पृथ्वीको तापक्रम कम गर्न २ प्रतिशत भागमा सेतो रङ पोत्ने !
नेपालअखबार, एजेन्सि । विश्व उष्णिकरण अर्थात् पृथ्वीमा बढिरहेको तापमान कसरी कम गर्न सकिन्छ भन्ने विषयमा वैज्ञानिकहरुले निरन्तर अध्ययन अनुसन्धान गरिरहेका छन् ।
यसैबीच उष्णकरण घटाउनका लागि एकजना वैज्ञानिकले अनौठो उपाय सुझाएका छन् । उनका अनुसार यदि संसारकै सबैभन्दा सेतो रङले पृथ्वीको १ देखि २ प्रतिशत सम्म भागलाई पोत्ने हो भने तापक्रमलाई उल्लेख्य मात्रामा घटाउन सकिन्छ । तर आखिर सबैभन्दा सेतो रङ के हो ? एकाध प्रतिशत भन्नाले दुनियाको कति भागमा सेतो पोत्नुपर्ने हो ? यो प्रश्न स्वभाविक रुपमा उठ्दछ ।
यद्यपि उष्णिकरणलाई रोक्नका लागि अनेकथरीका वैज्ञानिकहरुले अनेक खालका उपायहरु सुझाउने गरेका छन् । केही वैज्ञानिकहरुले यदि सूर्य र पृथ्वीको बीचको वातावरणमा धुवाँ वा बाफको पत्र तयार पार्नेहो भने सूर्यको प्रकाश अर्थात् घामको पूरै मात्रा पृथ्वीसम्म पुग्न नपाउने र यसले पृथ्वीको तापक्रम घटाउन सहयोग पुग...










