Thursday, August 13

राजनीति

प्रधानमन्त्री मोदीको सम्बोधन : अब आणविक ब्ल्याकमेल सहने छैनौँ
राजनीति, विदेश, समाचार

प्रधानमन्त्री मोदीको सम्बोधन : अब आणविक ब्ल्याकमेल सहने छैनौँ

नेपालअखबार,काठमाडौं । नयाँ दिल्ली । ७९ औँ स्वतन्त्रता दिवसको अवसरमा लाल किल्लाबाट राष्ट्रलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अपरेसन सिन्दूरमा सहभागी सैनिकप्रति सम्मान व्यक्त गर्दै पाकिस्तानलाई कडा चेतावनी दिएका छन्।प्रधानमन्त्री मोदीले भने, ‘आज, मलाई लाल किल्लाको पर्खालबाट अपरेसन सिन्दूरका बहादुर सिपाहीहरूलाई सलाम गर्ने अवसर मिलेको छ। हाम्रा सैनिकहरूले शत्रुलाई उनीहरूको कल्पनाभन्दा बाहिरको सजाय दिएका छन्। भारत अब आणविक धम्की वा ब्ल्याकमेल सहने छैन।” उनले पहलगाममा भएको नरसंहारको स्मरण गर्दै भने, ‘आतङ्ककारीहरूले सीमापारबाट आएर निर्दोष नागरिकलाई धर्म सोधेर हत्या गरे। श्रीमानलाई उनकी श्रीमतीको अगाडि, बुबालाई छोराछोरीको अगाडि मारियो। यस घटनाले सम्पूर्ण भारत क्रोधित भएको छ, र अपरेसन सिन्दूर त्यही क्रोधको अभिव्यक्ति हो।’ मोदीले भने, ‘भारतले अब रगत र पानी एकैसाथ बग्ने छैन ...
नेपाली कांग्रेस पार्टीको केन्द्रीय सूचना संचार तथा प्रचार विभागद्धारा डा.अन्सारी सम्मानित
राजनीति, समाचार

नेपाली कांग्रेस पार्टीको केन्द्रीय सूचना संचार तथा प्रचार विभागद्धारा डा.अन्सारी सम्मानित

नेपालअखबार,काठमाडौं । नेपाली कांग्रेस पार्टीको केन्द्रीय सूचना संचार तथा प्रचार विभागले आयोजना गरेको “डिजिटल प्टलेटफर्म प्रयोग,प्रभाव र असर बिषयक कार्यक्रममा सम्पन्न गरेको छ । सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले डा.अबुल हुसैन अन्सारीलाईअमुल्य सहयोग प्रति सम्मान गर्नु भएको छ ।
सरकारले भने दुई देशको नागरिकता दिन नसकिने : गृहमन्त्री लेखक
राजनीति, समाचार

सरकारले भने दुई देशको नागरिकता दिन नसकिने : गृहमन्त्री लेखक

नेपालअखबार,काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपालको संविधानले दोहोरो नागरिकताको परिकल्पना नगरेको स्पष्ट पारेका छन् । विधायन व्यवस्थापन समितिको बिहीबारको बैठकमा बोल्दै उनले गोरखा भर्तीका सन्तानले नेपालको नागरिकता पनि वंशजको आधारमा पाउनुपर्ने भन्दै माग गरेका छन् । तर, सरकारले भने दुई देशको नागरिकता दिन नसकिने बताउँदै आएको छ । गृहमन्त्री लेखकले कुनै नेपाली नागरिक विदेशको नागरिकता प्राप्त गरेको छ भने नेपालको नागरिकता स्वत: समाप्त हुने बताए । ‘यदी अर्को देशको नागरिकता नेपालीले लिन्छ भने नेपालको नागरिकता समाप्त हुन्छ,’ लेखकले बैठकमा भने, ‘पुन: लिन चाहन्छ भने अर्को देशको नागरिकता छोड्नुपर्छ । नेपालले दोहोरो नागरिकताको परिकल्पना नगरेको अवस्था विद्यमान छ ।’ विदेशको नागरिकता लिइसकेको अवस्थामा नेपालको नागरिक बन्न चाहेको खण्डमा उक्त देशको सम्पूर्ण डकुमेन्ट छाड्नपर्ने उनले बताए । ‘यदी नेपालक...
जसपा र राष्ट्रिय मुक्ति पार्टीले गरे कार्यगत एकता घोषणा
राजनीति, समाचार

जसपा र राष्ट्रिय मुक्ति पार्टीले गरे कार्यगत एकता घोषणा

नेपालअखबार, काठमाडौं । जनता समाजवादी पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपालबीच बिहीबार कार्यगत एकताको घोषणा गरिएको छ। अशोक राई नेतृत्वको जसपा र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले कार्यगत एकताको घोषणा गरेका हुन्। उनीहरूबीच निकट भविष्यमा नै पार्टी एकता गर्ने गरी कार्यगत एकताको घोषणा गरिएको हो। ‘देशलाई अग्रगामी निकास दिन पहिचानसहितको संघीयता र समाजवाद पक्षधर शक्तिहरूको एकताबद्ध पहलकदमी आवश्यकता छ भन्ने कुरा हृदयङ्गम गर्दै, संविधानको अग्रगामी संशोधन, परिमार्जन र विकास गर्ने उद्देश्यले जनता समाजवादी पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपाल निम्न साझा मुद्दा, लक्ष्य र उद्देश्यहरू प्राप्तिका लागि एकता उन्मुख कार्यगत एकता गर्न सहमत भएका छौं,’ कार्यगत एकताको सहमति पत्रमा उल्लेख छ। दुई दलबीचको कार्यगत एकताको संरचना तीन तहकै हुने सहमति पत्रमा उल्लेख छ। केन्द्रीय तह, प्रादेशिक त...
यो वर्ष ६ लाख टन मल आपूर्ति गर्न ४४ अर्ब चाहिन्छ : कृषिमन्त्री अधिकारी
राजनीति, समाचार

यो वर्ष ६ लाख टन मल आपूर्ति गर्न ४४ अर्ब चाहिन्छ : कृषिमन्त्री अधिकारी

नेपालअखबार, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मल आपूर्तिमा उल्लेखनीय सुधार भएको दाबी गरेका छन् । अनुदानमा वितरण गरिने रासायनिक मल आपूर्ति तथा वितरण अवस्था एवं यस सम्बन्धमा प्रतिनिधिसभाको आकस्मिक, शून्य तथा विशेष समयमा उठेका विषय र मन्त्रालयले गरेका प्रयासबारे जानकारी गराउँदै मन्त्री अधिकारीले अथक प्रयासबीच कृषकको माग अनुसार सबै बालीका लागि सबै सिजनमा उच्चतम मात्रामा अनुदानको मल पुर्‍याउन नसके पनि मन्त्रालयलाई प्राप्त बजेटबाट जति मल ल्याउन सकिन्थ्यो त्यति ल्याइएको बताए । मन्त्री अधिकारीले अहिलेको बजेटबाट माग अनुसार मल उपलब्ध गराउन नसकिने भएकाले अनुदानको बजेट वृद्धि गर्न आवश्यक रहेको बताए । यस वर्ष कुल ४ लाख ९१ हजार टन मल आयात गरिएको जुन अहिलेसम्मकै उच्च रहेको पनि उनको भनाइ छ । चालु आर्थिक वर्षको बजेट वक्तव्यमा ६ लाख टन मल आपूर्तिका लागि ४४ अर्ब आवश्यक देखिए...
प्रधानमन्त्रीसँग प्रश्नोत्तर ४ भदौमा
राजनीति, समाचार

प्रधानमन्त्रीसँग प्रश्नोत्तर ४ भदौमा

नेपालअखबार,काठमाडौं । आगामी ४ भदौमा प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने भएको छ । यसबारे सभामुख देवराज घिमिरेले बिहीबार सभालाई जानकारी गराएका छन् ।प्रतिनिधिसभा नियमावलीमा प्रत्येक महिना सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर प्रत्यक्ष कार्यक्रम हुने व्यवस्था छ ।
आज चार संसदीय समितिको बैठक बस्दै
राजनीति, समाचार

आज चार संसदीय समितिको बैठक बस्दै

नेपालअखबार,काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत आज चार वटा संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, विधायन व्यवस्थापन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो । बिहान साढे ८ बजे सुरु हुने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सौर्य एयरलाइन्स वायुयान दुर्घटना जाँचबुझको अन्तिम प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ । बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल हुनेछ । बैठक बिहान साढे ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ । बैठक बिहान ११ बजे बस्ने सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा रक्षा मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवको आयोजनाहरूको कार...
जसपा र राष्ट्रिय मुक्ति पार्टीले कार्यगत एकता गर्ने
राजनीति, समाचार

जसपा र राष्ट्रिय मुक्ति पार्टीले कार्यगत एकता गर्ने

नेपालअखबार,काठमाडौं । जनता समाजवादी पार्टी र राष्ट्रिय मुक्ति पार्टीले कार्यगत एकता गर्ने भएका छन्। अशोक राई नेतृत्वको जसपा र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीबीच कार्यगत एकता गर्ने निर्णय भएको हो। ‘जसपा र हामीबीच कार्यगत एकताको निर्णय भएको छ,’ राष्ट्रिय मुक्ति पार्टीका महासचिव केशव झाले सेतोपाटीसँग भने, ‘निकट भविष्यमा पार्टी एकता नै गर्ने गरी अहिले कार्यगत एकताको निर्णय गरिएको हो।’ उनकाअनुसार बिहीबार अपराह्न ३ बजे काठमाडौंमा पत्रकार सम्मेलन गरेर यसको घोषणा हुनेछ। पछिल्लो समय मधेसकेन्द्रित ७ राजनीतिक दलहरूले संघीय लोकतान्त्रिक मोर्चा गठन गरेका छन्। त्यो मोर्चामा यी दुई घटक दल हुन्।...
उपप्रधानमन्त्री सिंहसँग भूमि आयोगका अध्यक्षहरूले गरे भेट
राजनीति, समाचार

उपप्रधानमन्त्री सिंहसँग भूमि आयोगका अध्यक्षहरूले गरे भेट

नेपालअखबार,काठमाडौं ।  भूमि समस्या समाधान आयोगका ३ दर्जन बढी जिल्ला अध्यक्षहरूले उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहसँग भेट गरी काम गर्ने क्रममा भोगिरहेका समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेका छन् । शहरी विकास मन्त्रालयको सभा हलमा बुधबार विहान भएको भेटमा उनीहरुले काम गर्ने क्रममा भोगेका समस्याबारे जानकारी गराएका हुन् । भेटका क्रममा उनीहरुले भूमिसम्बन्धी विधेयक नआउँदा भूमिहिन दलित र सुकुम्वासीलाई जग्गा वितरणमा समस्या भएकाले छिटो पारित गराउनका लागि पहल गरिदिनुहुन उपप्रधानमन्त्री सिंहसँग आग्रह गरेका छन्। भूमि विधेयक हाल संसदमा छ । भूमि आयोग काठमाडौंका जिल्ला अध्यक्ष कृष्णजी खड्काले आयोगले उपप्रधानमन्त्री सिंहसँगको भेट सकारात्मक भएको बताए । ‘आयोगले काम गर्ने क्रममा वन, राष्ट्रिय निकुञ्ज, संरक्षित क्षेत्र र शहरी विकास मन्त्रालयअन्तर्गतकै राष्ट्रिय आवास कम्पनीसँग आव...
मुलुकको विकासका लागि राजनीतिक स्थिरता आवश्यक छ : सञ्चारमन्त्री गुरुङ
राजनीति, समाचार

मुलुकको विकासका लागि राजनीतिक स्थिरता आवश्यक छ : सञ्चारमन्त्री गुरुङ

नेपालअखबार,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकको विकासका लागि राजनीतिक स्थिरता आवश्यक रहेको बताएका छन् । बुधबार काठमाडौँमा स्वावलम्बन विकास केन्द्रको ३४ औँ वार्षिकोत्सवमा बोल्दै मन्त्री गुरुङले डेमोक्रेसी विकासका लागि उत्तम विकल्प भए पनि राजनीतिक स्थिरता बिना विकास सम्भव नरहेको बताएका हुन् ।नेपालमा अस्थिरताका कारण धेरै समस्या देखिएकाले स्थायित्वका लागि ठुला दलको समीकरण बनाएको उनले बताए । मन्त्री गुरुङले देशभर छरिएर रहेका साना–साना उत्पादनहरूलाई व्यवसायिकमुखी बनाउन सके देश माथि उठ्न सक्ने धारणा राखे ।कार्यक्रममा दुई लाख रुपैयाँ राशिको लघु उद्यमशील विकास पुरस्कार छिमेक लघुवित्त विकास संस्थालाई गरिएको छ भने दुई लाख राशिको शङ्करमान श्रेष्ठ लघुवित्त पुरस्कार सफल योगेन्द्र मण्डललाई प्रदान गरिएको छ । त्यस्तै ५० हजार राशिको उत्कृष्ट लघु उद्यमी सदस्य पुरस्कार व...