Monday, October 12

विदेश

भेनेजुएलाको राजधानीमा दुईचोटि गयो ७ म्याग्निच्युडभन्दा ठूलो भुइँचालो, व्यापक जनधन क्षतिको आशंका
विदेश, समाचार, समाज

भेनेजुएलाको राजधानीमा दुईचोटि गयो ७ म्याग्निच्युडभन्दा ठूलो भुइँचालो, व्यापक जनधन क्षतिको आशंका

नेपालअखबार,काठमाडौँ । भेनेजुएलाको राजधानी काराकासमा केही सेकेन्डको अन्तरालमा दुई शक्तिशाली भुइँचालो गएका छन्। पहिलो भुइँचालो ७.२ र दोस्रो ७.५ म्याग्निच्युडको थियो। भुइँचालोका कारण थुप्रै भवन भत्किएका छन्। त्रसित स्थानीयवासीहरू सडकमा निस्किएका छन्। भेनेजुएलाका आन्तरिक मामिला मन्त्रीले नागरिकहरूलाई घरबाहिर सुरक्षित स्थानमा बस्न आग्रह गरेका छन्। भूकम्पबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको आशंका गरिएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार प्रभावित संख्या १० हजारभन्दा बढी पुग्ने सम्भावना ४४ प्रतिशत छ। स्थानीय समय अनुसार साँझ ६:०४ बजे भुइँचालो गएको हो। उक्त समयमा भेनेजुएलामा राष्ट्रिय बिदा परेकाले धेरै मानिस घरमै रहेको अनुमान गरिएको छ। भुइँचालोको केन्द्रबिन्दु काराकासको पश्चिममा रहेको मोन्टाल्बान क्षेत्र रहेको जनाइएको छ। यसको धक्का छिमेकी देश कोलम्बियाको राजधानी बोगोटासम्म...
जापानले जुलाईदेखि भिसा शुल्क पाँच गुणा वृद्धि गर्ने
विदेश, समाचार

जापानले जुलाईदेखि भिसा शुल्क पाँच गुणा वृद्धि गर्ने

नेपालअखबार, टाेकियाे । जापानी सरकारले जुलाईदेखि विदेशीहरूको लागि एकल–प्रवेश भिसा शुल्क तीन हजार येनबाट पाँच गुणा बढाएर १५ हजार येन (लगभग ९० अमेरिकी डलर) पुर्याउने निर्णय गरेको छ । मुद्रास्फीति र येनको अवमूल्यनको बीचमा १९७८ पछि पहिलो पटक वृद्धि भएको उक्त निर्णयको घोषणा विदेशमन्त्री मोटेगी तोशिमित्सुले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा गरेका हुन् ।यसैगरी बहु–प्रवेश भिसाको जारी शुल्क छ हजार येनबाट बढेर ३० तीस हजार येन हुनेछ । “हामी यो कदमले आन्तरिक पर्यटनमा तत्काल प्रभाव पार्ने अपेक्षा गर्दैनौँ”, मोटेगीले भने ।...
मासु खान चोरिएका सयौँ बिरालोको उद्धार
विदेश, समाचार, समाज

मासु खान चोरिएका सयौँ बिरालोको उद्धार

नेपालअखबार, हो ची मिन्ह । भियतनाममा मासुका लागि वध गर्न लगिँदै गरेका ४०० भन्दा बढी बिरालोलाई प्रहरीले उद्धार गरेको छ । पशु कल्याणसम्बन्धी संस्था ह्युमेन वर्ल्ड फर एनिमल्सका अनुसार अधिकारीहरूले बिरालो चोरी गर्ने एक सङ्गठित गिरोहको पर्दाफास गरेका छन् । गएको हप्ता ताय निन्ह प्रान्त र हो ची मिन्ह सहरमा गरिएको छापामारीका क्रममा प्रहरीले ४०० भन्दा बढी जीवित बिरालो तथा बरफमा राखिएका करिब ८० मृत बिरालो फेला पारेको थियो । अर्को एक स्थानबाट थप २१ बिरालो पनि बरामद गरिएको थियो । यस घटनामा संलग्न रहेको आरोपमा नौ जनालाई पक्राउ गरिएको छ । हो ची मिन्ह सहर प्रहरीको आधिकारिक पत्रिकाका अनुसार उक्त समूह बिरालो चोरी र संकलनमा विशेषज्ञ आपराधिक गिरोहका रूपमा सक्रिय थियो । भियतनाममा कुकुर र बिरालोको मासु उपभोग कानुनी भए पनि व्यापारीहरूले जनावरको स्रोत पुष्टि गर्ने अनुमति पत्र राख्नुपर्छ । हो ची मिन्ह सहरमा ...
क्यालिफोर्नियामा अमेरिकी वायु सेनाको विमान दुर्घटना, ८ जनाको मृत्यु
दुर्घटना, विदेश, समाचार

क्यालिफोर्नियामा अमेरिकी वायु सेनाको विमान दुर्घटना, ८ जनाको मृत्यु

नेपालअखबार,  काठमाडौं । अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा वायु सेनाको विमान दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । एडवर्ड्स एयर फोर्स बेसबाट सोमबार बिहान उडान भरेलगत्तै विमान दुर्घटनामा परेको हो । ‘रूटिन टेस्ट मिशन’ रहेको बेला विमान दुर्घटनामा परेको बीबीसीले जनाएको छ । वायु सेनाका कर्णेल जेम्स हेजले विमान दुर्घटनामा सैनिक, सरकारी कर्मचारी र सरकारी ठेकेदार गरी आठ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । यसअघि एयर बेसले दुर्घटनामा परेको कोही पनि बच्ने सम्भावना नरहेको सुरुवाती संकेत मिलेको जनाएको थियो ।कर्णेल हेजले मृतकका परिवारलाई सूचना दिइएको र २४ घण्टा पछि मृतकको पहिचान सार्वजनिक गरिने बताएका छन् ।...
भारतीय वायुसेनाको विमान दुर्घटना
विदेश, समाचार, समाज

भारतीय वायुसेनाको विमान दुर्घटना

नेपालअखबार, काठमाडौं । भारतको असममा भारतीय वायु सेनाको मालवाहक विमान (ट्रान्सपोर्ट एयरक्राफ्ट) दुर्घटनामा परेको छ । असममा अवस्थित जोरहाट एयर फोर्स स्टेशनमा शनिबार वायु सेनाको एएन–३२ ट्रान्सपोर्ट एयरक्राफ्ट दुर्घटनामा परेको हो । वायु सेनाका प्रवक्ता विंग कमान्डर जयदीपलाई उद्धृत गर्दै बीबीसी हिन्दीले समाचारमा लेखेको छ, ‘जोरहाट एयर फोर्स स्टेशनमा एएन–३२ दुर्घटनाग्रस्त भएको छ । तर, अहिले घटनाको जानकारी लिइरहेका छौं ।’ दुर्घटनाबारे भारतीय वायु सेनाले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जोरहाटमा अवतरणका क्रममा विमान दुर्घटनामा परेको र कारण पता लगाउनका लागि ‘कोर्ट अफ इन्क्वायरी’ गठन गरिने बताएको छ ।अवतरणका क्रममा दुर्घटनामा परेको विमानमा आगो लागेको छ । दुर्घटनामा भएको हताहतीबारे जानकारी नआएको बीबीसीले जनाएको छ ।...
केजरीवालले भने– कक्रोच आन्दोलन भारतीय युवाको आक्रोश र निराशाको अभिव्यक्ति हो
राजनीति, विदेश, समाचार

केजरीवालले भने– कक्रोच आन्दोलन भारतीय युवाको आक्रोश र निराशाको अभिव्यक्ति हो

नेपालअखबार,काठमाडौं । भारतको आम आदमी पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवालले कक्रोच जनता पार्टी(सीजेपी)को प्रदर्शन भारतीय युवामा रहेको आक्रोशको अभिव्यक्ति रहेको टिप्पणी गरेका छन् । शनिबार सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया दिँदै केजरीवालले आम आदमी पार्टीले सीजेपीका मागको समर्थन गर्ने पनि बताएका छन् । ‘यो कक्रोच आन्दोलन देशका युवाभित्र रहेको भारी आक्रोश र निराशाको अभिव्यक्ति हो,’ केजरीवालले भनेका छन्, ‘उनीहरूलाई राष्ट्रविरोधी भन्नेको साँटो मोदी सरकारले उनीहरूका समस्याको समाधान गर्नुपर्दछ ।’ सँगै उनले आफ्नो पार्टीले सीजेपीका मागलाई समर्थन गर्ने बताउँदै प्रधानमन्त्री नरेन्द्र मोदीले तत्काल शिक्षा मन्त्री धर्मेन्द्र प्रधानलाई वर्खास्त गर्न सुझाव दिएका छन् ।आज नयाँ दिल्लीको जन्तरमन्तरमा सीजेपीले ठूलो प्रदर्शन गरिरहेको छ । आजै बिहान सीजेपीका संस्थापक अभिजित दीपके अमेरिकाबाट भारत पुगेक...
मदिरा नीति सम्बन्धी भ्रष्टाचार मुद्दामा दिल्लीका पूर्वमुख्यमन्त्री केजरीवालले पाए सफाइ
राजनीति, विदेश, समाचार

मदिरा नीति सम्बन्धी भ्रष्टाचार मुद्दामा दिल्लीका पूर्वमुख्यमन्त्री केजरीवालले पाए सफाइ

नेपालअखबार,काठमाडौं । भारत दिल्लीका पूर्वमुख्यमन्त्री एवं आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवालले मदिरा नीतिसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा सफाइ पाएको छ । दिल्लीको राउज एभिन्यू अदालतले मदिरा नीतिसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा केजरीवाललाई सबै आरोपबाट मुक्त गरेको हो । यसका साथै अदालतले आम आदमी पार्टीका नेता तथा दिल्लीका पूर्वउपमुख्यमन्त्री मनीष सिसोदियालाई पनि आरोपबाट मुक्त गरेको छ । केन्द्रीय अनुसन्धान एजेन्सी सीबीआईले दायर गरेको मुद्दामा अदालतको यस्तो फैसला आएको हो । लाइभ लका अनुसार, अदालतले आफ्नो फैसलामा सीबीआई अनुसन्धानमा रहेका कमजोरीहरूको बारेमा कडा टिप्पणी पनि गरेको छ । अदालतले हजारौं पृष्ठको आरोपपत्रमा त्यस्ता सामग्रीहरू रहेको बताएको छ जसले कुनै पनि साक्षीको बयानलाई समर्थन गर्दैन । विशेष न्यायाधीश जितेन्द्र सिंहले आरोपपत्रमा भ्रामक दाबीहरू गरिएको बताए । सीब...
मलेसियामा डुंगा पल्टिएर डुबेका २३ आप्रवासीको उद्धार, १४ अझै बेपत्ता
दुर्घटना, विदेश, समाचार

मलेसियामा डुंगा पल्टिएर डुबेका २३ आप्रवासीको उद्धार, १४ अझै बेपत्ता

नेपालअखबार, क्वालालम्पुर । मलेसियाको पश्चिमी तट नजिकै अवैध आप्रवासी बोकेको डुंगा पल्टिएको छ । मलेसियन समुद्री प्रवर्तन एजेन्सी (एमएमईए)का अनुसार कुल ३७ जना अवैध आप्रवासी बोकेको उक्त डुंगा सोमबार समुद्रमा डुबेको थियो । २३ जनाको उद्धार गरिएको छ भने १४ जना अझै बेपत्ता रहेका छन् । बेपत्ताहरूको उद्धार कार्य जारी रहेको बताइएको छ। स्थानीय माछा मार्नेहरूले पानीमा मानिसहरू तैरिरहेको देखेपछि सूचना दिएका थिए । त्यसपछि उद्धार टोली परिचालन गरियो । हालसम्म १६ पुरुष र ७ महिलासहित २३ जनालाई जीवित उद्धार गरिएको छ । उनीहरूलाई अनुसन्धानका लागि अधिकारीहरूको जिम्मा लगाइएको छ । बेपत्ता १४ जनाको खोजीका लागि समुद्री प्रहरी, नौसेना र स्थानीय माछा मार्ने समुदायको सहयोगमा संयुक्त अभियान सञ्चालन भइरहेको छ। हेलिकप्टर र निगरानी विमान पनि प्रयोग गरिएको छ।प्रारम्भिक अनुसन्धानले आप्रवासीहरू इन्डोनेसियाको किसारान क्षेत्...
भारतीय प्रधानमन्त्री मोदीले एक वर्ष सुन नकिन्न र खाने तेलको प्रयोग घटाउन आह्वान गरे, किन?
राजनीति, विदेश, समाचार

भारतीय प्रधानमन्त्री मोदीले एक वर्ष सुन नकिन्न र खाने तेलको प्रयोग घटाउन आह्वान गरे, किन?

नेपालअखबार, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना नागरिकलाई एक वर्षसम्म सुन नकिन्न र खाने तेलको प्रयोग घटाउन आह्वान गरेका छन्। आइतबार तेलंगाना भ्रमण क्रममा हैदराबाद र सिकन्दराबादमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आह्वान गरेका हुन्। सुनका लागि संसारकै सबभन्दा ठूलो बजार भारत हो। त्यहाँ गहनाका रूपमा ठूलो परिमाणको सुन खपत हुन्छ। त्यस्तै, भारतीय जीवनशैलीको खानपानमा तेलको प्रयोग पनि अत्यधिक हुन्छ। यस्तो अवस्थामा प्रधानमन्त्री मोदीले भारतीयहरूको जीवनशैलीमै असर पर्ने गरी सुन नकिन्न र तेल खपत घटाउन किन आह्वान गरे भन्ने अहिले चासोको विषय बनेको छ। यसका पछाडि पछिल्लो समय आपूर्ति श्रृंखलामा देखिएको अवरोध र अन्तर्राष्ट्रिय द्वन्द्वका कारण भारतमा ऊर्जा तथा अन्य आवश्यक वस्तुको मूल्यमा चाप पर्नु प्रमुख कारण रहेको सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्। मोदीले पनि यस...
थालापति विजय तमिलनाडुको मुख्यमन्त्री नियुक्त, आज शपथ
राजनीति, विदेश, समाचार

थालापति विजय तमिलनाडुको मुख्यमन्त्री नियुक्त, आज शपथ

नेपालअखबार, काठमाडौं । तमिल अभिनेता थालापति विजय तमिलनाडुको मुख्यमन्त्री नियुक्त भएका छन्। उनी नेतृत्वको तमिलगा वेत्री कजगम (टिभिके)ले बहुमत जुटाएपछि राज्यपाल राजेन्द्र अर्लेकरले विजयलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। उनको शपथ ग्रहण आइतबार बिहान १० बजे चेन्नईस्थित नेहरू स्टेडियम मा हुने तय भएको छ। उनले १३ मेभित्र विधानसभामा विश्वासको मत लिनुपर्नेछ। सरकार गठनका लागि आवश्यक बहुमत जुटाएपछि विजय समर्थन पत्रसहित राज्यपाललाई भेट्न लोक भवन पुगेका थिए। उनले विदुथलाई चिरुथैगल कच्ची (भीसीके) र इन्डियन युनियन मुस्लिम लिग (आईयूएमएल) को समर्थन पत्र बुझाउँदै सरकार गठनको दाबी पेश गरेका थिए। यसअघि कांग्रेस, भारतीय कम्युनिस्ट पार्टी (सीपीआई), भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी), भीसीके र आईयूएमएलले टिभीकेलाई समर्थन गर्ने घोषणा गरेका थिए। भीसीके नेता थोल तिरुमावलवन ले टिभीके नेता आ...