Monday, August 17

राजनीति

बेलायतको लेबर पार्टीले अमेरिकी चुनावमा हस्तक्षेप गरेको ट्रम्पको आरोप
राजनीति, विश्व, समाचार

बेलायतको लेबर पार्टीले अमेरिकी चुनावमा हस्तक्षेप गरेको ट्रम्पको आरोप

नेपालअखबार,वासिङ्टन डिसी । अमेरिकाका पूर्व राष्ट्रपति एवम् आगामी राष्ट्रपतिको निर्वाचनमा  रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पको चुनाव प्रचार प्रसार अभियानले बेलायतको लेबर पार्टीविरुद्ध संघीय निर्वाचन आयोग (एफईसी)मा उजुरी दिएको छ । ऊजुरीका अनुसार ह्यारिसको चुनावी प्रचारका लागि लेबर पार्टीसँग सम्बद्ध व्यक्तिहरू अमेरिका आएका छन् । ह्यारिस–वाल्जको चुनावी अभियानलाई सहयोग पुर्याउन अमेरिकी चुनावमा ‘स्पष्ट विदेशी हस्तक्षेप’ भइरहेको आरोप उनले लगाएका छन् । लेबर पार्टी र कमला ह्यारिसको चुनावी अभियान बीच सम्पर्कबारे सञ्चार माध्यमहरूमा प्रकाशित समाचारहरूलाई उद्धृत गर्दै यो अवैध ‘योगदान’ जस्तो भएको तर्क उजुरीमा दिइएको छ । कमला ह्यारिस अमेरिकाको वर्तमान उपराष्ट्रपति हुन् । आगामी निर्वाचनमा उनी डेमोक्रेटिक पार्टीको तर्फबाट राष्ट्रपतिको उम्मेदवार पनि हुन् । अमेरिकी राष्ट्रपतिको निर्वाचनमा प्र...
सरकार सय दिनमा भ्रष्टाचारी बचाउन मात्रै केन्द्रित रह्यो: प्रचण्ड
राजनीति, विचार, समाचार

सरकार सय दिनमा भ्रष्टाचारी बचाउन मात्रै केन्द्रित रह्यो: प्रचण्ड

नेपालअखबार,काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार सय दिनमा भ्रष्टाचारीको संरक्षणमा मात्रै केन्द्रित रहेको टिप्पणी गरेका छन्। बुधबार बिहान पार्टीनिकट नेपाल बुद्धिजीवी संगठनका पदाधिकारीहरुसँगको भेटमा प्रचण्डले सरकार गठन हुँदा जे आशंका गरिएको थियो सय दिनसम्म आइपुग्दा त्यस्तै देखिएको बताएका हुन्। ‘सरकारको सय दिन पुगेको छ, सरकार गठनहुँदा नै हामीले जे आशंका गरेका थियौं, सय दिनको बीचमा त्यसलाई नै पुष्टि गर्ने काम गरेको छ,’अध्यक्ष प्रचण्डले भने ‘विपक्षी दलहरुले मात्रै होइन, नागरिक समाजका अगुवा र स्वयं सत्तारुढ दलका नेताहरुले समेत असन्तुष्टि जनाइरहेका छन्। यसबाट सरकार गर्नुपर्ने काममा चुकेको र गर्न नहुने काममा मात्रै केन्द्रित भएको स्पष्ट हुन्छ ।’ उद्योगहरुको बक्यौता महसुल उठाउन खोज्दा विद्युत प्राधिकरणका कार्यकारी निर्देशकलाई हटाउन खोज्ने, सामान्य प्...
आज राष्ट्रपतिसँग विपक्षी दलहरूले छलफल गर्ने
राजनीति, समाचार

आज राष्ट्रपतिसँग विपक्षी दलहरूले छलफल गर्ने

नेपालअखबार ,काठमाडौँ । सरकार गठन भएको सय दिन पुगेको बेला विपक्षी दलहरूले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटघाट गर्ने तयारी गरेका  छन् । राष्ट्रपति पौडेलसँग भेट गर्न लागेको जानकारी प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दिएका थिए । बुधबार बिहान पार्टी निकट बुद्धिजीवी सङ्गठनका पदाधिकारीसँग उनले उक्त जानकारी दिएका थिए । तर भेटघाटको तयारी भएपनि समय तय नभइसकेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । यद्यपि अपराह्न ४ बजे भेटघाट हुन सक्ने मल्लले बताए । राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाउने वा ध्यानाकर्षण गराउने भन्दा पनि पछिल्लो राजनीतिक अवस्था, सरकारको काम कारबाही लगायत समसामयिक विषयमा छलफल गर्न लागिएको उनले स्पष्ट पारे । ‘राष्ट्रपतिलाई ज्ञापनपत्र वा ध्यानाकर्षण केही गर्न लागिएको होइन । विपक्षी दलहरूले उहाँसँग बसेर छलफल गर्न खोजिएको हो । पछिल्लो राजनीत...
उपराष्ट्रपति यादव अस्पताल भर्ना
राजनीति, समाचार

उपराष्ट्रपति यादव अस्पताल भर्ना

नेपालअखबार,काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएका छन्। हर्नियाको शल्यक्रियाका निम्ति उनी मङ्गलबार साँझ भर्ना भएका हुन्। उपराष्ट्रपतिका निजी चिकित्सक डा. शिवजीविक्रम सिलवालका अनुसार उनको बुधबार शल्यक्रिया गरिने छ। उपराष्ट्रपति यादव लामो समयदेखि हर्नियासम्बन्धी समस्याबाट पीडित थिए। उनको शल्यक्रिया प्राध्यापक डा. रमेशसिंह भण्डारी र सहप्राध्यापक डा. सुमिता प्रधानले गर्नेछन्।...
बालुवाटारमा सत्तारुढ दलको बैठक सुरु
राजनीति, समाचार

बालुवाटारमा सत्तारुढ दलको बैठक सुरु

नेपालअखबार,काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दलहरूको बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा  बैठक बसेको हो । बैठकमा सरकारको एक सय दिनको समीक्षा, आगामी कार्ययोजना र समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्ने तयारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
पार्टी फुट्ने हल्लामा सत्यता छैन : माधव नेपाल
राजनीति, समाचार

पार्टी फुट्ने हल्लामा सत्यता छैन : माधव नेपाल

नेपालअखबार,काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी फुट्ने हल्ला नियोजित रूपमा चलाइएको भन्दै त्यसका पछि नलाग्न नेता कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । पार्टी कार्यालय आलोकनगरमा मंगलबार बसेको बागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले समसामयिक राजनीति र पार्टीको अवस्थाबारे ब्रिफिङ गर्दै यस्तो हल्लाका पछि नलाग्न नेता कार्यकर्तालाई भनेका हुन् ।‘हाम्रो पार्टी फुट्दै छ भनेर हल्ला चलाइएको मैले पनि सुनिरहेको छु । यो हल्ला नियोजित रूपमा कसैले चलाएको हो । यसमा कुनै सत्यता नभएकाले यसका पछि नलाग्न आग्रह गर्न चाहन्छु’, अध्यक्ष नेपालको भनाइ उद्धृत गर्दै सो पार्टीको प्रचार विभागले भनेको छ । बैठकमा वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, नेताहरू डा बेदुराम भुसाल, प्रमेश हमाल लगायत छन् । यसैगरी बागमती प्रदेश इन्चार्ज गंगालाल तुलाधर र प्रदेश अध्यक्ष सरिता भुस...
सभामुख घिमिरेले प्रमुख सचेतक, सचेतक र समितिका सभापतिहरूसँग छलफल गर्दै
राजनीति, समाचार

सभामुख घिमिरेले प्रमुख सचेतक, सचेतक र समितिका सभापतिहरूसँग छलफल गर्दै

नेपालअखबार, काठमाडौं । सभामुख देवराज घिमिरेले प्रमुख सचेतक, सचेतक र समितिका सभापतिहरूसँग मंगलबार छलफल गर्दैछन्। सभामुख घिमिरेले बिहान साढे ११ बजे छलफलका लागि प्रमुख सचेतक, सचेतक र समिति सभापतिहरूलाई बोलाएको उनको सचिवालयले जानकारी दिएको छ। ‘संसदको आगामी अधिवेशनमा बिजनेसको अभाव हुन नदिन सभामुखले सभापतिहरूलाई बोलाउनुभएको हो। अधिवेशन नभएको अवस्थामा सांसदहरू जिल्ला बाहिर हुने र समितिको कोरम पुर्‍याउनसमेत कठिन भएको सभापतिहरूले सभामुखसँग गुनासो गर्दै आउनुभएको छ,’ सभामुखको सचिवालयको भनाइ छ। छलफलका लागि सत्तापक्ष नेकपा (एमाले) का मुख्य सचेतक महेशकुमार बर्तौला, नेपाली कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियार र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहील...
माओवादी केन्द्रले कात्तिक १० गते काठमाडौंमा खबरदारी सभा गर्ने
राजनीति, समाचार

माओवादी केन्द्रले कात्तिक १० गते काठमाडौंमा खबरदारी सभा गर्ने

नेपालअखबार, काठमाडौं । नेकपा माओवादी केन्द्रले यही कात्तिक १० गते काठमाडौंमा खबरदारी सभा गर्ने भएको छ । सरकारका गलत कदमको विरोध र गर्नुपर्ने कामका लागि ध्यानाकर्षण गराउन भन्दै काठमाडौंको प्रदर्शनीमार्गमा कात्तिक १० गते खबरदारी सभा गर्ने निर्णय गरेको माओवादी केन्द्रले जनाएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टीको बागमती र विशेष प्रदेश समन्वय समिति तथा जनवर्गीय संगठनका इञ्चार्ज तथा अध्यक्षहरुको संयुक्त बैठकलाई सम्बोधन गर्दै पार्टी केन्द्रीय कार्यालयको बैठकले खबरदारी सभा गर्ने निर्णय गरेको जानकारी गराए । उनले खबरदारीसभाको तयारीमा जुट्न सबै कमिटीहरुलाई निर्देशन पनि दिए । माओवादी केन्द्रले विपत् व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशीलता, गैरजिम्मेवारीपन र योजनाविहीनताका कारण बेपत्ताहरुको खोजी, राहत वितरण, घाइतेहरुको उपचार, अस्थायी आवास निर्...
सीमामा सैन्य गस्तीबारे चीन र भारतबीच नयाँ सम्झौता
प्रशासन, राजनीति, विदेश, समाचार

सीमामा सैन्य गस्तीबारे चीन र भारतबीच नयाँ सम्झौता

नेपालअखबार, काठमाडौं । चीन र भारत लाइन अफ एक्युअल कन्ट्रोल (एलएसी) अर्थात दशगजा क्षेत्रमा हुने सैनिक गस्तीबारे नयाँ सम्झौतामा पुगेका छन् । यसले सीमामा रहेका दुई देशका सैनिक पछाडि हट्ने र सन् २०२० को विवाद समाधान हुन सक्ने बताइएको छ । सोमबार पत्रकार सम्मेलन गरेर भारतीय विदेश सचिव विक्रम मिस्रीले दिएको जानकारीअनुसार पछिल्लो केही सातादेखि भारत र चीनको बीचमा राजनीतिक र सैन्यस्तरमा कुराकानी भइरहेको थियो । उनले अगाडि भनेका छन्, ‘दुबै देश एलएसीमा सैनिक गस्तीलाई लिएर एउटा सम्झौतामा पुगेका छन् ।’ २०२० मा पूर्वी लद्दाखमा चीन र भारतका सैनिकहरुबीच हिंसात्मक झपड भएको थियो । यसमा २० भारतीय सैनिक मारिए, केही चिनियाँ सैनिकको पनि मृत्यु भयो । यो घटनापछि दुबै देशको सीमामा तनाव छ । यो घटनापछि दशजगाको जुन इलाकासम्म भारतीय सैनिकले गस्ती गर्थ्यो, त्यहाँ पुग्न चीनले रोकेको भारतीय दाबी छ । अब भारत २०२० क...
पार्टी फुटको हल्लाबारे माधव नेपाल : कागले कान लग्यो भनेर नदौडिनुस्
राजनीति, विचार, समाचार

पार्टी फुटको हल्लाबारे माधव नेपाल : कागले कान लग्यो भनेर नदौडिनुस्

नेपालअखबार, बुटवल । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी फुटको हल्ला निराधार भएको बताएका छन् । कपिलवस्तुमा लुम्बिनी प्रदेशस्तरीय भेलालाई सोमबार सम्बोधन गर्दै उनले फुटको हल्ला निराधार रहेको बताए । ‘हाम्रो पार्टी एमाले वा माओवादी कसैसंग विलीन हुँदैन, विलिन हुन लागेको चर्चा गलत हो, बेकारको हल्ला हो’, नेपालले भने, ‘हामी आफ्नो अस्तित्वमा चलिरहेका छौँ, कागले कान लग्यो भनेर नदौडिनुस् कान छाम्नुस् ।’ उनले पार्टी विभाजन भए पनि सामना गर्नुको विकल्प नभएको बताए । ‘चुनाव आफै माग्ने, सबै प्रकृयामा भाग लिने अनि हारेपछि गलत भयो भनेर गीत गाएर हिंड्ने ?’– नेपालले भने, ‘पार्टी फुटको कुरा हल्ला हो तर फुटेछ भने आकाशै खस्दैन, हिम्मतका साथ सामना गर्नुको विकल्प छैन ।’ अध्यक्ष नेपालले पार्टी विभाजन गर्ने अध्यादेश ल्याउने दुस्साहस नगर्न सरकारलाई आग्रह समेत गरे । प्रधानमन्त्री ओलीक...