Wednesday, June 3

विश्व

ताइवानको संसदमा मुक्का हानाहान
राजनीति, विश्व, समाचार

ताइवानको संसदमा मुक्का हानाहान

नेपालअखबार ,ताइपेई । ताइवानको संसदमा विवादास्पद विधेयकलाई लिएर सत्तारुढ र विपक्षी सांसदहरूबिच हात हालाहाल भएको छ ।  दुई पक्षबीचको भनाभन झडपमा बद्लिएको थियो । सांसदहरूले एकअर्कालाई मुक्का हानाहान गरेका थिए भने पोडियममा उफ्रिएर संसदको कारबाही अवरुद्ध गरेका थिए । केही सांसदहरूले भने फाइल खोसेर सदन बाहिर लगेका थिए । झडपका क्रममा घाइते भएका पाँच जना सांसदलाई अस्पताल भर्ना गर्नुपरेको थियो । घाइते हुनेमा डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी (डीपीपी) र कुओमिन्ताङ (केएमटी) दुवैका प्रमुख व्यक्तिहरू थिए । डीपीपी सांसद र विपक्षी केएमटी र टीपीपी पार्टीका सांसदहरूबीच झडप केही घण्टासम्म चलेको थियो । ताइवानका नयाँ राष्ट्रपति चिङ तेहको शपथ ग्रहण नजिकिँदै गर्दा संसदमा यस्तो घटना भएको हो । चिङ तेहको शपथ ग्रहण सोमबार मे २० मा हुँदै छ । ताइवान संसदमा सरकारको काम कारबाहीमाथि नजर राख्ने विपक्षी सांसदलाई बढी अधिक...
गाजामा तीन जना बन्धकको शव फेला
विश्व, समाचार

गाजामा तीन जना बन्धकको शव फेला

नेपालअखबार ,गाजा । इजरायली सेनाले उत्तरी गाजाको जबलियामा तीन जना बन्धकको शव फेला पारेको जनाएको छ। शव फेला परेकामा शानी लुक, अमित बुस्किला र इत्जाक रहेका छन् । इजरायली सेनाका अनुसार उनीहरूको अक्टोबर ७ मा नै हत्या गरिएको थियो र गाजा लगिएको थियो। स्थानीय सञ्चारमाध्यमका अनुसार बन्धकहरूको शव गाजाको सुरुङमा फेला परेको हो । अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेको थियो । यस आक्रमणमा १२ सय मानिस मारिएका थिए । त्यसपछि हमास लडाकुहरूले गाजामा २५२ जनालाई बन्धक बनाएका थिए। यसको जवाफमा गाजा र वेस्ट बैंकमा  इजरायली सैन्य कारबाहीमा हालसम्म ३४ हजारभन्दा बढी मानिस मारिएका छन् । तीन जनाको शव फेला परेका मध्ये एक जर्मनीकी शानी लुक हुन्। शानी जर्मनीकी एक पर्यटक थिइन् जो गाजा सीमा नजिकै आयोजित एक सुपरनोभा संगीत महोत्सवमा भाग लिइरहेकी थिइन्। शानीकी आमा रिकार्डाले उनले आफ्नी छोरी समातिएको भिडियो देखेक...
विश्वको सबैभन्दा लामाे सिधा बाटो
विश्व, समाचार

विश्वको सबैभन्दा लामाे सिधा बाटो

नेपालअखबार , रियाद । दुई वटा सहरलाई जोड्ने १४९ माइल (२४० किमी) लामो सडक, तर एक ठाउँमा पनि बाङ्गिएको छैन भन्ने सुन्दा तपाई पक्कै पनि पत्याउनु हुन्न होला । तर साउदी अरबमा दुई सहरलाई जोड्ने एउटा सडक १४९ माइल दूरीसम्म कतै पनि घुमाउरो वा बाङ्गिएको छैन ।साउदी अरबको हाइवे १० ९१६ माइल (१ हजार ४७४ किमी) लामो छ । यो सडकले दक्षिण पश्चिमको अल दराब र पूर्वको अल बथालाई जोड्छ । यो सधैँ व्यस्त रहने सडक हो । मालबाहक ट्रकहरु गुडिरहन्छन् । रब अल–खली मरुभूमि भएर गुज्रिने यो सडक १४९ माइलसम्म एक ठाउँमा पनि नबाङ्गिएको सडक भनेर चर्चित छ । यो सडक राजा फहदका लागि निजी सडक भनेर बनाइएको थियो । तर सार्वजनिक सडकको खण्ड बनेयता यो सडकको नाम विश्वको सबैभन्दा लामो सोझो सडकका रूपमा गिनिज बुक अफमा लेखिएको छ । यसलाई केहीले विश्वकै सबैभन्दा विरक्त लाग्दो सडक पनि भन्छन् । यो सडक अल बथामा थोरै बाङ्गिएको छ । यो सडक पार गर्न कर...
स्लोभाकियाका प्रधानमन्त्रीमाथि गोली प्रहार, अवस्था गम्भीर
राजनीति, विश्व, समाचार

स्लोभाकियाका प्रधानमन्त्रीमाथि गोली प्रहार, अवस्था गम्भीर

नेपालअखबार ,काठमाडौं । स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि बुधबार गोली प्रहार भएको छ। धेरै गोली लागेर उनी गम्भीर घाइते भएको द न्यूयोर्क टाइम्सले जनाएको छ। यो घटनालाई त्यहाँको सरकारले फिकोको हत्या प्रयास भनेको छ। एक सरकारी बैठक सकेर बाहिर निस्किँदै गर्दा फिकोमाथि थुप्रै पटक गोली प्रहार भएको हो। स्लोभाकियाका राष्ट्रपति जुजाना क्यापुटोभाका अनुसार गोली हानेको आशंकामा एक जनालाई घटनास्थलबाटै पक्राउ गरिएको छ। प्रधानमन्त्री फिकोको आधिकारिक फेसबुक पेजमा उनको अवस्थाबारे पोस्ट गरिएको टाइम्सले जनाएको छ। उक्त पोस्टका अनुसार फिकोलाई धेरै गोली लागेकाले उनको अवस्था गम्भीर छ। गोलीका कारण फिकोको शरीरमा कति र कस्तो खालको असर परेको छ भन्ने तत्काल यकिन भइसकेको छैन। मध्य स्लोभाक सहर ह्यान्ड्लोभामा भएको यो आक्रमणबारे प्रहरीले पनि हालसम्म कुनै प्रतिक्रिया दिएको छैन। स्लोभाक र अन्य युरोपेली अ...
बेइजिङमा पुटिन र सीबिच भेटवार्ता
राजनीति, विश्व, समाचार

बेइजिङमा पुटिन र सीबिच भेटवार्ता

नेपालअखबार ,बेइजिङ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि चीन पुगेका छन् ।  दुई दिने भ्रमणका क्रममा पुटिनले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेट गरेका छन् । पुटिन र सीबिच हुने भेटवार्तालाई पश्चिमा राष्ट्रहरूले नियाली रहेका छन् । रुस र चीनबिचको साझेदारी कसरी अगाडि बढ्छ भन्ने विषयमा पुटिन र जिनपिङबिचको भेटमा छलफल हुने बताइएको छ । रुस र युक्रेनबिच दुई वर्षभन्दा बढी समयदेखि युद्ध चलिरहेको छ । यस युद्धका कारण अमेरिका र उसका सहयोगीहरूले रुसमाथि धेरै प्रकारका प्रतिबन्धहरू लगाएका छन् । तर, यस अवधिमा चीनले रुसको आर्थिक अवस्थालाई सम्हाल्न सहयोगी साबित भएको छ ।चीनले रुसी सेनालाई प्रविधि र हतियार उपलब्ध गराएको आरोप पनि लागेको छ । जसका कारण चीनमाथि पनि दबाब बढिरहेको छ । चीनले यी आरोपहरू अस्वीकार गर्दै आएको छ र रुसलाई कुनै पनि प्रकारको सैन्य सहयोग नगरेको दाबी गर्दै आएको छ । तर, चीन...
अन्तबाट विस्थापित प्यालेस्टिनी जम्मा भएको राफामा इसराइलले आक्रमण गर्ने
विश्व, समाचार

अन्तबाट विस्थापित प्यालेस्टिनी जम्मा भएको राफामा इसराइलले आक्रमण गर्ने

नेपालअखबार, काठमाडौँ । प्यालेस्टिनी विद्रोही समूह हमाससँगको वार्ता भंग भएपछि इसराइलले इजिप्टसँग सिमाना जोडिएको गजाको दक्षिणी भाग राफाबाट हट्न दसौँ हजार प्यालेस्टिनीलाई उर्दी जारी गरेको छ। गत अक्टोबर ७ मा हमासले गरेको आतङ्ककारी हमलाको जबाफमा इसराइलले गजामा सेना पठाएर विध्वंश मच्चाएको छ। इसराइली कारबाहीमा हमासका लडाकूमात्रै नभएर महिला र बालबालिकासहित दसौँ हजार गैरसैनिक प्यालेस्टिनीको मृत्यु भइसकेको छ भने विस्थापित भएकाहरूले खान समेत पाइरहेका छैनन्। गजाका अन्य भाग इसराइली आक्रमणले ध्वस्त भएपछि त्यहाँका धेरै प्यालेस्टिनी समेत अहिले राफामा छन्। उसै पनि धेरै घना बस्ती भएको गजाका लगभग २० लाख बासिन्दामध्ये करिब १४ लाख अहिले राफामा कोच्चिएर बसेको मानिन्छ। सर्वसाधारणसँगै अन्यत्रबाट हमास लडाकू समेत भागेर राफामा पुगेका छन्। अक्टोबर ७ को आक्रमणका प्रमुख योजनाकार र गजाका हमास प्रमुख याह्या स...
भारी वर्षाका कारण कोलाकाताका खेलाडी सवार विमान दुईपटक डाइभर्ट
विश्व, समाचार

भारी वर्षाका कारण कोलाकाताका खेलाडी सवार विमान दुईपटक डाइभर्ट

नेपालअखबार,कोलकाता । आइतबार इन्डियन प्रिमियर लिग (आईपीएल) मा लखनउविरुद्धको खेलपछि घर फर्किरहेको कोलकाता नाइट राइडर्सको टोली सवार विमान भारी वर्षाका कारण सोमबार साँझ विमानस्थलमा अवतरण हुन सकेन । कोलकाताको मिडिया टोलीले दिएको जानकारी अनुसार खेलाडीहरू सहितको टोली सोमबार स्थानीय समयअनुसार साँझ ५ बजेर ४५ मिनेट जाँदा लखनउबाट उडेर कोलकातामा ७ बजेर २५ मिनेट जाँदा अवतरण हुने तालिका रहेको थियो । साँझ ८ बजेर ४६ मिनेटमा दिइएको अपडेटमा खराब मौसमका कारण विमान गुवाहाटीमा डाइभर्ट गरिएको जानकारी दिइयो । त्यसपछि मंगलबार बिहान १ः४५ बजे विमान गुवाहाटीबाट राति ११ बजे कोलकाता आउनुपर्ने विमान पुनः डाइभर्ट गरिएर वरानसीमा ल्यान्ड गरिएको बताइएको थियो । बिहान ३ बजे खेलाडीहरू वरानसीको होटलमा बसेको र मंगलबार अपराह्न कोलकाता आउने बताइयो । भर्खरै टोली वरानसीबाट कोलाकाताका लागि उडेको जानकारी दिइएको छ । भाग्य...
ब्राजिल बाढी : ७५ जनाको मृत्यु, ८८ हजार जना घरबारविहीन
विश्व, समाचार

ब्राजिल बाढी : ७५ जनाको मृत्यु, ८८ हजार जना घरबारविहीन

नेपालअखबार, काठमाडौं । ब्राजिलको दक्षिणी भेगमा भारी वर्षापछि आएको बाढीमा परेर ७५ जनाभन्दा बढीले ज्यान गुमाएका छन् । बाढीमा परेर १०३ जना अझै पनि सम्पर्कविहीन रहेको विभिन्न सञ्चार माध्यमले उल्लेख गरेका छन् । बाढीमा कम्तिमा १ सय ५५ जना घाइते भएका छन् भने ८८ हजार जना भन्दा बढी घरबारविहीन हुन पुगेका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार बाढीबाट विस्थापित भएका १६ हजार जना भन्दा बढीलाई अस्थायी बसोबासको व्यवस्था मिलाइएको छ ।बाढी पहिरोका कारण करिब ८ लाख जनता खानेपानी, बिजुलीबाट समेत वञ्चित भएका छन् । ग्राण्डे डु सुलको राजधानी पोर्टो एलेग्रेस्थित गुइबा तलाउको सतह बढेपछि बाढीको रुप लिएर सडक र वस्ती डुबाएको अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन्...
गाजामा युद्धविरामलाई लिएर इजरायली सरकारमा मतभेद
विश्व, समाचार

गाजामा युद्धविरामलाई लिएर इजरायली सरकारमा मतभेद

नेपालअखबार,एजेन्सि । इजरायली सरकारका मन्त्रीहरूबिच गाजामा युद्धविराम र बन्धकहरूको रिहाइको सम्झौतालाई लिएर मतभेद देखा परेको छ। हालैका दिनहरूमा गाजामा युद्धविराम र बन्धकहरूको रिहाइका लागि अन्तर्राष्ट्रिय प्रयासहरू तीव्र भएका छन्। यसैबिच, इजरायलको युद्ध मन्त्रिपरिषद्का सदस्य बेन्नी गान्ट्जले इजरायली सरकारले बन्धकहरूको रिहाइको सम्झौतालाई रोक्ने हो भने सत्तामा बस्ने अधिकार नरहेको बताएका छन्। अर्कोतर्फ अर्थमन्त्री तथा दक्षिणपन्थी नेता बेजलेल स्मोट्रिचले सरकार यस्तो सम्झौतामा सहमत भएमा यो लाजमर्दो आत्मसमर्पण हुने बताएका छन् । उनले रफाहमा इजरायलको नियोजित आक्रमण स्थगित भएमा वर्तमान सरकारले जारी राख्न नहुने बताए। यता, अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन किर्बीले इजरायलले रफाहमा आक्रमणको बारेमा आफ्नो चिन्ताबारे छलफल गर्नुअघि अमेरिकाले आक्रमण नगर्ने आश्वासन दिएको बताएका छन्। गाजामा जार...
फिलिपिन्समा चरम गर्मीका कारण ६ जनाको मृत्यु
विश्व, समाचार

फिलिपिन्समा चरम गर्मीका कारण ६ जनाको मृत्यु

नेपालअखबार, मनिला । फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी १ देखि अप्रिल १८ को अवधिसम्ममा ६ जनाको मृत्युसहित गर्मीसम्बन्धी रोगका कम्तिमा ३४ वटा घटना प्राप्त भएको जनाएको छ । मृत्युको कारण भने स्पष्टरूपमा अझै पुष्टि हुन बाँकी रहेको डिओएचका सहायक सचिव अल्बर्ट डोमिङ्गोले बताए । गर्मीसम्बन्धी ३४ वटा घटना मध्य फिलिपिन्सको केन्द्रीय भिसायास क्षेत्र, उत्तरी फिलिपिन्सको इलोकोस क्षेत्र र दक्षिणी फिलिपिन्सको सोक्सस्कार्गेन क्षेत्रबाट रिपोर्ट गरिएको थियो । राज्य मौसम ब्युरोले गर्मी सूचकाङ्क ४२ डिग्री सेल्सियसभन्दा बढी खतराको स्तरमा पुग्ने चेतावनी दिएपछि मेट्रो मनिलासहित पाँच क्षेत्रका एघार क्षेत्रले बुधबार व्यक्तिगत कक्षाहरू स्थगित गरेका छन् । ब्युरोले तातो मौसमका कारण दुखाइ, गर्मीको थकान र गर्मीको स्ट्रोक पनि निम्त्याउन सक्ने चेतावनी दिएको छ । यसै महिनाको सुरुमा ब्युरोले ...