Wednesday, August 12

राजनीति

शैक्षिक अभियन्ताहरूले राष्ट्रपतिलाई भने : शिक्षालाई दलीयकरण हुनबाट जोगाऔं
राजनीति, समाचार

शैक्षिक अभियन्ताहरूले राष्ट्रपतिलाई भने : शिक्षालाई दलीयकरण हुनबाट जोगाऔं

नेपालअखबार,काठमाडौं । शैक्षिक अभियन्ताहरूले शिक्षा क्षेत्रलाई दलीयकरण हुनबाट जोगाउन राष्ट्रपति रामचन्द्र पौडेलको ध्यानाकर्षण गराएका छन् । बुधबार राष्ट्रपति पौडेलललाई भेटेर शैक्षिक अभियन्ताहरूले विद्यालय शिक्षा विधेयकको सन्दर्भमा संविधानको रक्षकको अभिभावकीय भूमिका निभाउन तीन बुँदे ध्यानाकर्षण पत्र बुझाएका हुन् । स्वार्थ समूहहरु संवादबाट दादागिरी शैलीमा उत्रेको उदाहरण दिँदै प्रधानमन्त्री मन्त्रीलगायत सांसदहरुबीच स्वार्थ बाझ्ने विषयमा पनि राष्ट्रपति पौडेलले चासो दिनुपर्ने शिक्षाविद्हरूको जोड छ । भेटमा उनीहरूको भनाइ उद्धृत गर्दै राष्ट्रपति कार्यालयले भनेको छ, ‘शिक्षक महासंघ दलीय भ्रातृ सङ्गठनहरुको महासंघ हो । ट्रेड युनियन र पेसागत सङ्गठन बीचको फरक स्पष्ट पार्नुपर्छ अन्यथा शिक्षाको दलीयकरण नियन्त्रण गर्न सकिँदैन ।’ भेटमा राष्ट्रपति पौडेलले अहिलेको अवस्थामा यो मूलत: व्यवस्थापकीय तथा कार्यकार...
नेकपा एसनिकट युवा संघले लेटरप्याडको दुरुपयोग गरे कानूनी कारबाही गर्ने चेतावनी
राजनीति, समाचार

नेकपा एसनिकट युवा संघले लेटरप्याडको दुरुपयोग गरे कानूनी कारबाही गर्ने चेतावनी

नेपालअखबार,काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट युवा संघले संगठनको नाम दुरुपयोग गर्नेहरूलाई कानूनी कारबाही गर्ने चेतावनी दिएका छन्। युवा संघको आयोजक कमिटीका अध्यक्ष रोशन थापाले संगठनबाट निकालिएकाहरूले लेटर प्याड दुरुपयोग गरे प्रहरीलाई खबर आग्रह गरेका हुन्। आयोजक कमिटी गठन गरेपछि असन्तुष्ट पक्षले सञ्जीव राईको नेतृत्वमा समानान्तर कमिटी गठन गरेका थिए। तर, राईलाई यसअघि नै संगठनको साधारण सदस्य समेत नरहनेगरी कारबाही गरिसकेको छ। संगठनभित्र किचलो चलिसकेको बेलामा थापाले भदौ २३ र २४ लाई बैठक राखेका छन्। उनले संगठनको विधान विपरीतका कार्यहरू गरेकाले पटक पटक संगठन विरोधी कार्य सच्याउन गरेको आग्रह अटेर गरेका कारण संगठनको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको उल्लेख गरेका छन्। उनले भनेका छन्, ‘अवैध व्यक्तिले सामाजिक सञ्जालमा भ्रम फैलाउने कार्य गरेकाले यस्ता भ्रमहरू सत्...
चीन भ्रमण सकेर स्वदेश प्रस्थान गरे ओली
राजनीति, समाचार

चीन भ्रमण सकेर स्वदेश प्रस्थान गरे ओली

नेपालअखबार,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो औपचारिक चीन भ्रमण सकेर स्वदेश प्रस्थान गरेका छन् । गत शनिबारदेखि चीन भ्रमणमा रहेका ओली आज बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल प्रस्थान गरेका हुन् । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलका अनुसार, उनी आज साँझ साढे ८ बजे काठमाडौं आइपुग्ने छन् ।...
प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे बस्दै
राजनीति, समाचार

प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे बस्दै

नेपालअखबार,काठमाडौं । संघीय संसद अन्तर्गत् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ। बुधबारको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्र पढेर सुनाउनेछन्। यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्र पढेर सुनाउने कार्यक्रम छ। यस्तै, प्रतिनिधिसभाका सचिव हर्कराज राईले जलस्रोत विधेयक का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्नेछन्। कृषि  तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले ‘नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। बैठकमा गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक २०८१ माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। ...
चिनियाँ राष्ट्रको पुनर्जागरण रोकिने छैन : राष्ट्रपति सी
राजनीति, विदेश, समाचार

चिनियाँ राष्ट्रको पुनर्जागरण रोकिने छैन : राष्ट्रपति सी

नेपालअखबार, बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङले राष्ट्रको पुनर्जागरण अब रोकिन नसक्ने दाबी गरेका छन्। चीनले जापानी आक्रमणविरुद्धको प्रतिरोध युद्ध र विश्व विरोधी फासीवादी युद्धमा विजय हासिल गरेको ८०औं वार्षिकोत्सवको अवसरमा बुधबार बेइजिङमा आयोजित एक भव्य कार्यक्रममार्फत सीले यो कुरा बताएका हुन्। सीले भने, ‘यो प्रतिरोध युद्ध कठिन भए पनि गौरवपूर्ण थियो। यसले आधुनिक समयमा विदेशी आक्रमणविरुद्ध चीनले पहिलो पटक पूर्ण विजय हासिल गरेको प्रतीक हो।’ उनका अनुसार जापानी आक्रमणविरुद्ध कम्युनिस्ट पार्टी अफ चाइना (सीपीसी) ले अघि सारेको राष्ट्रिय एकता मोर्चाले विजय सम्भव बनाएको हो। यस क्रममा चिनियाँ जनताले मानव सभ्यता र विश्व शान्तिको रक्षाका लागि ठूलो बलिदान र योगदान गरेका थिए। राष्ट्रपति सीले भने, ‘आज पनि मानवजाति शान्ति वा युद्ध, संवाद वा टकराव, दुवै जित्ने वा शून्य–योग खेलको विकल्पबिच छ।’ उन...
प्रधानमन्त्री ओली आज थियानजिनबाट बेइजिङ जाँदै
राजनीति, समाचार

प्रधानमन्त्री ओली आज थियानजिनबाट बेइजिङ जाँदै

नेपालअखबार, काठमाडौँ । चीनको थियानजिन सहरमा आयोजित शाङ्घाई सहयोग सङ्गठन (एससिओ) प्लसको शिखर सम्मेलन सकिएसँगै प्रधानमन्त्री केपी शर्मा ओली मङ्गलबार बेइजिङ जान लागेका छन् ।चीनको राजधानी बेइजिङमा प्रधानमन्त्री ओलीको चीनका उपराष्ट्रपति हान चङ्गसँग भेट हुनेछ र उपराष्ट्रपति चङ्गद्वारा आयोजित रात्रिभोजमा नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ । चीनका राष्ट्रपति सी चीनफिङसँग प्रधानमन्त्री ओलीको थियानजिनमा द्विपक्षीय भेटवार्ता भइसकेको छ । भ्रमणको अन्तिम कार्यक्रमका रूपमा विश्वका नेताहरूसँगै नेपाली प्रतिनिधिमण्डल  भदौ १८ गते चीन सरकारद्वारा बेइजिङमा आयोजना हुने फासिवादविरुद्धको विश्वयुद्ध र जापानी अतिक्रमणविरुद्धको चिनियाँ जनताको प्रतिरोधी युद्धमाथिको विजयको ८०औँ वार्षिकोत्सव समारोहमा प्रतिनिधिमण्डल सहभागी हुनेछ । सोही दिन प्रतिनिधिमण्डल नेपाल फर्कनेछ ।...
१७ वटा विद्यार्थी संगठनले अनिवार्य तथा निःशुल्क शिक्षाको माग राखेर आन्दोलन घोषणा
राजनीति, समाचार

१७ वटा विद्यार्थी संगठनले अनिवार्य तथा निःशुल्क शिक्षाको माग राखेर आन्दोलन घोषणा

नेपालअखबार,काठमाडौं । कांग्रेस, एमाले, माओवादी लगायतका १७ वटा विद्यार्थी संगठनले अनिवार्य तथा निःशुल्क शिक्षाको माग राखेर आन्दोलन घोषणा गरेका छन्। ‘संविधानमा व्यवस्था भए बमोजिम आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक शिक्षा पूर्ण निःशुल्क पाउने व्यवस्था अविलम्व अक्षरशः कार्यान्वयन गर्न जोडदार माग गर्दछौं,’ संयुक्त वक्तव्यमा भनिएको छ। निजीकरण र व्यापारिकरणलाई पूर्णरुपमा निर्मुल गर्न सेवामुखी बनाउने संगठनहरूको माग छ। शिक्षामा कूल बजेटको न्यूनतम २० प्रतिशत निनियोजन गर्न पनि माग गरेका छन् । शिक्षक, कर्मचारी, जनप्रतिनिधि लगायत राज्य कोषबाट सेवा सुविधा लिनेका छोराछोरीलाई सामुदायिकमा पढाउनु पर्ने व्यवस्था विद्यालय शिक्षा विधेयकमा समेट्न माग गरेका छन्। ईसीडीमा पढाउनेलाई शिक्षकको रुपमा कायम गर्नुपर्नेमा संगठनहरूको जोड छ । यि माग राखेर उनीहरूले आन्दोलन घोषणा गरेका हुन्...
रूपन्देही-३ उपनिर्वाचनका लागि नेकपा एसबाट सातजना सिफारिस
राजनीति, समाचार

रूपन्देही-३ उपनिर्वाचनका लागि नेकपा एसबाट सातजना सिफारिस

नेपालअखबार,रुपन्देही। रुपन्देही निर्वाचन क्षेत्र नं ३ मा हुने उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले उम्मेदवारका लागि सात जनाको नाम सिफारिस गरेको छ । पार्टीको जिल्ला कमिटी रुपन्देहीको भैरहवामा बसेको बैठकले महासचिव तथा पूर्वकृषिमन्त्री घनश्याम भुसालसहित सात जनाको नाम सिफारिस गरेको छ । भुसाल यही क्षेत्रमा २०७४ सालमा नेकपा (एमाले) बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। लुम्बिनी प्रदेश उपाध्यक्ष कमल भण्डारी, रुपन्देही जिल्ला अध्यक्ष हीराध्वज शाह, प्रदेश कमिटी सदस्य आनन्दप्रसाद गुप्ता, आशा चौधरी, थानेश्वर खरेल र रुपन्देही–१ को सह–इञ्चार्ज विजयलक्ष्मी रायको नाम सिफारिस गरिएको पार्टीले जनाएको छ । जिल्लाले पठाएको नामलाई उम्मेदवार छनोट गर्न बनेको कार्यदलले एक महिलासहित तीनजनाको नाम केन्द्रीय समितिमा सिफारिस गर्नेछ । पार्टीको केन्द्रीय उपमहासचिव तथा लुम्बिनी प्र...
विभिन्न मन्त्रालयमा अधिकृतस्तरका १७६ दरबन्दी स्वीकृत
राजनीति, समाचार

विभिन्न मन्त्रालयमा अधिकृतस्तरका १७६ दरबन्दी स्वीकृत

नेपालअखबार,काठमाडौँ । सरकारले विभिन्न मन्त्रालयमा अधिकृतस्तरका १७६ दरबन्दी स्वीकृत गरेको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा भदौ १३ गते बसेको मन्त्रिपरिषद बैठकले विभिन्न मन्त्रालयमा अधिकृतस्तरका दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको हो । बैठकले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय अन्तर्गत सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगलाई आर्थिक वर्ष २०८२/०८३ का लागि अधिकृतस्तरका ५८ दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ यस्तै, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत सञ्चालन हुने आयोजना तथा कार्यक्रम कार्यान्वयन गर्न आर्थिक वर्ष २०८२÷०८३ का लागि अधिकृतस्तरका ८७ पदको दरबन्दी स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ । मन्त्रिपरिषद बैठकले युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत आर्थिक वर्ष २०८२/०८३ कालागि राष्ट्रिय युवा परिषद्, फाप्ला क्रिक...
प्रधानमन्त्री ओली र लाओसका राष्ट्रपतिबीच भेटवार्ता
राजनीति, समाचार

प्रधानमन्त्री ओली र लाओसका राष्ट्रपतिबीच भेटवार्ता

नेपालअखबार, तियानजिन (चीन) । सांघाई सहयोग संगठन (एससीओ) प्लसको शिखर सम्मेलनका क्रममा चीनको तियानजिनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र लाओ जनप्रजातान्त्रिक गणतन्त्रका राष्ट्रपति थोङलौन सिसौलिथबीचसँग दुईपक्षीय भेटवार्ता भएको छ । भेटका अवसरमा दुई देशबीचको आपसी सम्बन्धका विविध पक्षहरुमाम कुराकानी भएको थियोे । भेटमा पूर्वउपप्रधानमन्त्री एवं प्रतिनिधिसभाका सदस्य पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, पूर्वमन्त्री एवम् प्रधानमन्त्रीको आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, पूर्वमन्त्री एवम् प्रतिनिधिसभाका सदस्य छविलाल विश्वकर्मा, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत सहभागी थिए । चीनको तियानजिन मेइजियान सम्मेलन केन्द्रमा आजबाट सुरु भएको सम्मेलनमा प्रधानमन्त्री ओलीसहित सहभागी मुलु...