Thursday, August 27

विश्व

श्रीलंकाको संकट अझै एक वर्ष रहन्छ : प्रधानमन्त्री विक्रमासिंघे
विश्व, समाचार

श्रीलंकाको संकट अझै एक वर्ष रहन्छ : प्रधानमन्त्री विक्रमासिंघे

नेपालअखबार, एजेन्सि। श्रीलंका टाट पल्टिएको र यहाँको  आर्थिक संकट कम्तीमा आगामी एक वर्षसम्म रहने प्रधानमन्त्री रनिल विक्रमासिंघेले बताएका छन् । संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री विक्रमासिंघले सो जानकारी दिएका हुन् । सरकारले अत्यावश्यक वस्तुहरू आयात गर्न विदेशी मुद्रा सकिन थालेपछि टापु देशका २ करोड २० लाख नागरिक महिनौंसम्म चलेको मुद्रास्फीति र लामो विद्युत कटौती झेलिरहेका छन् । कुनै बेलाको समृद्ध देश श्रीलंका यस वर्ष गहिरो मन्दीमा जाने र खाद्यान्न, इन्धन र औषधिको चरम अभाव हुने उनले बताए । ‘हामीले सन २०२३ मा पनि कठिनाइहरूको सामना गर्नुपर्नेछ’ प्रधानमन्त्रीले भने,  ‘सत्य यही हो ।’ श्रीलंका टाट पल्टिएको देशको रुपमा अन्तर्राष्ट्रिय मुद्रा कोषसँग वार्ता गरिरहेको जानकारी दिए । विदेशी मुद्रा संञ्चितको अभावमा श्रीलंकामा अत्यावश्यकीय वस्तुको आयात हुन सकेको छैन् । अहिले देशमा पेट्रोलको चरम ...
इन्धन अभावले श्रीलङ्कामा विद्यालय बन्दको घोषणा
अर्थ, विश्व, समाचार

इन्धन अभावले श्रीलङ्कामा विद्यालय बन्दको घोषणा

नेपालअखबार, एजेन्सि। इन्धन अभावका कारण श्रीलङ्कामा विद्यालय बन्दको घोषणा गरिएको छ। पहिलो चरणमा जुलाई ४ देखि एक साता बन्द गर्ने घोषणा गरिएको हो। शिक्षा मन्त्रालयले सरकारको स्वामित्वमा रहेका र सरकारको स्वीकृतिमा सञ्चालन भएका सबै निजी विद्यालयहरू बन्द गर्ने निर्णय गरिएको जनाएको छ। विद्यालयहरू बन्द गरिएपछि इन्धनको खपत कम हुने विश्वासका साथ विद्यालय बन्द गर्ने निर्णय गरिएको सरकारी अधिकारीहरूले जनाएका छन्। देशका ऊर्जा मन्त्रीले आइतबार एक दिनका लागि मात्र इन्धनको सञ्चय रहेको जानकारी दिएका थिए। देशमा आर्थिक सङ्कट थप जटिल बन्दै जाँदा सरकारले इन्धन आयात गर्न नसकेकाले सार्वजनिक यातायात ठप्प जस्तै भएको छ। श्रीलङ्काका अधिकांश पेट्रोल पम्पहरूमा निकै लामो लाइन देखिने गरेको छ। श्रीलङ्काले पेट्रोल र डिजेल बचत गर्न भन्दै अत्यावश्यक सेवाबाहेक सबै क्षेत्रका लागि इन्धन बिक्री दुई साता रोक्...
रुसले नियन्त्रणमा लियो युक्रेनको लुहांस्क क्षेत्र
विश्व, समाचार

रुसले नियन्त्रणमा लियो युक्रेनको लुहांस्क क्षेत्र

नेपालअखबार, काठमाडौं । रुसले युक्रेनको एक महत्वपूर्ण शहर नियन्त्रणमा लिएको छ । भिषण संघर्षपछि युक्रेनको पूर्वी शहर लिसिचांस्कमा रुसले नियन्त्रण कायम गरेको हो । योसँगै पूरै लुहांस्क क्षेत्र नियन्त्रणमा लिन रुस सफल भएको छ । लिसिचांस्क शहर रुसी सेनाको नियन्त्रणमा रहेको युक्रेनको सेनाले पनि पुष्टि गरेको छ । युक्रेनी सेनाका जनरल स्टाफले भनेका छन्, ‘लिसिचांस्कका लागि भिषण युद्धपछि युक्रेनका रक्षा बल पछि हट्न बाध्य भएका छन् ।’ उनले भनेका छन्, ‘रुससँग अत्याधुनिक गोलाबारुद, विमान, मानव संसाधन र अन्य बल थियो, युक्रेनी सेनालाई ज्यान जोगाउनका लागि पछि हट्न भनिएको छ ।’ यसअघि रुसका रक्षामन्त्री सर्गेइ शोइगुले पनि लिसिचांस्क शहर कब्जा गरेको बताएका थिए । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले भने अहिले पछि हटे पनि युक्रेनी सेना लिसिचांस्क शहरमा फर्किने दाबी गरेका छन् । उनले डटेर रुसी सेना...
विश्वविद्यालयबाट निस्कासन गरेको झोँकमा प्राध्यापकको हत्या
विश्व, समाचार

विश्वविद्यालयबाट निस्कासन गरेको झोँकमा प्राध्यापकको हत्या

नेपालअखबार, एजेन्सि। इराककको उत्तरी इरबिल प्रान्तमा विश्वविद्यालयका दुई प्राध्यापकहरूलाई एक पूर्व विद्यार्थीले हत्या गरेका छन् । विश्वविद्यालयबाट हटाइएका ती विद्यार्थीले गोली चलाएर गुरुहरूको हत्या गरेको उक्त प्रान्तका गभर्नरले बताएका छन् । पीडित मध्ये एक जना डीन रहेको बताइएको छ । डीनको शरिरका विभिन्न पाँच स्थानमा गोली लागेको छ ।  पीडितसँग ती विद्यार्थीले इन्जिनियरिङका अर्का प्राध्यापकलाई पनि गोली हानेका थिए । आक्रमणकारी सोरन युनिभर्सिटीका पूर्व विद्यार्थी हुन् । उनलाई केही समयअघि विश्वविद्यालयबाट निस्काशन गरिएको थियो । इराकमा पछिल्ला वर्षहरूमा धेरै सशस्त्र आक्रमणहरू भएका छन् । केही महिनाअघि इराकी प्रधानमन्त्री मुस्तफा अल काधिमीमाथि ड्रोन हमला भएको थियो । अमेरिकाले प्रधानमन्त्री काधिमीमाथि भएको ड्रोन आक्रमणलाई ‘आतंकवादको स्पष्ट कार्य’ भनेको थियो । बगदादको ग्रीन जोनमा रहेको प्रधानमन्त्...
अमेरिकामा गर्भपतनसम्बन्धी सर्वोच्च अदालतको फैसलाले व्यापक हंगामा
विश्व, समाचार

अमेरिकामा गर्भपतनसम्बन्धी सर्वोच्च अदालतको फैसलाले व्यापक हंगामा

नेपालअखबार, एजेन्सि। आफ्नो एउटा महत्वपूर्ण निर्णयमा अमेरिकी सर्वोच्च अदालतले गर्भपतनलाई वैधानिकता दिने पाँच दशक पुरानो निर्णयलाई खारेज गरिदिएपछि देशका विभिन्न सहरमा प्रदर्शन भइरहेको छ । अब अमेरिकाका विभिन्न राज्यले महिलाका लागि गर्भपतनको अधिकार वैधानिक हुने कि नहुने सम्बन्धमा आ–आफ्नो नियम बनाउन सक्नेछन् । यसपछि अमेरिकाका आधाभन्दा बढी राज्यले गर्भपतनसम्बन्धी नयाँ प्रतिबन्धहरू लागू गर्न सक्ने विश्वास गरिन्छ । १३ राज्यले गर्भपतनलाई गैरकानूनी बनाउने कानुन पारित गरिसकेका छन्, सर्वोच्च अदालतको फैसलापछि यी कानुन लागू हुनेछन् । अमेरिकी सर्वोच्च अदालतले शनिबार रो बनाम वेड मुद्दामा ५० वर्ष पुरानो निर्णयलाई उल्टाएर गर्भपतनलाई कानुनी बनाएको छ र संविधानले गर्भवती महिलालाई गर्भपतनसम्बन्धी निर्णय गर्ने अधिकार दिएको बताएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले सर्वोच्च अदालतको फैसलालाई ‘ठूलो ग...
अफगानिस्तानमा भूकम्पमा परेर ९२० को मृत्यु
विश्व, समाचार

अफगानिस्तानमा भूकम्पमा परेर ९२० को मृत्यु

नेपालअखबार, एजेन्सि । अफगानिस्तानमा बुधबार बिहानै गएको भूकम्पमा परेर मृत्यु हुनेको संख्या ९२० पुगेको छ । उद्धारकार्य अहिले पनि जारीरहेकाले मृतकको संख्या अझै बढ्ने अनुमान छ । तालिवानका नेता हिब्तुल्लाह अखुंदजादले ग्रामीण इलाका अझै पनि उद्धारकर्ता पुग्न नसकेकाले मृतक तथा घाइतेको संख्या बढ्ने बताएका छन् । उनका अनुसार अहिलेसम्म ६०० बढी घाइतेलाई उपचारका लागि अस्पतालहरुमा भर्ना गरिएको छ । अफगानिस्तानको खोस्त सहरभन्दा करिब ४४ किलोमिटर टाढा केन्द्रविन्दु भएर ६।१ म्याग्निच्युटको भूकम्प गएको थियो । त्यसको धक्का पाकिस्तान र भारतमा समेत महसुस भएको थियो । भूकम्पबाट पूर्वी प्रान्त पक्तिका सबैभन्दा धेरै प्रभावित छ ।...
कम्बोडियामा भेटियो ३ सय केजी तौल भएको संसारकै ठूलो माछा
विश्व, समाचार

कम्बोडियामा भेटियो ३ सय केजी तौल भएको संसारकै ठूलो माछा

नेपालअखबार, एजेन्सि। कम्बोडियाको मेकङ नदीमा विश्वकै सबैभन्दा ठूलो आकारको ताजा पानीमा पाइने माछा फेला परेको छ। नदीमा पाइएको उक्त क्याटफिस जातको माछाको तौल ३ सय केजी छ। यसअघि सन् २००५ मा थाइल्याण्डस्थित मेकङ नदीमा पाइएको २ सय ९३ केजीको क्याटफिस माछा विश्वको सबैभन्दा ठूलो ताजा पानीको माछाको रुपमा थियो । यद्यपि विश्वमा ताजा पानी (फ्रेस वाटर) मा पाइने सबैभन्दा ठूलो माछाको आधिकारिक डाटाबेस भने राख्ने गरिएको छैन। एसियाको अन्तर्राष्ट्रिय नदी भनिने मेकङ माछाको जैविक विविधताको दृष्टिकोणले निकै धनी मानिन्छ । तर अत्यधिक माछा मारिने, जलप्रदूषण उच्च हुनु तथा बाँधहरुका कारण उक्त नदीमा माछाको पर्यावरण चक्र संकटमा परेको छ। तिब्बतबाट सुरु भएको मेकङ नदी चीन, म्यानमार, थाइल्याण्ड, लाओस, कम्बोडिया तथा भियतनाम हुँदै बग्दछ ।मेकङ नदीमा माछाको विषयमा पछिल्लो २० वर्षसम्म अध्ययन गर्दै आएका जीव वैज्ञानिक ...
२० दिनमा पाँच गुणा बढ्यो भारतमा कोरोना संक्रमण
विश्व, समाचार, स्वास्थ्य

२० दिनमा पाँच गुणा बढ्यो भारतमा कोरोना संक्रमण

नेपालअखबार, एजेन्सि। भारतमा पछिल्लो २० दिनमा पाँच गुणाले कोरोना संक्रमित बढेका छन्। भारतीय स्वास्थ्य विभागका अनुसार जुन १ मा ३९१७ संक्रमित फेला परेको भारतमा ५ जुनमा ४३६२, जुन १० मा ८३१८, जुन १५ मा १२१५४ र १९ जुनमा १२२१८ जना संक्रमित फेला परेका छन्। पछिल्लो ५ दिनमा लगातार १२ हजार बढी नयाँ संक्रमित फेला परेका छन्। पछिल्लो एक सातामा मात्र भारतमा ८२ हजार भन्दा बढी संक्रमित फेला परेका छन्। मंगलबार ८८२२ संक्रमित फेला परेको भारतमा त्यसपछि लगातार ५ दिन १२ हजारभन्दा बढी संक्रमित फेला परे। बुधबार १२२१३, बिहिबार १२८४७, शुक्रबार १३२१६, शनिबार १२८९९ र आइतबार १२७१७ जना नयाँ संक्रमित फेला परेका छन्। सोमबार संक्रमितको संख्या घटेको छ। पछिल्लो २४ घन्टामा ९८७५ जना कोरोनाका नयाँ संक्रमित फेला परेका छन्। यस्तै ७२५४ संक्रमित निको भएका छन् भने १७ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन्। ...
हिमाञ्चलमा बीच बाटोमा अड्कियो ११ जना बोकेको केबलकार
विश्व, समाचार

हिमाञ्चलमा बीच बाटोमा अड्कियो ११ जना बोकेको केबलकार

नेपालअखबार, एजेन्सि। भारतको हिमाञ्चल प्रदेशको परवानूमा एउटा केबलकार बीच बाटोमा अड्किएको छ। सोमबार दिउँसो प्राविधिक समस्याका कारण केबलकार बाटोमा अड्किँदा ११ जना पर्यटक फसेको इन्डिया टुडेले जनाएको छ। फसेका पर्यटकको उद्धार गर्न ट्रली परिचालन गरिसकेको छ। तीन जनाको उद्धारसमेत गरिसकेको छ। केबलकारमा अड्किएका सबै जना नयाँ दिल्लीका हुन्। टिम्बर ट्रेल रिसोर्टका प्राविधिक टोलीहरू पनि उद्धारमा परिचालन गरिएका छन्। त्यस्तै प्रहरीले उद्धारको कामलाई निगरानीमा राखेको छ। उनीहरूको तत्कालै उद्धार नगरिए विपद्को टोली पनि बोलाइने इन्डिया टुडेले जनाएको छ। केबलकार दुई घन्टादेखि अड्किएको छ। गत अप्रिलमा भारतमा केबलकार अड्किँदा तीन जनाको मृत्यु भएको थियो। झारखन्डको दियोघर जिल्लामा ४० घन्टा बढी अड्किँदा तीन जनाको मृत्यु भएको थियो।...
वासिंगटन डीसीमा गोली चल्यो, १ जनाको मृत्यु
विश्व, समाचार

वासिंगटन डीसीमा गोली चल्यो, १ जनाको मृत्यु

नेपालअखबार, एजेन्सि। अमेरिकाको वासिङ्‍गटन डीसीमा गोली चल्दा एक प्रहरी अधिकारीसहित केही मानिस घाइते भएका छन् । गोली लागेकामध्ये एक किशोरको मृत्यु भएको बताइएको छ । ‘दुई वयस्क र एक किशोरमाथि गोली हानिएको थियो । त्यस्तै, एक प्रहरी अधिकारीलाई पनि गोली हानिएको थियो’, महानगरीय प्रहरी विभाग प्रमुख रोबर्ट जे कोन्टीले भने । गोली लागेर घाइते भएका प्रहरी अधिकारी र अन्य दुई जनाको अस्पतालमा उपचार भइरहेको छ । घाइते किशोरको भने मृत्यु भएको प्रहरीले जनाएको छ । वासिङ्‍गटन डीसीको संस्कृति प्रवर्द्धन गर्ने पर्व मोचेलाको समयमा गोलीबारी भएको थियो । अमेरिकामा पछिल्लो समयमा बारम्बार बन्दुक हमला भएका छन् ।...