‘एक महिनाभित्रै आउनसक्छ कोभिड-१९ भ्याक्सिन’
नेपाल अखबार, एजेन्सी । रुसी वैज्ञानिकहरुले विश्वको पहिलो कोरोना भाइरस भ्याक्सिन एक महिनाभित्रै बिरामीका लागि वितरण गरिने आशा व्यक्त गरेका छन् । आइतबार मात्रै रुसको सेचेनोभ विश्वविद्यालयले सरकारी स्वामित्वमा सञ्चालित गामालेई इन्स्टिच्युट अफ इडिडिमियोलोजी एन्ड माइक्रोबायोलोजीद्वारा विकसित कोभिड–१९ भ्याक्सिनको क्लिनिकल ट्रायल सफलतापूर्वक सम्पन्न भएको दाबी गरेको थियो । गामालाई सेन्टरका निर्देशक अलेजेन्दर गिन्टस्वर्गले अगष्ट १२ देखि १४ सम्ममा यो भ्याक्सिन सर्वसाधारणमा वितरण हुन थाल्ने र निजी कम्पनीहरुले सेप्टेम्बरदेखि ठूलो परिमाणमा उत्पादन सुरु गर्नसक्ने विश्वास व्यक्त गरेका छन् ।
सेचेनोभ विश्वविद्यालय सेन्टर फर क्लिनिकल रिसर्च एन्ड मेडिकेशनका प्रमुख अनुसन्धानकर्ता इलिना सेमलाईयार्चुकले रुसी न्युज एन्जेन्सी तासलाई दिएको जानकारीअनुसार स्वयमं्सेवकमा भ्याक्सिनको क्लिनिकल परीक्षण पूरा भएको छ र अ...
