Thursday, August 13

राजनीति

प्रचण्डले भोलि संसदमा सम्बोधन गर्ने
राजनीति, समाचार

प्रचण्डले भोलि संसदमा सम्बोधन गर्ने

नेपालअखबार,काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार संसदमा सम्बोधन गर्ने भएका छन् । गठबन्धन सरकारको एक वर्षको समीक्षा, भिजिट भिसा प्रकरण, संघीय निजामती सेवा विधेयक, मन्त्रीहरूको घुस काण्ड, प्रधानमन्त्री केपी ओलीको स्पेन भ्रमण लगायत विषयमा सम्बोधन गर्न लागिएको प्रचण्डका मुख्य स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए । ‘सरकारको एक वर्षे कार्यकाल, पछिल्ला विभिन्न काण्ड लगायत विषयमा प्रमुख प्रतिपक्ष दलको नेताको रूपमा सम्बोधन गर्न सभामुखसँग समय माग गर्नुभएको छ’, उनले भने । प्रचण्डले संसदमा सम्बोधन गर्न समय मागेको सभामुख देवराज घिमिरेको सचिवालयले पनि पुष्टि गरेको छ । प्रमुख प्रतिपक्ष दलको नेताले सम्बोधनका लागि समय मागेपछि सभामुखले स्वतः कार्यसूचीमा चढ्ने सभामुखका प्रेस विज्ञ शेखर अधिकारीले बताए । प्रचण्डले यसअघि चैत २७ गते संसदमा सम्बोध...
२०८४ सालको निर्वाचनअघि नै सरकारको नेतृत्वबाट राजीनामा दिन्छु : प्रधानमन्त्री ओली
राजनीति, समाचार

२०८४ सालको निर्वाचनअघि नै सरकारको नेतृत्वबाट राजीनामा दिन्छु : प्रधानमन्त्री ओली

नेपालअखबार, बिर्तामोड ।  प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले २०८४ सालको निर्वाचनअघि नै सरकारको नेतृत्वबाट राजीनामा दिने घोषणा गरेका छन् । झापाको बिर्तामोडमा आइतबार पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै ओलीले आफूले एक वर्ष सरकार सञ्चालन गरेर पद हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएका हुन् । 'हामी काम गर्नका लागि सरकारमा गएका हौं,' ओलीले भने, 'एक वर्षभित्र धेरै काम गरेका छौं, अझ धेरै गर्न बाँकी छ ।' उनले आफू नेतृत्वको सरकारले युगान्तकारी काम गरेको दाबी गर्दै तराईको हुलाकी सडक र चुरे क्षेत्रको मदन भण्डारी राजमार्ग आफ्नै पहलमा रेखांकन भएको उल्लेख गरे । ओलीले एमालेलाई कमजोर पार्न सुनियोजित षड्यन्त्र भइरहेको आरोप पनि लगाए । 'एमालेलाई टिक्नै नदिने, टिकिहाले उम्रिनै नदिने, उम्रिहाले हुर्किनै नदिने गरी चारैतिरबाट घेराबन्दी गरिएको छ,' उनले भने । उनले एमालेबिनाको नेपाल सम्भव नरहेको...
नेपाली भाषाको श्रीवृद्धिमा आदिकवि भानुभक्तको योगदान महत्त्वपूर्ण : मुख्यमन्त्री पाण्डे
राजनीति, समाचार

नेपाली भाषाको श्रीवृद्धिमा आदिकवि भानुभक्तको योगदान महत्त्वपूर्ण : मुख्यमन्त्री पाण्डे

नेपालअखबार,पोखरा । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली भाषाको श्रीवृद्धि र राष्ट्रिय एकता प्रवर्द्धनमा आदिकवि भानुभक्त आचार्यले पुर्‍याउनुभएको योगदान महत्त्वपूर्ण रहेको बताएका छन् । आदिकवि भानुभक्तको २१२ औँ जन्म जयन्तीका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले भानुभक्तका विचार र आदर्शहरूलाई आत्मसात् गर्दै नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण र प्रवर्द्धनमा निरन्तर लागिरहनुपर्ने उल्लेख गरेका हुन् । ‘घाँसीको प्रेरणाबाट महत्त्वपूर्ण कृति जन्माउनुभएको घटनाले उहाँको सरलता र महानता झल्कन्छ, रामायणजस्तो चर्चित र लोकप्रिय ग्रन्थलाई नेपालीमा अनुवाद गरी जनजनमा पुर्‍याएर नेपाली भाषाको श्रीवृद्धि मात्र होइन राष्ट्रिय एकता प्रवर्द्धन उहाँले गर्नुभएको योगदान सदा स्मरणीय छ’, मुख्यमन्त्री पाण्डेद्वारा जारी गरिएको सन्देशमा जनाइएको छ । वि.सं १८७१ असार २९ गते तनहुँको चु...
प्रतिनिधिसभाको बैठक बस्दै,
राजनीति, समाचार

प्रतिनिधिसभाको बैठक बस्दै,

नेपालअखबार,काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने भएको छ । आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय भएको छ । यसैगरी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२’ प्रस्तुत गर्नेछन् । त्यस्तै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।...
इजरायली आक्रमणमा एकैदिन ११० प्यालेस्टिनी मारिए
राजनीति, विश्व, समाचार, हाइलाइट-समाचार

इजरायली आक्रमणमा एकैदिन ११० प्यालेस्टिनी मारिए

नेपालअखबार,काठमाडौं । गाजामा इजरायली सेनाको आक्रमणमा शनिबार कम्तीमा ११० जना प्यालेस्टिनी मारिएका छन् । अलजजिराका अनुसार मारिनेमा दक्षिणी राफाहस्थित अमेरिकी समर्थन प्राप्त गाजा ह्युम्यानिटेरियन फाउण्डेसन (जीएचएफ) को राहत केन्द्रमा खाना लिन लाइन बसेका ३४ जना नागरिक समेत रहेका छन् । यो नरसंहार कतारमा जारी युद्धविराम वार्ता अवरुद्ध समयमा भएको हो। इजरायलले गाजाका सबै जनतालाई बलपूर्वक विस्थापित गर्ने योजना सार्वजनिक गरेपछि अन्तर्राष्ट्रिय समुदायले निन्दा गरेका छन् । बीबीसीले भने इजरायली हमलामा परी राहत सामग्री केन्द्र नजिकै २४ प्यालेस्टिनी नागरिकको मृत्यु भएको जनाएको छ । दक्षिणी गाजास्थित नासेर अस्पतालले दिएको जानकारी अनुसार शनिबार खाना लिन राहत केन्द्र पुगेका प्यालेस्टिनी सर्वसाधारणको इजरायली सेनाले चलाएको गोली लागी मृत्यु भएको हो । यता, इजरायली डिफेन्स फोर्स (आईडीएफ) ले आफ्नोतर्फबा...
विद्या भण्डारीले एमालेमा फर्किएर अध्यक्ष बन्छु भन्नु सकारात्मक: झलनाथ खनाल
राजनीति, विचार, समाचार

विद्या भण्डारीले एमालेमा फर्किएर अध्यक्ष बन्छु भन्नु सकारात्मक: झलनाथ खनाल

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पूर्वराष्ट्रपति विद्या भण्डारीले एमालेमा फर्किएर अध्यक्ष बन्छु भनेको कुरालाई आफूले सकारात्मक रूपमा लिएको बताएका छन्। चीनको भ्रमण सकेर शनिबार स्वदेश फर्किएका खनालले त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै भण्डारीले एमाले राजनीतिमा फर्किएर अध्यक्ष बन्ने र वामपन्थीहरूबीच एकता गर्ने कुरा गरेको भए त्यसलाई सकारात्मक रूपमा लिनुपर्ने बताएका हुन्। ‘अहिले जे खालको समस्याबाट एमालेको नेतृत्व आक्रान्त देखिन्छ। यदी विद्या भण्डारीले वामपन्थी एकता आजको आवश्यकता हो भन्ने महसुस गरेर एमालेमा प्रवेश गर्ने र म अब पहलकदमी गर्छु, एमालेको अध्यक्ष पनि बन्छु भन्ने कुरा गरेको हो भने यसलाई हामीले सकारात्मक रुपमा लिनुपर्छ,’ उनले भने। सम्मानित नेता खनालले नेपालमा सबैभन्दा ठूलो वामपन्थी समूह एमाले नै भएको तर उसले सबैलाई एकतावद्ध गर्न नचाहेको हुनाले वामप...
देशमा केही भएन भन्ने भाष्य गलतः उपप्रधानमन्त्री सिंह
राजनीति, समाचार

देशमा केही भएन भन्ने भाष्य गलतः उपप्रधानमन्त्री सिंह

नेपालअखबार,काठमाडौं । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशमा केही भएको छैन भन्ने गलत भाष्य निर्माण गरी भ्रम फैलाउने प्रयास भइरहेको बताएका छन्। काठमाडौंमा नेपाली कांग्रेस नागार्जुन नगरपालिका–२ ले आयोजना गरेको ‘एसइई सम्मान’ कार्यक्रममा उनले युवा विद्यार्थीहरूलाई यथार्थ नबुझी लहैलहैमा नलाग्न आग्रह गरे। ‘देशमा केही भएन, हुँदैन भन्ने गलत भाष्य बनाउन खोजिएको छ। जसले जे भने पनि त्यसलाई पत्याएर लहैलहैमा लाग्नुहुँदैन। युवा विद्यार्थीहरूले सत्य–तथ्य बुझेर विवेकको प्रयोग गर्नुपर्छ। विगतमा के थियो र अहिले के परिवर्तन भएको छ, युवा र विद्यार्थीहरूले आफ्ना अग्रज र अभिभावकहरूसँग सोधेमा स्पष्ट हुन्छ। अझै धेरै गर्न बाँकी छ, तर केही नभएको भन्ने भाष्य गलत हो,’ उनले भने। उनले नेपालको शिक्षा क्षेत्रमा विगतको तुलनामा उल्लेखनीय प्रगति भएकोमा जोड दिए। आफू विद्यार्थी हुँदा विषय छनोटमा...
राजनीतिक दलहरू बलियो हुँदा मात्रै राज्य बलियो हुन्छ : बस्नेत
राजनीति, समाचार

राजनीतिक दलहरू बलियो हुँदा मात्रै राज्य बलियो हुन्छ : बस्नेत

नेपालअखबार,काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव शक्ति बस्नेतले राजनीतिक दलहरू बलियो हुँदा मात्रै राज्य बलियो हुने बताएका छन् । भक्तपुरमा शनिवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले उनले राजनीतिक दलहरू बलियो भए मात्रै राजनीतिक प्रणाली बलियो हुने जिकिर गरेका हुन्। उनले राजनीतिक दलहरूले आफ्ना सकारात्मक तरिकाले विषयवस्तु राख्न नसक्नुले पनि राजनीतिक दलहरूप्रति अनावश्यक प्रश्नहरू उठिरहेको बताए। उपमहासचिव बस्नेतले भन, ‘राजनीतिक दलहरू बलियो हुँदा राज्य बलियो हुने, राजनीतिक प्रणाली बलियो हुन्छ । राजनीतिक दलहरूप्रति बेला बेलामा प्रश्नहरू उठ्ने गरेका पनि छन् । राजनीतिक दलहरूको बारेमा फैल्याइएका अनावश्यक अफवाहहरू, राजनीतिक दलहरूले आफ्ना सकारात्मक तरिकाले विषयवस्तु राख्न नसक्नुले पनि राजनीतिक दलहरूप्रति अनावश्यक प्रश्नहरू उठिरहेका छन् । अव्यवस्था चाहनेले जतिसुकै राजनीतिक दलह...
इजरायलद्वारा गजा क्षेत्रमा गरेको ‘नरसंहार’ कुनै हालतमा  स्वीकार गर्न सकिँदैन, यो युद्ध अपराध हाे :  माननीय खालिद
राजनीति, विचार, समाचार, हाइलाइट-समाचार

इजरायलद्वारा गजा क्षेत्रमा गरेको ‘नरसंहार’ कुनै हालतमा स्वीकार गर्न सकिँदैन, यो युद्ध अपराध हाे :  माननीय खालिद

नेपालअखबार,काठमाडौं ।माननीय मोहम्मद खालिदले  इजरायलद्वारा गजा क्षेत्रमा गरेको‘नरसंहार’ कुनै हालतमा स्वीकार  गर्न सकिँदैन, यो युद्ध अपराध हाे । प्यालेस्टाइन माथिको आक्रमण  र जनसंहारकाे  विरोध विश्वभर हुन  पर्ने आजकाे आवश्यकता रहेकाे बताउनु भयाे । यो विरोध कार्यक्रम विरोधका लागि मात्र होइन यसले सम्पूर्ण मानव जगतको रक्षाको लागि आवाज उठाएको छ। प्यालेस्टाइन ‘नरसंहार’ भइरहेको छ। त्यहाँ युद्ध अपराध भएको छ। के बालबालिका ,के महिला के, वृद्धा हस्पिटल विद्यालय आवास केही पनि बाँकी नरहेको अवस्था छ। विश्वमा रहेर मानववादी वकालत गर्ने राष्ट्रहरूआज किन मौन छन् ?  आजको एक्काइसौँ शताब्दी सभ्यताको युग भने तापनि म यो भन्छु । यो त ढुंगाका मन भएका व्यक्तिहरूको युग हो। जसको लाठी उसैको भै‌स भने जस्तै शक्ति हुनेले शक्तिका आडमा जे गरे पनि छुट हुने तर  निमुखा शक्तिहीन व्यक्तिताका साथ मरि रहनु पर्ने  माननीय  ...
जनमतका पूर्वकोषाध्यक्षविरुद्ध अर्को ठगी मुद्दा, फेरि धरौटीमा छुटे
राजनीति, समाचार

जनमतका पूर्वकोषाध्यक्षविरुद्ध अर्को ठगी मुद्दा, फेरि धरौटीमा छुटे

नेपालअखबार,काठमाडौं । जनमत पार्टीका निलम्बित पूर्वकोषाध्यक्ष सुरेन्द्रनारायण यादवलाई अर्को ठगीको मुद्दा लागेको छ । यसअघि पार्टीको कार्यालय भवन खरिदका लागि जम्मा गरेको रकम ठगी गरेको आरोपमा मुद्दा खेपेका यादवमाथि पुन: अर्को मुद्दा परेको हो । यादवले ठगी गरेको भन्दै पार्टीबाहेकका व्यक्तिले ललितपुर जिल्ला अदालतमा मुद्दा हालेका थिए । उक्त मुद्दामा यही असार २६ गते अदालतले यादवविरुद्ध एक लाख २५ हजार धरौटी माग गरेको छ । अदालतले मागेको धरौटी बुझाएर यादव २६ गते नै छुटेका छन् ।यसअघि ठगीको कसुरमा ७ वैशाखमा सप्तरीबाट प्रहरीले यादवलाई  पक्राउ गरेको  थियो । जनमत पार्टीका प्रवक्ता डा शरदसिंह यादवले दिएको जाहेरीका आधारमा उनी र उनकी श्रीमती ललिताकुमारी यादवविरुद्ध १ करोड ८५ लाख १ हजार रुपैयाँ बिगो असुल उपर गर्नुपर्ने माग गर्दै मुद्दा दायर भएको थियो ।...