Wednesday, August 12

राजनीति

तीन संसदीय समितिको बैठक बस्दै
राजनीति, समाचार

तीन संसदीय समितिको बैठक बस्दै

नेपालअखबार,काठमाडौं । बुधबार संघीय संसद्का तीन वटा समितिको बैठक बस्दैछन्। राज्य व्यवस्था सुशासन समिति,  विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्योजित विधायन समितिको बैठक बस्न लागेको हो। राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचनको प्रक्रिया अगाडि बढाउने कार्यक्रम छ। यद्यपी, सो समितिको सभापतिमा सांसद ईश्वरी न्यौपाने निर्विरोध निर्वाचित भइसकेका छन्। यस्तै विधायन व्यवस्थापन समितिको बैठकमा संघीय निजामति सेवा विधेयक २०८० माथि दफावार छलफल हुने कार्यक्रम छ। सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको छैटौं वार्षिक प्रतिवेदन २०८१÷८२ का सम्बन्धमा छलफल गर्ने कार्यसूची छ।...
अध्यक्ष नेपालद्धारा उखु किसानको आन्दोलनमा ऐक्यवद्धता
राजनीति, समाचार

अध्यक्ष नेपालद्धारा उखु किसानको आन्दोलनमा ऐक्यवद्धता

नेपालअखबार,काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले उखु किसानका माग सम्बोधन गर्नका लागि सधैं हातेमालो गरेर अघि बढ्ने प्रतिबद्धता जनाउनु भएको छ। मंगलबार माइतीघर मण्डलामा उखु किसानहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउन पुगेका अध्यक्ष नेपालले यस्तो बताउनु भएको हो।उहाँले उखु किसानहरूको आन्दोलन निजी स्वार्थका लागि नभएको र देशको अर्थतन्त्रका लागि पनि आवश्यक रहेको जिकिर गर्नुभयो। ‘तपाईंहरूको यो आन्दोलन निजी स्वार्थका लागि होइन। देशको अर्थतन्त्रको निम्ति पनि जरुरी छ,’ अध्यक्ष नेपालले भन्नुभयो, ‘उखुको उत्पादन भएन भने के हुन्छ देशको हालत? नदी किनार, बालुवा भएको ठाउँमा उखु उत्पादन भएन भने के हुन्छ?’ अध्यक्ष नेपालले उखु किसानहरूको माग जायज रहेको भन्दै संसद् र सडक दुबैतिर आफ्नो पार्टीको साथ सहयोग रहने बताउनु भयो। ‘तपाईंहरूको माग जायज छ। तपाईंहरूको मागका लागि संसद्मा पनि र ज...
इसराइली सेनाले अस्पतालमा गर्‍यो हवाई हमला, पाँच पत्रकारसहित कम्तीमा २० जनाको मृत्यु
राजनीति, विश्व, समाचार

इसराइली सेनाले अस्पतालमा गर्‍यो हवाई हमला, पाँच पत्रकारसहित कम्तीमा २० जनाको मृत्यु

नेपालअखबार, काठमाडौं । गजाको दक्षिणी सहर खान युनिसमा रहेको नासेर अस्पतालमा सोमबार साँझ इसराइलले गरेको हवाई हमलामा परी पाँच पत्रकारसहित कम्तीमा २० जनाको मृत्यु भएको छ। प्यालेस्टिनी स्वास्थ्य अधिकारीहरू र अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले सो आक्रमण र मृत्युको पुष्टि गरेका छन्। सो आक्रमणको व्यापक निन्दा भएको छ। र, अस्पताल तथा सञ्चारकर्मीहरूलाई लक्षित गरिएको आक्रमणमाथि छानबिनको माग गरिएको छ। समाचार संस्था रोयटर्सका अनुसार यो हमलामा अस्पताल परिसरको त्यो भागलाई निशाना बनाइएको थियो जहाँ धेरै विस्थापित प्यालेस्टिनीहरूले आश्रय लिइरहेका थिए। मृतकहरूमा समाचार संकलनमा संलग्न रहेका स्थानीय र अन्तर्राष्ट्रिय समाचार संस्थामा काम गर्ने पाँच प्यालेस्टिनी पत्रकार पनि छन्। रोयटर्सका फोटोग्राफर होसम अल-मसरी, अल जजिराका फोटो पत्रकार मोहम्मद सलामा, स्वतन्त्र पत्रकारहरू मरियम अबु दक्का र मोआज अबु ताहा...
कुनैपनि नेताले जिम्मेवारी लिइसकेपछि त्यो जिम्मेवारीलाई पूरा गर्नुपर्छ :अध्यक्ष नेपाल
राजनीति, विचार, समाचार

कुनैपनि नेताले जिम्मेवारी लिइसकेपछि त्यो जिम्मेवारीलाई पूरा गर्नुपर्छ :अध्यक्ष नेपाल

नेपालअखबार,काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जिम्मेवारी लिएपछि पार्टी नेताले त्यसलाई पूरा गर्नुपर्ने बताएका छन् । प्रत्येक सदस्यले लिएको जिम्मेवारी पूरा गर्न सके मात्रै पार्टीलाई गतिशील बनाएर अघि बढाउन सकिने अध्यक्ष नेपालको भनाइ थियो । ‘कुनैपनि नेताले जिम्मेवारी लिइसकेपछि त्यो जिम्मेवारीलाई पूरा गर्नुपर्छ । जिम्मेवारी पूरा गरिएको छ कि छैन ? सोहीअनुसार काम गरिएको छ कि छैन भन्ने कुराको अनुगमन पनि हुनुपर्छ,’ उनले भने, ‘प्रतिवेदन नबुझाउनेलाई आवश्यक कारबाहीको प्रक्रिया पनि अगाडि बढाउनुपर्छ । यी सबै काम गर्न सकेको अवस्थामा मात्र पार्टीलाई गतिशील बनाएर अघि लैजान सकिन्छ ।’ सोमबार काठमाडौंमा आयोजित ‘आजको सन्दर्भमा नेपाली विशेषताको समाजवाद’ विषयक विचार गोष्ठी कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । नेपालको कम्युनिष्ट आन्दोलन गम्भीरसंकट र चुनौतीबाट गुज्...
राज्य व्यवस्था समिति सभापति निर्वाचनका लागि कांग्रेसको निर्णय कुर्दै सभामुख
राजनीति, समाचार

राज्य व्यवस्था समिति सभापति निर्वाचनका लागि कांग्रेसको निर्णय कुर्दै सभामुख

नेपालअखबार,काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचनका लागि सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसको निर्णय कुरिरहेका छन्। ‘कुलिङ अफ् पिरियड’ प्रकरणमा संसदीय छानबिन समितिले नेतृत्वबाटै कमजोरी भएको निष्कर्ष निकालेपछि सभापति रामहरि खतिवडाले गत साउन २८ गते राजीनामा दिएका थिए। त्यसपछि सभापति पद रिक्त छ। नयाँ सभापति चयन प्रक्रिया अगाडि बढाउन सभामुखले आइतबार दिनभरि गरेको प्रयास सफल नभएको उनको सचिवालयले दाबी गरेको छ। ‘अन्य दलको दाबी नरहेको अवस्थामा सभामुखले कांग्रेस प्रमुख सचेतकसँग दुई पटक छलफल गर्नुभएको थियो। तर आन्तरिक छलफल गर्नुपर्ने भएकाले सूचना रोकिदिन आग्रह गर्नुभएको थियो,’ सभामुखको सचिवालयले भनेको छ। सोमबार बिहान कांग्रेस पदाधिकारी बैठकले सभापतिको टुंगो लगाउने कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेबाट जबाफ आएको सभामुखको सचिवालयले बताएको छ। ‘आज बिहान सूचना जा...
देउवाले राज्य व्यवस्थाको सभापतिबारे निर्णय गर्न बोलाए बैठक
राजनीति, समाचार

देउवाले राज्य व्यवस्थाको सभापतिबारे निर्णय गर्न बोलाए बैठक

नेपालअखबार,काठमाडौं । राज्य व्यवस्था समितिको सभापतिको उम्मेदवारबारे निर्णय गर्न नेपाली कांग्रेसका पदाधिकारीहरुको अनौपचारिक बैठक बस्दै छ । बैठक बिहान १० बजेपछि पार्टी सभापति देउवा निवास बूढानीलकण्ठमा बस्न लागेको हो । बैठकमा दुई उपसभापति पूर्ण बहादुर खड्का र धनराज गुरुङ तथा दुई महामन्त्री गगन थापा र विश्व प्रकाश शर्मालाई बोलाइएको छ । कुलिङ पिरियड सम्बन्धी विवादमा मुछिएपछि राज्य व्यवस्था तथा सुशासन समिति सभापति पदबाट नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले गत साउन २८ गते राजीनामा दिएदेखि उक्त पद रिक्त छ । पद रिक्त भएको १५ दिनभित्र सभापति चयन गरिसक्नुपर्ने बाध्यात्मक परिस्थिति रहेकाले आज जसरी भए पनि निर्वाचन गर्नुपर्ने हुन्छ । त्यसैले सभामुख देवराज घिमिरे कांग्रेसबाट आजै सभापतिको उम्मेदवारको नाम आउने प्रतीक्षामा छन् ।कांग्रेस नेताहरुको आजको बैठकमा रुपन्देही क्षेत्र नम्बर ३ मा आगामी कात्तिक ...
पर्वतारोहण सङ्घको नवनिर्वाचित नेतृत्वलाई प्रचण्डले दिए बधाई
राजनीति, समाचार

पर्वतारोहण सङ्घको नवनिर्वाचित नेतृत्वलाई प्रचण्डले दिए बधाई

नेपालअखबार,ललितपुर । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल पर्वतारोहण सङ्घ (एनएमए)को नवनिर्वाचित कार्यसमितिलाई बधाई दिएका छन् । सोमबार खुमलटारस्थित निजी निवासमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले सत्तारूढ नेपाली काँग्रेस, नेकपा (एमाले) र समाजवादी पार्टीसहितको गठबन्धनलाई पराजित गर्दै विजयी बनेको नेकपा (माओवादी केन्द्र)समेतको गठबन्धनको अध्यक्ष फुर्वा गेल्जे शेर्पा नेतृत्वको प्यानललाई बधाई दिएका हुन् । त्यस क्रममा अध्यक्ष प्रचण्डले पर्वतीय पर्यटन व्यवसायको विकासमा सङ्घले महत्त्वपूर्ण योगदान दिन सक्ने विश्वास व्यक्त गरे । ‘नेपालमा पर्वतीय पर्यटन व्यवसायको विकास हुनुपर्छ। अहिले निर्वाचित हुनुभएको अध्यक्षलगायत सम्पूर्ण पदाधिकारी र निर्वाचन प्रक्रियामा सहयोग गर्ने सबैलाई म हाम्रो पार्टी र मेरो तर्फबाट हार्दिक बधाई दिन चाहन्छु’, प्रचण्डले भने, ‘...
जसपाको निर्णय सरकारमा सहभागी दुई मन्त्री फिर्ता बोलाएर नयाँ पठाउने
राजनीति, समाचार

जसपाको निर्णय सरकारमा सहभागी दुई मन्त्री फिर्ता बोलाएर नयाँ पठाउने

नेपालअखबार,काठमाडौँ । जनता समाजवादी पार्टीले संघीय सरकारमा पार्टीका तर्फबाट सहभागी दुई जना मन्त्री फिर्ता बोलाएर नयाँ पठाउने तयारी गरेको छ। खानेपानी मन्त्री प्रदीप यादव र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउन लागिएको हो। सरकारमा सहभागी भएका मन्त्रीहरूलाई सुरूमै एक वर्षका लागि मात्रै हो है भनिएको थियो, त्यसअनुसार उनीहरूलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय पार्टीले गरेको छ। उनकाअनुसार अध्यक्ष अशोक राईले खानेपानी मन्त्री वीरेन्द्र महतोलाई र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रञ्जु ठाकुरलाई बनाउन प्रधानमन्त्रीलाई नाम दिइसकेका छन्।  जसपाका ती पदाधिकारीका अनुसार अध्यक्ष राईले अहिले केपी शर्मा ओली नेतृत्वको सरकारमा रहेका दुई जना मन्त्रीहरूलाई फिर्ता आउन पनि निर्देशन दिइसकेका छन्। शनिबार बसेको पार्टी पदाधिकारी...
निर्वाचन प्रणाली सुधार गर्न नसकेसम्म भ्रष्टाचार अन्त्य गर्न सकिँदैन : उपाध्यक्ष राई
राजनीति, विचार, समाचार

निर्वाचन प्रणाली सुधार गर्न नसकेसम्म भ्रष्टाचार अन्त्य गर्न सकिँदैन : उपाध्यक्ष राई

नेपालअखबार, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) की उपाध्यक्ष जयन्तीदेवी राईले निर्वाचन प्रणाली सुधार गर्न नसकेसम्म भ्रष्टाचार अन्त्य गर्न नसकिने बताएकी छन् । आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले निर्वाचन प्रणाली सबैभन्दा शुद्ध हुनुपर्ने समेत बताइन् । निर्वाचन प्रणाली शुद्ध गर्न नसकिए पछाडि परेका महिला, समुदाय, वर्ग, दलित, मुस्लिमहरूलाई अघि बढाउन नसकिने उनले बताइन् । सरकारले निर्वाचन सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक छिटो ल्याउनुपर्नेमा उनले जोड दिइन् । उनले भनिन्,‘निर्वाचन प्रणालीलाई सुधार गर्न सकेनौँ भने भ्रष्टाचारलाई कहिले पनि अन्त्य गर्न सकिँदैन । त्यसकारण निर्वाचन प्रणाली सबैभन्दा शुद्ध हुनुपर्छ । निर्वाचन प्रणाली शुद्ध गर्न सकिएन भने पछि परेको महिला, समुदाय, वर्ग, दलित, मुस्लिमहरू सबै पछि पर्दछन् । यो निर्वाचन...
युवा संघबाट राईलाई निलम्बन गर्न सिफारिस
राजनीति, समाचार

युवा संघबाट राईलाई निलम्बन गर्न सिफारिस

नेपालअखबार,काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालका सह–संयोजक सञ्जीव राईलाई निलम्बनको सिफारिस गरिएको छ । संगठनको नवौं महाधिवेशनका लागि भन्दै राईको अध्यक्षतामा १ भदौमा समानान्तर कमिटी घोषणा गरिएको थियो । युवा संघका इन्चार्ज लक्ष्मण केसीले २७ साउनमा जारी सर्कुलर नसच्चिएको भन्दै राई अध्यक्ष रहनेगरी नवौं महाधिवेशन आयोजक कमिटी घोषणा गरिएको थियो । राईले विधान विपरीत अराजनीतिक काम गरेको भन्दै साधारण सदस्यता समेत नरहनेगरी निलम्बनका लागि केन्द्रीय कमिटीसमक्ष अनुरोध गरिएको अनुशासन आयोगका अध्यक्ष विकल केसीले जानकारी गराएका छन् ।...