, दुई उपाध्यक्ष मञ्जु गिरी र सचिन नेम्वांग सर्वसहमत चयन भएका छन।
त्यसैगरी ...
राष्ट्रिय सभाको संशोधन स्वीकार गर्दै प्रतिनिधिसभाले पारित गर्‍यो नागरिकता विधेयक
राजनीति, समाचार

राष्ट्रिय सभाको संशोधन स्वीकार गर्दै प्रतिनिधिसभाले पारित गर्‍यो नागरिकता विधेयक

नेपालअखबार,काठमाडौँ  । प्रतिनिधिसभाले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि राष्ट्रिय सभामा गरिएको संशोधन प्रतिनिधिसभाले स्वीकार गरेको छ । प्रतिनिधिसभाको बुधबारको बैठकले नागरिकता विधेयकलाई पारित पनि गरेको छ । राष्ट्रिय सभाबाट आएको संशोधनलाई प्रतिनिधिसभाको बहुमतले स्वीकार गरेको हो । प्रतिनिधिसभामा गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । त्यसपछि छलफल सहभागी सांसदले नागरिकता विधेयक पास भएपछि नागरिकता प्राप्तिका क्रममा नागरिकले भोग्नुपरेका विद्यमान समस्या हटेर जाने विश्वास व्यक्त गरेका थिए । आमाको नामबाट नागरिकता पाउने व्यवस्थाले पहिचान नभएका तथा बाबुले असहयोग गरेका सन्तानलाई राहत मिल्ने उनीहरूको भनाइ थियो । कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले विधेयकलाई महिलाको सम्मानसँग जोड्दै समर्थन...
दोस्रो विधान महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूबाट एमालेले शुल्क नलिने
राजनीति, समाचार

दोस्रो विधान महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूबाट एमालेले शुल्क नलिने

नेपालअखबार,काठमाडौँ । भदौ २० गतेबाट सुरु हुने नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूबाट एमालेले कुनै शुल्क नलिने भएको छ । यसअघि निश्चित शुल्क लिएको एमालेले यो पटक शुल्क नलिने निर्णय गरेको हो । विधान महाधिवेशनमा सहभागी हुन प्रतिनिधिसँग कुनै शुल्क नलिइने महासचिव शङ्कर पोखरेलको बताएका हुन् ।  ‘विगतमा शुल्क उठाउने परम्परा थियो, यस पटक हामीले नउठाउने निर्णय गरेका छौँ’, बुधबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले भने–  ‘पार्टी केन्द्रबाटै खर्चको व्यवस्थापन हुन्छ ।’ तर कति खर्च लाग्छ भन्ने अहिले नै अनुमान नभएको पोखरेलको भनाई । ‘खर्च कति लाग्छ भन्ने अहिले अनुमान गर्न गाह्रो छ । अधिवेशन सम्पन्न भइसकेपछि सार्वजनिक गर्ने नै छौँ’, उनले भने–  ‘स्वाभाविक रूपमा पनि वैधानिक पार्टी भएकाले कति खर्च लाग्यो हिसाब किताब गरिहाल्छौँ ।’ नेपाली राजनीतिमा खर्चको...
नेकपा एसनिकट युवा संघले लेटरप्याडको दुरुपयोग गरे कानूनी कारबाही गर्ने चेतावनी
राजनीति, समाचार

नेकपा एसनिकट युवा संघले लेटरप्याडको दुरुपयोग गरे कानूनी कारबाही गर्ने चेतावनी

नेपालअखबार,काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट युवा संघले संगठनको नाम दुरुपयोग गर्नेहरूलाई कानूनी कारबाही गर्ने चेतावनी दिएका छन्। युवा संघको आयोजक कमिटीका अध्यक्ष रोशन थापाले संगठनबाट निकालिएकाहरूले लेटर प्याड दुरुपयोग गरे प्रहरीलाई खबर आग्रह गरेका हुन्। आयोजक कमिटी गठन गरेपछि असन्तुष्ट पक्षले सञ्जीव राईको नेतृत्वमा समानान्तर कमिटी गठन गरेका थिए। तर, राईलाई यसअघि नै संगठनको साधारण सदस्य समेत नरहनेगरी कारबाही गरिसकेको छ। संगठनभित्र किचलो चलिसकेको बेलामा थापाले भदौ २३ र २४ लाई बैठक राखेका छन्। उनले संगठनको विधान विपरीतका कार्यहरू गरेकाले पटक पटक संगठन विरोधी कार्य सच्याउन गरेको आग्रह अटेर गरेका कारण संगठनको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको उल्लेख गरेका छन्। उनले भनेका छन्, ‘अवैध व्यक्तिले सामाजिक सञ्जालमा भ्रम फैलाउने कार्य गरेकाले यस्ता भ्रमहरू सत्...