इरानले इसराइलमा हान्यो १८० वटाभन्दा बढी मिसाइल
नेपालअखबार,काठमाडौँ । इरानले इसराइलमाथि मिसाइल आक्रमण गरेको छ।
मंगलबार इरानले इसराइली भूभागमा १८० वटाभन्दा बढी ब्यालिस्टिक मिसाइलबाट आक्रमण गरेको हो।
समाचार संस्था रोयटर्सले मंगलबार इरानले इसराइलमाथि गरेको आक्रमण अहिलेसम्मकै ठूलो भनेको छ।
मंगलबार साँझ स्थानीय समयमा अनुसार पौने ८ बजे जेरूसेलम, तेल अविभलगातका मुख्य सहरहरूका आकासमा मिसाइलहरू देखिएपछि लगातार साइरनको आवाज आइरहेको थियो।
विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले आक्रमणबाट हताहती भएको विवरण सार्वजनिक नभइसकेको बताएका छन्।
इसराइलको प्रतिरक्षा प्रणाली यति बलियो छ कि इसराइली आकाशमा देखिने मिसाइलहरूलाई त्यहाँको प्रतिरक्षा प्रणालीले आकाशमै नष्ट गरिदिन्छ। यद्यपि मंगलबार एकैचोटी ठूलो संख्यामा मिसाइल आक्रणम हुँदा केही मिसाइल जमिनमा पनि खसेको भनिएको छ। त्यसले गरेको यकिन क्षति भने सार्वजनिक भइसकेको छैन । समाचार सस्था सिएनएनले ...










