Thursday, August 13

राजनीति

कांग्रेस-एमाले बाहेकका संसद्‌मा प्रतिनिधित्व गर्ने दल छलफलमा
राजनीति, समाचार

कांग्रेस-एमाले बाहेकका संसद्‌मा प्रतिनिधित्व गर्ने दल छलफलमा

नेपालअखबार,काठमाडौं । संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने सत्तारुढ दुई दल नेकपा एमाले र नेपाली कांग्रेस बाहेकका दलहरूको छलफल चलिरहेको छ । सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बैठक चलिरहेको हो । दल स्वमूल्यांकन कार्यविधि, २०८२’ बारे छलफल भइरहेको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ । बैठकको सञ्चालन गर्दै ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’का प्रावधानहरु वर्तमान संविधान, ऐन र कानुनभन्दा विपरीत रहेकाले त्यसबारे छलफल गरी साझा धारणा बनाउन आवश्यक रहेकाले बैठक बोलाइएको जानकारी गराएका छन् ।...
भारतको १० दिने अध्ययन भ्रमण पश्चात संसदीय टोली स्वदेश फिर्ता
राजनीति, समाचार

भारतको १० दिने अध्ययन भ्रमण पश्चात संसदीय टोली स्वदेश फिर्ता

नेपालअखबार,काठमाडौं। भारतको १० दिने अध्ययन भ्रमण पश्चात संसदीय टोली स्वदेश फिर्ता आएको माननीय अब्दुल खानले जान्कारी दिनु भयो । गत साउन १० गते  नेपालबाट ८,राजनितिक दलका प्रतिनिधि सभाको १४ जना माननिय सदस्यहरुको अध्ययन भ्रमण टोली काठमाडौंको त्रीभूवन अन्तराष्ट्रिय विमास्थलबाट नयां दिल्ली स्थिति ईन्द्रागान्धि अन्तराष्ट्रिय विमान स्थलमा अवतरणभई भारतको दिल्ली र गुजरात राज्यमा विभिन्न राजनितिक,उद्दोगिक र धार्मिक अध्ययन  अवलोकन गरेकाे थियो। भारत सरकारको  निमन्त्रणमा उत्त भ्रमणले नेपाल भारत बिच सुमधुर संबन्ध विस्तार हुने विश्वास माननीय खानले व्यक्त गर्नु भएको छ । दुइ देशबिचको यो राजनैतिक भेट्को क्रममा भारत सरकारका विष्ट श्रेणिका व्यत्तित्व तथा राजनैतिक व्यत्तित्वहरुसंग छलफल संवाद सम्पन्न गरिएको थियो । माननीय खानले  भारतिय सुरक्षा प्रणालीको प्रत्यक्ष अनुभव सहितको विषयवस्तुको अध्ययन गरेकाे बताउनु भया...
प्रतिनिधि सभाको बैठक बस्दै
राजनीति, समाचार

प्रतिनिधि सभाको बैठक बस्दै

नेपालअखबार,काठमाडौं । प्रतिनिधि सभा बैठक आज बस्दैछ । दिउँसो  एक बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक बस्न लागेको हो । आजको बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘भन्सार विधेयक, २०८० माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।...
बंगलादेशलाई लोकतन्त्रको संक्रमणमा नेपालको तर्फबाट पूर्ण सहयोग र समर्थन गर्ने : सञ्चारमन्त्री  गुरुङ
राजनीति, समाचार, हाइलाइट-समाचार

बंगलादेशलाई लोकतन्त्रको संक्रमणमा नेपालको तर्फबाट पूर्ण सहयोग र समर्थन गर्ने : सञ्चारमन्त्री गुरुङ

नेपालअखबार,काठमाडौँ। आज काठमाडौंस्थित बंगलादेशी राजदूतावासमा ‘जुलाई जनआन्दोलन दिवस’को अवसरमा आयोजित कार्यक्रममा नेपाल सरकारका सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले बंगलादेशलाई लोकतन्त्रको संक्रमणमा नेपालको तर्फबाट पूर्ण सहयोग र समर्थन गर्ने बताउनु भयाे । सञ्चारमन्त्री गुरुङले आफ्नो विज्ञप्तिमा जुलाई जनआन्दोलनलाई ‘लोकतन्त्रका लागि बंगलादेशका जनताको सामूहिक इच्छा’ र नयाँ पुस्ताले सिर्जना गरेको गतिको संज्ञा दिनु भयाे ।सञ्चारमन्त्री गुरुङले व्यापार, लगानी, पर्यटन, सूचना तथा सञ्चार प्रविधि र जनताबीचको सम्पर्क लगायतका विभिन्न क्षेत्रमा भएको सहकार्यको स्मरण गर्दै यो अन्तरसम्बन्धित विश्वमा दुई मित्र राष्ट्रबीच नयाँ सहकार्यलाई थप प्रगाढ बनाउन पर्नेमा जोड दिनु भएकाे छ ।कार्यक्रममा सार्क महासचिवका विशेष अतिथिका रुपमा मोहम्मद गुलाम सरवरको उपस्थिति रहेको थियो । सार्कका महासचिवले जुला...
ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारो नजरबन्दमा, अमेरिकाले गर्‍यो निन्दा
राजनीति, विश्व, समाचार

ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारो नजरबन्दमा, अमेरिकाले गर्‍यो निन्दा

नेपालअखबार,काठमाडौँ। ब्राजिलको सर्वोच्च अदालतले पूर्वराष्ट्रपति जैर बोल्सोनारोलाई नजरबन्दमा राख्न आदेश दिएको छ। कू गर्ने प्रयास गरेको आरोप लागेका बोल्सोनारोलाई सर्वोच्चले सोमबार नजरबन्दमा राख्ने आदेश दिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। सर्वोच्चले तोकेका सर्तको पालना नगरेको भन्दै न्यायाधीश एलेक्जान्द्रे डी मोरेसले घरमै नियन्त्रणमा राख्न आदेश दिएका हुन्। यसअघि सर्वोच्चले बोल्सोनारो विदेश भाग्न सक्ने भन्दै विदेशी अधिकारीसँग सम्पर्क गर्न, सामाजिक सञ्जाल चलाउन, दूतावासलाई सम्पर्कको प्रयास गर्न पनि रोक लगाएको थियो। अदालतले बोल्सोनारोको फोन नियन्त्रणमा लिन, वकिल बाहेकसँग भेटघाट गर्न र अदालतको अनुमति प्राप्त व्यक्तिसँग मात्रै भेट्न पाउने आदेश दिएको छ। उक्त आदेशपछि उनलाई ब्रासिलियास्थित निवासमा प्रहरीले नियन्त्रणमा लिएको छ। उनको फोन पनि प्रहरीले नियन्त्रणमा लिएको ...
ग्रे लिस्टबाट नेपाललाई बाहिर निकाल्न सरकारले प्रयास जारी राखेको छ – अर्थमन्त्री
राजनीति, समाचार

ग्रे लिस्टबाट नेपाललाई बाहिर निकाल्न सरकारले प्रयास जारी राखेको छ – अर्थमन्त्री

नेपालअखबार, काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्धारित समयअघि नै नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न सरकारले संगठित र सघन प्रयास जारी राखेको बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदले राखेका प्रश्नको जवाफ दिँदै पौडेलले नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने ऐन २०८० ले विभिन्न १९ वटा ऐनलाई संशोधन गरेको बताए । अर्थमन्त्री पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन तथा कार्ययोजनाहरू दराजमा थन्काउन नभै कार्यान्वयन र सार्थक नतिजा प्राप्तिका लागि तयार पारेको प्रस्ट्याए । मुलुकलाई ग्रे लिस्टबाट बाहिर ल्याउन र आगामी दिनमा समेत यस्तो सूचीमा पर्न नदिने गरी प्रभावकारी कार्यान्वयनको सुनिश्चितताका लागि निर्देशक समितिले शीघ्र सुधारात्मक क्रियाकलापको विस्तृतीकरण २०८२ स्व...
विद्युतलाई हरेक नागरिक र मुलुकको आय आर्जनसँग जोड्ने गरी सरकार अघि बढेको छः मन्त्री खड्का
राजनीति, समाचार

विद्युतलाई हरेक नागरिक र मुलुकको आय आर्जनसँग जोड्ने गरी सरकार अघि बढेको छः मन्त्री खड्का

नेपालअखबार, काठमाडौँ । उर्जा, जलश्रोत तथा सिँचाईमन्त्री दीपक खड्काले विद्युत आपूर्तिको माग दिन प्रतिदिन बढिरहेको बताएका छन् । मंगलवार काठमाडौंमा नेपाल सौर्य विद्युत उत्पादक संघको रजत जयन्ती समारोहलाई सम्बोधन गर्दै उनले सरकारले विद्युतकामार्फत हरेक नागरिकको घरमा उज्यालो दिनुपर्ने कार्य पुर्‍याउन नसकेको नेपालमा सौर्य विद्युत उत्पादनमार्फत विद्युत आपूर्ति हुनु राम्रो कुरा भएको बताए । उनले सरकारले सिंचाई गर्न नसकेको ठाउँमा सिञ्चित गरेर सौर्य उर्जामार्फत पम्पिङहरु गरेर त्यस्ता ठाउँमा सिंचाई गरेर योगदान दिनु सकारात्मक पक्ष रहेको पनि बताए । उनले विद्युतको आवश्यकता एकातिर दिनानुदिन बढिरहेको र अर्कोतिर चुनौति पनि बढिरहेको उल्लेख गरे । विद्युत उत्पादनलाई हरेक नागरिक र मुलुकको आय आर्जनसँग जोड्ने गरी सरकारले काम गरिरहेको पनि उनले बताए । खड्काले सरकारले १० वर्षभित्र २८ हजार ५ सय मेगावाट विद्युत उत्...
भूमि विधेयक गिरीबन्धुसँग जोडिएको छैनः भूमिमन्त्री अधिकारी
राजनीति, समाचार

भूमि विधेयक गिरीबन्धुसँग जोडिएको छैनः भूमिमन्त्री अधिकारी

नेपालअखबार, काठमाडौँ । भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले प्रस्तावित भूमि विधेयक गिरीबन्धु जग्गा प्रकरणसँग नजोडिएको प्रष्ट पारेका छन्। कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सिंहदरबारमा आइतबार भएको भूमिसम्बन्धी विधेयकको छलफलमा उनले अनावश्यक रूपमा गिरीबन्धुलाई भूमि विधेयकसँग जोड्न जरूरी नरहेको बताएका हुन्। विधेयकमा कहाँ गिरीबन्धु जोडिएको छ? देखाइदिन पनि सांसदहरूसँग आग्रह गरे। विधेयकमा कृषि, उद्योगधन्दाका कुराहरू पनि नजोडिएको स्पष्ट पारे। मन्त्री अधिकारीले भने, ‘भूमि विधेयकमा प्रस्तावित संशोधित विषयहरूमा छलफल गरौँ। सरोकारवालाहरूले आफ्ना विषयहरू राखिरहनुभएको छ। मैले पटकपटक भनेको छु, हामीले दफाबारलाई जसरी अघि बढायौं। हाउजिङका कुराहरू विधेयकमा ल्याएका छौं। त्यसमा गिरीबन्धुसहित अरू कुनै विषय नै जोडिएको छैन। सांसदहरूलाई गिरीबन्धु कहाँनेर विधेयकमा जोडिएको छ? म...
किसानलाई मलको यथाशीघ्र व्यवस्था गर्न सांसदको माग
राजनीति, समाचार

किसानलाई मलको यथाशीघ्र व्यवस्था गर्न सांसदको माग

नेपालअखबार,काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले किसानलाई यथाशीघ्र मलखादको व्यवस्था गर्न माग गरेका छन् । बैठकको शून्य समयमा सांसदहरूले मल र खादको व्यवस्था नहुँदा किसानहरू मार्कामा परिरहेको उनीहरूको भनाइ छ । सांसद देवप्रसाद तिमिल्सिनाले नेपाललाई कृषिप्रधान देश भनिए पनि मल नपाएर देशभरिका किसानहरू समस्यामा परेको उल्लेख गर्दै यथाशीघ्र समस्या समाधानमा जोड दिए ।  सांसद प्रभु हजाराले दुई दिनयता मधेसमा पानी परेसँगै किसानले धान रोप्न सुरु गरे पनि मलखाद नपाउँदा समस्यामा परिरहेको बताए । सांसद वासुदेव घिमिरेले मलखादको वितरण समान हुन नसक्दा अभावको सामना खेप्नु परिरहेको उल्लेख गरे । उनले अनुदानको मल वितरण व्यवस्थापन निर्देशिका २०७७ लाई संशोधन गर्नुपर्ने आवश्यकता औँल्याए । उनले भने, ‘कार्यविधि संशोधन नहुँदा सहुलियतको रासायनिक मल वितरण समन्यायिक भएको छैन, वैज्ञानिक आधार र क्षेत्...
राष्ट्रपति पौडेलद्वारा वसन्तपुर क्षेत्रमा रहेका सम्पदाको अवलोकन
राजनीति, समाचार

राष्ट्रपति पौडेलद्वारा वसन्तपुर क्षेत्रमा रहेका सम्पदाको अवलोकन

नेपालअखबार,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँको विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर क्षेत्रमा रहेका सम्पदाको अवलोकन गरेका छन् । सोमबार प्रथम महिला सविता पौडेलसहित वसन्तपुर क्षेत्रमा पुग्नुभएका राष्ट्रपति पौडेलले हनुमानढोका दरबार सङ्ग्राहलयको पनि अवलोकन गरेका हुन् । राष्ट्रपति पौडेललाई दरबार स्क्वायर क्षेत्रमा पर्यटन संस्कृति तथा नागरिक उड्ययन मन्त्रालयका सचिव हरिप्रसाद मैनाली, पुरातत्त्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्ग, हनुमानढोका दरबार सङ्ग्राहलय विकास समितिका कार्यकारी निर्देशक काजीमान प्याकुरेललगायतले स्वागत गरे । सो क्रममा राष्ट्रपति पौडेलले हनुमानढोका दरबार स्क्वायरमा रहेका कालभैरव, तलेजु मन्दिर, नौ तले दरबार, नासल चोक, मुलचोक, त्रिशुलचोकलगायतका स्थानको अवलोकन गरे ।...